काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले जारी निषेधाज्ञालाई थप गर्ने तयारी गरिएको बताएका हुन् ।
प्रमुख जिल्ला अधिकारी निरौलाले भने, ‘निषेधाज्ञाबारे थप छलफल गर्न आज साँझ ५ बजे बैठक बस्दैछ । एक साता निषेधाज्ञा लम्ब्याउने तयारी थलिएको छ ।’ अबको निषेधाज्ञामा साना गाडी सञ्चालन हुन्छन् भन्ने प्रश्नमा निरौला भन्छन्, ‘साना गाडी सञ्चालन गर्न दिने तयारीमा ललितपुर प्रशासन चाँही छैन । अबको लकडाउनमा केके खुल्न दिने भन्ने विषयमा हामीले छलफल गर्न पाएका छैनौँ । काठमाडौंको प्रमुख जिल्ला आधिकारीले बैठक बोलाउनु भएको छ आज थप निर्णय गर्दैछौँ ।’
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । पछिल्लो पटकको निषेधाज्ञा भने कहि खुकुलो पारेर थप गरिएको थियो ।
