शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

Author: तथ्यखबर

काठमाडौं उपत्यकामा आज विहान भूकम्पको धक्का महशुस

काठमाडौं उपत्यकामा आज विहान भूकम्पको धक्का महशुस

समाचार, समाज
 काठमाडौं उपत्यकामा आज विहान भूकम्पको धक्का महशुस गरिएको छ। ७ बजेर ५ मिनेटमा भक्तपुरको सल्लाघारी केन्द्रबिन्दु भएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसअघि गत असार २१ गते बिहान ६ बजेर ३२ मिनेटमा पनि काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको थियो। यो २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ। परकम्पको धक्का भक्तपुरसहित काठमाडौं र ललितपुर आसपासका क्षेत्रमा पनि महसुस गरिएको छ। ...
आज श्रावण ८ गते शुक्रबारको राशिफल

आज श्रावण ८ गते शुक्रबारको राशिफल

राशिफल, समाचार
मेष राशि  चु, चे, चो, ला, लि, लु, ले, लो, अ मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला । आर्थीक क्षेत्र मध्यम रहनेछ । यात्रा कारक समय रहेकोछ । बृष राशि  इ, उ, ए, ओ, बा, बि, बु, बे, बो अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ । पारीवारका सदस्यहरु मध्ये कसैको स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । आय आर्जनको क्षेत्र मध्यम रहनेछ । जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । मिथुन राशि  का, कि, कु, घ, ङ, छ, के, को, ह खानपानका क्षेत्रमा बिशेष सजग रहनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा स...
ट्राफिक प्रहरी कार्यालयले  २०७७/७८ मा १९ करोड रुपैयाँभन्दा बढी राजस्व उठाए

ट्राफिक प्रहरी कार्यालयले २०७७/७८ मा १९ करोड रुपैयाँभन्दा बढी राजस्व उठाए

आर्थिक, समाचार
प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्ष आव २०७७र७८ मा १९ करोड रुपैयाँभन्दा बढी राजस्व उठाएको छ । गत आवमा सवारी नियम उल्लंघन गर्नेलाई कारबाही गरेर १९ करोड १६ लाख ३७ हजार रुपैयाँ राजस्व उठाइएको प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक हिमालय श्रेष्ठले जानकारी दिए । भारवहन क्षमताभन्दा बढी तौल बोक्ने ढुवानीका साधनलाई यातायात व्यवस्था कार्यालयमा पठाइएको र त्यसबाट ६९ लाख ८८ हजार रुपैयाँ संकलन भएको पनि ट्राफिक प्रहरीले बताएको छ । चालक तथा सर्वसाधारणलाई सवारीसम्बधी नियमबारे जानकारी दिन चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको कार्यालयका सूचना अधिकृत ट्राफिक प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताए । बितेको १ वर्षमा आयोजित २ हजार ८०० यस्ता कार्यक्रममा १ लाख २६ हजारभन्दा बढीको सहभागिता रहेको पनि जैसवारले बताए । ट्राफिक प्रहरीले गत आवमा १०६ ...
नेकपा (एमाले)को माधवकुमार नेपाल समूहले पिपुल्स भोलेन्टियर ब्युँताउने

नेकपा (एमाले)को माधवकुमार नेपाल समूहले पिपुल्स भोलेन्टियर ब्युँताउने

राजनीति, समाचार
नेकपा (एमाले)को माधवकुमार नेपाल समूहले पिपुल्स भोलेन्टियर ब्युँताउने भएको छ। ओली पक्षले आफ्नो युवा–दस्ता ‘युथ फोर्स’ ब्युँताएसँगै नेपाल पक्षले पनि ‘पिपुल्स भोलिन्टियर’ ब्युँताउन लागेको हो। नेपाल पक्षले आज भक्तपुरमा कार्यक्रम गरेर ‘पिपुल्स भोलिन्टियर’ घोषणा गर्ने बताएको छ। दिउँसो १२ बजे भक्तपुरको सूर्यविनायकस्थित थापा पार्टी प्यालेसमा राखिएको घोषणा कार्यक्रमको नेता नेपालले सम्बोधन गर्नेछन्। एमालेनिकट युवा संघले कुनै बेला यी दुवै, युथ फोर्स र पिपुल्स भोलिन्टियरको अभ्यास गरेको थियो। एमालेमा चुलिँदो संकटसँगै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल पक्षले अघि बढाएका समानान्तर गतिविधि पनि उसैगरी चुलिन थालेका छन्। नेपाल पक्षले यसअघि ओली पक्षको युथ फोर्सको प्रतिवादमा अखिल फोर्स घोषणा गरेको गरिसकेको छ। ...
चीन कोरोना विरुद्धको ८ लाख डोज भेरोसेल खोप आज काठमाडौं आइपुग्दै

चीन कोरोना विरुद्धको ८ लाख डोज भेरोसेल खोप आज काठमाडौं आइपुग्दै

समाचार, स्वास्थ्य
चीनबाट खरिद गरिएको कोरोना विरुद्धको ८ लाख डोज भेरोसेल खोप आज काठमाडौं आइपुग्दैछ। खोप लिन चीन गएको नेपाल वायु सेवा निगमतको जहाज दिउँसो २ बजे आइपुग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। खोप लिन बुधबार राति नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चीन गएको थियो । यसअघि पहिलो चरणमा ८ लाख डोज भेरोसेल खोप ल्याइएको थियो। दोस्रो चरण अन्तर्गत आज पनि ८ लाख डोज नै खोप ल्याइने स्वास्थ्य सेवा विभागको आपूर्ति महाशाखाले जनाएको छ । यही साताभित्रै थप ८ लाख डोज लिन जहाज चीन जानेछ। दुईपटक गरी यही साताभित्र थप १६ लाख खोप नेपाल आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। चीनबाट ल्याइएका खोप अहिले अभियान सञ्चालन हुन नसकेका प्रदेशहरू प्रदेश एक, सुदूरपश्चिम प्रदेश र कर्णालीमा पठाइनेछ। ...
प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै

समाचार, समाज
प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ३९ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याएका छन् । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवं ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र ...
सरकारले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा भौतिक रुपमै सञ्चालन गर्ने

सरकारले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा भौतिक रुपमै सञ्चालन गर्ने

शिक्षा, समाचार
सरकारले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा भौतिक रुपमै सञ्चालन गर्ने भएको छ। साउन मसान्तदेखि सुरु हुने परीक्षा सुरक्षका मापदण्ड पालना गर्दै भौतिक रुपमै सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। विद्यार्थीको भौतिक उपस्थितीमा परीक्षा संचालन हुने र विगतको जस्तै १०० पूर्णाङ्कको लिखित परीक्षा लिइने बोर्डले जनाएको छ । कोरोना संक्रमण बढेपछि गत जेठ २६ गतेबाट सुरु गर्ने योजना रहेको कक्षा १२ को अन्तिम परीक्षा सरकारले रोक्ने निर्णय गरेको थियो। ...
प्रधानमन्त्री शेरबहादुर देउवाको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना

समाचार, समाज
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत संयमता, धैर्यता, विश्वशान्ति भाइचाराको सन्देश दिने यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायको उन्नति, प्रगति र समृद्धिको कामना गर्नुभएको हो । कोभिड–१९ को महामारीका कारण हाम्रा सामाजिक र सांस्कृतिक धरोहरका यस्ता पर्वहरू सबैले सँगै बसेर हर्षोल्लासका साथ मनाउन कठिनाइ भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले कोभिड–१९ को प्रभाव नपरोस् भनी स्वास्थ्यका मापदण्ड अपनाउँदै इद पर्वलाई सजगताका साथ मनाउन सबैमा अनुरोध गर्नुभएको छ । प्रधानमन्त्री देउवाले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र भेषभूषाको विविधता रहेको हाम्रो मुुलुकमा यो पर्वले...
आज श्रावण ६ गते बुधवारको राशिफल

आज श्रावण ६ गते बुधवारको राशिफल

राशिफल, समाचार
मेष – प्रयासरत काममा सफलता मिल्नेछ । अन्नधन बढ्नेछ । मान पुरस्कार प्राप्तिको अवसर पाउन सकिनेछ । खेलकुद र भ्रमणमा रुचि होला । मिठो भोजन  पाउन हुनेछ । आयवृद्धि हुनेछ । हांसविलासमा आकर्षण बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । भागदौड भैरहनेछ । जोखिममा नपर्नु बेस रहला । बृष – दिन शुभ र भाग्यवर्द्धक रहला । उन्नति पदोन्नति हुनेछ । आयस्रोत बढ्ला । मिठो भोजन  पाउनुहुनेछ । आरोग्यता बढ्ला । साझेदारीसित सम्बन्धित काम बन्नेछ । सुख सम्पति वृद्धि होला । रसरागमा आकर्षित हुनुहुनेछ । मान पुरस्कार प्राप्ति हुनेछ । भोज भतेरमा भाग लिनुहुनेछ । मिथुन – यात्रा होला । अन्नधन बढ्नेछ । दूर देशबाट शुभ समाचार सुन्नुहुनेछ । आयमा वृद्धि होला । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । ऐश्वर्य बढ्नेछ । रोकिएको धन मिल्नेछ । कार्यमा सफलता पाउनुहुनेछ । आरोग्यता बढ्ला । आ...
कोरोनाका कारण वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी

कोरोनाका कारण वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी

समाचार, समाज
कोरोना संकटका कारण वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा अघिल्लो वर्षको तुलनामा गत वर्ष शतप्रतिशतले कमी आएको छ । यो संख्या ३ वर्षअघि अर्थात आर्थिक वर्ष २०७५-०७६ को तुलनामा लगभग साढे दुई गुणा कम हो । यसमा पनि प्रमुख ७ श्रम गन्तव्य यूएई, कतार, मलेसिया, साउदी अरब, बहराइन, कुवेत र ओमानमा सबैभन्दा बढी घटेकोे छ । कतार, साउदी आरब र यूएई जाने नेपालीको संख्या शतप्रतिशत भन्दा बढीले कमी आएको छ । अघिल्लो आवमा ३ लाख ६८ हजार ४१३ वैदेशिक रोजगारीमा गएकोमा गत आर्थिक वर्षमा सो संख्या घटेर १ लाख ६६ हजार ३०५ मा सिमित भएको छ । ३ वर्ष अघि यो संख्या ५ लाख ७ हजार ८१७ थियो । विश्वव्यापी कोराना संकटका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवसम्म रोजगारीका लागि विदेश जाने नेपाली युवाको संख्यामा कमी आए पनि रेमिट्यान्स भने घटेको छैन । वैदेशिक रोजगारीमा जाने समग्र युवाको संख्यालाई तुलना गर्दा खाडीका प्रमुख ती...