शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

काठमाडौं उपत्यकामा आज विहान भूकम्पको धक्का महशुस

 काठमाडौं उपत्यकामा आज विहान भूकम्पको धक्का महशुस गरिएको छ।

७ बजेर ५ मिनेटमा भक्तपुरको सल्लाघारी केन्द्रबिन्दु भएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

यसअघि गत असार २१ गते बिहान ६ बजेर ३२ मिनेटमा पनि काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको थियो।

यो २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ।

परकम्पको धक्का भक्तपुरसहित काठमाडौं र ललितपुर आसपासका क्षेत्रमा पनि महसुस गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *