आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

(युनेस्को) ले उपत्यकाको सांस्कृतिक सम्पदालाई खतराको सूचीबाट हटाउने

(युनेस्को) ले उपत्यकाको सांस्कृतिक सम्पदालाई खतराको सूचीबाट हटाउने

समाचार, समाज
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले उपत्यकाको सांस्कृतिक सम्पदालाई खतराको सूचीबाट हटाउने भएको छ । सन् २०१५ मा गएको भूकम्पलगत्तै उपत्यकाको सम्पदालाई खतराको सूचीमा राखेको थियो । भूकम्पले ध्वस्त पारेको सम्पदाको पुनर्निर्माणमा प्रगति गर्न नसकेको जनाउँदै युनेस्कोले उपत्यकाको सांस्कृतिक सम्पदालाई खतराको सूचीमा राखेको हो । अहिले विश्वसम्पदा समितिको जारी बैठकले पुनर्निर्माण प्रगतिउन्मुख रहेको भन्दै खतराको सूचीबाट हटाउने निर्णय गरेको हो । चीनको फुजोमा जारी विश्वका १ सय ९८ पक्ष मुलुकको सहभागिता रहेको भर्चुअल बैठकबाट नेपालको सम्पदा क्षेत्रलाई खतराको सूचीबाट हटाइएको हो । बैठकबारे जानकारी दिँदै पुरातत्व विभागका सूचना अधिकृत एवं विश्वसम्पदा महाशाखा प्रमुख डा. सुरेश सुरस श्रेष्ठले भने– ‘विश्वका अधिकांश पक्ष राष्ट्रले नेपालको सम्पदा पुनर्निर्माण प्रगतिउन्मुख रहेक...
नेपाल टेलिकमको  सेवाको गुणस्तर खस्किँदै

नेपाल टेलिकमको सेवाको गुणस्तर खस्किँदै

समाचार, समाज
नेपाल टेलिकमले कमसल उपकरण प्रयोग गरेका कारण सेवाको गुणस्तर खस्किँदै गएको छ। टेलिकमले सेटिस्फ्याक्ट्री पर्फमेन्स सर्टिफिकेट (एसपिसी) रिपोर्ट राम्रो नभएका कम्पनीका उपकरण प्रयोग गरेका कारण सेवा खस्किँदै गएको विज्ञहरूले बताएका छन्। नियमनकारी निकाय दूरसञ्चार प्राधिकरणले गरेको अध्ययनमा टेलिकमको सेवा कम गुणस्तरको भएको उल्लेख छ। प्राधिकरणले २०७७ चैतदेखि २०७८ जेठसम्म ड्राइभ टेस्टसहित गरेको अध्ययनमा टेलिकमको मोबाइल सेवा कम गुणस्तरको पाइएको हो। प्राधिकरणले काठमाडौं उपत्यकामा मोबाइल सेवाको गुणस्तर परीक्षण गरेको थियो। एनसेलको भन्दा टेलिकमको सेवा कम गुणस्तरीय रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ। आफ्नै नेटवर्कभित्र लोकल कल गर्दा सबैभन्दा कम समय (५.२७ सेकेन्ड) मा एनसेलको नेटवर्कमा कल स्थापना भएको छ भने नेपाल टेलिकमको मोबाइलमा कल गर्दा ९.३४ सेकेन्ड समय लागेको छ। त्यसैगरी स्मार्ट टेलिकमको नेटवर्कमा १०.२७ ...
आज श्रावण ११ गते सोमबारको राशिफल

आज श्रावण ११ गते सोमबारको राशिफल

राशिफल, समाचार
मेष – मान प्रसिद्धि बढ्ला । उच्चाधिकारीको साथ मिल्नेछ । मिठो भोजन मिल्नेछ । धनको आगमन हुनेछ । यात्रामा सफलता मिल्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । हासविलासमा पनि रुचि बढ्नेछ । सुख–सुविधा र विलासका बस्तु बढ्लान् । विजय मिल्नेछ । आरोग्यता बढ्ला । बृष – अन्नधन बृद्धि होला । यात्रामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आशा उत्साह बढ्नेछ । नयाँ आयस्रोत बढ्नुसँगै उधारो लगानी लगाइएको धन उठ्नेछ । रोकिएको काम बन्नुसँगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ । धनसित सम्बन्धित वार्तामा सफलता पाउनुहुनेछ । सुखशान्ति महत्व ऐश्वर्य बढ्नेछ । मिथुन – प्रगतिशील रहनुहुनेछ । आर्थिक र पारिवारिक क्षेत्रमा सफलता पाउनुहुनेछ । उन्नति–पदोन्नति हुनेछ । हाकिमको साथ भेटिनेछ । सुखशान्ति ऐश्वर्यमा वृ...
सरकारले कोरोनाविरुद्धको खोप  नियमित रूपमा सञ्चालन गर्न नसक्दा वैदेशिक रोजगारीमा जाने कामदार अलपत्र

सरकारले कोरोनाविरुद्धको खोप नियमित रूपमा सञ्चालन गर्न नसक्दा वैदेशिक रोजगारीमा जाने कामदार अलपत्र

समाचार, समाज
सरकारले कोरोनाविरुद्धको खोप अभियान नियमित रूपमा सञ्चालन गर्न नसक्दा वैदेशिक रोजगारीमा जाने कामदार अलपत्र परेका छन् । विभिन्न श्रम गन्तव्य मुलुकहरूले आफ्नो मुलुकमा प्रवेश गर्ने जो कोहीलाई पनि कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्ने निर्णय गरेका छन् । तर, नेपालमा खोप अभियान नियमित रूपमा सञ्चालन नहुँदा वैदेशिक रोजगारमा जाने कामदार बढी समस्यामा परेका छन्। निषेधाज्ञाका कारण वैदेशिक रोजगारमा जाने कामदार नेपालमा नै रोकिएर बसेका थिए । अहिले निषेधाज्ञा करीब करीब हटिसकेको छ भने अन्तरराष्ट्रिय उडान पनि खुला भएको छ । तर, खोप लगाउन नपाउँदा अधिकांश कामदार वैदेशिक रोजगारमा जान पाएका छैनन् । अधिकांश श्रम गन्तव्य मुलुकले तोकिएको खोप नै लगाउनुपर्ने बाध्यता छ । साउदी, कतारलगायत मुलुकले अमेरिकी खोप जोन्सन एन्ड जोन्सन, भारतीय खोप कोभिडसिल्डलगायत खोप अनिवार्य गरेका छन् । यस्तै, अन्य मुलुकले पनि सोहीअनुसार खोप ...
कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य

कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य

समाचार, स्वास्थ्य
अबबाट काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गरिएको छ। स्वास्थ्य कार्यालय काठमाडौंले खोपका लागि अनलाइन फारम अनिवार्य गरेको हो । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार अबदेखि १८ वर्षदेखि ५० वर्ष उमेर समूहका नागरिकहरुले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने भएका छन् । कोरोनाविरुद्ध खोपका लागि अनलाइन दर्ता गर्ने नागरिकलाई अर्को सूचना गरेर खोप दिन सुरु गरिनेछ । खोपका लागि अनलाइन दर्ता भएको प्रमाण लिई आगामी दिनमा सञ्चालन हुने खोप केन्द्रमा सर्वसाधारणले खोप लगाउनसक्ने उनको भनाइ छ। ...
त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा आजदेखि शुरु

त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा आजदेखि शुरु

शिक्षा, समाचार
त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा आजदेखि शुरु भएका छन् । कोरोना महामारीका कारण स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको हो। कोरोनाका कारण झण्डै दुई वर्षमा पहिलो वर्षको परीक्षा दिन पाएका विद्यार्थीलाई परीक्षा पूर्वको व्यवस्थापन सहज नहुँदा समस्या भएका कारण प्रवेशपत्र र विषय नमिले पनि समन्वय गरी परीक्षा दिन मिल्ने गरी व्यवस्था मिलाईएको त्रिविले जनाएको छ । ...
आज श्रावण १० गते आइतबारको  राशिफल

आज श्रावण १० गते आइतबारको राशिफल

राशिफल, समाचार
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ । खानपानको कारणले स्वास्थ सम्बन्धि समस्या उत्पन्न हुन सक्नेछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहला । अनावश्क कार्यका निम्ति बढि समय ब्यतित हुन सक्छ । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मान्य जनको साथ सहयोग द्वारा कार्यको क्षेत्रमा जोश जागर बढ्नेछ । बिद्या प्राप्ति को योग रहेको छ । पारीवारिक झमेला ले सताउनेछ । सहि समयमा सहि निर्णय गर्न नसक्नाले सामान्य झन्झट देखा पर्नेछ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ । मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) अनावश्यक खर्चको योग रहेको छ । दाजूभाई तथा ईष्ट मित्र बि...
६० हजार लिटर डिडिसीको घ्यू निर्यात

६० हजार लिटर डिडिसीको घ्यू निर्यात

आर्थिक, समाचार
नेपाल सरकारको स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थानको हेटौँडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित ६० हजार लिटर घ्यू यस वर्ष निर्यात भएको छ। आर्थिक वर्ष २०७७/ ७८ मा दक्षिण कोरिया, जापान र अष्ट्रेलियामा सो घ्यू निर्यात भएको आयोजना प्रमुख नरेश जोशीले जानकारी दिए । हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालित उक्त आयोजनाबाट आधा लिटरको बट्टामा वि.सं २०७७ वैशाखदेखि घ्यू निर्यात शुरु भएको उल्लेख छ । एक पटकमा सातदेखि आठ हजार लिटर घ्यू निर्यात हुने गरेको छ । घ्यूको माग अत्याधिकरूपमा बढ्दै गएको आयोजना प्रमुख जोशीको भनाइ छ। वि सं २०३० वैशाखमा डेनिस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा स्थापना भएको उक्त आयोजनाबाट दैनिक २५ हजार लिटर दूध मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीबाट सङ्कलन भइरहेको छ । त्यस्तै आयोजनाले छ हजार दुग्ध कृषक घरपरिवारको १६४ दुग्ध उत्पादक सहकारी संस्था र सात चिस्यान केन्द्रमार्फत् आ...
निषेधाज्ञा खुकुलो बनाएसँगै नेपालमा फेरि कोरोना भाइरसको संक्रमण र मृत्यु दरमा वृद्धि

निषेधाज्ञा खुकुलो बनाएसँगै नेपालमा फेरि कोरोना भाइरसको संक्रमण र मृत्यु दरमा वृद्धि

समाचार, स्वास्थ्य
निषेधाज्ञा खुकुलो बनाएसँगै नेपालमा फेरि कोरोना भाइरसको संक्रमण दर र यसबाट हुने मृत्यु दरमा वृद्धि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्लो सातामा नेपालमा कोरोना संक्रमण १४ प्रतिशत र मृत्यु ४९ प्रतिशतले वृद्धि भएको हो।विज्ञहरुले पहिलो र दोस्रो लहरबाट आक्रान्त बनेको नेपालमा तेस्रो लहरको जोखिम रहेको भन्दै आवश्यक तयारी गर्न सुझाव दिइरहेका छन् । पछिल्लो सातामात्रै १२ हजार ८३ जनामा कोरोना पुष्टि भएको सरकारी तथ्यांक छ । यो अवधीमा २०७ जनाको मृत्यु भएको छ । नेपालमा बिहिवार सार्वजनिक तथ्यांक अनुसार २४ घण्टामा थप २ हजार ७ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको कुल ९ हजार १ सय २२ पीसीआर परीक्षणमा १ हजार ८ सय ५५ र ३ हजार ७ सय ७ जनाको एन्टीजेन परीक्षण गर्दा ८ सय ५९ जनाको एन्टीजेनबाट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।त्यसैगरी ...
नेपाली कांग्रेस पदाधिकारी बैठक आज बिहान ९ बजे बस्दै

नेपाली कांग्रेस पदाधिकारी बैठक आज बिहान ९ बजे बस्दै

राजनीति, समाचार
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। बैठक आज बिहान ९ बजे प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्नेछ। पदाधिकारी र पूर्वपदाधिकारी सहभागी हुने बैठकमा आसन्न १४औँ महाधिवेशनको तयारी तथा अन्य समसामयिक राजनीतिक गतिविधिबारे छलफल हुने जनाइएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीका कुनै पनि बैठक नराख्ने योजना अनुसार कांग्रेसले देउवा निवासमा बैठक बोलाएको हो।यसअघि पार्टी प्रमुख प्रधानमन्त्री बन्दा उसका प्रायः बैठक प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने गरेका थिए। कांग्रेसले पनि हालै बालुवाटारमा पदाधिकारी बैठक गरेको थियो। तर अब, यो गलत परम्परालाई तोड्दै कांग्रेसका कुनैपनि बैठक बालुवाटारमा नराखिने कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताए। ...