आजको बैठकमा मन्त्रालयको भागबन्डा टुंगो लाग्ने
भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक आज बस्दैछ। आजको बैठकमा मन्त्रालयको भागबन्डा टुंगो लाग्ने सम्भावना छ।
सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले तयार पारेको प्रारम्भिक खाकाबारे आजको बैठकमा छलफल हुने नेताहरूले बताएका छन्।
सांसद् संख्याका आधारमा कार्यदलले कांग्रेसलाई प्रधानमन्त्रीसहित नौ, माओवादीलाई सात, जनता समाजवादी पार्टी र नेकपा (एमाले)को माधवकुमार नेपाल समूहलाई तीन/तीन मन्त्रालय दिने कार्यदलले प्रस्ताव तयार पारेको छ।
तर, यसमा जसपाले असन्तुष्टि जनाएको छ। जसपाले कम्तिमा पाँच वटा मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ। संविधान अनुसार २५ सदस्यीय भन्दा ठूलो मन्त्रिपरिषद् बनाउन मिल्दैन। जसमा प्रधानमन्त्रीसहित २२ मन्त्री र तीन राज्यमन्त्री रहन सक्छन्।
कार्यदलका सदस्यहरुका अनुसार कांग्रेस र माओवादी सात/सात तथा जसपा र नेपाल समूहला...









