चीनबाट खरिद गरिएको कोरोना विरुद्धको ८ लाख डोज भेरोसेल खोप आज काठमाडौं आइपुग्दैछ।

खोप लिन चीन गएको नेपाल वायु सेवा निगमतको जहाज दिउँसो २ बजे आइपुग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

खोप लिन बुधबार राति नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चीन गएको थियो । यसअघि पहिलो चरणमा ८ लाख डोज भेरोसेल खोप ल्याइएको थियो। दोस्रो चरण अन्तर्गत आज पनि ८ लाख डोज नै खोप ल्याइने स्वास्थ्य सेवा विभागको आपूर्ति महाशाखाले जनाएको छ ।

यही साताभित्रै थप ८ लाख डोज लिन जहाज चीन जानेछ। दुईपटक गरी यही साताभित्र थप १६ लाख खोप नेपाल आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

चीनबाट ल्याइएका खोप अहिले अभियान सञ्चालन हुन नसकेका प्रदेशहरू प्रदेश एक, सुदूरपश्चिम प्रदेश र कर्णालीमा पठाइनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here