शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

Author: News Reporter

ग्यापु अनलाइन व्यापारलाई ५० हजार जरिवाना

ग्यापु अनलाइन व्यापारलाई ५० हजार जरिवाना

अपराध, आर्थिक, समाचार
काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनलाइन व्यापार कम्पनी ग्यापु मार्केट प्लेस प्रालिलाई जरिवाना गरेको छ। अनलाइन व्यवसाय दर्ता नगरी व्यवसाय संचालन गरेको भन्दै विभागले आइतबार कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरेको हो। विभागका अनुसार अनलाइन व्यापारका लागि वाणिज्य विभागमा दर्ता हुनुपर्ने कानुनी प्रावधान रहेपनि उक्त कम्पनीले दर्ताबिनै कारोबार गरिरहेको भेटिएको हो। ‘उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २० ९२० बमोजिम अनलाइन व्यवसाय दर्ता नगरी व्यवसाय संचालन गरेकोले दफा ३८ (ट) को कसुरमा सोही ऐनको दफा २९ उपदफा १ को घ अनुसार कारबाही गएिको’ विभागले जनाएको छ। ...
गण्डकी प्रदेशमा बाढी पहिरोका कारणबाट ७८ को मृत्यु

गण्डकी प्रदेशमा बाढी पहिरोका कारणबाट ७८ को मृत्यु

समाचार, समाज
कास्की- गण्डकी प्रदेशमा यस वर्ष मनसुन शुरु भएता बाढी पहिराका कारणबाट ७८ जनाको मृत्यु भएको छ । तीमध्ये ४० महिला र ३८ पुरुष छन् । प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार गतवैशाख महिनादेखि प्राकृतिक विपत्तिमा परी आठ जना बेपत्ता छन् भने ६८ घाइते भएका छन् । प्रदेशका ११ जिल्लामध्ये बाढी पहिराबाट म्याग्दीमा सबैभन्दा बढीले ज्यान गुमाएका छन् । म्याग्दीमा १६ महिला र १५ पुुरुषको मृत्यु भएको छ भने चार महिला बेपत्ता छन् । त्यसैगरी तनहुँमा आठ महिला र तीन पुरुषको मृत्यु तथा एक बेपत्ता छन् । कास्कीमा पाँच पुरुष र पाँच महिला गरी बाढी पहिराका कारणबाट १० जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो । लमजुङमा एक महिला तथा तीन पुरुष, स्याङ्जामा एक महिला र चार पुरुषको मृत्यु तथा एक पुरुष बेपत्ता छन् । गोर्खामा एक महिला एक पुरुषको मृत्यु तथा अर...
विराटनगरमा आज देखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

विराटनगरमा आज देखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

समाचार, समाज
मोरङको विराटनगर महानगरपालिकाले आज सोमबार देखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ। कोरोना संक्रमण समुदायमा फैलिन सक्ने सम्भावना बढेपछि यस्तो निर्णय गरिएको महानगरपालिकाले जनाएको छ। मेयर भीम पराजुलीको अध्यक्षतामा आइतबार बसेको नगरस्तरीय कोभिड-१९ संकट व्यवस्थापन समिति (सिसिएमसी) बैठकले यस्तो निर्णय गरेको हो। नगर तथा वडा कार्यालयले प्रदान गर्ने अत्यावश्यक सेवाहरु दमकल, एम्बुलेन्स, स्वास्थ्य, सरसफाइ, राजश्व व्यवस्थापन, सामाजिक सुरक्षा तथा अत्यावश्यक सिफारिशबाहेक अन्य सबै सेवा स्थागित गर्ने निर्णय महानगरपालिकाले गरेको छ। बैठकले उद्योगी, व्यवसायी र सम्बन्धित सरोकारवालासँग आवश्यक छलफल गरी थप नगरभित्र थप कडाइ गर्ने निर्णयसमेत गरेको छ। प्रदेश १ मा आइतबार थप ३१ जनामा कोरोना संक्रमण देखिएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २२ र इलाममा नौ जनामा संक्रमण देखिएको हो। ...
नेपाल जेसिस क्षेत्र (ग) वर्ष २०२०का शाखा अध्यक्षहरुको भेला सम्पन्न

नेपाल जेसिस क्षेत्र (ग) वर्ष २०२०का शाखा अध्यक्षहरुको भेला सम्पन्न

समाचार, समाज
काठमाडौं, ११ साउन । नेपाल जेसिसको आयोजना तथा भक्तपुर लेडी जेसिस शाखाको उपस्थितिमा नेपाल जेसिस अन्र्तगत क्षेत्र (ग) वर्ष २०२० का शाखा अध्यक्षहरुको भेला सम्पन भएको छ । प्रमुख जिल्ला अधिकारी हुम कला पाण्डेको उपस्थिति तथा नेपाल जेसिसका राष्ट्रिय उपाध्यक्ष अनवर हुसैनको अध्यक्षतामा उक्त भेला सम्पन्न भएको हो । नेपाल सरकारद्वारा जारी स्वस्थ्य मापदण्ड भित्र रहेर भौतिक दूरी कायम गरी उक्त भेला आयोजना गरिएको थियो । उक्त भेलालाई सम्बोधन गर्दै भक्तपुर लेडी जेसिसकी संस्थापक अध्यक्ष विद्या राजभण्डारीले शुभकामना मन्तव व्यक्त गरेकी थिइन् । शाखा अध्यक्षहरुको भेलाबाट विभिन्न निर्यणहरु पारित गरिएको छ । नेपाल जेसिसका राष्ट्रिय उपाध्यक्ष धिरज शाही र शिव प्रसाद भुसाल तथा राष्ट्रिय कार्यकारी उपाध्यक्ष गोकुल सापकोटाको समेत उपस्थिति रहरेको थियो । ...
गोपाल ढकाल‘छन्दे’को निर्देशनमा ‘बाटो भन..’ को म्यूजिक भिडियो सार्बजनिक (भिडियो सहित)

गोपाल ढकाल‘छन्दे’को निर्देशनमा ‘बाटो भन..’ को म्यूजिक भिडियो सार्बजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
गायक बैकुण्ठ अधिकारीको स्वरमा रहेको गजल ‘बाटो भन तिम्रो गाउँको’ म्युजिक भिडियो सार्वजनिक भएको छ । एभरग्रिन वर्ल्डवाइड इन्टरटेण्डमेन्टको ब्यानरमा निर्मित भिडियो छन्दे युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । म्युजिक भिडियो को निर्देशन गोपाल ढकाल ‘छन्दे’ले गरेका छन् । चर्चित हांस्य कलाकार समेत रहेका ढकालको निर्देशनमा युट्यूब मार्फत कमेडि सिरिज टेन्सन साफ रिलिजको तयारीमा रहेको छ । https://youtu.be/awfU8wQEnec गजलकार तथा पत्रकार कपिलदेव खनालको शब्द रहेको गजलमा स्वर र संगीत दुवै गायक अधिकारीको छ । संगित संयोजनमा सैलेन्द्र बच्चाको रहेको छ । केएमएस रेकडिङ्ग स्टुडियोमा रेकर्ड भएको गजलको भिडियोको क्यामरामा हर्कमान वाईबा र भिडियो सम्पादनमा दिन्शन शाह रहेका छन् । करीब १५ वर्ष अघि लेखिएको गजल म्युजिक भिडियो सहित सार्वजनिक पश्चात श्रोता र दर्शकको मन जित्नेमा आफु ढुक्क रहेको गायक तथा संगीत...
विश्व किर्तिमानी चर्चित संगितकार सन्तोष श्रेष्ठलाई गृह जिल्ला दाङमा सम्मान

विश्व किर्तिमानी चर्चित संगितकार सन्तोष श्रेष्ठलाई गृह जिल्ला दाङमा सम्मान

मनोरन्जन, समाचार
काठमाडौं– चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले विश्वका १२ भाषामा संगित गरेर गिनिज बुकमा नाम लेखाउन सफल चर्चित एंव लोकप्रिय संगितकार सन्तोष श्रेष्ठलाई सम्मान गरेको छ । संघले संगितकार श्रेष्ठलाई तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी बधाई एवं सम्मान गरेको हो ।संघका दाङ शाखा अध्यक्ष शिव पुनको अध्यक्षता तथा सामुदायिक रेडियो प्रशारक संघ नेपालका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । संगितकार श्रेष्ठले नेपाली, हिन्दी, चाइनिज, जापनिज, अंग्रेजी, रसियन , कोरियन, स्पेन, फेन्च, इटालियन, जर्मन र थाइ भाषा गरेर १२ भाषामा संगित गरेर गिनिज बुकमा नाम लखाएर विश्व कृतिमान राखेका हुन । संगितकार श्रेष्ठले समाजका कुरा बोल्ने गितसंगितले जीवन्त पाउने बताए। उनले संख्यात्मक रुपमा धेरै सिर्जनाले मात्रै उचाईमा पुग्ने नहुने भन्दै थौरै सृजनाले पनि कलाकार जीवन्त हुन सक्ने स...
रमेश पाठकको शब्द संगीतमा बर्षा शर्माको ‘तीजको रमझम’ सार्वजनिक (भिडियो सहित)

रमेश पाठकको शब्द संगीतमा बर्षा शर्माको ‘तीजको रमझम’ सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं । नेपाली हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज नजिकिए संगै तीज सम्बन्धी धेरै गीतहरु दैनिक सार्वजनिक भैरहेका छन । यस्तैमा गायिका बर्षा शर्माको पहिलो तीजको कोसेली आयो ‘तीजको रमझम’ सार्वजनिक भएको छ ।गायक एबम संगीतकार रमेश पाठकको शब्द संगीत रहेको गीतमा नरेन्द्र वियोपगीको एरेन्ज, मिक्स र मास्टरिङ्ग रहेको छ । ‘तीजको रमझम’ को म्युजिक भिडियोमा वर्षा शर्मा ,पुजा पाठक र अश्मी भुजेलको मनमोहक नृत्य रहेको छ https://www.youtube.com/watch?time_continue=1&v=fuFmwkcYsis&feature=emb_logo रमेश पाठकको निर्देशनमा बनेको भिडियोमा नबिन बाबु गुरुङको क्यामेरा र रोशन धितालको सम्पादन रहेको छ । म्युजिक भिडियो निर्देशन , गायन , संगीत र गीत रचनामा साथै समय सान्दर्भिक सन्देशमुलक गीतको साथै पप ,आधुनिक लोकदोहोरी जस्ता धेरै विधाका गीतहरु गाउन सक्ने खुबी भएका बहुमुखी प्रतिभाका धनी रमेश पाठक गीत रच...
प्रहरी प्रधान कार्यालयमा कार्यरत चार  प्रहरीलाई कोरोना संक्रमण आशंकामा अस्पताल भर्ना

प्रहरी प्रधान कार्यालयमा कार्यरत चार प्रहरीलाई कोरोना संक्रमण आशंकामा अस्पताल भर्ना

समाज, स्वास्थ्य
प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना प्रहरीलाई कोरोना संक्रमण भएको आशंकामा अस्पताल भर्ना गरिएको छ। ज्वरो आएपछि प्रहरी अस्पतालमा भर्ना गरिएका उनीहरुमा कोरोना संक्रमणको आशंका गरिएको प्रधान कार्यालयले जनाएको छ। कोरोनासँग मिल्ने लक्ष्यण देखिएपछि स्वाब संकलन गरी प्रहरी अस्पतालले परीक्षणका लागि टेकू अस्पताल पठाएको प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले बताए। उनीहरुको सम्पर्कमा रहेका अरु प्रहरीलाई पनि क्वारेन्टिनमा राख्ने र स्वाव संकलन गर्ने तयारी भइरहेको छ। ...
नागार्जुनका घरधनी ऋषि अधिकारीले दिए घर भाडा छुट

नागार्जुनका घरधनी ऋषि अधिकारीले दिए घर भाडा छुट

आर्थिक, समाचार
नागार्जुन नगरपालिका एक घरधनीले आफ्नो घरमा भाडामा बस्नेहरुलाई १ महिनाको घरभाडा मिनाहा गरेका छन । काठमाडौ नागार्जुन १० घ्याम्पे टोल निवासी घरधनी ऋषि अधिकारीले आफ्नो घरमा भाडामा बस्ने सम्पूर्ण बहालवालाहरुलाई १ महिनाको भाडा नलिनुका साथै बांकी रहेको घरभाडा समेत समय अनुकुल मिलाएर तिर्न आग्रह गरेको सोही घरभाडामा बस्ने सीता खड्काले बताईन । कोराना कहरले गर्दा लकडाउन भएकोले घरमा बस्नेहरुको आम्दानीको श्रोत व्यबस्थापन गर्न कठिनाई भएको र आफु पनि पहिले घरभाडामै बसेकोले घरभाडामा बस्नेको पिडा आफुले राम्रो संग बुझेकोले उक्त निर्णय लिएको घरधनी अधिकारीले बताए ।घरधनी अधिकारीको यस्तो निर्णयको प्रशंसा गर्दै उक्त घरमा भाडामा बस्ने किराना व्यबसायी दिपेन्द्र राज श्रेष्ठले उहांको जस्तो कार्य अन्य घरधनीले पनि गरेमा दैनीक गुजारा गरेर खानेहरुलाई ठूलो राहत हुने घरबेटी र भाडामा बस्ने बीचको सम्बन्ध सुमुधुर हुने बताए । ...
जापानमा बसी व्यापार व्यबसाय गर्दै आएका समाजसेबी तथा व्यवसायी केशब अधिकारीको चौतारो रेष्टुरेन्ट संचालनमा

जापानमा बसी व्यापार व्यबसाय गर्दै आएका समाजसेबी तथा व्यवसायी केशब अधिकारीको चौतारो रेष्टुरेन्ट संचालनमा

आर्थिक, समाचार
बिगत २२ बर्ष देखि जापानमा बसी व्यापार व्यबसाय गर्दै आएका समाजसेबी तथा व्यवसायी केशब अधिकारी अहिले जापानमा नेपाली व्यावसायिहरु मध्येमा अग्र स्थानमा रहेका छन । जापानिज वाइनबार जापानीज रेस्टुरेन्ट (इजागया) बाट व्यवसाय सुरु गरेका अधिकारीले अहिले जापानको अन्तर्राष्ट्रिय विमान स्थल हानेदा एयरपोर्ट बाट दस मिनेटको दुरिमा रहेको कामता स्टेसनमा जापानमै नेपाली रेस्टुरेन्टहरु मध्ये हाल सम्मकै सबैभन्दा ठुलो २५० भन्दा बढी क्षमता रहेको चौतारो रेस्टुरेन्ट संचालनमा ल्याएका छन । उनले ५० / ६० जना नेपाली तथा जापानीजहरुलाइ समेत रोजगारी दिदै आएका छन, उक्त रेस्टुरेन्टमा नेपाली कला संस्कृती तथा विश्व सम्पदा सुचिमा परेका सांस्कृतिक सम्पदा झल्किने खालका चित्रहरुलाइ भित्तामा चौतारो सङगै चित्रण गरिएको छ ,नेपालमै रहेको अनुभुती दिलाउने रेस्टुरेन्टका संयोजक बिनय श्रेष्ठले बताए । विशेष गरि नेवारी खानाका साथमा थकाली खा...