शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

Author: News Reporter

जीवन शाहीको निर्देशनमा रानी शाक्यको स्वरमा ‘संसार फेर्नेु’ सार्बजनिक  (भिडियो)

जीवन शाहीको निर्देशनमा रानी शाक्यको स्वरमा ‘संसार फेर्नेु’ सार्बजनिक (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । गायिका रानी शाक्यको स्वरमा नयां गीत 'संसार फेर्नेु' सार्बजनिक भएको छ। गायिका शाक्यले भन्दा पहिलाको भन्दा यसपटक फरक स्वादको सामाजिक सन्देश बोकेको गीत लिएर आएकी छिन् गीतको शब्द अरुण तिवारीको रहेको छ। गीतमा संगीत दिपक शर्मा दिएका छन् । गीतलाई पुरुषोत्तम न्यौपानेले संगीत संयोजन गरेका हुन्। https://www.youtube.com/watch?v=g7ieW8EBd5o&feature=emb_logo जीवन शाहीको निर्देशनमा भिडियो तयार पारिएको म्युजिक भिडियोमा मुख्य भूमिकामा चर्चित नायिका प्रियंका कार्की फिचर्ड छिन् भने राजु गिरी, रश्मी श्रेष्ठ र इन्द्र दोङ्ग लामा सहायक भूमिकामा देखिएका छन्। उत्सव दहालले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन्। गायिका शाक्यको अफ़िसिएल च्यानल रानी शाक्य मार्फत भिडियो सार्वजनिक भएको छ। ...
बेलायतले गोर्खा सैनीकको तस्वीर अंकित स्टर्लिङ पाउण्ड निकाल्ने

बेलायतले गोर्खा सैनीकको तस्वीर अंकित स्टर्लिङ पाउण्ड निकाल्ने

अन्तराष्ट्रिय, समाचार
बेलायती सेनामा गोरखा सैनिकले पुर्याएको योगदानको कदर गर्दै बेलायत सरकारले पाउण्डको सिक्कामा गोर्खाहरूको तस्विर अङ्कित मुद्रा निकाल्ने तयारी गरिरहेको छ । ट्रेजरी मन्त्री जोन ग्लेनका अनुसार अर्थमन्त्री ऋषि सुनाकले यस किसिमको कदम छिट्टै चाल्न इच्छा व्यक्त गरेका कारण अब तयारीमा रहेको सोमबार लण्डनको एक कार्यक्रममा बताए । हालसम्म श्वेत बेलायतीबाहेक अन्य कुनै पनि समुदायका मानिसको तस्वीर अङ्कित सिक्का ननिकालिएको जनाइएको छ । सिक्का छाप्नका लागि कस्तो किसिमको बनाउने भन्नेबारे यसको ढाँचाका सन्दर्भमा कुरा भइरहेको र त्यसैका लागि सम्पूर्ण प्रस्ताव रोयल मिन्समा पेश गरिएको ट्रेजरी मिनिस्टरले जनाए । रोयल मिन्ट बेलायतमा सिक्का छाप्ने सरकारको स्वामित्व रहेको संस्था हो । यसले प्रत्येक वर्ष ६० भन्दा बढी देशको सिक्का छाप्ने काम गर्दछ ।रासस ...
एसईईपछि मेडिकल क्षेत्रमा जान चाहने विद्यार्थीका लागि डिप्लोमा इन फार्मेसी

एसईईपछि मेडिकल क्षेत्रमा जान चाहने विद्यार्थीका लागि डिप्लोमा इन फार्मेसी

शिक्षा
एसईईपछि मेडिकल क्षेत्रमा जान चाहने विद्यार्थीका लागि फार्मेसी एउटा राम्रो विकल्प हो । थोरै लगानीमा अध्ययन गर्न सकिने विषय भएकाले पनि फार्मेसी पढ्न चाहने विद्यार्थीहरूको चाम बाक्लै हुने गरेको छ । रोजगारको दृष्टिले पनि फार्मेसी विषयलाई उपयुक्त विषयका रूपमा लिइन्छ । अध्ययनपछि रोजगारी सुरक्षित हुनका साथै आफैले पनि औषधी पसल खोल्न सकिने भएकाले यो विषयमा विद्यार्थीको आकर्षण बढ्दै गइरहेको छ । नेपालमा फार्मेसी विषय एसईईपछि अध्ययन गर्न पाइन्छ । एसईईपछि फार्मेसी पढ्नका लागि विद्यार्थीहरुलाई दुईवटा विकल्प छन् । एउटा भनेको सीटीईभीटीको डिप्लोमा इन फार्मेसी कोर्ष अध्ययन गर्ने र अर्को भनेको माध्यमिक तह (कक्षा ११ र १२) मा विज्ञान संकाय अध्ययन गरी स्नात्तक तहमा फार्मेसी विषय अध्ययन गर्ने । विद्यार्थीहरूले आफूलाई जुन उपयुक्त लाग्छ,त्यहि छनोट गरी अध्ययन गर्न सक्छन् । तर, धेरै विद्यार्थीहरूले एसईईपछि सी...
क्यारेवियन प्रिमियर लिगको खेल तालिका सार्वजनिक

क्यारेवियन प्रिमियर लिगको खेल तालिका सार्वजनिक

खेलकुद, समाचार
काठमाडौं । क्यारेवियन प्रिमियर लिग (सिपिएल)को खेल तालिका सार्वजनिक भएको छ । अगस्ट १८ बाट सुरु हुने खेलको फाईनल सेप्टेम्बर १० मा खेलिनेछ । सिपिएलमा यसपटक २४ दिनमा ६ टिमहरुले कुल ३३ खेलहरु खेल्नेछन । खेलहरु त्रिनिदाद एण्ड टोबेगो र टारौबा स्टेडियममा हुनेछ भने २३ खेल सहित सेमिफाईनल र फाईनल ब्रायन लारा क्रिकेट एकेडमीमा खेलिने छ । बाकि १० खेलहरु पोर्ट अफ स्पेन स्थित क्विन्स पार्क ओभलमा हुनेछ । प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछ । पहिलो खेल पछिल्लो पटकको रनरअप टोली गुयाना अमेजन वरिर्यस र त्रिबांगो नाइट राइडर्स बिच हुनेछ । दोस्रो खेल डिफेन्डिङ च्याम्पियन बारबाडोस त्रिडेंट्स र किट्स एंड नेविस पेट्रयोट्स बिच हुनेछ । नेपाली खेलाडी सन्दिप लामिछानेको टिम जमैका तलावाजले पहिलो खेल अगस्ट १९ मा सेन्ट लुसियासँग खेल्ने भएको छ । कोरोनाका कारण यस पटक खेलहरु बिना दर्शक खालि स्टेडियममा हुनेछ । ...
ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

समाचार, समाज
पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका-३ तरकारीचोकमा गएराति ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय टाँडीले दिएको जानकारीअनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते अन्दाजी ३१ वर्षीय पुरुषको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । मृतकको सनाखत हुनसकेको छैन। पूर्वबाट पश्चिमतर्फ आइरहेको ना ४ ख ४१५५ नम्बरको ट्रकले विपरीत दिशातर्फ गइरहेको ना ४७ प ६१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्रकलाई नियन्त्रणमा लिइएको र चालक फरार रहेका प्रहरीको भनाई छ। रासस ...
लाइसेन्स बनाइदिन्छु भन्दै रकम असुलेको अभियोगमा एक पक्राउ

लाइसेन्स बनाइदिन्छु भन्दै रकम असुलेको अभियोगमा एक पक्राउ

अपराध, समाचार
काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाइदिन्छु भनेर रकम असुली गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुगु खत्याड गाउँपालिका–८ घर भइ हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका बस्ने २५ वर्षीय प्रेमराज पाण्डे छन् । उनलाई महानगरीय प्रहरी वृत्त, थानकोटले खरिबाटेबाट पक्राउ गरिएको डीएसपी राजकुमार केसीले बताए । उनका अनुसार प्रारम्भिक अनुसन्धानमा पाण्डेले चन्द्रागिरि–४ का मंगल श्रेष्ठ र शैसव श्रेष्ठ लगायतलाई लाइसेन्स बनाइदिन्छु भनेर प्रतिव्यक्ति साढे १३ हजार रुपैयाँ लिएको खुलेको छ । पक्राउ परेका दुवै जनाविरुद्ध थप कानुनी कारबाही प्रक्रिया अघि बढाइएको डीएसपी केसीले बताए । ...
ईन्करेजमेन्ट अवार्डको दोश्रो संस्करण जर्मनीको वर्लिनमा हुने

ईन्करेजमेन्ट अवार्डको दोश्रो संस्करण जर्मनीको वर्लिनमा हुने

मनोरन्जन, समाचार
काठमाडौ – सुर्योदयको देश जापानमा पहिलो संस्करण भव्य रुपमा सम्पन्न भएको विश्वको पहिलो भनेर भनिएको “ईन्करेजमेन्ट अवार्ड २०१९” को सफलता पछि थ्रि एस् मिडिया हाउस नेपालले दोस्रो “ईन्करेजमेन्ट अवार्ड २०२०” घोषणा गरेको छ । उक्त कार्यक्रमका निर्देशक तथा थ्री एस मिडिया हाउस नेपालका अध्यक्ष समीर लामाका अनुसार दोस्रो “ईन्करेजमेन्ट अवार्ड २०२०” मंसिर पहिलो साता जर्मनीको बर्लिन शहरमा हुने बताएका छन । पहिलो संस्करण जापानको टोकियोमा सम्पन्न भए सङगै यस संस्करणलाई जर्मनीमा गर्न लागेको अध्यक्ष लामाले बताएका छन । यो अवार्ड बिश्वकै पहिलो समाबेशी अवार्ड रहेको लामाको दाबी रहेको छ भने विभिन्न बिधामा गरि कुल ४६ वटा बिधा रहेको र उक्त अवार्डमा सबै क्षेत्रका ब्यक्तित्वहरुलाइ प्रोत्साहन गर्ने हेतुले अवार्ड कार्यक्रमको आयोजन हुँदै आएको अध्यक्ष लामाले बताएका छन । मंसीरको दोश्रो हप्ता जर्मनीको वर्लिनमा सम्पन्न...
बन्द भयो श्रीराम सुगर मिल्स

बन्द भयो श्रीराम सुगर मिल्स

आर्थिक, समाचार
श्रीराम सुगर मिल्स सधैँका लागि बन्द भएको छ । मिलले औपचारिक रुपमै सधैँको लागि बन्द भएको घोषणा गरेको हो । मिलको सञ्चालक समितिले २ अर्ब १७ करोड रुपैयाँ घाटा देखाएर बन्द गरेको छ । कम्पनीको जर्जर आर्थिक अवस्था र पुँजीको अभावको कारण कम्पनी व्यवस्थापन पक्षले विगत चार महिनादेखि उद्योगमा कार्यरत श्रमिकहरुको कर्मचारी संञ्चयकोष बापतको रकम र पारिश्रमिकसमेत भुक्तानी गर्न सकेको छैन । गत आर्थिक वर्षमा पनि कम्पनीले जम्मा १३ दिनमात्र क्रसिङको लागि खुलेको जनाएको छ । गत फागुन १३ गतेदेखि मिल्स पूर्ण रुपमा बन्द रहेको कम्पनीले जनाएको छ । सञ्चालकहरु करौडौँ खर्च गरेर मिललाई बचाउन खोजेपनि नसकेपछि अन्नतः बन्दको घोषणा गर्नु परेका जनाएको छ । हरेक वर्ष कम्पनी करोडौं रुपैयाँको घाटामा जान थालेपछि बाध्य भएर बन्द गर्नु परेको उसले एक सूचनामार्फत भनेको छ । कम्पनीले उखु किसानलाई करोडौं रुपैयाँ भुक्तानी गर्न सकेको छैन।...
मणिपाल अस्पताल पोखराका एक डाक्टरमा कोरोना संक्रमण

मणिपाल अस्पताल पोखराका एक डाक्टरमा कोरोना संक्रमण

समाचार, स्वास्थ्य
पोखराको मणिपाल शिक्षण अस्पतालका एक डाक्टरमा कोरोना भाइरसको सक्रमण देखिएको छ। सोमबार बिहान ती डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको अस्पताल श्रोतले जनाएको छ। कोरोना पुष्टि भएसँगै उनलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ। ती डाक्टर मणिपालमा कार्यरत रहेको र सोही कलेजमा एमडी अध्ययन गर्दै आएका थिए। उनको आवास पनि मणिपालकै होटलमा रहेको छ। डाक्टरलाई नै कोरोना पुष्टि भएपछि अस्पताललाई सिल गर्ने÷नगर्नेबारे निर्णय हुन बाँकी रहेको अस्पताल श्रोतले जनाएको छ। ...
गीता अधिकारीको शब्द तथा गायिका सारिका घिमिरे स्वरमा ‘बजाउँदै चुरा‘’  तिज गीत सार्वजनिक (भिडियो सहित)

गीता अधिकारीको शब्द तथा गायिका सारिका घिमिरे स्वरमा ‘बजाउँदै चुरा‘’ तिज गीत सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
साउन ११ । नेपाली महिला हरुको महान् पर्व तीज नजिकिदै जादा तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यही मेसोमा गत तीन वर्षदेखि लगातार तीजका गीत स्रोता/दर्शकमाझ पस्किदै आएकी सञ्चारकर्मी गीता अधिकारीले ‘बजाउँदै चुरा…’ लिएर आएकी छन् । सारिका घिमिरेको स्वरमा रहेको सार्वजनिक तीज गीत ‘बजाउँदै चुरा…’मा योगेश काजीको सङ्गीत तथा एरेञ्ज रहेको छ । स्टुडियो १डीबी एचडीमा रेकड्ङि गरिएको गीतमा एचवीएन किस्मतको मिक्सिङ तथा माष्टिरिङ रहेको छ । सार्वजनिक लिरिकल भिडियोलाई विक्रम आदित्य शाहले सम्पादन गरेका छन् । https://youtu.be/zViUBCRu4_Y गीता र सारिकाले यसभन्दा अघि ‘यतै घमाइलो उतै घमाइलो…’सन्देश मुलक तीज गीत लिएर आएका थिए भने गत वर्ष ‘तीजैमा ब्रत बसी…’ लिएर आएका थिए । कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणका कारण गीतको भिडियो छायाँकन गर्न असमर्थ भएका कारण लिरिकल भिडियो सार्वजनिक गरेको गीता/सारिका...