शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

Author: News Reporter

बग्गीखानाका दुई जनालाई कोरोना संक्रमण पुष्टि, एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जना क्वारेन्टिनमा

बग्गीखानाका दुई जनालाई कोरोना संक्रमण पुष्टि, एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जना क्वारेन्टिनमा

समाचार, स्वास्थ्य
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ बग्गीखानाका दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ । गत शुक्रबार संक्रमण पुष्टि भएकाहरुलाई भने अस्पतालमा पठाइएको छ भने अहिले महाशाखामा पूर्णलकडाउनको अवस्था छ । कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न बन्देज लगाइएको छ । महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ । ३७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ । ...
जिल्ला प्रशासन काठमाडौंले भिडभाड कम गर्न ल्यायो नयां नियम

जिल्ला प्रशासन काठमाडौंले भिडभाड कम गर्न ल्यायो नयां नियम

समाचार, समाज
कोरोनाभाइरस जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सेवाग्राहीको भीडभाड कम गर्न नयाँ नियम ल्याएको छ। सामाजिक दूरी कायम गर्न भन्दै कार्यालयले साउन १८ गतेदेखि लागू हुने गरी नयाँ नियम ल्याएको हो। जसअनुसार आइतबार काठमाडौं महानगरबासीले कार्यालयबाट सेवा पाउनेछन्। नागरिकता प्रमाणपत्रलगायत सेवा लिन काठमाडौं महानगरबासी आइतबार कार्यालय जानु पर्नेछ। त्यस्तै सोमबार कीर्तिपुर, नागार्जुन र चन्द्रागिरी नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन्। मंगलबार फेरि काठमाडौं महानगरबासीले सेवा पाउँछन्। बुधबार बुढानिलकण्ठ, टोखा, कागेश्वरी मनोहरा नगरपालिकाले र बिहीबार पुन काठमाडौं महानगरबासीले सेवा पाउँछन्। शुक्रबार गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन्। शान्ति सुरक्षा र कानुनबमोजिम हुने मुद्दाका लागि भने शनिबारबाहेक कार्यालय खुल्नेछ। तोकिएका बार मिलाएर म...
डा. डीआरको गीतमा कार्टुन क्रुजका सरोज र आस्मा ‘छक्कै परे’ (भिडियोसहित)

डा. डीआरको गीतमा कार्टुन क्रुजका सरोज र आस्मा ‘छक्कै परे’ (भिडियोसहित)

मनोरन्जन, समाचार
साउन १४ । विश्व कीर्तिमानी डा. डीआर उपाध्यायको नयाँ गीत ‘छक्कै परे…’ सार्वजनिक भएको छ । विष्णु भट्ट र बिना भट्टराईको स्वर, विष्णुकै सङ्गीत तथा मोहित मुनालको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । किरण विश्वकर्माको रेकर्डिङ तथा श्याम श्वेत रसाइलीको मिक्सिङ/माष्टिरिङ रहेको गीतको भिडियोमा डीआर म्युजिक क्रिएशनको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आस्मा बिश्वकर्मालाई फिचरिङ गरिएको छ । उत्सव दाहालले छायाँकन गरेको गीतको भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ । https://www.youtube.com/watch?v=q7Dp-iTYIFE&feature=emb_logo गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामीले निक्कै मिहिनेत गरेर एउटा राम्रो गीत र यसको भिडियो स्रोता/दर्शकमाझ पस्किएका छौ, सबैको साथ सहयोग पाउन...
कालापानी क्षेत्र नेपालकै हो, त्यहाँ नेपालीलाई अवरोध नहोस्

कालापानी क्षेत्र नेपालकै हो, त्यहाँ नेपालीलाई अवरोध नहोस्

समाचार, समाज
काठमाडौं। सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा पर्ने गुन्जी, कालापानी र लिम्पियाधुरामा नेपालीहरुले ‘घुसपैठ’ गरेको भन्दै भारतले पठाएको पत्रको नेपालले कडा जवाफ फर्काएको छ। भारतको धार्चुला जिल्लाका सहायक जिल्ला अधिक्षकले दार्चुला जिल्ला प्रशासनलाई गएको जुलाई १४ मा पत्र लेखेर ती भूमिमा नेपालीहरु प्रवेश गरेको भन्दै त्यसलाई रोक्न भनेका थिए। त्यसको जवाफ दिँदै दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले ती भूमि नेपालकै भएकाले नेपालीहरु त्यहाँ जानु स्वभाविक भएको बताएका छन्। भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत समेटेर नेपालले नयाँ नक्सा जारी गरिसकेको छ। तर, भारतले त्यसलाई अस्वीकार गर्दै आएको छ। नेपालले नयाँ नक्सा जारी गरेपछि दार्चुलामा भारतीयहरुले विभिन्न अवरोध गर्दै आइरहेका छन्। त्यसैक्रममा भारतीय अधिकारीले पत्र लेखेका थिए। तर, नेपालले आफ्नो भूमिमा नेपालीहरु ज...
अन्ततः सन्दीप सिपिएल खेल्न जाने निश्चित

अन्ततः सन्दीप सिपिएल खेल्न जाने निश्चित

खेलकुद, समाचार
काठमाडौं । नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नेबारे अन्योल भएको समाचारहरु आईरहदा अन्ततः सन्दीप सिपिएल खेल्न जाने निश्चित भएको छ । उनका म्यानेजर रमन सिवाकोटिका अनुसार जुलाई ३० तारिखका दिन सन्दीप कोरियन एयरबाट सिपिएलका लागि प्रस्थान गर्ने भएका हुन । कोरियन एयरको चार्टर फ्लाईटबाट सन्दीप युएसए हुदै अगस्ट १ मा ट्रिनिडाड एण्ड टोबागो पुग्नेछन । सन्दीप यस सिजनको सिपिएलका लागि जमैका तल्लावाहजबाट अनुबन्धित भइसकेका छन्। उनलाई जमैकाले एक लाख ३० हजार अमेरिकी डलर (रु एक करोड ५६ लाख) मा अनुबन्ध गरेको हो। उनी उक्त टिमको मार्की खेलाडी हुन्। सन्दीपले यसअघि पहिलो र दोस्रो संस्करणको सिपिएल खेलिसकेका छन्। सिपिएल आगामी भदौ २ गतेदेखि भदौ २५ गतेसम्म चल्ने छ। सिपिएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र स...
४ जनामा कोरोना संक्रमण पुष्टि पछि जगदम्बा इन्टरप्राइजेज सिल

४ जनामा कोरोना संक्रमण पुष्टि पछि जगदम्बा इन्टरप्राइजेज सिल

आर्थिक, समाचार
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले जगदम्बा इन्टरप्राइजेजलाई सिल गरेको छ । उद्योगका प्रमुख कार्यकारी अधिकृतसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उद्योग सिल गरिएको हो । स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीको अनुमति विना अर्को सूचना जारी नभएसम्म उद्योग प्रवेशमा प्रशासनलेले रोक लगाइएको हो । जगदम्बा इन्टरप्राइजेजमा कार्यरत ४८, ५६ र २६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरु सबै कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । गत साउन ६ गते जगदम्बामा कार्यरत ५६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी कोरोना अस्पतालको आईसीयूमा कक्षमा उपचाररत छन् । सीमावर्ती भारतीय राज्य बिहारमा संक्रमितको संख्या बढ्दै गइरहेको अवस्था र नेपालमा लकडाउनकै समयमा जगदम्बाले भारतबाट लुकाइ छिपाई मजदुर ल्याएर काम गराइरहेको सूचना प्रशासनसम्म पुगेको थियो । ...
बिराटनगर भन्सारबाट २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार राजश्व सङ्कलन

बिराटनगर भन्सारबाट २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार राजश्व सङ्कलन

आर्थिक, समाचार
विराटनगर । एकीकृत भन्सार जाँचचौकी रानी विराटनगरले आर्थिक वर्ष २०७६÷७७ मा कूल २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार राजश्व सङ्कलन गरेको छ। सो अवधिमा कार्यालयले कूल ४९ अर्ब ६४ करोड ६० लाख ४६ हजार राजश्व सङ्कलन गर्ने लक्ष्यमा २१ अर्ब २८ करोड २६ लाख १७ हजारले कम अर्थात ५७ दशमलव १३ प्रतिशत मात्र लक्ष्यमा प्रगति हासिल गरको छ। कार्यालयबाट प्राप्त जानकारी अनुसार आव २०७४÷७५ मा ३२ अर्ब ८१ करोड ३० लाख ८३ हजार राजश्व सङ्कलन भएको थियो भने सो अवधिमा ३१ अर्ब २४ कारेड ४८ लाख ८१ हजार लक्ष्यमा एक अर्ब ५६ करोड ८२ लाख दुई हजारले बढी अर्थात १०५ दशमलव शूल्य दुई प्रतिशत प्रगति गरेको थियो। यस्तै, आव २०७५÷७६ मा कूल ४२ अर्ब ५३ करोड १९ लाख १८ हजार राजश्व सङ्कलन गर्ने लक्ष्यमा ३८ अर्ब २८ करोड ९४ लाख ८८ हजार मात्र राजश्व सङ्कलन गरेको थियो । आव २०७४÷७५ मा लक्ष्य भन्दा बढी राजश्व सङ्कलन गर्न सफल सो कार्यालयले आव २०७५÷७६...
प्रहरी हेडक्वार्टरका २७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

प्रहरी हेडक्वार्टरका २७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
काठमाडौं—नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीकाअनुसार हेडक्वार्टरमा कार्यरत २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हेडक्वार्टरमा ठूलो संख्यामा कोरोना संक्रमण देखिएपछि अहिले कन्ट्याक्ट ट्रेसिङको कार्य सुरु भएको प्रवक्ता शाहीले बताए । पछिल्लो एक सातामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना पुष्टि भएको हो । ‘हाम्रो हेडक्वार्टरमा कार्यरत २७ जनामा कोरोना पुष्टि भएको छ,’ उनले भने, ‘हिजोदेखि नै कन्ट्याक्ट ट्रेसिङको काम भैरहेको छ ।’ पोजेटिभ देखिनेहरुमा चालक, मेकानिक्स र मेसमा काम गर्ने लगायत रहेका छन् ।  संक्रमितहरूलाई आइसोलेसनमा राखेर अस्पताल पठाउने तयारी गरिएको छ । ...
सुनको मूल्य ९८ हजार २ सय रुपैयाँ,एकै दिन ७ सय बढ्यो

सुनको मूल्य ९८ हजार २ सय रुपैयाँ,एकै दिन ७ सय बढ्यो

आर्थिक, समाचार
सुन प्रतितोला १ लाख रुपैयाँ नजिक पुगेको छ। मंगलबार प्रतितोला छापावाला सुनको मूल्य ९८ हजार २ सय रुपैयाँ कायम भएको हो। सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९७ हजार ५ सय रुपैयाँ रहेको सुन एकै दिन ७ सय रुपैयाँ बढेको हो। चाँदीको मूल्य पनि निरन्तर बढिरहेको छ। मंगलबार प्रतितोला १ हजार २ सय ४५ रुपैयाँ कायम भएको छ। ...
गायक कमल के क्षेत्रिको नया गीत ” तिम्रो मनमा” सार्वजनिक…. (भिडियो सहित)

गायक कमल के क्षेत्रिको नया गीत ” तिम्रो मनमा” सार्वजनिक…. (भिडियो सहित)

मनोरन्जन, समाचार
गायक कमल के क्षेत्रिको बिल्कुल्यै नया गीत " तिम्रो मनमा" को म्युजिक भिडियो सार्वजनिक भएको छ। लामो समय देखि संगीत अनि गायन छेत्रमा आवद्द भै आफुलाई एक होनाहार र प्रख्यात ,चर्चित गायकको रुपमा स्थापित गर्न सफल गायक कमल के क्षेत्रि दर्शकले मन पराएका र दर्शक श्रोताहरुको मनमा बस्न सफल गायक हुन्। उनले गाएका प्राय सम्पूर्ण गीतहरु युवापुस्तालाइ लछित गरिएको हुन्छ भने प्रेमिल गायनमा उनि प्रख्यात समेत छन। तर केहि समय यता आफु धर्म कर्म बढी ध्यान दिने र बिश्वास समेत गर्ने गरेको गायकको भनाई रहेको छ र यसै बिश्वासलाइ दर्शक श्रोतहरु अनि धार्मिक व्यक्तित्वहरुमाझ कायम राख्न गायक कमल के छेत्रीले केहि धार्मिक गीतहरु समेत गाएका छन र उक्त धार्मिक गीतहरु पनि दर्शकको रुचिमा परेका छन। बिशेषतया आफु भगवान भोलेनाथको भक्त रहेकोले भगवान महादेवकै बारेमा शब्द रचेर ,गीत गाएका छन भने उक्त धार्मिक गीतहरुको म्युजिक भ...