बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

Author: News Reporter

कोरोना कहरमा कराओके इन्टेरटेन्मेन्टको अनलाइन सिङ्गीङ्ग कम्पिटिसन

कोरोना कहरमा कराओके इन्टेरटेन्मेन्टको अनलाइन सिङ्गीङ्ग कम्पिटिसन

मनोरन्जन, समाचार
काठमाडौं। कराओके इन्टेरटेन्मेन्टले लकडाउनको समयमा अनलाईन सिङ्गीङ्ग कम्पिटिसनको आयोजना गरेको छ। काठमाडौंको बालाजुस्थित अष्टनारायण हलमा आयोजित फाइनलमा बिजयी प्रतिस्पर्धी तथा सव टाईटल होल्डरहरुलाई अवार्ड प्रदान गरिएको छ। नेपालका शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरको प्रमुख आतिथ्यता तथा नेप्लिज फेसन होमकी संस्थापक अध्यक्ष हेमा मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा गायक भिम तुलाधर, संगीतकार राजु सिंह, म्युजिक टिचर भानुभक्त ढकाल, गायक निर्णय श्रेष्ठ, गायिका बुनु राई मानन्धर, गायक प्रशान्त श्रेष्ठ (मिस्ट), करओके आईकन सिजन वान को बिजेता अशेष महर्जन, भोटिङ पार्ट्नर डेबिल सिङ्ग राजपुत, मिस्टर नेशनल रबिन तण्डुकार र मिस नेशनल नैना खड्गी लगायत सम्मानित भएका थिए। कार्यक्रममा ५६० जना प्रतिस्पर्धीवाट टप २५ पश्चात टप ९ मा आएर ९ जनाले सव–टाईटल जिते। प्रतिस्पर्धी दर्पण रिजालले टप नाईन , सुजाता चाप...
भर्जिनिया ग्रीन गार्डेन संचालनमा, खाद्य र पेय पदार्थ आयात गर्ने

भर्जिनिया ग्रीन गार्डेन संचालनमा, खाद्य र पेय पदार्थ आयात गर्ने

आर्थिक, समाचार
काठमाडौँ — आयात/नियार्तकर्ता कम्पनी भर्जिनिया ग्रीन गार्डेन प्रा.ली. मंगलबार देखी संचालनमा आएको छ । कोभिड संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कम्पनीले एक सामन्य औपचारिक कार्यक्रम माझ राजधानीको डिल्लिबजार पिपलबोट स्थित कार्यालयमा उद्घाटन समारोह सम्पन्न गरेको हो । उक्त कम्पनीले दुवईस्थित भर्जिनिया ग्रीन गार्डेन फुड एण्ड बेभरेजका सम्पूर्ण सामाग्रीहरु आयात गर्ने कार्य गर्ने कम्पनीका सिईओ उमेश कुमार न्यौपानेले जनाएका छन । स्तरीय सेवा सहित गुणस्तरीय फुड एण्ड बेभरेजहरु उपभोक्तामाझ पुर्याउने उद्देश्यका साथ भर्जिनिया ग्रीन गार्डेन संचालनमा ल्याईएको कम्पनीका अपरेसन डाईरेक्टर अनिता लामाले जनाएकी छिन । ...
साहित्यकार खेमनाथको नविनतम् कृति ‘यात्राको सिकर्नी’ सार्वजनिक

साहित्यकार खेमनाथको नविनतम् कृति ‘यात्राको सिकर्नी’ सार्वजनिक

मनोरन्जन, समाचार
साहित्यकार खेमनाथ दाहालको नविनतम् कृति ‘यात्राको सिकर्नी’ सार्वजनिक भएको छ । श्वेतपत्र महाकाव्यलगायत  कृतिका कृतिकार दाहालको नियात्रासङ्ग्रह ‘यात्राको सिकर्नी’ सार्वजनिक भएको हो । उषा दाहाल प्रकाशक रहेको कृति ‘यात्राको सिकर्नी’को आवरण, आकृति र वर्णविन्यास रमेश दाहालको रहेछ । यस नियात्रा कृतिभित्र काठमाडौंदेखि क्वालालम्पुरसम्म, राजदूत निवासदेखि टायम्स स्क्वायरसम्म, गेन्टिङ्ग हाइट्सदेखि चेन सी टेम्पलसम्म, बटु गुफाको सेरोफेरो, पेट्रोनास टार्वसलाई नियाल्दा, सिङ्गापुर यात्रा, पुत्राजयमा नेपालको झन्डा, मानार्थ राजदूत टेरी टिओको डार्कमा, राजकुमारको निम्तोमा, राजदूतावासको सेरोफेरो, भूगोल र इतिहास, मलेसियाको अर्थतन्त्र र दक्षिण पूर्व एसियामा कम्युनिस्ट विद्रोह र युद्ध जस्ता १४ ओटा नियात्रा समावेश गरिएको छ । प्रस्तुत कृतिमा दाहालले काठमाडौंदेखि क्वालालम्पुरसम्म प्रारम्भ गरी दक्षिणपूर्व ए...
सौर्य एयरलाइन्सको नयाँ जहाज काठमाडौंमा

सौर्य एयरलाइन्सको नयाँ जहाज काठमाडौंमा

आर्थिक, समाचार
सौर्य एयरलाइन्सको नयाँ जहाज काठमाडौं आइपुगेको छ। कम्पनीले बम्बार्डियर कम्पनीको एउटा सीआरजे २०० जहाज थप गरेको हो। सौर्यले ल्याएको जहाज ५० सिट क्षमताको जहाज हो। कम्पनीसँग यस्तै दुई जहाज रहेका थिए। ‘बम्बार्डियर सीआरजे २०० जहाज सोमबार काठमाडौंमा आइपुगेको छ’, कम्पनीका म्यानेजिङ डाइरेक्टर गोपाल भट्टराईले भने, ‘सौर्यले यसअघि उडान गरिरहेको ट्रक रुटमै जहाज चल्छ।’ उनका अनुसार कम्पनीले करिब ५० करोड रुपैयाँमा यो जहाज खरिद गरेको हो। सौर्यले एटीआर ७२ जहाज ल्याउने योजना समेत भएको जानकारी दिएको छ। ...
नेपालमा  थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
काठमाडौं । आइतबार  नेपालमा  थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि  भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २२ हजार ९७२ पुगेको छ । कोरोना संक्रमण निको भइ १६ हजार ३५३ जना डिस्चार्ज भएका छन् ।
अमृत सुनुवार निर्देशित गायिका एलिनाको स्वरमा पिलेन चढेर को भिडियो सार्वजनिक(भिडियो सहित)

अमृत सुनुवार निर्देशित गायिका एलिनाको स्वरमा पिलेन चढेर को भिडियो सार्वजनिक(भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं/ पछिल्लो पटक चर्चामा रहेकी गायिका एलिना चौहानको स्वरमा रहेको तीज गीत “पिलेन चढेर” को म्यूजिक भिडियो सार्वजनिक भएको छ । ज्योती अधिकारीको शव्द रहेको गीतलाई कल्याण सिंहले संगित दिएका छन । https://www.youtube.com/watch?v=HTUvrZhpws0&feature=youtu.be&fbclid=IwAR00OKAZGvVAKbMODkc5Sc0U89hC45E2HlKQmMrEY390lubevdCIrqvK-6c दिनेश श्रेष्ठको एरेन्ज रहेको गीतको रेकर्डष्टि लुमन स्थापित हुन । चर्चित छायांकार अमृत सुनुवारको निर्देशन तथा छायांकन रहेको भिडियोमा मोडल जुना सुन्दासको साथमा कोरसहरुको आकर्षक नृत्य देख्न सकिन्छ । संदिप भुजेलले कोरियोग्राफी गरेको भिडियो माधव बेल्वासेलेको सम्पादन रहेको छ भने विशाल अर्यालले सहनिर्देशन गरेका छन । ...
कक्षा ११ को परीक्षा तत्काललाई नलिन निर्देशन

कक्षा ११ को परीक्षा तत्काललाई नलिन निर्देशन

शिक्षा, समाचार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरूलाई कक्षा ११ को वार्षिक परीक्षा तत्काललाई नलिन निर्देशन दिएको छ । नोवेल कोरोना भाइरसका कारण सरकारले परीक्षा सञ्चालन सम्बन्धी निर्णय नगरेको भन्दै उसले यस्तो निर्देशन दिएको हो । ‘कोभिड-१९ को संक्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्थामा समेत केही विद्यालयहरूले कक्षा ११ को परीक्षा सम्बन्धी कार्यक्रम सार्वजनिक गरको पाएको हुँदा सोबाट विद्यार्थी तथा अभिभावहरूमा त्रासको वातावरण सिर्जना हुन गएकोले नेपाल सरकारबाट विद्यालय पुनः सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सम्बन्धी कार्यहरू नगर्नुरनगराउनुहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ,’ बोर्डद्वारा जारी सूचनामा भनिएको छ । कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि अनुसार कक्षा ११ को वार्षिक परीक्षा सम्बन्धित वि...
भक्तपुरमा स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु

भक्तपुरमा स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु

समाचार, समाज
भक्तपुरमा स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१५ प ७२६५ नंको स्कुटरले बुधबार दिउँसो भक्तपुर नगरपालिका १० भक्तपुर–चाँगु सडक वान्टीमा ठक्कर दिँदा घाइते पैदलयात्रीको बिहीबार बिहान मृत्यु भएको हो। स्कुटरको ठक्करबाट घाइते भनपा–२ भोलाछें बस्ने ४१ वर्षीया सुन्दरी सुवालको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। प्रहरीले घाइतेलाई उपचारका लागि भक्तपुर अस्पताल लगेकामा त्यहाँ उपचार हुन नसकेपछि वीर अस्पताल ट्रमा सेन्टर पठाइएको र त्यहाँ पनि उपचार हुन नसकेपछि राति न्यूरो अस्पताल बाँसबारी पठाइएकामा उपचारकै क्रममा बिहीबार बिहान ८ बजे मृत्यु भएको प्रनाउ गिरीले जानकारी दिए । प्रहरीले स्कुटर चालक चाँगुनारायण नपा–६ छालिङका २२ वर्षीय आशीष कार्कीलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको जानकारी द...
लोकराजको शव्दमा रोजी र सुजाताको गीत ‘सलहका बगाल बारीको पाटामा’ सार्वजनिक (भिडियो)

लोकराजको शव्दमा रोजी र सुजाताको गीत ‘सलहका बगाल बारीको पाटामा’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । नेपाली हिन्दु महिलाहरूको महान चाड चिजलाई सांस्कृतिक पर्वका रुपमा पनि हेरिन्छ । हिन्दू नारीहरुका लागि यो एउटा महत्व बोकेको पर्व हो । यही पर्वलाई उत्साह र उल्लासपूर्ण बनाउन गायक गायिकाहरु तिजका गीतहरु लिएर आउने गरेका छन् । यसैक्रममा गायिका रोजी श्रेष्ठ र सुजाता केसीले नयाँ गीत ‘सलहका बगाल बारीको पाटामा’ बजारमा ल्याएका छन् । ‘सलहका बगाल बारीको पाटामा’ गीत गीतकार लोकराज अधिकारीले लेखेका हुन् । गीतकार अधिकारी दाङमा रहँदा सलह र कोरोनाको दुःख भोगिरहेका बेला आएको तिजलाई गीतमा उतारेका थिए । गीतलाई लोकप्रिय संगीतकार अर्जुन पोखरेलले संगीत भरेका हुन् । गीतमा संगीत संयोजन संगीतकार पोखरेलकै रहेको छ । https://youtu.be/MNNwC8Jqq_8 ‘सलहका बगाल बारीको पाटामा’ भिडियोमा भिडियोमा दिपाशा बिसि र शुशिला थापाले छमछमी कम्मर भाचेका छन् । म्युजिक भिडियोको कोरियोग्राफ र निर्देशन काजिश श्रेष्ठले गरे...
भारतमा एक मन्त्रीको कोरोनाबाट मृत्यु

भारतमा एक मन्त्रीको कोरोनाबाट मृत्यु

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
कोरोना संक्रमणका कारण भारतमा प्रदेश मन्त्रीको मृत्यु भएको छ। बीबीसी हिन्दीका अनुसार कोरोना संक्रमणबाट उत्तर प्रदेश मन्त्रिपरिषदकी मन्त्री कमला रानी वरुणको निधन भएकाे हाे।  उनलाई गत जुलाई १८ तारिख कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि मन्त्री कमलालाई लखनऊस्थित एसजीपीजीआई अस्पतालमा भर्ना गरिएकाे थियाे। तर उपचारकै क्रममा आइतबार बिहान उनकाे निधन भएकाे बीबीसी हिन्दीले लेखेकाे छ।  उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले मन्त्री कमलाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। यसैकारण उनले आइतबार अयोध्या जाने कार्यक्रमसमेत स्थगन गरेका छन्। कमला उत्तर प्रदेश (यूपी) सरकारकी शिक्षामन्त्री थिइन्। सन् २०१७ मा भारतीय जनता पार्टीले उनलाई कानपुरको घाटमपुरबाट निर्वाचनमा उम्मेदवार बनाएको थियो। उनी त्यहाँबाट जित्ने पार्टीको पहिलो विधायक बनेकी थिइन्। त्यसपछि गत वर्ष मात्र उनलाई मन्त्री बन...