शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

Author: News Reporter

लोकगायक युवराज छन्त्यालको नयाँ गीत ‘माया गरम भो’ बोलको गीत बजारमा

लोकगायक युवराज छन्त्यालको नयाँ गीत ‘माया गरम भो’ बोलको गीत बजारमा

मनोरन्जन
लोकगायक युवराज छन्त्यालको नयाँ गीत ‘माया गरम भो’ बोलको गीत बजारमा आएको छ । गायक छन्त्यालको आफ्नै लय तथा शब्द रहेको ‘माया गरम भो, तिम्रो हाम्रो जोडी मिल्छ बिहे गरम भो’ बोलको गीतमा गायिका सहिमा श्रेष्ठले साथ दिएकी छिन् । गीतले माया, प्रेमको भावलाई प्रस्तुत गर्न खोजेको छ । प्रदेशमा बसेर नेपाली लोकगीत संगितलाई माया गर्ने छन्त्यालका चाइना तिर जाम, लास्टै टेन्सन भो लगायतका गीतहरुले चर्चा बटुलिसकेका छन् । यस्तै गायिका श्रेष्ठले स्वर दिएका ‘डोला डोला हातमा मेहन्दी भरेछौ’, पिक्टर हिट लगायतका गीतहरु हिट छन् । काठमाडौंको फर्पिङ आसपासका रमणीय स्थानमा सुटिङ गरिएको यस गीतमा सन्दिप न्यौपाने र रिना थापा मगरको अभिनय देख्न सकिन्छ । भिडियो: https://www.youtube.com/watch?v=en_0SZ84BqA&feature=share&fbclid=IwAR3bUNL6Zr7OEJuONRHmMhHumDGQ90ZYSpq-ZFtVxICz0uyYzyNGu-3GGoo प्रकाश भट्टको निर्दे...
गीतकार अशोक कुमार तामाङ्गको आधुनिक गीति एल्वम ‘मातृभूमि’ सार्वजनिक

गीतकार अशोक कुमार तामाङ्गको आधुनिक गीति एल्वम ‘मातृभूमि’ सार्वजनिक

मनोरन्जन, समाचार
गीतकार अशोक कुमार तामाङ्गको आधुनिक गीति एल्वम 'मातृभूमि' सार्वजनिक भएको छ । राष्ट्रिय नाचघरमा आयोजना भएको मिस एण्ड मिसेस जनजाती आदिवासीको ग्राण्ड फिनालेको अवसर पारि उक्त गीति संग्रहको विमोचन गरिएको हो । पूर्व सभामुख ओनसरी घर्तिमगर, वरिष्ठ नायक सरोज खनाल, प्रथम नेपाल आइडल बुद्ध लामा, नायिका तथा समाजसेवी शान्ता तामाङ्ग तथा गीतकार अशोक कुमार तामाङ्गको हातबाट एक साथ एल्बमको विमोचन गरिएको हो ।   चर्चित गायिका अन्जु पन्त, मेलिना राई तथा प्रथम नेपाल आईडल बुद्ध लामाको स्वरमा सजिएका हजार गल्ती तिम्रा, हाम्रो माया, विदेशमा छु, एक अन्जुली माया लगायत सुमुधुर आवाजमा रहेका गीतहरु एल्वममा समावेश गरिएको छ । फरक फरक स्वादमा गीत समावेश भएको एल्वमलाई अरोमा इन्टरटेनमेन्टले बजारमा ल्याएको हो । संगितकार सुर्य दयालु तथा एरेन्ज रिकेश गुरुङ्गको रहेको गीति एल्बममा समावेश गीत मध्ये अन्जु पन्तको स्वर र...

स्टार ईन्टरनेशनल अवार्डको उत्कृष्ट ३ को सम्मान श्रावण ४ गते,बिजेतालाई कतारमा अवार्ड प्रदान गरिने

मनोरन्जन, समाचार
काठमाडौं : कतारको प्रतिष्ठित अन्तराष्ट्रिय बहुराष्ट्रिय संस्था स्टार अफ किङ्गसबाट नेपाली कला संस्कृतिको जगेर्ना तथा सांगितिक स्रष्टाहरुलाई सम्मान गर्ने उद्देश्यले पहिलो पटक नेपाली कला र कलाकारहरुलाई अन्तराष्ट्रिय प्रर्वद्धन र विस्तार गर्ने हेतु अगष्ट १२, २०१९ मा रिजेन्सी हल्स दोहा कतारमा “स्टार इन्टरनेशनल अवार्ड २०१९” को आयोजना गर्ने भएको छ । २०७६ सालको ज्येष्ठ मसान्तभित्र सार्वजनिक भएका गीतहरुले प्रतिस्पर्धा गर्न पाउने छन भने ईच्छुक स्रष्टा, सर्जकले असार ३१ गते सम्म फाराम भरी आवेदन दिन सकिने र श्रावण ४ गते होटल लि हिमालय (ग्याङ्गजोङ्ग),लाजिम्पाटमा उत्कृष्ट टप ३ लाई कतारी संस्थाका प्रतिनिधी तथा नेपालका विशिष्ट व्यक्तित्वबाट प्रमाण पत्र वितरण गरिने जानकारी आयोजकले दिएको छ । कतार, कुवेत, यु.ए.ई लगायत गल्फका देशहरुमा आफ्ना व्यापार व्यवसाय विस्तार गरि सयौ नेपालीलाई रोजगारीको अवसर प्र...
पूर्व प्रशासकद्वय गौतम र पाण्डे हेम बहादुर मल्ल सम्मानबाट विभुषित

पूर्व प्रशासकद्वय गौतम र पाण्डे हेम बहादुर मल्ल सम्मानबाट विभुषित

आर्थिक, समाचार
काठमाडौं, २१ अषाढ – कुशल प्रशासक एबम् ब्यवस्थापक हेम बहादुर मल्ल सम्मान २०७१ र २०७२, क्रमश स् पूर्व मुख्य सचिव तथा पूर्व राजदूत दामोदर गौतम र पूर्व सचिव, पूर्व मन्त्री तथा नागरिक अगुवा देवेन्द्र राज पाण्डेमा समर्पण गरिएको छ । शुक्रवार साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सौजन्यमा नेपाल जन प्रशासन संघद्वारा राजधानीमा आयोजित सम्मान समर्पण कार्यक्रम माझ शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले उहाँहरुलाई दोसल्ला, प्रमाण पत्र एबम् दुई लाख राशी सहित सम्मान गर्नुभयो । सम्मान पस्चात् कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै शताब्दी पुरुष जोशीले निस्कलंकीत अग्रज पूर्व प्रशासकहरुलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताउनु हुँदै असल प्रशासक एबम् ब्यवस्थापकबाट मात्रै देशमा सुशासन कायम हुन सक्ने धारणा ब्यक्त गर्नुभएको थियो । प्रमुख अतिथी जोशीले देशमा रहेका नुन लगायतका खनिजको श्रोत र ईतिहास कालमा प्रशासनिक अवस्थाक...
पूर्व सभामुख ओनसारी घर्ति मगरको प्रमुख आतिथ्यतामा ‘मिस एण्ड मिसेस जनजाती आदिवासी’ सम्पन्न, उपाधी एलिजा र मिनाको हातमा

पूर्व सभामुख ओनसारी घर्ति मगरको प्रमुख आतिथ्यतामा ‘मिस एण्ड मिसेस जनजाती आदिवासी’ सम्पन्न, उपाधी एलिजा र मिनाको हातमा

मनोरन्जन, समाचार
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘मिस एण्ड मिसेस आदिवासी जनजाती’को पहिलो संस्करणको उपाधी मिस तर्फ एलिजा गुरुङ्गले हात पारेकी छिन, उनले भ्यूवर च्वाईस तथा बेष्ट हेयरको सवटाईटल सहित नगद ५० हजार जितिन । यस्तै, प्रतियोगिताको फस्र्ट रनरअपको उपाधी एवं मस्ट एक्टिभको सबटाईटल सहित अप्सरा गोलेले नगद २५ हजार तथा सेकेण्ड रनर अप प्रेम कुमारी सुनारी मगरले पव्लिक च्वाईसको सबटाईटल तथा नगद १५ हजार सहित विभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए । मिसेस तर्फकै प्रतियोगितामा मस्ट पपुलर तथा मस्ट कन्फिडेन्टको सवटाईटल बिमला श्रेष्ठ, मस्ट टैलेन्टको उपाधी जानकी मगर, बेष्ट वाकको सबटाईटल किष्न गुरुङ्ग,बेष्ट स्किनको सबटाईटल ईन्दिरा थापा मगर, मस्ट फ्रेण्डलीमा समिता तामाङ्ग र मस्ट फोटोजेनीक सबटाईटल लक्ष्मी चौधरीले हात पारेका थिए । यसै गरि सोही प्रतियोगीताको मिसेस तर्फको उपाधी मिना मोत्तानले हात पार...
अष्टेलियामा वल्र्ड तेक्वान्दो रेफ्रि रिफ्रेसर तथा सेमिनार, महिला तर्फ नन्दा सहित ५ नेपाली अन्तराष्ट्रिय रेफ्रिको सहभागिता

अष्टेलियामा वल्र्ड तेक्वान्दो रेफ्रि रिफ्रेसर तथा सेमिनार, महिला तर्फ नन्दा सहित ५ नेपाली अन्तराष्ट्रिय रेफ्रिको सहभागिता

खेलकुद, समाचार
विश्व तेक्वान्दो संघको आयोजनामा अष्टेलियाको गोल्डक्वेष्टमा रेफ्रि रिफ्रेसर कोर्ष तथा रेफ्रि सेमिनार सम्पन्न भएको छ । उक्त सेमिनारमा नेपालको तर्फबाट नेपाल तेक्वान्दो संघको केन्द्रिय सदस्य नोर्बु लामा तथा हिरा बहादुर थापाले पुम्से तर्फ र ईन्टरनेशनल रेफ्रि रविन मल्ल र अशोक खड्काले ‘क्यूरुगी रिफ्रेसर कोर्ष’मा सहभागिता जनाएका थिए ।   यसै गरि उक्त सेमिनारमा संघका केन्द्रिय सदस्य तथा महिला व्यबस्थापन समितीका अध्यक्ष नन्दा बस्यालले क्यूरुगीमा सहभागीता जनाएकी थिईन । जुलाई १ देखी ४ सम्म चलेको ४ दिने सेमिनार सम्पन्न गरि निर्णायक मण्डल आईतवार नेपाल फर्कने छन ।...
मह जोडीबाट बिद्यार्थी लक्षित म्याक्स कनेक्टले बजारमा ल्याएको ईलर्निङ्ग एप ‘स्मार्टर’  को औपचारिक शुभारम्भ

मह जोडीबाट बिद्यार्थी लक्षित म्याक्स कनेक्टले बजारमा ल्याएको ईलर्निङ्ग एप ‘स्मार्टर’ को औपचारिक शुभारम्भ

आर्थिक, समाचार
बिद्यालय पढ्ने भाइबहिनीहरुलाई लक्षित गरि अध्ययन गर्न सहयोग पुग्ने मोबाइल ईलर्निङ्ग एप 'स्मार्टर' को नेपालमा सार्वजनिक भएको छ। म्याक्स कनेक्टले संचालनमा ल्याएको मोबाइल एपको वरिष्ठ कलाकारद्वय मह जोडी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले औपचारीक शुभारम्भ गर्नु भएको हो। उक्त औपचारिक शुभारम्भ समारोहमा म्याक्स कनेक्टका डाइरेक्टर राजेश तुलाधरले युरोप, अष्ट्रेलिया , अमेरिकामा जस्तै नेपालमा पनि यो एप मार्फत बिद्यार्थीहरुको पढाई सहज हुने बिश्वास ब्यक्त गर्नु भएको थियो। म्याक्स कनेक्टका प्रमुख कार्यकारी अधिकृत जीत राघवले कक्षा ४ देखि ९ सम्मका विधार्थीहरुलाई लक्षित गरि नेपालको पाठ्यक्रम अनुसार स्मार्टर एप ल्याइएको जानकारी दिनु भएको थियो । यो एप, घरैमा बसेर अनलाइन तथा अफ लाइन मै पनि अडियो भिजुएल मार्फत धेरै जना प्रयोगकर्ताहरुले एकै साथ सहज तरिकाले अध्ययन तथा उपयोग गर्न सकिने जानकारी दिनुभएको थिय...
भानु प्रतापको “क्या क्या” गीत सार्वजनिक (भिडियो सहित)

भानु प्रतापको “क्या क्या” गीत सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं । एमसन इन्टरटेनमेन्ट तथा अरबिट अस्ट्रेलिया ग्रुपको संयुक्त प्रस्तुतीमा नेपाली कलाकारहरु अभिनय रहेको “क्या क्या” बोलको हिन्दी गीतको भिडियो सार्वजनिक गरिएकोछ । भानु प्रताप र अमर रसाइलीको संयुक्त निर्माणमा तयार पारीएको “क्या क्या” गीतको भिडियो को निर्देशन मनोज अधिकारीले गरेका हुन भने पुकार गौताम, रोजी पन्त, दिपा श्रेष्ठ, सन्दिप जो लगायतको अभिनय रहेको छ । प्रभात यादवको आवाजमा रहेको सो गीतको संगित अन्जान श्रेष्ठको रहेकोछ भने भिडियोलाई राह शर्माले खिचेका हुन । हाइलाइट नेपालको युट्युब च्यानलमा राखिएको सो गीतको भिडियो सम्पादक सुरेन्द्र पौडेलको रहेकोछ भने भिडियोको मेकिङ कन्सेप्ट भानु प्रतापकै रहेकोछ । लामो समय नेपाली चलचित्र क्षेत्रमा बिताउनु भएका कलाकार एवम निर्माता भन्नु प्रताप अहिले अस्ट्रेलिया छन । केही महिना देखी अस्ट्रेलियामा बसेका भानु प्रतापले केही नेपाली सिनेमाको बितरकको कामगर्दै...
एनआरएनए आईसीसीको लागि सहकोषाध्यक्षमा (एनआरएनए) एनसिसी बेल्जियमका अध्यक्ष लोकप्रसाद दाहालको उम्मेद्वारी घोषणा

एनआरएनए आईसीसीको लागि सहकोषाध्यक्षमा (एनआरएनए) एनसिसी बेल्जियमका अध्यक्ष लोकप्रसाद दाहालको उम्मेद्वारी घोषणा

आर्थिक, समाचार
काठमाडौं, २० असार । गैर आवासी नेपाली संघ (एनआरएनए) एनसिसी बेल्जियमका अध्यक्ष, लोकप्रसाद दाहालले एनआरएनए आईसीसी २०१९–२०२१ को लागि सहकोषाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन् । सफल व्यवव्सायी एबं समाजसेवीका रुपमा समेत पहिचान बनाएका दाहाल एनआरएनएमा अत्यन्त सक्रिय व्यक्तिका रुपमासमेत चिनिन्छन । दाहाल एनआरएनएका प्राय सबै भेला र सम्मेलनहरुमा सहभागी हुने गरेका छन् । यहि २८ जुनमा एनआरएनए ओमानको अधिवसनमा सहभागी हुन आएका दाहालले एनआरएन अभियन्ताहरु र साथीहरुसँगको छलफलबाट आफुले सहकोषाध्यक्षमा उम्मेदवार घोषणा गरेको बताए । उम्मेद्वारी घोषणा गरेसँगै जनसवालसँग कुरा गर्दै दाहालले आफु यो अभियानबाट बाहिर जान नसक्ने र आफुले एनआरएनएका विभिन्न पदमा रहेर काम गरिसकेकोले शुभेच्छुकहरुको आग्रहलाई स्विकार गर्दै सहकोषाध्यक्षमा उम्मेदवारी दिएको बताए । दाहालले एनआरएनए बेल्जियमको महासचिब भएर कार्यकाल पुरा गरि अहिले ...
सान्ताज व्यूटी पार्लर एन्ड ट्रेनिङको चौथो शाखा सानो भर्याङ्गमा

सान्ताज व्यूटी पार्लर एन्ड ट्रेनिङको चौथो शाखा सानो भर्याङ्गमा

आर्थिक, समाचार
काठमाडौ,१९ असार : बिगत १ दशक अगाडी देखी सौन्दर्य कला प्रशिक्षण लिदै आएकी ईश्वरी श्रेष्ठले काठमाडौंको स्वयम्भू स्थित सानो भ¥याङ्गमा आफ्नो ब्युटी पार्लर सान्ताज व्यूटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खोल्नु भएको छ भने यो पार्लर सान्ताज व्यूटी पार्लको चौथो शाखाको रुपमा फ्रेन्चाइज लिएर खोलीएको हो । सो पार्लरको उद्घाटन सान्ताज व्यूटी पार्लर वौद्धकी सन्चालीका सान्ता थापा लगायतले उद्घघाटन गरेकी छिन । उद्घाटन कार्यक्रममा सान्ता थापाले आफ्नो विद्यार्थीले आफुसंग शिक्षा र तालिम लिएर यसरी व्यवसायीक रुपमा पार्लर व्यावसाय सन्चालन गरेकोमा पार्लरको सफलताको कामना गरीन । उक्त कार्यक्रममा सान्ता थापाले भनिन‘महिलाको लागि पछिल्लो समय सौन्दर्य कला जान्नु र सुन्दर बन्नु अत्यावश्यक बनेको छ । त्यसमाथि हामी यस क्षेत्रमा लागेकाहरुका लागि त मेकअप नभई हुँदैन ।’ उनले त्यसैले हाल सान्ताजको व्राण्डवाट काठमाडौं लगायत अन्त...