आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: News Reporter

अन्तर्राष्ट्रिय कलाकार मञ्च, नेपाल शाखाको नयाँ नेतृत्व चयन तथा मन्चका अध्यक्ष खनालको ३ कृति एक साथ विमोचन

अन्तर्राष्ट्रिय कलाकार मञ्च, नेपाल शाखाको नयाँ नेतृत्व चयन तथा मन्चका अध्यक्ष खनालको ३ कृति एक साथ विमोचन

मनोरन्जन, समाचार
कलाकारहरूको अन्तर्राष्ट्रिय स्वतन्त्र छाता सङ्गठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका ( International Artists Forum – IAF- www.IAFAmerica.com ) को केन्द्रीय समिति अमेरिका अन्तर्गतको नेपाल शाखाको कलाकार भेला तथा नेपाल शाखामा नयाँ नेत्रित्व चयन कार्यक्रम मँचका प्रमुख सल्लाहकार एबम अग्रज कलाकार नीर शाहको प्रमुख आतिथ्यमा काठमाडौंमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका केन्द्रीय अध्यक्ष रामप्रसाद खनालको नयाँ कविता कृति “मुर्दाहरुको बस्ती”, गीति सिडी ” रामप्रसाद खनालका गीतहरु” र डिभिडी “रामप्रसाद खनालका सदाबहार गीतहरु” को सामुहिक रुपमा बिमोचन समेत गरिएको उक्त कार्यक्रममा यस अघि शिवहरी पौड्यालले नेत्रित्व गर्नुभएको मँचको नेपाल शाखा कार्य समितिलाई बिदाई गरी नेपालका प्रसिद्ध कलाकार एबम कवि शैलेन्द्र सिम्खडाको अध्यक्षता मा नयाँ नेपाल शाखा निर्माण गरिएको छ । नेपालका अग्रज कल...
पहिलो ‘ राष्ट्रिय साधना म्युजिक अवार्ड’ सम्पन्न,३८ विधामा अवार्ड प्रदान

पहिलो ‘ राष्ट्रिय साधना म्युजिक अवार्ड’ सम्पन्न,३८ विधामा अवार्ड प्रदान

मनोरन्जन, समाचार
काठमाडौँ । राष्ट्रिय सभा गृहमा पहिलो ‘ राष्ट्रिय साधना म्युजिक अवार्ड’ सम्पन्न भएको छ । नेकपाकी स्थायी समिति सदस्य एवं प्रतिनिधिसभा सदस्य पम्फा भुसालको आतिथ्यमा भएको कार्यक्रममा लोक, आधुनिक, राष्ट्रिय भाव, चलचित्र लगायतका नेपाली गीतसंगीतका विविध ३८ विधामा अवार्ड प्रदान गरिएको अवार्डका सदस्य सचिव गोकर्ण लामीछानेले जानकारी दिनुभयो । कार्यक्रममा प्रतिष्ठित गायिका तीर्थ कुमारी थापालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । गायिका थापालाई नगद राशिसहित लाइफटाइम अचिभमेन्ट अवार्ड अर्पण गरिएको हो । त्यस्तै गायिका तिर्थ कुमारी थापा लाई दीर्घ जीवन कलाकारिता सम्मान प्रदान गरिएको थियो भने गायक जीवन शर्मा लाई साधना विशेष सर्जक सम्मान प्रदान गरिएको थियो । साथै कला पत्रकारिता पुरस्कारमा राष्ट्रखवरबाट संचारकर्मी राज लुइँटेल, म्यूजिक खवरबाट संचारकर्मी सबिता पोखरेल र राम कुमार साहीले प्राप्त गरेक...
निरु खड्काको निर्देशनमा ‘डिस्को नाच्ने हो ‘ सार्वजनिक (भिडियो सहित)

निरु खड्काको निर्देशनमा ‘डिस्को नाच्ने हो ‘ सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
हिन्दु महिलाहरूको विशेष पर्व ‘तीज’केन्द्रित गीत ‘डिस्को नाच्न होे’ सार्वजनीक भएको छ। शान्ति रिजाल र सुन्दर लामिछानेको स्वर रहेको गीतमा गायक लामिछानेले कै शब्दरसंगीत रहेको छ। गीतको म्युजिक भिडियोमा लोकप्रिय कलाकार निरु खड्का ‘निर्मली’ र यादव देवकोटा‘सरापे’को अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन निरु स्वयंले गरेकी छन्। भिडियोको छांयाकन गोकुल अधिकारीले गरेका छन्। तीज गीत मार्फत अहिले महिलाहरुले ऋण लिएर दर भोज गर्ने र ऋणमा फस्ने कथालाई प्रस्तुत गरिएको छ। ...
सञ्चारकर्मी एवं गायिका शितल शर्माको ‘चौतारी’ सार्वजनिक (भिडियो सहित)

सञ्चारकर्मी एवं गायिका शितल शर्माको ‘चौतारी’ सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौँ – सञ्चारकर्मी एवं गायिका शितल शर्माको तीजगीत ‘चौतारी’ सार्वजनिक भएको छ। गायक तथा सर्जक बैकुण्ठ महतको शब्द,अर्का चर्चित गायक खुमन अधिकारीको लय सिर्जनामा तयारी पारिएको ‘चौतारी’ बोलको गीत सार्वजनीक भएको हो। गत वर्ष गायिका शर्माले  ‘महारानी’ बोलको तीज गीत ल्याएकी थिइन। यो वर्ष पनि उनले नारीहरूको महान चाँड हरीतालिका तिजको अवसर पारेर आज मात्रै गीत बजारमा पठाएको बताएकी छन्। शंकर बिसीको निर्देशन रहेको म्युजिक भिडियोमा लोकप्रिय कलाकार नीरु खड्का, किशोर निरौला, दिभाषा शर्मा लगायतको अभिनय देख्न सकिन्छ। मधुर बस्नेतको छायांकन रहेको गीतको म्युजिक भिडियो नविन घर्ती मगरले सम्पादन गरेका छन्। भिडियो : https://www.youtube.com/watch?v=-lnBI7yG95k&feature=share ...
प्रमिला पुनको तिज गीत ‘तिजै आयो’ सार्वजनिक (भिडियो सहित)

प्रमिला पुनको तिज गीत ‘तिजै आयो’ सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं । गायिका प्रमिला पुनको सुमधुर स्वरमा रहेको तिज गीत ‘तिजै आयो’ सार्वजनिक भएको छ । गीतमा गायिका स्वयं प्रमिला पुनको नै शब्द र संगीत रहेको छ । कृष्ण पुनको संगीत संयोजन रहेको यस गीतको भिडियोलाई प्रदिप कुमार रसाइलीले निर्देशन गरेका हुन् । गीतमा करिष्मा ढकालको साथमा प्रदिप कुमार रसाइलीको नृत्य रहेको रहेको छ । ‘तिजै आयो’ गीतको म्यूजिक भिडियोलाई दिपक गिरीले छायाँकन गरेका छन् भने अमृत चापागाईंले सम्पादन गरेका छन् । गीत ओएस आर डिजिटल युटुव च्यानल मार्फत सार्वजनिक भएको हो । भिडियो : https://youtu.be/32xwp5Wb4Zg...
साधना म्युजिक अवार्ड २०७६ साउन ६ गते,३८ विधामा अवार्ड प्रदान गरिने

साधना म्युजिक अवार्ड २०७६ साउन ६ गते,३८ विधामा अवार्ड प्रदान गरिने

मनोरन्जन, समाचार
साधना म्युजिक अवार्ड २०७६ साउन ६ गते सोमबार हुने भएको छ । सामना म्युजिक क्रियशनको आयोजनामा पहिलोपटक हुन गइरहेको साधना म्युजिक अवार्ड २०७६ मा नेपाल सरकारका खानेपानी मन्त्री मा.विना मगरको प्रमुख आतिथ्यता रहने आयोजक संस्थाको अध्यक्ष सामना शाहले जनकारी गराइन । उक्त अवार्ड समारोहमा प्रतिष्ठित गायिका तीर्थकुमारी थापालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ । प्रतिष्ठित गायिका थापालाई नगद राशिसहित लाइफटाइम अचिभमेन्ट अवार्ड अर्पण गर्न लागिएको अवार्डका सदस्य सचिव गोकर्ण लामिछानेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ । साथै अवार्डमा नेपाली गीतसङ्गीत क्षेत्रमा विशेष योगदान दिएका विशिष्ट कला साधकलाई ‘साधना विशेष सम्मान’ प्रदान गरिने भएको छ । त्यसैगरी गीतसङ्गीत क्षेत्रमा लामो समयदेखि क्रियाशील रहँदै आएका म्युजिक खबरका सम्पादक सविता पोखरेल, राष्ट्रखबरका पत्रकार राज लुइँटेल र रेडिय...
हिमालयन ईथ्निक फूड फेस्ट तथा नेपाली कुलिनरी अवार्ड सम्पन्न

हिमालयन ईथ्निक फूड फेस्ट तथा नेपाली कुलिनरी अवार्ड सम्पन्न

आर्थिक, समाचार
काठमाडौं,  अषाढ - ग्लोबल नेप्लिज सेफ फेडेरेशनको आयोजना तथा ग्लोरी मिडियाको ईभेन्ट ब्यवस्थापनमा अषाढ २५ गतेबाट शुरु भएको हिमालयन ईथ्निक फूड फेस्ट तथा नेपाली कुलिनरी अवार्ड कार्यक्रम २८ गते शनिवार सम्पन्न भएको छ । फेष्ट अन्तर्गत २५ र २६ गते होमस्टे भ्रमण तथा अध्ययन, २७ गते होटल तथा रेस्टुरेण्ट भ्रमण तथा अध्ययन र २८ गते सिक्किम विश्वविधालयका डिन समेत रहेका हिमाली खानाका अन्वेशक प्रा.डा. ज्योतिप्रकाश तमाङको विशेष प्रस्तुती र कुलिनरी अवार्डको आयोजना गरिएको थियो । शनिवार बत्तिसपुतली स्थित अनुपम फुड ल्याडमा आयोजित कार्यक्रममा डा. तमाङले हिमाली खानाका प्रकार, उत्पत्ति, उपयोगिता, त्यसको ब्यवसायीकरण आदीका बारेमा सहभागीहरु माझ प्रस्तुती दिए भने १० जना सेफहरुलाई विभिन्न बिधा अन्तर्गत अवार्डबाट बिभुषित गरियो । नेपालमा पहिलो पटक भएको कुलिनरी अवार्ड २०१९ बाट सम्मानित हुनेमा लाईफ टाइम एचिभमेन्ट तर्फ नरहरी...
‘रातो गलबन्दी’को फष्टलुक पोस्टरसँगै शीर्ष गीत सार्वजनीक

‘रातो गलबन्दी’को फष्टलुक पोस्टरसँगै शीर्ष गीत सार्वजनीक

मनोरन्जन, समाचार
साउन १७ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘रातो गलबन्दी’को शीर्ष गीत सार्वजनिक गरिएको छ । लोकलयमा आधारित गीतमा चर्चित गायक राजेशपायल राई र श्रेया राइको स्वर, विनोद खुम्बुको संगीत, चर्चित गीतकार लोकराज अधिकारीको शब्द छ । सामाजिक प्रेमकथामा आधारित चलचित्रमा नायिका केकी अधिकारी, कोसिस क्षेत्री र वुद्दि तामाङको मुख्य भूमिका छ । सार्वजनिक गीतको भिडियोलाई गोबिन्द राइले कोरियोग्राफी गरेका हुन् । यो चलचित्रलाई नव–निर्देशक अनिश थापाले निर्देशन गरेका हुन् । मनिसमा फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा किरण माइकलको लेखन, हिमाल कडरियाको कथा, सुमन तामाङको छायांकन, अष्ट महर्जनको एक्सन छ  । चलचित्रको छायांकन पूर्वी नेपालका विभिन्न स्थानमा गरिएको छ । https://youtu.be/68j1r84dcqw...
अन्तर्राष्ट्रिय मंचमा नेपाली बालिकाहरुलाई अवार्ड

अन्तर्राष्ट्रिय मंचमा नेपाली बालिकाहरुलाई अवार्ड

मनोरन्जन, समाचार
गत जून २६ देखि जुलाई १ तारिखसम्म सिंगापुरमा संचालन भएको बालबालिका तथा किशोरकिशोरी सम्बन्धीत अन्तर्राष्ट्रिय कार्यक्रम एशिया प्यासिफिक ब्युटी, फेसन एण्ड फ्रेन्डशीप फेस्टिभल २०१९ मा टिम नेपालले सफलता प्राप्त गरेको छ । जसमा नेपालबाट पाँच जना बालिकाहरुको सहभागिता रहेको थियो । टिम नेपालको सदस्यहरुमा यांशु श्रेष्ठ, सुखी प्रधान, कृष्टिना खड्का, स्टेला शाह र मिनाल के.सी. थिए । उल्लेखीत कार्यक्रम अन्तर्गतको प्रतियोगितामा ११ वर्षिया कृष्टिना खड्काले लिटिल एशिया प्यासिफिक प्रिन्सेस् २०१९ को उपाधि जितेकी छिन् भने ८ वर्षिया स्टेला शाहले मिनी एशिया प्यासिफिक प्रिन्सेस् २०१९ को अवार्ड विजेता बनेकी छिन् । यसैगरी ११ वर्षिया यांशु श्रेष्ठले प्रिटिन समूहमा फस्ट रनर अप तथा वेष्ट पर्सनालिटी र वेष्ट इन बीच स्वीम वेयर जित्न सफल भइन् । प्रतियोगितामा ८ वर्षिया मिनाल के.सी.ले वेष्ट स्माइल अवार्ड प्राप्त गरिन् भन...
मलेसियामा बिनायक र सपनालाई अन्तराष्ट्रिय उपाधी

मलेसियामा बिनायक र सपनालाई अन्तराष्ट्रिय उपाधी

मनोरन्जन, समाचार
अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस्टर एण्ड मिस टुरिजम एम्वेसडर युनिभर्स २०१९’ मा नेपाली सहभागिले उपाधि हासील गर्न सफल भएका छन् । नेपालबाट पुरुष तर्फ दमकका विनायक राज पोखरेलले उक्त प्रतियोगीतामा मिस्टर टुरिजम युनिभर्सको उपाधिको साथमा ग्राण्ड ट्रफी हात पार्न सफल भएका छन् । यसै गरि सोही कार्यक्रममा सम्पन्न मिस टुरिजम एम्वेसडर ईन्टरनेशनलको प्रतियोगीतमा नेपालकी सपना भण्डारीले सहभागिता जनाई सेकेन्ड रनर अप हुदै मिस इन्टरनेसनलको उपाधि जित्न सफल भइन् । मलेसियामा जुलाई १ देखि जुलाई ७ सम्म चलेको कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै मिस्टर एण्ड मिस नेपाल आईकन २०१९ का विजेताहरु बिनायक र सपनाले उक्त प्रतियोगीतामा भाग लिने अवसर पाएका थिए । लिकास स्क्वायर अपार्टमेन्ट होटल कोटा किनाबालु सबाहमा सम्पन्न भएको प्रतियोगीतामा २६ देशका प्रतियोगीहरुले भाग लिएका थिए । आफुले आयोजना गरेको पहिलो प्रतियोग...