बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

Author: News Reporter

अभियन्ता बिजय थापाले आइओएममा आन्दोलतरत बिद्यार्थीको मागप्रति ऐक्यबद्धता जनाए

अभियन्ता बिजय थापाले आइओएममा आन्दोलतरत बिद्यार्थीको मागप्रति ऐक्यबद्धता जनाए

शिक्षा
अभियन्ता बिजय थापाले आइओएममा आन्दोलतरत बिद्यार्थीको मागप्रति ऐक्यबद्धता जनाएका छन्। थापाले बुधबार एक बिज्ञप्ती जारी गर्दै आन्दोलनरत बिद्यार्थीहरुको समर्थन गरेका हुन्। थापाद्वारा जारी बिज्ञप्तीमा आईओएमका डिन जगदिश अग्रवालले पैसाको चलखेल गर्ने गरेको उल्लेख गर्दै उनीबिरुद्ध उत्रन आग्रह समेत गरिएको छ। बिजय थापाद्वारा जारी प्रेस बिज्ञप्ती ‘शिक्षा, स्वास्थ, रोजगार.हाम्रो मौलिक अधिकार भन्ने नाराका साथमा हामी निरन्तर संघर्षरत रहेको सर्व्बिदितै छ। शिक्षा र स्वास्थ सेवा पुर्ण रूपमा निशुल्क, गुणस्तरीय, ब्यवस्थित, मर्यादित हुनुपर्छ। यसको प्रत्यक्ष रुपमा सुनिस्चितताको प्रत्याभूति सरकारले दिलाउनुपर्छ। स्वास्थ, शिक्षा रोजगारलाई जबसम्म मौलिक अधिकारका रूपमा सुनिश्चितता सहितको प्रत्याभूति दिलाइन्दैन तबसम्म हामी निरन्तर रचनात्मक तवरमा दबाबमुलक, शान्तिपूर्ण संघर्षका कार्यक्रमहरु जारी राख्ने प्रण ...
परदेसिको पिडा समेटिएको आशिष पुरुषको  “निन्द्रानै लाग्दैन”  सार्वजनिक (भिडियो सहित)

परदेसिको पिडा समेटिएको आशिष पुरुषको “निन्द्रानै लाग्दैन” सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
युएईमा रहेर कलाकारिता एवं विभिन्न विधामा सक्रिय कलाकार आशिष पुरुषको नयाँ गीत "निन्द्रानै लाग्दैन" सार्वजनिक भएको छ । करिब १ दशकदेखि युएईमा रहे पनि आशिषले कलाकारिता र सांगीतिक अनुभवलाई निरन्तर दिदै आएका आशिषलाई नायिका नम्रता सापकोटासँग अभिनय गरेका छन भने गीतको शब्द रचना पनि आशिष स्वयमले गरेका हुन । गायक अनिल सिहंको स्वर तथा संगीत रहेको गीतले काम र दामको खोजीमा आफ्नो परिवारबाट टाढा भएका ४० लाख नेपालीहरुको यथार्थतालाई एउटा गीत भित्र यथार्थ चित्रण गरिएको छ । अन्तराष्ट्रिय नेपाली कलाकार समाज ९इनास०का एसिया संयोजक समेत रहेका आशिष नेपालमै रहँदा देखि नेपाली कलाकारिता क्षेत्रमा गोरेटो बनाएका आशिष युएईको नेपाली सामाजिक र सांगीतिक क्षेत्रमा परिचित कलाकार र उद्घोषक पनि हुन् । https://www.youtube.com/watch?v=oorLhp69qlQ ...
म्यानमारमा मिस्टर एण्ड मिस टुरिजम एण्ड कल्चर युनिभर्समा सोनु र नबिन प्रतिस्पर्धामा, भोटिङ गर्न सबैमा अपिल

म्यानमारमा मिस्टर एण्ड मिस टुरिजम एण्ड कल्चर युनिभर्समा सोनु र नबिन प्रतिस्पर्धामा, भोटिङ गर्न सबैमा अपिल

मनोरन्जन, समाचार
काठमाडौं – मिस्टर एण्ड मिस टुरिजम एण्ड कल्चर युनिभर्स २०१९ मा नेपालको प्रतिनिधित्व गर्दै दमककी सोनु श्रेष्ठ र चितवनका नबिन बिक प्रतिस्पर्धामा उत्रिएका छन । म्यानमारको याङुनमा भई रहेको उक्त ब्युटि प्याजेण्टमा सहभागीता जनाईरहेका उनीहरु २३ अगस्टबाट बन्द प्रशिक्षणमा ब्यस्त रहदै आएका छन । ३१ अगस्टमा सम्पन्न हुने अन्तरराष्ट्रिय स्तरको उक्त प्याजेण्टमा ३२ देशको सहभागीता रहेको छ । यो प्रतियोगिता अन्तर्गत दोस्रो संस्करण हो । यस अघि नेपालमा पहिलो पटक सम्पन्न मिस्टर एण्ड मिस टुरिजम एण्ड कल्चर युनिभर्स नेपाल २०१९ बाट छनौट भई नबिन र सोनुले म्यानन्मारका लागि आफ्नो सिट सुरछित पारेका थिए । उक्त प्याजेण्टको नेपाल आयोजकमा प्लानेट मल्टी मिडिया इन्टरनेशनल रहेको छ । प्लानेटका सिइअो मोनित महर्जनका अनुसार नेपालका विभिन्न शहरमा गरिएको छनौट चरण पार गरी ६० प्रतिस्पर्धी मध्यबाट नबिन र सोनु अन्तरराष्ट्रिय मंचमा पु...
चित्लाङ्गमा चलचित्र लेखन सम्बन्धि कार्याशाला गोष्ठि

चित्लाङ्गमा चलचित्र लेखन सम्बन्धि कार्याशाला गोष्ठि

मनोरन्जन, समाचार
नेपाल चलचित्र तथा सांस्कृतीक प्रतिष्ठानको आयोजनामा मकवानपुरको चित्लाङमा साताव्यापी स्क्रिन राईटिङ्ग वर्कशप २०१९ को आयोजना भैरहेको छ।भदौ ४ गते देखि १० गते सम्म चल्ने उक्त कार्याशाला गोष्ठीमा नेपाल,भारत, अमेरिका लगायतका विशिष्ठ कलाकारहरुले सहभागिता जनाएका छन । सात दिन सम्म चल्ने सो कार्यशालामा नेपालका प्रतिष्ठित चलचित्र लेखकहरु शिवम अधिकारी, अभिमनु निरहवी लगायतका लेखकहरुको सहभागिता छ । कार्यशालामा प्रशिक्षकको रुपमा अमेरिकाबाट कलाकार,निर्माता जेफ मोनाहन आएका छन उनी अमेरिकामा चलचित्र लेखन सम्बन्धि विषय पढाउछन। त्यस्तै अर्का प्रशिक्षकमा हिन्दि चलचित्रका चर्चित एवं वरिष्ठ चलचित्र लेखक रोबिन भट्ट छन । आशिकी,बाजिगर,दिल हे के मानता नहि,राजा हिन्दुस्तानी,सडक,मोहबते,कोहि मिलगया,ॐअकारा लगायत थुप्रै चलचित्र हिट छ्न। आगामी फेब्रुरी १३ देखि १७ सम्म तेस्रो नेपाल अन्तरास्ट्रिय चलचित्र म...
मिडनाइट राइडर्सको ‘फन्की काठमाडौं’ सार्वजनिक (भिडियो सहित)

मिडनाइट राइडर्सको ‘फन्की काठमाडौं’ सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
चर्चित ब्लुज रक ब्यान्ड द मिडनाइट राइडर्स ट्रीओ को नया एल्बम "बैगुनी लाई ब्लुज ले मार्नु पर्छ" मा समावेश एउटा गित "फन्की काठ्मान्डु" को म्युजिक भिडियो बजार मा आयेको छ ।  काठ्मान्डु परिवेश को चित्रण गरियेको उक्त भिडियो को कथा सार एक युवा को नजर मा काठमाडौ को सेरो फेरो र जीवन चक्र को अवस्था को अनुभुती दर्शाइयेको छ ।  युवा को भुमिका एपि वान टिभी का संचारकर्मी तथा छांयाकार निक बिश्ट ले गरेका हुन । भिडियोमा ब्यान्ड को प्रस्तुती पनि रहि आयेको छ् जुन क्लब ट्वेन्टिफाइभ आओर्स मा छांयाकन गरियेको हो ।  भिडियो को छांयाकन आवेश बज्राचार्य ले गरेका हुन, सम्पादन माधब बेल्बासे को रहेको छ भने भिडियो का निर्देशक अमृत सुनुवार हुन । https://www.youtube.com/watch?v=CyjHA73HfME ...
गायक रामकृष्ण श्रेष्ठलाई कतारमा अन्तराष्ट्रिय अवार्ड

गायक रामकृष्ण श्रेष्ठलाई कतारमा अन्तराष्ट्रिय अवार्ड

मनोरन्जन, समाचार
गायक रामकृष्ण श्रेष्ठले कतारमा सम्पन्न स्टार ईन्टरनेशनल अवार्डसमा सर्वोत्कृष्ट युगल गायकको अवार्ड जित्न सफल भएका छन् ।संचारकर्मी समेत रहेका गायक श्रेष्ठले गायिका मिलन अमात्यको संयुक्त आवाजमा रहेको रुपैको गीतबाट उक्त अवार्ड हात पार्न सफल भएका हुन । रचनाकार अम्बिका गुरुङ्गको शव्द तथा संगीत अशुसेन लामाको रहेको गीतलाई निकै रुचाईएको थियो ।डेढ दशकदेखी निरन्तर विभिन्न लोकप्रिय गीत मार्फत दर्शक श्रोताको मन जित्दै आएका गायकले यस अघि पनि थुप्रै अवार्ड जितिसकेका छन । नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शो हरु आयोजना गरेर चर्चा कमाएको पेजेन्ट नेपाल तथा अरोमा ईन्टरटेनमेन्टको सहआयोजना तथा कतार स्थित स्टार अफ किङ्ग,को संयुक्त आयोजनामा दोहाको भव्य हल रिजेन्सी हलमा आयोजित कार्यक्रममा उक्त अवार्ड वितरण गरेको थियो । ...
मिस चन्द्रागिरी प्रिन्सेस नेपाल २०१९ को ताज सबिना खत्रीले हात पारिन

मिस चन्द्रागिरी प्रिन्सेस नेपाल २०१९ को ताज सबिना खत्रीले हात पारिन

मनोरन्जन
मिस चन्द्रागिरी प्रिन्सेस नेपाल २०१९ को ताज सबिना खत्रीले जितेकी छिन् । सविनाले ताज सहित नगद ३० हजार पुरस्कार हात पारेकी छिन । चाँदनी इन्टरटेनटमेन्ट एण्ड ट्रेनिङले आयोजना गरेको उक्त प्रतिस्पर्धामा २२ जना प्रतिस्पर्धीको सहभागिता रहेको थियो । त्यस मध्ये फाइनल राउण्डमा पुगेका १२ प्रतिस्पर्धीबाट विजेता चयन गरिएको हो । प्रतिस्पर्धामा लचना शाक्य फष्ट रनरअपको उपाधि सहित नगद २० हजार तथा प्रेमा शेर्पा सेकेण्ड रनरअपको उपाधी सहित नगद १० हजार नगद हात पार्न सफल भइन् । त्यसैगरी, रबिका डंगोल मिस सोसियल एम्बास्डर घोषित भइन् । चन्द्रगिरि नगरपालिकाका मेयर घनश्याम गिरीको प्रमुख आतिथ्यतामा म्युजिक सिटी हल बालकुमारीमा सम्पन्न भएको कार्यक्रमको निर्णायकमा मेकअप आर्टिष्ट टेकराज पाण्डे, कोरियोग्राफर बेबीजान तिमिल्सिना, गायक निर्णय श्रेष्ठ र सङ्गीतकार शान्तिराम राई रहेका थिए । कार्यक्रमबाट उत्साहित बनेकी आयोजक चां...
कतारमा सम्पन्न स्टार ईन्टरनेशनल अवार्डसमा सर्वोत्कृष्ट मेकअप आर्टिष्टको अवार्ड टेकराजलाई

कतारमा सम्पन्न स्टार ईन्टरनेशनल अवार्डसमा सर्वोत्कृष्ट मेकअप आर्टिष्टको अवार्ड टेकराजलाई

मनोरन्जन, समाचार
सौन्दर्य प्रतियोगीता, फेशन शो लगायत थुप्रै म्युजिक भिडियोमा मेकअप आर्टिष्टको रुपमा चर्चा कमाएका राज मेक स्टुडियोका प्रबन्ध निर्देशक टेकराज पाण्डेले कतारमा सम्पन्न स्टार ईन्टरनेशनल अवार्डसमा सर्वोत्कृष्ट मेकअप आर्टिष्टको अवार्ड जित्न सफल भएका छन् । नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शो हरु आयोजना गरेर चर्चा कमाएको पेजेन्ट नेपाल तथा अरोमा ईन्टरटेनमेन्टको सहआयोजना तथा कतार स्थित स्टार अफ किङ्ग,को संयुक्त आयोजनामा दोहाको भव्य हल रिजेन्सी हलमा आयोजित कार्यक्रममा उक्त अवार्ड वितरण गरेको थियो । भारतको दिल्लीमा स्पेशल मेकअप कोर्श पास गरेर राष्ट्र अन्तराष्ट्र क्षेत्रमा चर्चा बटुल्न सफल सौन्दर्य व्यबसायी टेकराज पाण्डेले २०१२ बाट औपचारिक रुपमा राज मेक स्टुडियाको स्थापना गरि हालसम्म सयौको संख्यामा मेकअप आर्टिष्टहरुलाई सफलता पूर्वक अन्तर्राष्ट्रियस्तरको मेकअप क्लासको सफल तालिम दिईस...
चर्चित फोटोग्राफर च्याङ्बा लामाको सीबी माउन्ट फ्रेम हाउसको औपचारिक शुभारम्भ

चर्चित फोटोग्राफर च्याङ्बा लामाको सीबी माउन्ट फ्रेम हाउसको औपचारिक शुभारम्भ

मनोरन्जन, समाचार
चर्चित फोटोग्राफर च्याङ्बा लामाले सञ्चालनमा ल्याएको सीबी माउन्ट फ्रेम हाउसको आइतबार औपचारिक शुभारम्भ गरिएको छ । काठमाडौं बुद्धनगरमा रहेको उक्त फ्रेम हाउसको आइतबार एक कार्यक्रमका बीच हिमाली भेगको दृश्य कैद गरेर ख्याति कमाएका फोटोग्राफर जगदिश तिवारीको हातबाट रिबन काट्दै औपचारिक शुभारम्भ गरिएको हो । जगदिश तिवारी सहित फोटोग्राफर बिकास रौनियार, राजन काफ्ले, हास्यकलाकार तथा जादुगर महादेव त्रिपाठी, चलचित्र द्धन्द निर्देशक योगेन्द्र श्रेष्ठ, बरिष्ठ पत्रकार विजयरत्न तुलाधर, कलाकार अनुपम श्रेष्ठ, गायिकाहरु अर्पणा श्रेष्ठ पुजा सुनुवार लगायतका व्यक्तित्व उपस्थित थिए । फ्रेम हाउस शुभारम्भ समारोहमा सञ्चालक च्याङ्बाले कलाकार अनुपम श्रेष्ठलाई सिबि माउण्ट फ्रेम पसल का ब्राण्ड एम्बेसडरको रुपमा घोषणा गरेका हुन् । फ्रेम हाउसमा झण्डै ४० प्रकारका विभिन्न आकर्षक फ्रेमहरु उपलब्ध छ । सञ्चालक लामाले भनेका छन , ...
नेपाल महिला चेम्बर र सनराईज बैंक लिमिटेड बिच ब्यापार साझेदारी सम्झौता सम्पन्न

नेपाल महिला चेम्बर र सनराईज बैंक लिमिटेड बिच ब्यापार साझेदारी सम्झौता सम्पन्न

मनोरन्जन
काठमाण्डौं, १६ श्रावण- नेपाल महिला चेम्बर र सनराईज बैंक लिमिटेड बिच ब्यापार साझेदारी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता पत्रमा नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ र सनराईज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडयालले हस्ताक्षर गरे । सम्झौता पत्रमा महिला चेम्बरमा आवद्ध महिला सदस्यहरुलाई बैंकको तर्फबाट कर, लेखा र बित्त सम्बन्धी परामर्शमुलक विविध कार्यक्रम आयोजना गरि जानकारी उपलब्ध गराईने उल्लेख गरिएको छ । सो सम्झौता कार्यक्रममा बोल्ने क्रममा महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमीहरुलाई आत्मविश्वास दिलाउन यस्ता अभिमुखिकरण कार्यक्रमले निकै योगदान पुर्याउने धारणा राखेकी थिईन । ‘महिला उद्यमीहरुले कर, लेखा र बित्त सम्बन्धी जानकारी सहजै हासिल गर्न सक्ने वातावरण तयार गर्न यो प्रयास कोशेढुङा बन्नेछ भन्ने मैले विश्वास लिएको छु’ उनले भनिन । त्यस्तै स...