शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

Author: News Reporter

ललितपुरमा झाकी सहितको ईन्द्रजात्रा

ललितपुरमा झाकी सहितको ईन्द्रजात्रा

समाचार, समाज
ललितपुरमा झाकी सहितको ईन्द्रजात्रा ललितपुर, २८ भाद्र - ललितपुरमा नौलो परिवेश माझ ईन्द्रजात्रा पर्व मनाईएको छ । ललितपुर ०५ नंबर वडा कार्यालय र सिद्धि विनायक संरक्षण समितिको आयोजनामा सम्पन्न ईन्द्रजात्रा पर्व झाकी सहित मनाईएको हो । ललितपुर ०५ का वडाध्यक्ष विकासमान श्रेष्ठले आफ्नो रिति रिवाज एवं संस्कृतीलाई जगेर्ना तथा भाईचारा अभिबृद्धि गर्ने उदेश्यका साथ झाँकी निकालेर ईन्द्रजात्रा पर्व मनाईएको बताए । वडाध्यक्ष श्रेष्ठले परापुर्व काल देखी उपत्यकामा प्रचलनमा रहेको ईन्द्रजात्रा पर्व प्रति नयाँ पुस्ता पनि आकर्षित हुन सकोस् र पर्व प्रति अपनत्वबोध गर्न सकुन् भन्ने अभिप्रायका साथ यस पाली पृथक तबरले ईन्द्रजात्रा पर्व मनाईएको बताए । साथै, वडा कार्यालयले लगनखेल स्थित सिद्धि विनायक मन्दिरमा सिद्धि गणेशको पुजा अर्चना तथा समयबजी अर्थात प्रशाद ग्रहण कार्यक्रम समेत आयोजना गर्यो । सो अवसरमा सांसद, प्र...
साल्ट ट्रेडिङको ५७ औं वार्षिकोत्सव सम्पन्न,कर्पोरेशनले मानव जीवनमा महत्वपूर्ण परिवर्तन ल्याएको छ : प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ

साल्ट ट्रेडिङको ५७ औं वार्षिकोत्सव सम्पन्न,कर्पोरेशनले मानव जीवनमा महत्वपूर्ण परिवर्तन ल्याएको छ : प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ

आर्थिक, समाचार
साल्ट ट्रेडिङको ५७ औं वार्षिकोत्सव सम्पन्न, काठमाडौं, २७ भाद्र -उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादवले निजि क्षेत्रलाई नुन बिक्रि वितरण गर्न दिने कुरा हावादारी र भ्रामक भएको बताएका छन । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन । मन्त्री यादवले सरकारले कहिल्यै पनि गुणस्तरियतामा सम्झौता नगर्ने बताउदै नुन बिक्रि वितरणको जिम्मेवारी पाएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको काममा सरकार बाधक नभएको पनि स्पष्ट पारे । मन्त्री यादवले थप बोल्दै सरकारले निजि क्षेत्रलाई नुन बिक्रि वितरण गर्न दिने सरकारको योजना नभएको प्रष्ट्याउँदै केहि सञ्चार माध्यमले हावादारी र भ्रामक समाचार सम्प्रेषण गरेको टिप्पणी गरे । साथै, त्यस्ता भ्रमित र तथ्यहिन समाचार सम्प्रेषण नगर्न र त्यसको पछि नलाग्न सबैलाई आग्रह गरे । तर कर्पोरेशनलाई समय अनुसा...
तीन दिन मनसुन सक्रिय रहने, सतर्कता अपनाउन अनुरोध

तीन दिन मनसुन सक्रिय रहने, सतर्कता अपनाउन अनुरोध

समाचार, समाज
काठमाडौं । मनसुनी न्यून चापीय रेखा हाल औसत स्थानको आसपासमा रहेकोले बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त न्यूनचापीय रेखा उत्तरतिर सर्नै क्रम शुरु भएकाले अझै केही दिन मौसमी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । न्यून चापीय रेखासँगै बङ्गालको खाडीबाट आएको जलवास्पयुक्त हावाको प्रभावका कारण मनसुन सक्रिय भएको मौसमविद्को भनाइ छ । आगामी दिन देशको धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गदै देशका केही स्थानमा मेघगर्जन र चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षा साथै एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदीमा आकस्मिक पानीको बहाव बढ्नसक्ने र पहाडी भू–भागमा पहिरो जानसक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने भएकाले सतर्कता अपाउन ...
नेपाल टेलिकमको द्रुत गतिको इन्टरनेट सेवा (एफटीटीएच–फाइबर टु द होम) को शुभारम्भ

नेपाल टेलिकमको द्रुत गतिको इन्टरनेट सेवा (एफटीटीएच–फाइबर टु द होम) को शुभारम्भ

आर्थिक, समाचार
काठमाडौँ । नेपाल टेलिकमले   द्रुत गतिको इन्टरनेट सेवा (एफटीटीएच–फाइबर टु द होम) को शुभारम्भ गरेको छ । टेलिकमले रुपन्देही जिल्लाको गैडहवा गाउँपालिकास्थित सूर्यपुरा बजारमा सो सेवाको शुभारम्भ गरेको हो । नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजरका साथै कम्बो प्याकेज समेत उपलब्ध गराइरहेको छ । यस अन्तर्गत न्यूनतम एक वर्षका लागि ८ एमबीपीएसको प्याक जम्मा ८ हजार रुपैयाँमा उपलब्ध छ । हाल एफटीटीएच प्याकेज अन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर (सीपीई) र एक सय मिटर ड्रप फाइबर निःशुल्क प्राप्त गर्नेछन् । एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरु प्रदान गर्न सकिने भएकोले ग्राहकहरुको लागि यो सेवा प्रभावकारी र अत्याधुनिक भएको नेपाल टेलिकमका प्रवक्...
एकिकृत सहुलियत मुल्यको पसल समुदघाटन

एकिकृत सहुलियत मुल्यको पसल समुदघाटन

आर्थिक, समाचार
काठमाडौं, २३ भाद्र – उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री मातृका यादवले एकिकृतसहुलियत मुल्यको पसलको समुदघाटन गरेका छन् । सोमबार रामशाह पथमा आयोजित एक कार्यक्रम माझ मन्त्री यादवले उक्त सहुलियत पसलको उद्घघाटन गरेका हुन । उक्त सहुलियत पसलको उद्घघाटन गर्दै मन्त्री यादवले सरकारले आम उपभोक्तालाई राहत उपलब्ध गराउने उदेश्यका साथ चाडपर्वको अवसर माझ बिशेष छुटका साथ सहुलियत मुल्यको पसल संचालन गरिएको बताए । वाणिज्य आपुर्ती तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले बजारमा सरकारको उपस्थिती छ भन्ने दर्शाउन सहुलियत पसल संचालन गरिएको बताए । त्यस्तै, राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जनले सरकारले संस्थानबाट बिक्री वितरण गर्ने वस्तुमा कर छुटको ब्यवस्था लागु गरी सहुलियत दरमा वस्तुको बिक्री वितरण गर्नुपर्ने राय पेश गरे । त्यस्तै नेपाल चेम्बर, ०३ न प्रदेशका अ...
गायक रवि सुवेदीको नयाँ गीत “ जादै छु परदेश” को म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

गायक रवि सुवेदीको नयाँ गीत “ जादै छु परदेश” को म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
अमेरिका रहेर कलाकारिता एवं विभिन्न विधामा सक्रिय गायक एवं मोडल रवि सुवेदीको नयाँ गीत “ जादै छु परदेश” को म्यूजिक भिडियो सार्वजनिक भएको छ । करिब २ दशक भन्दा लामो समय देखि विदेशमा रहेर पनि कलाकारिता र सांगीतिक अनुभवलाई निरन्तर दिदै आएका गायक रविले नायिका सुरविना कार्कीसँग अभिनय गरेका छन । मोडल रोहन सुवेदीको समेत अभिनय रहेको गीतको शव्द रचना नवराज कार्कीको रहेको छ । कृष्ण पौडेलको निर्देशन तथा सम्पादन रहेको गीतलाई बादल लिम्बुले संगीत तथा एरेन्ज गरका छन । मोडल रोहन सुवेदी गायक सुवेदीको सुुमुधर आवाज रहेको गीतले काम र दामको खोजीमा आफ्नो परिवारबाट टाढा भएका कैयौं नेपालीहरुको यथार्थतालाई एउटा गीत भित्र वास्तविक चित्रण गरिएको छ । युवराज खत्रीको छायांकन रहेको गीतको भिडियोमा धुलीखेल वरपरका रमणीय दृश्यहरु कैद गरिएको छ । अमेरिकामा रहेर पनि प्रत्येक वर्ष नेपाल आउदा नयां गीत श्रृजना गरि...
कम्पनीसँग असम्बन्धित व्यक्तिको नाउँमा प्यान दर्ता गरेर कारोबार गर्नेहरु भेटिन थाले,सावधानी अपनाउन राजश्व विभागको आग्रह

कम्पनीसँग असम्बन्धित व्यक्तिको नाउँमा प्यान दर्ता गरेर कारोबार गर्नेहरु भेटिन थाले,सावधानी अपनाउन राजश्व विभागको आग्रह

आर्थिक, समाचार
बजारमा मजदुर वा कम्पनीसँग असम्बन्धित व्यक्तिको नाउँमा प्यान दर्ता गरेर कारोबार गर्नेहरु भेटिन थालेका छन् । यस्तो कारोबार भेटिएपछि आन्तरिक राजस्व विभागले गुणस्तरीय दर्ता (Quality Registration) मा जोड दिँदै सचेत हुन आग्रह गरेको छ । कतिपय व्यवसायीले रोजगारी खोज्दै आउने मजदुरहरुलाई प्रयोग गरी तिनैको नाउँमा प्यान दर्ता गर्ने र कर दायित्वबाट पन्छिने कोशिस गरेका उदाहरण भेटिएका हुन् । यसप्रति सजग गराउँदै विभागले गुणस्तरीय दर्ताको अवधारणा अघि सारेको जनाएको छ । ‘कारोबारमा संलग्न व्यक्ति र निकाय दर्ता नभई कामदार वा अन्य असम्बन्धित व्यक्तिका नाममा कारोबार दर्ता गरी करको दायित्व अन्य व्यक्तिलाई सिर्जना गर्ने प्रवृत्ति देखिने गरेको’ विभागद्धारा जारी सूचनामा उल्लेख छ । विभागले ‘वास्तविक रुपमा कारोबारमा संलग्न व्यक्तिका नाममा मात्र फर्म वा कम्पनी दर्ता भई आफ्नो कारोबारको सूनिश्चितता गरी द...
बृहत रक्तदान कार्यक्रम तथा नि:शुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न

बृहत रक्तदान कार्यक्रम तथा नि:शुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न

समाचार, स्वास्थ्य
काठमाडौ- राजधानी काठमाडौं स्थित कालिमाटीमा बृहत रक्तदान कार्यक्रम तथा नि:शुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, नमो हारती वचत तथा ऋण सहकारी संस्था लि, रोटरी क्लब अफ काठमान्डौ वेष्ट तथा एफ एच ग्रुपद्वारा संयुक्त रुपमा आयोजित उक्त बृहत रक्तदान कार्यक्रम तथा निशुल्क स्वास्थ्य परिक्षण शिविरको उद्घाटन पूर्व सांसद तथा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड संचालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले गरेका थिए । उल्लेख्य संख्यामा रक्तदाताले रक्तदान गरेको सो कार्यक्रमको स्वास्थ्य शिविर अन्तर्गत डेन्टल, युरिक एसिड, ब्लडप्रेसर, फिजियोथेरापी, हाडजोर्नी तथा नशा, म्यानुयल थेरापी तथा पेनरिलिफ, जनरल हेल्थचेक अप, ग्यास्ट्रिक, फिस्टुला, पाईल्स सुगर आदीको निशुल्क चेकजाच गरिएको थियो । आफ्नो ५७ औं वार्षिकोत्सवको अवसर माझ साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि. ले संयुक्त रुप...
दोस्रो नाट्यश्वर म्युजिक अवार्डको फाराम खुल्ला

दोस्रो नाट्यश्वर म्युजिक अवार्डको फाराम खुल्ला

मनोरन्जन, समाचार
काठमाडौं । ‘नाट्यश्वर हामी सबै कलाकारको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना हुन गईरहेको दोस्रो नाट्यश्वर म्यूजिक अवार्ड २०७६ को फारम खुल्ला भएको छ । नाट्यश्वर कला केन्द्र तथा ईभेन्ट म्यानेजमेन्ट प्रा.लि द्वारा आयोजित अवार्डमा २०७५ साल साल बैशाख देखि २०७६ साल आषाढ मसान्त सम्मको गीतहरु दर्ता गर्न सकिने आयोजक संस्थाले जानकारी दिएको छ । अवार्डमा तामाङ्ग सेलो, म्याहेंदोमाया, लोक दोहोरी, पप र आधुनिक गरी कुल ३२ विधामा अवार्ड प्रदान गरिने आयोजक समितिले जारी गरेको बिज्ञप्तिमा जनाईएको छ । यस अघि २०७५ सालमा पहिलो नाट्यश्वर म्यूजिक अवार्ड गणतन्त्र नेपालको प्रथम रास्ट्रपती महामहिम सम्माननिय डा.रामबरण यादबको प्रमुख आथित्यमा काभ्रेको बनेपामा भव्य रुपमा सम्पन्न भएको थियो । दोस्रो म्युजिक अवार्डको फाइनल मिति केहि दिनमा नै तय हुने आयोजक समितिको बिज्ञप्तिमा उल्ल...
पेजेन्ट नेपालको आयोजनामा ३० जना सौन्दर्य प्रतियोगीताका उपाधी विजेता एकै र्याम्प शोमा उत्रदै

पेजेन्ट नेपालको आयोजनामा ३० जना सौन्दर्य प्रतियोगीताका उपाधी विजेता एकै र्याम्प शोमा उत्रदै

मनोरन्जन, समाचार
नेपालमा थुप्रै सौन्दर्य प्रतियोगीता हुने गर्छ । सौन्दर्य प्रतियोगीताले प्रतियोगीहरुको सौन्दर्यताको मात्र नभै बौद्धिक क्षमता, आत्मविश्वास लगायत प्रतिभा प्रस्फुटन समेत हुने गर्छ । पछिल्लो पटक सौन्दर्य प्रतियोगीता आयोजना गर्ने संस्थाहरुको सख्यां बढ्दै गईरहेको छ । तर सौन्दर्य प्रतियोगीतामा विजयी पश्चात थुप्रै विजेताहरु केहि समय पश्चात नै गुमनाम झै भएका पनि छन । कोही अवसर बाट बन्चित कोही समय ब्यबस्थापन त कोही विविध कारणले गर्दा टाईटल होल्डरमा नै सिमित भएर बसेका छन । यस्ता टाईटल होल्डरलाई प्रत्येक वर्ष एकै स्थानमा समेटी एउटै र्याम्पमा उतार्दै फेशन शो आयोजना गर्दै आईरहेको पेजेन्ट नेपालले यो पटक आउदो असोज १० गते छायां सेन्टरको भव्य हलमा टाईटल विनर फेशन शोको आयोजना गर्न लागेको छ । नेपाल अधिराज्यभरबाट करीव ३० जना नेपालका चर्चित व्युटी पेजेन्टका विजेताहरुलाई सहभागी गराइ एउटै र्याम्पमा क्राउन होल्...