आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: News Reporter

महादेव त्रिपाठीले अमेरिकाको विभिन्न शहरमा एकल प्रस्तुती गर्ने

महादेव त्रिपाठीले अमेरिकाको विभिन्न शहरमा एकल प्रस्तुती गर्ने

मनोरन्जन, समाचार
लोकप्रिय चर्चित कलाकार तथा जादुगर महादेव त्रिपाठी आफ्नो एकल प्रस्तुती लिएर म्याजिक ,म्यूजिक कमेडी शो लिएर अमेरिका टुर गर्ने भएका छन । सेप्टेम्वर २१ देखी नोभेम्वर १७ सम्म अमेरिकाको कोलोराडो, भर्जिनिया, वासिङ्गटन डिसी,टेक्सास लगायत ठुला शहरहरुमा आयोजना हुने उक्त शो लाई कार्की आईएनसी तथा जेपी ईन्टरनेशनल ग्रोसरी स्टोरले संयुक्त रुपमा आयोजना गर्न लागेको हो । लोकप्रिय कलाकार महादेव त्रिपाठीलाई लिएर अमेरिकामा यस किसिमको प्रस्तुती राख्न पाउदा आयोजक पक्ष सहित अमेरिकी वासी नेपाली दाजुभाई निकै उत्साहित रहेको जानकारी आयोजकले दिएका छन । आउदो १२ गते अमेरिका प्रस्थान गर्न लागेका महादेवले फरक स्वादमा आकर्षक प्रस्तुती दिने र कार्यक्रममा आफुलाई विश्वास गरि महत्वपूर्ण अवसर प्रदान गर्ने कार्यक्रमका सल्लाहकार नवराज श्रेष्ठ ,मधुकुमार श्रेष्ठ , अमेरिकामा रहेका नेपाली एवं आयोजक प्रति धन्यवाद व्यक्त गर्दै सवैल...
भारतमा रहेका अवैध आप्रवासीलाई निकालिने गृहमन्त्री अमित शाहको घोषणा,नेपाली र नेपाली भाषीलाई अप्ठेरो पर्न सक्ने

भारतमा रहेका अवैध आप्रवासीलाई निकालिने गृहमन्त्री अमित शाहको घोषणा,नेपाली र नेपाली भाषीलाई अप्ठेरो पर्न सक्ने

अन्तराष्ट्रिय, समाचार
काठमाडौं । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले नेसनल रजिस्ट्रर अफ सिटिजन्स (एनआरसी) लाई आसाममा मात्रै सीमित नराखी देशभर लागू गरिने बताएका छन् । उनले सबै अवैध आप्रवासीहरुलाई देशबाट बाहिर निकालिने पनि घोषणा गरे । भारतीय दैनिक पत्रिका हिन्दूस्तानले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले भने, ‘तपाईंहरु ईंग्ल्याण्ड, नेदरल्यान्ड्स, अमेरिका गएर बस्नुस् । तपाईंलाई कसैले घुस्न दिने छैन । भारतमा आएर चाहिँ कोही कसरी बस्न सक्छ ? यसरी देश चल्दैन ।’ उनले समयको आवश्यकता भन्दै देशका सबै नागरिकले दर्ता हुनपर्ने बताए । चुनावी घोषणापत्रमा नै भाजपाले देशभर एनआरसी लागू गर्ने प्रतिबद्धता जनाएको साहले स्मरण गराए । यसका अलावा अन्य कानूनी प्रक्रियाहरुमार्फत कारबाही गर्ने उनको भनाइ छ । ‘यसको नाम नै नेसनल रजिस्ट्रर अफ सिटिजन्स हो, न कि नेसनल रजिस्टअर अफ आसाम,’ साहले थपे, ‘यो आसामका न...
चितवनका हाती परिचालकलाई जेसिआई काठमाडौँ लेडी तथा सौराह जेसिजद्वारा अभिमुखीकरण तालिम प्रदान

चितवनका हाती परिचालकलाई जेसिआई काठमाडौँ लेडी तथा सौराह जेसिजद्वारा अभिमुखीकरण तालिम प्रदान

समाचार, समाज
भ्रमण वर्ष २०२० सफल र बनाउने उधेश्यका साथ २०७६-भाद्र ३१ गते मंगलबार सौराह चितवनको रास्ट्रिय प्रकृति संरक्षणको सभाहलमा जेसिआई काठमाडौँ लेडी तथा सौराह जेसिज को संयुक्त आयोजना नेपाल भ्रमण वर्ष २०२० प्रबर्धन कार्यक्रम रास्ट्रीय वन जंगल,बन्यजन्तु एवं पर्यापर्यटन तथा हात्ती परिचालक अभिमुखीकरण तालिम सम्पन्न गरियो र साथै रास्ट्रीय निकुन्जका ५० जना माहुतेहरुलाई जेसिआई काठमाडौँ लेडी द्वारा प्रदान गरिएको भ्रमण वर्ष २०२० लोगो अंकित पोशाक प्रमुख अतिथि जेसिआई नेपालका रास्ट्रिय अधक्ष्य तथा नेपाल भ्रमण वर्ष २०२० रास्ट्रिय पर्यटन प्रबर्धन अभियान मुल समितिका कार्यकारिणी सदस्य जेसिआई सिनेटर महेश पौडेल तथा बिशिस्ट अतिथि रत्न नगर नगरपालिका का नगर प्रमुख श्री नारायण वन ज्युले बितरण गर्नु भएको थियो । साथै हात्ती , माउते र पर्यटक संग को आपसी सम्बन्ध तथा पर्यटक संग गर्नु पर्ने ब्यबहार बिषयमा डा. भिषण गजमेर , किरण...
जेहेन्दार तथा विपन्न विद्यार्थीलाई सांंसद मैनालीद्धारा आर्थिक सहयोग प्रदान

जेहेन्दार तथा विपन्न विद्यार्थीलाई सांंसद मैनालीद्धारा आर्थिक सहयोग प्रदान

समाचार, समाज
नुवाकोट, ०१ आश्विन – नुवाकोट निर्वाचन क्षेत्र नंबर १ को प्रदेशसभा ख बाट निर्वाचित प्रदेश सासंद बद्री मैनालीले जेहेन्दार तथा विपन्न विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरेका छन् । सांसद मैनालीले लिखु गाउँपालिका वडा नं. ६ मा रहेको नेबुला स्कुलमा अध्यनरत छात्र छात्राालाई निशुल्क अध्यापन गराउनको लागि आफुले पाउने संसद सुविधाबाट रू पचास हजारको चेक प्रदान गरेका हुन । सांसद मैनाली उक्त चेक विद्यालय संचालक अर्जुन लामिछानेलाई हस्तान्तरण गरे । समाजसेवामा अब्बलता प्रस्तुत गर्दै आएका मैनालीले थानसिंग आपचौरकी ११६ बर्षिया वयो बृद्धा बाटुली लामिछानेलाइ मासिक ५ हजार रूपैयाँ दिदै आएका छन् । लामिछानेलाइ आफू पदमा बाहल रहँदासम्म मासिक ५ हजार दिने घोषणा मैनालीले गरेका थिए । गत श्रावणबाट उनले लामिछानेलाइ सहयोग प्रदान गर्दै आएका छन । त्यस्तै सांसद मैनालीले नुवाकोटका मृगौला रोग पिडित अनेरास्ववियुका पूर्व अध्यक्ष ...
दार्चुलाकी सिजलले हात पारिन मिस टुरिज्म वल्र्डवाइड नेपाल २०१९ को ताज

दार्चुलाकी सिजलले हात पारिन मिस टुरिज्म वल्र्डवाइड नेपाल २०१९ को ताज

मनोरन्जन, समाचार
मिस टुरिज्म वल्र्डवाइड नेपाल २०१९ को ताज सिजल कुंवर जितेकी छिन् । ताज सहित मिस व्युटिफुल तथा मिस टैलेन्ट टप ३ को सव टाईटल समेत हात पार्न सफल सिजलले सिङ्गापुर तथा ईण्डोनेसियामा हुने मिस टुरिज्म वल्र्डवाइडमा नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन । परेली मिडिया तथा ईभेन्ट संसारको संयुक्त आयोजनामा सम्पन्न उक्त प्रतिस्पर्धामा ललितपुरकी रिजा व्यन्जनकारले फस्ट रनर अपको उपाधीको साथमा मिस लेडी अफ ब्रिलियन्सीको सव टाईटल हात पारिन भने, पोखराकी पुजा थापाले सेकेण्ड रनर अपको उपाधीको साथमा मिस पर्सानालिटीको सव टाईटल हात पार्न सफल भएकी थिईन ।२७ जना प्रतिस्पर्धीको सहभागिता रहेको प्रतिस्पर्धामा दुर्गम तथा नेपालको ग्रामीण भेगबाट सहभागीहरुको संख्या अधिक रहेको थियो । भक्तपुर स्थित ह्वाईट प्यालेसमा सम्पन्न उक्त प्रतिस्पर्धामा ट्राभल एण्ड टुरिज्जम विषयमा त्रिभुवन विश्वविद्यालयबाट गोल्ड मेडलिष्ट आयुष्मा पो...
नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने

आर्थिक, समाचार
काठमाडौं । नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए । छुट बुधबारबाटै कार्यान्वयनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय सार्वजनिक गरेका थिए । यसको शुरुवात सरकारी स्वामित्वको कम्पनीबाटै गर्ने उद्देश्यअनुसार उक्त निर्णय भएको हो ।  निगमले दशैंका लागि अग्रिम बुकिङसमेत खुलाएको छ । अब निगमको आन्तरिक उडानमा यात्रुहरुले अग्रिम बुकिङ गरी टिकट लिन सक्ने भएका छन् ।  ...
‘मिस गुरुङ इन्टरनेशनल–२०१९’को उपाधि तनहुँकी बिनु गुरुङले ताज सहित स्कुटी हात पारिन

‘मिस गुरुङ इन्टरनेशनल–२०१९’को उपाधि तनहुँकी बिनु गुरुङले ताज सहित स्कुटी हात पारिन

मनोरन्जन, समाचार
काठमाडौं, २९ भदौं । ‘मिस गुरुङ इन्टरनेशनल–२०१९’को उपाधि तनहुँकी बिनु गुरुङले जितेकी छन् । शनिबार राजधानीमा सम्पन्न प्रतियोगिताको यस तेस्रो संस्करणमा आफ्ना १४ प्रतिस्पर्धीलाई उछिन्दै बिनु यस वर्षकी ‘मिस गुरुङ इन्टरनेशनल’ बन्न सफल भएकी हुन् । प्रतियोगिताको शीर्ष विजेता बिनुले ताजसहित स्कुटी तथा विभिन्न गिफ्टह्याम्पर प्राप्त गरेकी छन् । उनले एक फिल्मका मुख्य नायिकाको अवसर समेत प्रदान गरिने भएको छ । मृगतृष्णा फेसन एण्ड प्रोडक्शनद्वारा आयोजित ‘मिस गुरुङ इन्टरनेशनल–२०१९’का लागि १५ जना गुरुङ सुन्दरी फाइलनमा पुगेका थिए । उनीहरुमध्येबाट लमजुङकी आसिन गुरुङ फस्ट रनअप र पोखराकी अञ्जु गुरुङ सेकेण्ड रनरअप भएका छन् । उनीहरुले क्रमशः थाइल्याण्ड भ्रमण र फेसन डिजाइनिङ कोर्षका लागि फुलस्करशीप पाएकी छन् । फस्ट रनरअप आसिनले थाइल्याण्ड भ्रमण र सेकेण्ड रनरअप अञ्जुले फेसन डिजाइनरका लागि फुलस्करशीप प्...
नेपाल नेटबल संघले दक्षिण एसियाली नेटबल च्याम्यिनसिप गर्ने

नेपाल नेटबल संघले दक्षिण एसियाली नेटबल च्याम्यिनसिप गर्ने

खेलकुद, समाचार
काठमाडौं, २९ भाद्र - नेपाल नेटबल संघले दक्षिण एसियाली नेटबल च्याम्यिनसिप गर्ने भएको छ । संघले प्रथम पटक दक्षिण एसियाली यू(१६ नेटवल च्याम्यिनसिप गर्न लागेको हो। आगामी कात्तिक १ गतेदेखि ५ गते सम्म आर्मी फिजिकल तथा स्पोर्ट सेन्टर लगनखेलमा उक्त प्रतियोगिता हुन लागेको नेपाल नेटबल संघले आईतवार राजधानीमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । प्रतियोगितामा कुल ६ वटा देशका खेलाडीहरु सहभागि हुने नेपाल नेटवल संघका महासचिव दिपक लामाले पत्रकार सम्मेलनमा बताए । प्रतियोगितामा आयोजक नेपाल, भारत,बंगलादेश,पाकिस्तान, श्रीलंका र मल्दिभ्सको सहभागिता रहनेछ । लिगकप नकआउटमा खेलाउने यस खेलमा १० मिनेटको दरले ४० मिनेटको खेल हुनेछ । यस प्रतियोगितामा प्रति टिम १७ जनाको टिम हुनेछ भने १५ जना अम्पायर र अफिसियल हुने लामाले बताए । अन्तराष्ट्रिय अम्पायरमा सिंगापुर,पाकिस्तान, श्रीलंका,भारतवाट दुई, दुई जनाको दरले कुल आठ र ब...
एसियन साम्बोमा पाँच खेलाडीले नेपाललाई दिलाए पदक

एसियन साम्बोमा पाँच खेलाडीले नेपाललाई दिलाए पदक

खेलकुद, समाचार
एसियन साम्बोमा पाँच खेलाडीले नेपाललाई दिलाए पदक काठमाडौं– भारतको नयाँ दिल्लीमा जारी एसियन साम्बो प्रतियोगितामा नेपालले पाँच पदक जित्न सफल भएको छ । प्रतियोगितामा सहभागी नेपाली टोलीका साब्बारानी महर्जन, रचना लामा र मीरा पौडेलले रजत पदक जित्न सफल भएका हुन् । त्यसैगरी निरज भण्डारी र भगवाती माझीले कास्य पदक हात पारेका छन् । प्रतियोगिताका लागि नेपाली टोली गत मंगलबार भारत गएको थियो । सेप्टेम्बर १० देखि शुरु भएको प्रतियोगिता १६ तारिखसम्म चल्नेछ । प्रतियोगितामा नेपालसहित ४४ वटा राष्ट्रका खेलाडीको सहभागीता रहेको नेपाल साम्बो फेडेरेसनका उपाध्यक् रमेश पौडेलले जानकारी दिए । ...
राष्ट्रिय उपभोक्ता मंचको १४ औ स्थापना दिवस तथा साधारण सभा सम्पन्न

राष्ट्रिय उपभोक्ता मंचको १४ औ स्थापना दिवस तथा साधारण सभा सम्पन्न

आर्थिक, समाचार
ललितपुर, २८ भाद्र - उपभोक्ता अधिकारका निम्ती कृयाशिल राष्ट्रिय उपभोक्ता मंचले आफ्नो १४ औ स्थापना दिवस तथा साधारण सभा भब्यताका साथ सम्पन्न गरेको छ । मंचका अध्यक्ष प्रेमलाल महर्जनको सभापतित्व माझ बालकुमारीमा आयोजित कार्यक्रमको उद्घघाटन संघीय संसदको प्रतिनिधी सभा अन्तर्गतको उद्योग, वाणिज्य श्रम तथा उपभोक्ता समितिका सभापति विमल प्रसाद श्रीवास्तवले गरे । कार्यक्र मा प्रमुख अतिथीको आसनबाट बोल्दै सभापति श्रीवास्तवले आम उपभोक्ताको हक र अधिकारका निम्ती राष्ट्रिय उपभोक्ता मंचले निर्भयका साथ अभियान संचालन गर्दै आएको बताउदै निर्भिकतापूर्वक अघि बढिरहन सुझाव दिए । कार्यक्रममा सभापतिको आसनबाट बोल्दै मंचका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ता, ब्यवसायी र सरकार बिच पुलको रुपमा मंचले काम गर्दै आर्इरहेको जनाउदै उपभोक्ताको स्वास्थ्य माथि खेलबाड गर्नेलाई कडा भन्दा कडा कार्वाही हुनु पर्छ भन्दै उप...