आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

परदेसिको पिडा समेटिएको आशिष पुरुषको “निन्द्रानै लाग्दैन” सार्वजनिक (भिडियो सहित)

युएईमा रहेर कलाकारिता एवं विभिन्न विधामा सक्रिय कलाकार आशिष पुरुषको नयाँ गीत “निन्द्रानै लाग्दैन” सार्वजनिक भएको छ ।

करिब १ दशकदेखि युएईमा रहे पनि आशिषले कलाकारिता र सांगीतिक अनुभवलाई निरन्तर दिदै आएका आशिषलाई नायिका नम्रता सापकोटासँग अभिनय गरेका छन भने गीतको शब्द रचना पनि आशिष स्वयमले गरेका हुन ।

गायक अनिल सिहंको स्वर तथा संगीत रहेको गीतले काम र दामको खोजीमा आफ्नो परिवारबाट टाढा भएका ४० लाख नेपालीहरुको यथार्थतालाई एउटा गीत भित्र यथार्थ चित्रण गरिएको छ ।

अन्तराष्ट्रिय नेपाली कलाकार समाज ९इनास०का एसिया संयोजक समेत रहेका आशिष नेपालमै रहँदा देखि नेपाली कलाकारिता क्षेत्रमा गोरेटो बनाएका आशिष युएईको नेपाली सामाजिक र सांगीतिक क्षेत्रमा परिचित कलाकार र उद्घोषक पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *