बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

गीतकार अशोक कुमार तामाङ्गको आधुनिक गीति एल्वम ‘मातृभूमि’ सार्वजनिक

गीतकार अशोक कुमार तामाङ्गको आधुनिक गीति एल्वम ‘मातृभूमि’ सार्वजनिक भएको छ । राष्ट्रिय नाचघरमा आयोजना भएको मिस एण्ड मिसेस जनजाती आदिवासीको ग्राण्ड फिनालेको अवसर पारि उक्त गीति संग्रहको विमोचन गरिएको हो । पूर्व सभामुख ओनसरी घर्तिमगर, वरिष्ठ नायक सरोज खनाल, प्रथम नेपाल आइडल बुद्ध लामा, नायिका तथा समाजसेवी शान्ता तामाङ्ग तथा गीतकार अशोक कुमार तामाङ्गको हातबाट एक साथ एल्बमको विमोचन गरिएको हो ।

 

चर्चित गायिका अन्जु पन्त, मेलिना राई तथा प्रथम नेपाल आईडल बुद्ध लामाको स्वरमा सजिएका हजार गल्ती तिम्रा, हाम्रो माया, विदेशमा छु, एक अन्जुली माया लगायत सुमुधुर आवाजमा रहेका गीतहरु एल्वममा समावेश गरिएको छ । फरक फरक स्वादमा गीत समावेश भएको एल्वमलाई अरोमा इन्टरटेनमेन्टले बजारमा ल्याएको हो । संगितकार सुर्य दयालु तथा एरेन्ज रिकेश गुरुङ्गको रहेको गीति एल्बममा समावेश गीत मध्ये अन्जु पन्तको स्वर रहेको हजार गल्ती तिम्रा गतिको भिडियो बजारमा सार्वजनिक भइसकेको छ । एल्वममा ६ वटा गीतहरु समावेश गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *