आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: News Reporter

कोरोना कहरः विश्वभर अहिलेसम्म १४,६०० बढीको मृत्यु

कोरोना कहरः विश्वभर अहिलेसम्म १४,६०० बढीको मृत्यु

समाचार, स्वास्थ्य
चीनको ऊहान शहरबाट सुरु भएको कोरोना भाइरस संक्रमण संसारको १ सय ८६ भन्दा बढी देशमा फैलिसकेको छ । यसको संक्रमणले १४ हजार ६ सय ८५ जनाको मृत्यु भएको छ । यो संक्रमणको सुरुवात चीनबाट सुरु भएपनि मृत्युको आँकडा हेर्ने हो भने इटली सबैभन्दा धेरै प्रभावित देश हो । आइतबार यहाँ ६ सय ५१ जनाको मृत्यु भएको छ । इटलीमा कोरोना भाइरसले अहिलेसम्म ५ हजार ४ सय ७६ जनाको मृत्यु भइसकेको छ ।  यस्तै चीनको हुबेई प्रान्तमा मृतकको संख्या ३ हजार १ सय ५३ पुगेको छ । यसबाहेक स्पेनमा १ हजार ७ सय ७२, इरानमा १ हजार ६ सय ८५ र फ्रान्समा ६ सय ७४ जनाको मृत्यु भएको छ । संसारभरी तीन लाख बढी संक्रमित देखिएका छन् । संक्रमित व्यक्तिको संख्या सबैभन्दा धेरै चीनमा छ । चीनमा ८१ हजार ४ सय २६ संक्रमित देखिएका छन् भने इटलीमा ५९ हजार १ सय ३८, अमेरिकामा ३३ हजार २ सय ७६, स्पेनमा २८ हजार ७ सय ६८ र जर्मनीमा २४ सय ८ सय ७३ घटना पुष...
कोरोनाका कारण अर्थ व्यवस्थामा परेको असर बारे चेम्बरले गर्यो सुझाव पेश

कोरोनाका कारण अर्थ व्यवस्थामा परेको असर बारे चेम्बरले गर्यो सुझाव पेश

आर्थिक, समाचार
काठमाण्डौं, ९ चैत्र -कोरोना भाइरस (कोभिड-१९) को बिश्वव्यापी संक्रमणले नेपालको समग्र अर्थ व्यवस्थामा आइपरेको असरका बिषयमा चेम्वरले नेपाल चेम्बर अफ कमर्सले नेपाल सरकार समक्ष सुझाव पेश गरेको छ । सुझाव पेश गर्दै चेम्बरले तत् संबन्धमा अध्ययन गरिरहेको र यसबाट नेपालमा पर्न सक्ने प्रभावको विश्लेषण गरि अर्थतन्त्रमा संकुचन आउन नदिन सरकारले छिट्टै उपयूक्त आर्थिक कार्यक्रम ल्याउनुस पर्ने उल्लेख गरेको छ । चेम्बरले सुझाव पेश गर्दै हालको परिस्थितिलाई दृष्टिगत गरी तत्काल उद्यमी व्यवसायीले दाखिला गर्नूपर्ने आयकर तथा मूल्यअभिवृद्धि कर हालको यस बिषम परिस्थितिलाई मध्यनजर गर्दै हाललाई समस्याको समयावधि हेरी अल्पकालीन तथा दीर्घकालीन प्याकेजको व्यवस्था गर्नु पर्ने, सीमावर्ती भन्सारमा आएका तथा आउने माल वस्तुको डेमरेज, डिटेन्सन् चार्जमा पूर्णतः छुट हुनुपर्ने, भुक्तानी भएको कारोबारमा मात्र मूल्यअभिवृद्धि कर लिने ...
साधना सांगीतिक विमोचन समारोह तथा सम्मान कार्यक्रम सम्पन्न

साधना सांगीतिक विमोचन समारोह तथा सम्मान कार्यक्रम सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौं, चैत ९ । साधना सांगीतिक विमोचन समारोह तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । ‘साधना संगीत नै जीवन हो’ भन्ने मूला नाराका साथ स्थापना भएको ‘साधना’ संस्थाले गरेको संगीत साधना प्रतियोगिताका विजेतालाई पुरस्कार तथा सम्मान प्रदान गरेको हो । शनिबार राजधानीको रातोपुल स्थित रक हाउस क्याफे एन्ड पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गर्दै प्रथम, दोस्रो र तेस्रो हुने प्रतियोगीलाई नगद पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै सो अवसरमा बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने मूल नारा लिएर विश्वसामू नेपाल चिनाउन अग्रसर रहेका गायक धिरज राई र सञ्चारकर्मी गीता अधिकारीलाई सम्मान गरिएको थियो । गायक धिरज राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संगीत साधना प्रतियोगितामा प्रथम हुने राजन श्रेष्ठ, द्वितिय हुने सुशिल गजमेर र तृतीय हुने रितु सिवालाई नगद राशीसहित पुरस्कार प्रदान गरिएको थियो । विजेतालाई...
रजनी सचेतना नेपाल फाउन्डेसनले बाड्यो २० हजार मास्क

रजनी सचेतना नेपाल फाउन्डेसनले बाड्यो २० हजार मास्क

समाचार, स्वास्थ्य
काठमाडौं। विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाईरसको जोखिम विरुद्धको महाअभियानमा रजनी सचेतना नेपाल फाउन्डेसनले सक्रियता बढाएको छ। तीनै तहको सरकार कोरोना सम्बन्धमा सक्रिय नहुँदै रजनी सचेतना नेपाल फाउन्डेसनले गत माघ २३ गते देखि नै कोरोना भाईरस विरुद्ध अभियान सञ्चालन गरेको छ। अभियान अन्तर्गत टोखा नगरपालिकास्थित एघारै वटा वडाका सर्वसाधारणलाई लक्षित गर्दै फाउन्डेसनले निस् शुल्क मास्क र कोरोना भाईरस सम्बन्धि सचेतना मुलक पर्चा वितरण गरेको छ। फाउन्डेसनको सक्रियतामा प्रत्येक वडामा सचेतनामुलक ब्यानर समेत राखिएको छ। फाउन्डेसनका अध्यक्ष रजनी थापाका अनुसार हालसम्म २० हजार थान मास्क वितरण गरिएको छ। फाउन्डेसनका अध्यक्ष थापाले महामारीको जोखिमबाट बच्न र जनताको सेवा गर्न सरकारको मुख नताकी काम गर्दै आएको बताइन। कोरोना भाईरसको जोखिमलाई पार गर्न सम्पूर्ण देश एकजुट हुनुपर्ने र सबैले आफू...
चलचित्र निर्देशक किशोर चौधरी उपचारार्थ सहयोगको लागि राजु केसीद्वारा अपिल,सहयोग आउने क्रम जारी

चलचित्र निर्देशक किशोर चौधरी उपचारार्थ सहयोगको लागि राजु केसीद्वारा अपिल,सहयोग आउने क्रम जारी

मनोरन्जन, समाचार
नेपाली चलचित्र भेटी,लफडा लगायत धेरै थारु तथा भोजपुरी चलचित्रका निर्देशक अहिले अशक्त अवस्थामा भरतपुर, चितवनस्थित सि एम सि अस्पतालको बेडमा हुनुहुन्छ । यतिखेर वहाँलाई ठूलो आर्थिक संकट परेको छ । वहाँलाई आर्थिक सहयोग जुटाउन निर्माता, निर्देशक तथा छायांकार राजु केसि, चलचित्र निर्देशक समाज, कलाकार सुरेश चौधरी तथा बिभिन्न संघ सस्था आदी लागि परेका छ्न । सहयोग गर्नका लागि थारु कलाकार सभा चितवनको वाणिज्य बैंकको खाता नम्बर १३१०००९६२७०१ मा सहयोग रकम पठाउन सकिने र सिधै राजु के सि जि लाई सम्पर्क गर्न सकिने कुरा हामीलाई जानकारी गराउनु भयो । जापान बस्ने चलचित्रकर्मी तथा समाजसेवी कृष्ण कार्किले निर्देशक किशोरको लागि राजु के।सि। मार्फत रु १०,०००।० सहयोग गर्नुभएको छ । बहुरतिभाका धनी किशोर चौधरी निर्देशक मात्र नभईकन लेखक, निर्माता, गितकार, नृत्य निर्देशक तथा राम्रो सम्पादक अनि संगीतकार पनि ...
“मिस टिन ग्लोवल ब्युटी नेपाल” को ग्राण्ड अडिसन चैत्र १५ र २२ गते दरवारमार्गस्थित लुना रेस्ट्रो एण्ड बारमा हुने

“मिस टिन ग्लोवल ब्युटी नेपाल” को ग्राण्ड अडिसन चैत्र १५ र २२ गते दरवारमार्गस्थित लुना रेस्ट्रो एण्ड बारमा हुने

मनोरन्जन, समाचार
 काठमाडौँ —चैत्र ७ । कथा ईभेन्टको आयोजनामा हुन गईरहेको “मिस टिन ग्लोवल ब्युटी नेपाल २०२०” को ग्राण्ड अडिसन यहि चैत्र १५ र २२ गते राजधानीको दरवारमार्गस्थित लुना रेस्ट्रो एण्ड बारमा हुने भएको छ । आगामी वैशाख महिनामा सम्पन्न हुने सो सौन्दर्य प्रतियोगिता, नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराउँदै नेपालको मोडलिङ क्षेत्रलाई पनि अन्तराष्ट्रिय स्तरसम्म विकास गर्दै लैजानेन उदेश्यका साथ आयोजना गर्न लागिएको आयोजक संस्थाकी अध्यक्ष गनिका गुरुङ्गले बताइन । प्रतियोगिताका लागि १३-१९ वर्ष समूहबाट छनौट हुने प्रतियोगीहरुलाई एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण...
भरतमोहन अधिकारी स्‍मृति फाउण्डेसनले शुरु गर्‍यो कोराना भाईरस सचेतना अभियान

भरतमोहन अधिकारी स्‍मृति फाउण्डेसनले शुरु गर्‍यो कोराना भाईरस सचेतना अभियान

राजनीति, समाचार, स्वास्थ्य
काठमाडौं, ०७ चैत्र - स्व. उपप्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको स्‍मृतिमा स्थापित भरतमोहन अधिकारी स्‍मृति फाउण्डेसनले ज्येष्ठ नागरिकलाई लक्षित गरि कोराना भाईरस (कोभिड १९) सम्बन्धमा सचेतना अभियान संचालनमा ल्याएको छ । कोरोनाको जोखिम न्युनिकरणका लागि ज्येष्ठ नागरिक सहयोग कार्यक्रम अन्तर्गत फाउण्डेसनले ज्येष्ठ नागरिकहरुलाई लक्षित गर्दै सो अभियान चलाएको हो । फाउण्डेसनले विहिवारबाटै ज्येष्ठ नागरिकहरुलाई मास्क, हेण्डवास, साबुन, सेनिटाइजर लगायतका सरसफाई सामाग्री वितरण गर्दै अभियान शुरु गरेको छ । संस्थाले विहिबार तिनकुने स्थित असाय सेवा सदन, शान्तिनगर ज्येष्ठ नागरिक आवास गृह र गल्फुटार आश्रममा आश्रित जेष्ठ नागरिकहरुलाई उक्त सामाग्री हस्ताण्तरण गर्नुका साथै तालिम प्राप्त स्वास्थ्य सेविकाबाट सरसफार्इको तौरतरिका बारे पनि जानकारी दिलाएको छ । फाउण्डेसनकी अध्यक्ष सबिता अधिकारी, स्व. नेता अधिका...
कोरोनाले तहसनहस इटाली : अस्पतालका सिँढीभरि लास ओसार्न लाइनमा सैनिक ट्रक

कोरोनाले तहसनहस इटाली : अस्पतालका सिँढीभरि लास ओसार्न लाइनमा सैनिक ट्रक

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
७ चैत, काठमाडौं । चीनको वुहानबाट उत्पत्ति भएपनि हाल कोरोना भाइरस (कोभिड–१९)को ‘इपिसेन्टर’ बनेको छ, युरोपको इटाली । कोरोनाले इटालीलाई तहसनहस पारिरहेको छ । इटालीमा सबैभन्दा बढि प्रभावित ठाउँ हो, लोमबार्दी ।  लोमबार्दीस्थित बुर्गेमो अस्पतालको सिँढीसमेत लासहरुले भरिएका छन् । इटालियन संस्कारअनुसार मृतकलाई चिहानघरमा लगेर गाड्ने गरिन्छ । तर, चिहानघर सबै भरिएपछि जलाउनुपर्ने अवस्था निम्तिएको छ । पछिल्लो पटक लोम्बार्दीमा ९३ जनाको ज्यान गएपछि चिहानघरको झनै समस्या देखिएको छ । मृतकका लास ओसार्न सेनाका ट्रकहरु अस्पतल अगाडि लस्कर लागेर बस्नुपर्ने अवस्था छ । बेलायती पत्रिका डेली मेलका अनुसार ईटालीको बुर्गेमो अस्पत्तालमा सघन उपचार (इन्टेन्सिभ केयर) का लागि विरामीहरुलाई लाईन लगाएर राखिएको छ । चिकित्सकले उपचार गर्न भ्याएका छैनन् । नयाँ विरामी थपिने क्रम उत्तिकै छ । लासहरु बेरेर सिँढीमा र...
चर्चित कोरियोग्राफर रोजिनको कोरियोग्राफीमा मुम्बईमा मोडल सुपरस्टार २ सम्पन्न

चर्चित कोरियोग्राफर रोजिनको कोरियोग्राफीमा मुम्बईमा मोडल सुपरस्टार २ सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौं  :हालै मात्र भारतको मुम्बईस्थित अँधेरीमा मोडल सुपर स्टार २ को फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । नेपाली तथा भारतीय मोडलहरुको सहभागिता रहेको फेसन शो शैलीमा सम्पन्न सो मोडल प्रतियोगितामा नेपाली फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यको संचालन तथा कोरियोग्राफी रहेको थियो । प्रतियोगितामा नेपालका रबिन घिसिङ र जिना लिम्बु पाङ्मा विजेता चयन भएका थिए । आकृति सुवेदीले भने भोटिङ आधारमा विजेताको ताज पहिरिन् । नेपालकै स्मृति शाह र प्रशान्त शाह फस्ट रनर अप चयन भएको सो प्रतियोगितामा भारतीय मोडल सुमित आनन्द सेकेन्ड रनर अप तथा स्नेहा बर्मनले अर्गनाइजर च्वाइसको अवार्ड थापे । भारतीय मोडल नेहा शर्माले ट्यालेन्ट विधाको अवार्ड उचालिन् भने नेपाली मोडलहरु रोशन सुनाम वेष्ट वाक र रचना कार्की फोटोजेनिक अवार्डका हकदार बनेका थिए । नेपालस्थित प्रोमोटिङ सोलुसन मोडलिङ एजेन्सीले भारतको मुम्बईमा रह...
नाट्यश्वर म्यूजिक अवार्डको उत्कृष्ट ५ मनोनयन सार्बजनिक

नाट्यश्वर म्यूजिक अवार्डको उत्कृष्ट ५ मनोनयन सार्बजनिक

मनोरन्जन, समाचार
‘नाट्यश्वर भगवान हामी सबैको शान, कला र कलाकारीताको जगेर्नागर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रका साथ गत वर्षदेखि नेपाली गीत–सङ्गीत अनि कलाकारिताको जगेर्नागर्ने हिसाबले नाट्यश्वर म्युजिक अवार्ड गरिदै आएको छ । समावेसी अवार्डको रुपमा नेपाली गीत सङ्गीतको म्हेन्दोमाया, तामाङसेलो, मौलिक गीत, लोकदोहोरी, आधुनिक, पप तथा राष्ट्रिय भाव विधालाई समेट्दै दोस्रो नाट्यश्वर म्युजिक अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्बजनिक गरिएको छ । मोफसलका जिल्लाहरुमा सञ्चालनहुँदै आएको यस अवार्डको दोस्रो संस्करण ऐतिहाँसिक जिल्ला नुवाकोटमा सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ । कार्यक्रमको दिन नेपाली गीतसङ्गीत क्षेत्रका हस्ती, रङ्गपत्रकारिताको क्षेत्रमा कलम चलाउने दुइजना सञ्चारकर्मीलाई पुरस्कृत गरिने नाट्यश्वर म्युजिक अवार्डका अध्यक्ष प्रल्हाद केसीले जानकारी दिए । ४८ बिधामा मनोनयन सार्बजनिक गर्दै उत्कृष्ट पाँचलाई प्...