आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: News Reporter

पूर्व प्रशासक एवम् साहित्यकार न्यौपानेको निधन

पूर्व प्रशासक एवम् साहित्यकार न्यौपानेको निधन

समाचार, समाज
ललितपुर, ०१ बैशाख - पूर्व प्रशासक एवम् साहित्यकार तुलसी प्रसाद न्यौपानेको निधन भएको छ । गए राती १:०० बजे आसपास आफ्नै निवासमा ७२ बर्षको उमेरमा उनको निधन भएको हो । न्यौपानेको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा दाह संस्कार गरिसकिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । न्यौपाने मुटु सम्बन्धी रोगबाट ग्रसित थिए । तुलसी प्रसाद न्यौपानेको जन्म गोर्खा जिल्ला स्थित पालुङटारमा भएको थियो । तीन दशक भन्दा लामो समय निजामती सेवामा विताएका न्यौपानेले अधिकांश समय योजना आयोग र अर्थ मन्त्रालयमा रहेर काम गरेका थिए । अर्थ मन्त्रालय रहदा उनले बढि जसो समय वैदेशिक शाखा प्रमुखको जिम्मेवारी सम्हालेका थिए । त्यसो त न्यौपानेले एसियाली विकास बैंकको मुख्यालयमा नेपाल सरकारको प्रतिनिधीका रुपमा रहेर समेत कार्य गरेका थिए । महादेशिय यात्रा, बिर्सिएका कविताहरु, नलेखिएका कथा लगायत एक दर्जन भन्दा बढि साहित्यिक कृतिहरु र...
योगेश काजी र सारिका घिमिरेको स्वर रहेको  ‘मायाको सुगन्ध’ सार्वजनिक भए संगै चर्चा, साथै लगातार युट्युबको ट्रेन्डिङ्गमा(भिडियो सहित)

योगेश काजी र सारिका घिमिरेको स्वर रहेको ‘मायाको सुगन्ध’ सार्वजनिक भए संगै चर्चा, साथै लगातार युट्युबको ट्रेन्डिङ्गमा(भिडियो सहित)

मनोरन्जन, समाचार
योगेश काजी र सारिका घिमिरेको स्वर रहेको गीत ‘मायाको सुगन्ध’ सार्वजनिक भएको छ । सारिका घिमिरेको शब्द अनि योगेश काजीको सङ्गीतरसङ्गीत संयोजन, एचवीएन किस्मतको मिक्सिङ्रमाष्टरिङ रहेको ‘मायाको सुगन्ध’ गीतको भिडियो कार्टुन्ज क्रुको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । सार्वजनिक भएको करिब ६ घण्टामै युट्युबको ट्रेन्डिङ्गमा आएको भिडियोमा सरोज अधिकारी र आस्मा विश्वकर्माको साथमा पेम्बा मगर, ज्ञानेन्द्र हुमागाईं, आस्था विश्वकर्मा, निमबाबु तामाङ, सन्देश थापा, केभिन विश्वकर्मा लगायतको अभिनय देख्न सकिन्छ । डान्सिङ्ग भिडियो गर्दै आएको कार्टुन्ज क्रुले पहिलो पटक अभिनयमा आधारित लभ स्टोरी म्युजिक भिडियो बनाएको छ । सम्भवत नेपाली म्युजिक भिडियोको इतिहासमा अप्लोड भएको सबैभन्दा कम समय मा युट्यूब ट्रेन्डिङ्ग मा प्रवेश पहिलो पटक पर्न सफल भएको छ यो गीत । सरोज अधिकारीको निर्देशन रहेको उक्त भिडियोलाई ज...
जिम्मेवारीबाट पन्छियो विदूर नगरपालिका, ३ हजार मजदुर भोकै

जिम्मेवारीबाट पन्छियो विदूर नगरपालिका, ३ हजार मजदुर भोकै

आर्थिक, समाचार
शिव देबकोटा, नुवाकोट । सर्वोच्च अदालतको आदेश बमोजिम कोभिड–१९ रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समिति तथा जिल्ला बिपद ब्यवस्थापन केन्द्रले ईटाभट्टामा काम गर्ने मजदुरहरु सहित असंगठित क्षेत्रका मजदुरहरु र बिपन्न, असहायहरुलाई समेटेर राहत बितरण गर्न निर्देश गरेपनि बिदुर नगरपालिकाले त्यसप्रकारका आदेश र निर्देशनहरुको अवज्ञा गरेको पाईएको छ । नगरपालिका खागरी ईटाभट्टामा काम गर्ने मजदुरहरुलाई राहत बितरण गर्ने सवालमा अनुदार देखिएपछि तराईका जिल्लाबाट नुवाकोटका बिभिन्न स्थानमा रहेका ईटाभट्टाहरुमा काम गर्ने तीनहजार भन्दा बढी मजदुरहरु समस्यामा परेका छन् ।सरकारले कोरोना भाईरस संक्रमण रोकथामका लागि सिंगो देशलाई नै लकडाउन गरेर आवश्यक तयारी सुरु गरेपछि सर्वोच्च अदालतले नागरिकको खान पाउने अधिकारको संरक्षण गर्न सरकारका नाममा आदेश जारी गरेको थियो । गत चैत्र १६ गते न्यायाधीश बिश्वम्भर श्रेष्ठको एकल ई...
महिला उद्यमी तथा सामाजीक अभियन्ता सुषमा महराको आग्रह : राष्ट्रपति देखि जनप्रतिनिधिहरुले लकडाउन अवधिभरको तलव भत्ता नलिउँ

महिला उद्यमी तथा सामाजीक अभियन्ता सुषमा महराको आग्रह : राष्ट्रपति देखि जनप्रतिनिधिहरुले लकडाउन अवधिभरको तलव भत्ता नलिउँ

समाचार, समाज
नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंकी कोषाध्यक्ष, महिला उद्यमी तथा सामाजीक अभियन्ता सुषमा महराले लकडाउन अवधीभर  राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, संसद र स्थानीय निकायका पदाधीकारीहरुलाई तलव भत्ता नलिन अनुरोध गर्नुभएको छ ।महराले फेसबुक मार्फत सरकारलाई ६ बुंदे सुझाब दिंदै लकडाउन अवधीभर स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बाहेक सबै कर्मचारीहरुको तलब तथा भत्ता रकमको ९० प्रतिशत कटौती गर्न समेत सरकारलाई सुझाब दिनुभएको छ ।महराले लकडाउनले आक्रान्त परेको मुलुकको अर्थतन्त्र जोगाउन तथा ब्यवसायीहरुको मनोवल घट्न नदिन यो अवधिको बैंकको ब्याज १ प्रतिशत कायम गर्न सरकारलाई आग्रह गर्नुभएको छ । महराले लकडाउनको कारण बास्तवीक समस्यामा परेका व्यक्तिहरुलाई गाउँघर वा जिल्ला जान चाहेमा सुरक्षित तवरले सेना वा प्रहरी मार्फत लैजाने व्यस्था गर्न सरकारलाई सुझाब दिनुभएको छ । उहाँले दिनुभएको सुझाब यस्तो छ । १.कोरोना...
यशोदादेवी भगवानसिंह मेमोरियल ट्रस्ट द्वारा नुवाकोटमा स्वास्थ्य सामाग्री प्रदान

यशोदादेवी भगवानसिंह मेमोरियल ट्रस्ट द्वारा नुवाकोटमा स्वास्थ्य सामाग्री प्रदान

समाचार, समाज, स्वास्थ्य
– किरण अधिकारी नुवाकोट, कोरोना भाइरस (कोभिड-१९)को सम्भावित जोखिमलाई न्यनिकरण गर्न भन्दै नेपाल सरकारले यतिवेला ‘लकडाउन’ गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको यो भाइरसको नेपालमा पनि यसको संक्रमणबाट अहिलेसम्म ९ जना व्यक्ति संक्रमित देखिएका छन् । सम्भावित संक्रमणको जोखिमबाट बच्न स्वास्थ्यकर्मीहरुले लगाउने पीपीई र मास्कको नेपालभर नै अभाव भईरहेको बेला नुवाकोटमा यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीका लागि सुरक्षा सामग्री उपलब्ध गराएको छ । ट्रस्टले बुधबार जिल्ला समन्वय समिति प्रमुख सन्तमान तमाङ, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको उपस्थितिमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर पी. घिमिरे र त्रिशूली अस्पतालका प्रमुख डा. रेमकुमार राईलाई उक्त सामग्री हस्तान्तरण गरेको हो । ट्रस्टका प्रमुख संरक्षक नेपाली काँग्रेसका प्रभावसालि न...
स्व.आमा प्रति समर्पण गर्दै आशिष पुरुषको ‘रातै भरी परेली भिज्यो’ सार्वजनिक (भिडियो सहित)

स्व.आमा प्रति समर्पण गर्दै आशिष पुरुषको ‘रातै भरी परेली भिज्यो’ सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं । आशिष पुरुषको शव्दमा तयार भएको “रातै भरी परेली भिज्यो ” बोलको मर्मस्पर्शी गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।सुवाष भुसालको संगीत, गायक केतन क्षेत्रीको स्वर रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन । रोहित बिक्रम कार्कीको छायांकन, भुपेन्द्र भट्राईको सम्पादन रहेको भिडियोको कन्सेप्ट तथा अभिनय आशिष पुरुषकै रहेको छ । लामो समय देखी दुवईमा रहेर संगित श्रृजना,कलाकारिताका साथै थुपै कार्यक्रमको होष्ट समेत गर्दै आईरहेका आशिषले यो गीत आफ्ना माता स्व.नन्दा कुमारी तथा सम्पूर्ण आमाहरुमा समर्पण गरेको बताएका छन । भिडियो: https://youtu.be/Abiy6dGfuJo ...
जेसी सोनितराज ढुंगेलको नेपाल जेसीजका अध्यक्षलाई खुल्ला पत्र !

जेसी सोनितराज ढुंगेलको नेपाल जेसीजका अध्यक्षलाई खुल्ला पत्र !

समाचार, समाज
सोनित राज ढुङ्गेल आदरणीय अध्यक्षज्यू,नेपाल जेसीजकुशल रही कुशलताको कामना गर्दछु । हुन त यो पत्र न्यूजमा नहालेर फेसबुकमा राख्दा पनि हुन्थ्यो तर फेसबुक मा स्वतन्त्र बोल्नेलाई कारवाही हुन्छ र न्यूजमा राख्दा गलत भयो भन्दैमा माफि नै नमागी कुरा नै सेलाउछ । हजुरले जितेपछि अनेकौ विवाद आए तर मैले भेटेसम्मको र जेसीज साथीहरुलाई त्यस्तो भन्न हुन्न । उहाँले बहुमतले जितेर आउनु भएको र जति विवाद गर्यो त्यति हामीलाई र नेपाल जेसीजलाई घाटा हो, उहाँ पनि केहि गर्न सक्ने एक सक्षम जेसीज युवा हुनुहुन्छ । उहाँलाई स्वतन्त्र काम गर्न दिउँ भन्ने व्यक्तिमा म पनि एक छु । उहाँले हाम्रो शाखामा भोट माग्न आउँदै गर्दा हजुरले हामी जस्तै युवाले चलाउने हो जेसीज भन्ने अभिव्यक्ति सुनेर एउटा आशालाग्दो अध्यक्षको एक शुभ चिन्तक हु म । हजुर अध्यक्ष भएको तिन महिना भयो । विभिन्न विवादले गर्दा र देशमा महामारी परिस्थितिले गर्दा हजुर...
गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको अपिल ‘तिमी अली परै बस’..  (भिडियो सहित)

गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको अपिल ‘तिमी अली परै बस’.. (भिडियो सहित)

मनोरन्जन, समाचार
विश्व भरकै महामारी रोग कोरोनाको संक्रमणविरुद्ध एकजुट भै सचेतना फैलाउन अपिल गर्ने उद्देश्यले गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको 'तिमी अली परै बस' बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । रचनाकार श्याम तमोटको शव्द रहेको गीतले कोरोनाबाट संक्रमितको उपचारार्थ पहिलो नम्बरमा अहोरात्र खटिने स्वास्थ्यकर्मी तथा सूरक्षाकर्मीको मनोवल बढाउने अभिप्रायले उक्त गीत आफ्नै च्यानल सुरेन्द्र श्रेष्ठबाट सार्वजनिक गरिएको जानकारी श्रेष्ठले दिए । सुर मेलोडीले तयार गरेको उक्त लिरिकल भिडियोलाई रत्न शोभा मर्हजनले निर्माण गरेकी हुन । https://www.youtube.com/watch?v=OkFw5Y2E1S0&feature=share&fbclid=IwAR1pZxGG4ODxmrWx-jxeLUzQ-Xpw-P4vJLKiBAhTyoeyr6KWQREcCQc__fI ...
अस्पतालको रकम कोरोना संकमणमा सहयोग गर्ने युवा नेता तथा समाजसेवी दिपक डोटेलको घोषणा

अस्पतालको रकम कोरोना संकमणमा सहयोग गर्ने युवा नेता तथा समाजसेवी दिपक डोटेलको घोषणा

समाचार, समाज, स्वास्थ्य
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा समाजसेवी दिपक डोटेलले आफ्नो शेयर रहेको मध्यपुर अस्पतालबाट शेयरबापत (कोरोना संक्रमित अवधिभर) प्राप्त हुने रकम कोरोना संक्रमणबाट प्रभावित वा भइपरि आउने समस्याको लागि सहयोग गर्ने घोषणा गर्नुभएको छ । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइसरको संक्रमणका कारण आम नेपाली मात्र नभई विश्व समुदाय नै एक ढिक्का हुन अपरिहार्य रहेको औंल्याउँदै उहाँले नेपालमा रहेका सरकारी अस्पताल मात्र नभई नीजि लगानीमा सञ्चालनमा रहेका अस्पताल तथा मेडिकल सेन्टरहरुले समेत संकटको बेला सरकारलाई साथ दिनुपर्नेमा जोड दिनुभयो । संकटको समयमा सरकारलाई हातमा हात, काँधमा काँध मिलाई संक्रमणको विरुद्धमा लाग्ुनपर्ने समयमा विभिन्न बहानामा कालोबजारी भएकोमा दुःख व्यक्त गर्दै स्वास्थ्य नै नरहे सम्पत्तीको कुनै अर्थ नरहेकोले सबै व्यक्ति संस्था तथा जिम्...
न्यूयोर्कमा दुई नेपालीलाई कोरोना भएको पुष्टि, भेन्टिलेटरमा राखेर उपचार गरिँदै

न्यूयोर्कमा दुई नेपालीलाई कोरोना भएको पुष्टि, भेन्टिलेटरमा राखेर उपचार गरिँदै

समाचार, स्वास्थ्य
एजेन्सी,अमेरिकाको न्यूयोर्क राज्यमा दुई नेपालीलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । दुबैको एल्महर्स्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । संक्रमतिमध्ये एक न्यूयोर्कको ज्याक्सनहाइटमा बस्ने उबर चालक हुन् । पारिवारिक स्रोतका अनुसार सुरुमा उनलाई ज्वरो आएपछि प्राथमिक उपचारको लागि गएको र चारदिन फलोअपमा बोलाइएको थियो । फलोअपमा दिइएको एन्टिबायोटिक औषधी खाँदा स्वास्थ्य स्थिती झनै खराब भएपछि उनलाई ज्याक्सनहाइटमा रहेको अर्जेन्ट केयर सिटिएमडीमा रिफर गरिएको थियो । सिटिएमडीमा उपचार गर्दा अक्सिजनको स्तर कम र निमोनियाको संक्रमण देखिएपछि एल्महर्स्ट अस्पताल जान भनेपछि अस्पतालले उनलाई अघिल्लो शनिबार भर्ना गरेको हो । उनकी श्रीमतीले उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको जानकारी दिइन् । उनका अनुसार बिहिबार कोरोना संक्रमणको पुष्टि भएपछि अस्पतालले नशाबाट द...