नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंकी कोषाध्यक्ष, महिला उद्यमी तथा सामाजीक अभियन्ता सुषमा महराले लकडाउन अवधीभर राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, संसद र स्थानीय निकायका पदाधीकारीहरुलाई तलव भत्ता नलिन अनुरोध गर्नुभएको छ ।महराले फेसबुक मार्फत सरकारलाई ६ बुंदे सुझाब दिंदै लकडाउन अवधीभर स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बाहेक सबै कर्मचारीहरुको तलब तथा भत्ता रकमको ९० प्रतिशत कटौती गर्न समेत सरकारलाई सुझाब दिनुभएको छ ।महराले लकडाउनले आक्रान्त परेको मुलुकको अर्थतन्त्र जोगाउन तथा ब्यवसायीहरुको मनोवल घट्न नदिन यो अवधिको बैंकको ब्याज १ प्रतिशत कायम गर्न सरकारलाई आग्रह गर्नुभएको छ । महराले लकडाउनको कारण बास्तवीक समस्यामा परेका व्यक्तिहरुलाई गाउँघर वा जिल्ला जान चाहेमा सुरक्षित तवरले सेना वा प्रहरी मार्फत लैजाने व्यस्था गर्न सरकारलाई सुझाब दिनुभएको छ । उहाँले दिनुभएको सुझाब यस्तो छ ।
१.कोरोनासंग प्रत्यक्ष जुधिरहेका स्वास्थ्यकर्मी, सेना, प्रहरी (सैनिक दर्जाको मात्र ) तलव उपलब्ध गराएर लकडाउन अवधी भरीलाई सबै क्षेत्रको ९० प्रतिशत तलब भत्ता कटौती गरौं ।
२.लकडाउन अवधि भरिलाई पुग्ने खाद्यान्न स्थानीय तह परिचालन गरेर उपलब्ध गराउँ ।
३.यो अवधिमा गाउँघर वा जिल्ला जान चाहानेलाई सुरक्षित तवरले सेना वा प्रहरी मार्फत लैजान जिम्मा लगाउँ ।
४. ब्यवसायीहरुको मनोवल घट्न नदिन यो अवधिको बैंकको ब्याज १ प्रतिशत कायम गरौं ।
५. सरकारले विभिन्न नाममा जम्मा भएका रकमहरुले सरकार सञ्चालन गरौं । सरकारी खर्च नगण्य नै बनाउँ ।
६ . राष्ट्रपति देखि जनप्रतिनिधिहरुले यो समयको तलव भत्ता नलिउँ । विभिन्न समयमा थुप्रै अभावहरु हामी सबैले ब्यहोरेकाछौं । तसर्थ केहि समय यसलाई झेल्न केहि कठिन हुदैन सबै मिलेर देश र जनतालाई बचाऊ।
महिला उद्यमी तथा सामाजीक अभियन्ता महराको आग्रह स् राष्ट्रपति देखि जनप्रतिनिधिहरुले लकडाउन अवधिभरको तलव भत्ता नलिउँसुषमा महरा, कोषाध्यक्ष ,नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौं
