नेपाली चलचित्र भेटी,लफडा लगायत धेरै थारु तथा भोजपुरी चलचित्रका निर्देशक अहिले अशक्त अवस्थामा भरतपुर, चितवनस्थित सि एम सि अस्पतालको बेडमा हुनुहुन्छ । यतिखेर वहाँलाई ठूलो आर्थिक संकट परेको छ । वहाँलाई आर्थिक सहयोग जुटाउन निर्माता, निर्देशक तथा छायांकार राजु केसि, चलचित्र निर्देशक समाज, कलाकार सुरेश चौधरी तथा बिभिन्न संघ सस्था आदी लागि परेका छ्न ।
सहयोग गर्नका लागि थारु कलाकार सभा चितवनको वाणिज्य बैंकको खाता नम्बर १३१०००९६२७०१ मा सहयोग रकम पठाउन सकिने र सिधै राजु के सि जि लाई सम्पर्क गर्न सकिने कुरा हामीलाई जानकारी गराउनु भयो । जापान बस्ने चलचित्रकर्मी तथा समाजसेवी कृष्ण कार्किले निर्देशक किशोरको लागि राजु के।सि। मार्फत रु १०,०००।० सहयोग गर्नुभएको छ ।


बहुरतिभाका धनी किशोर चौधरी निर्देशक मात्र नभईकन लेखक, निर्माता, गितकार, नृत्य निर्देशक तथा राम्रो सम्पादक अनि संगीतकार पनि हुन । उनले भेटी, लफडा लगायत धेरै चलचित्रमा गित लेखन र संगीत आफैले गरेका छन । उनी बिगत २० वर्ष देखि चलचित्र क्षेत्रमा छन । उनको सिघ्र स्वास्थलाभको कामना गर्दै धेरैले फेसबुकमा पोस्टहरु पनि गरेका छन त्यस्तै मध्यमा राजु के।सि। ले पनि पोस्ट गरेका छन कि वहाँलाई सक्दो सहयोगको आवश्यकता परेको र यस्तो अवस्थामा एक चलचित्रकर्मिले अर्को चलचित्रकर्मीलाई सहयोग गर्नुपर्ने ।
त्यस्तै चलचित्रकर्मी अनि समाजसेवी कृष्ण कार्की भाइलाई चलचित्र निर्देशक किशोर चौधरीका लागि जापानबाट रु १०,०००।०० सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद दिनु भएको छ ।
हाल किशोर जि चितवनको सि एम सि हस्पिटल९नयाँ०मा उपचार गराइरहनु भएको छ र वहाँलाई आर्थिक संकट परेको हुनाले राजु केसिले सम्पूर्णमा सक्दो सहयोग गरिदिनु हुन आह्वान गर्नु भएको छ ।
