आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: News Reporter

मोडल नितु कोइराला भारतमा सम्मानित

मोडल नितु कोइराला भारतमा सम्मानित

मनोरन्जन, समाचार
काठमाडौं, मोडल नितु कोइराला भारतमा सम्मानित भएकी छन् । गत साता भारतको फरक फरक स्थानमा आयोजित कार्यक्रममा नेपाली मोडल नितु सम्मानित भएकी हुन् । उनलाई ‘आर्टिष्ट इन्डियन आइकन अवार्ड’ र ‘नारी रत्न’ उपाधिबाट सम्मानित गरिएको छ । उक्त कार्यक्रममा विभिन्न देशमा बसेर कला, साहित्य र समाजमा योगदान पुर्‍याउने ब्याक्तित्वलाई सम्मान गरियको थियो । नितुलाई नेपालमा कला र समाजसेवा गरे बापत उक्त सम्मान प्रदन गरिएको थियो । यो सम्मान पाउने नितु एक मात्र नेपाली चेली हुन् । आफू कलाकार हुनुमा र नेपाली चेली हुनुमा खुशी अनि गर्व लागेको कुरा नितुले बताइन् । ...
राज मेकअप स्टुडियोद्वारा एसईई दिने विद्यार्थीलाई आकर्षक छुट तथा  उत्कृष्टलाई रोजगारीको ग्यारेन्टी सहित मेक अप कोर्ष कक्षा संचालन गर्दै

राज मेकअप स्टुडियोद्वारा एसईई दिने विद्यार्थीलाई आकर्षक छुट तथा उत्कृष्टलाई रोजगारीको ग्यारेन्टी सहित मेक अप कोर्ष कक्षा संचालन गर्दै

आर्थिक, समाचार
नव वर्ष २०७७ को अवसर पारेर बानेश्वर स्थित राज मेक अप स्टुडियोले मेक अप सम्बन्धि विभिन्न कोर्षहरुमा २५ प्रतिशत छुटको घोषणा गरेको छ । ७ वर्ष अगाडी स्थापना भएको राज मेक अप स्टुडियोले नव वर्षको अवसरमा मेक अप आर्टिष्ट तथा व्यूटिसिएनमा भविष्य निर्माणको सपना देख्ने युवा युवती तथा गृहणीका लागी आकर्षक छुट सहित नयां एवं उपयोगी कोर्षहरु संचालन गर्न लागेको हो ।विश्व विख्यात ब्राण्ड नेदरल्याण्डसको मेक अप स्टुडियो भारतको दिल्लीमा लामो समय अध्ययन गरेर आफुले सिकेका सिपहरु, उपयोगी मेकअप टिप्स स्वदेशमा नै जानकारी एवं प्रशिक्षण गराउने उद्देश्य लिएर सन् २०१२ मा राज मेक स्टुडियो संचालन गरि हाल सम्म हजारौ प्रशिक्षार्थीहरुलाई पूर्ण सफल व्यबसायी बनाउन सफल मेक अप ट्रेनर तथा मेक आर्टिष्ट टेक राज पाण्डेले संचालन गरेको मेक अप स्टुडियोले स्थापनाकाल देखी नै विविध तालिमका साथमा हजारौ सन्तुष्ट ग्राहकहरुको समेत सेवा गर्द...
अजय रावल तथा खुशी मुखियाले जिते“मिस्टर एण्ड मिस रनवे मोडल युनिभर्स नेपाल २०२०” को पहिलो संस्करणको उपाधी

अजय रावल तथा खुशी मुखियाले जिते“मिस्टर एण्ड मिस रनवे मोडल युनिभर्स नेपाल २०२०” को पहिलो संस्करणको उपाधी

मनोरन्जन, समाचार
प्लानेट मल्टिमेडिया इन्टरनेशनलको आयोजनामा “मिस्टर एण्ड मिस रनवे मोडल युनिभर्स नेपाल २०२०” को पहिलो संस्करण सम्पन्न भएको छ । नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराउने र नेपालको मोडलिङ क्षेत्रलाई पनि अन्तराष्ट्रिय स्तर सम्म विकास गर्दै लाने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । दरवार मार्ग स्थित माग्नम लाउन्ज एण्ड क्लबमा सम्पन्न भएको ग्राण्ड फिनालेमा बिजेता क्रमश: Tital winner अजय रावल्, खुशी मुखिया 1st Runner-up पंकज पाण्डेय, आराध्या भट्ट 2nd Runner-up जितेन्द्र चौधरि, रोजिता श्रेष्ठ छन्नोट भएका छन । त्यस्तै गरी प्रकाश खत्री र देबिका बिष्टले public choice winner को उपाधी जित्न सफल भएका छन । अन्तिम २० प्रतिस्प्रधिलाई पछी पार्दै सो उपाधी जित्न सफल भएको हुन । यस कार्यक्रमका बिजेताहरु आगमी Jun महिना मलेशियामा हुने “मिस्टर एण्ड मिस रनवे मोडल युनिभर्स २०२०” म...
होली र नारी हिंसा थिममा फेशन फेस्ट

होली र नारी हिंसा थिममा फेशन फेस्ट

मनोरन्जन, समाचार
काठमाडौं, २६ फाल्गुण -होलीको अवसर पारेर ग्लोरी मिडियाले होली फेशन फेस्ट तथा म्युजिकल इभेण्ट कार्यक्रम आयोजना गरेको छ । अनामनगर स्थित बोकाभात अर्गानिक रेस्ट्रोमा आयोजित उक्त कार्यक्रमको उद्घाटन मिडियाका अध्यक्ष एवम् सिईओ सरोज ओझा र नेपाल चेम्बरकी उप-निर्देशक श्रृष्टि त्रिपाठीले संयुक्त रुपमा गरे । उक्त इभेण्टमा मोडलहरुलाई र्याम्पमा उतारिएको थियो भने कलाकारहरुले गायन, नृत्य, जादु, कमेडी लयायतका सांगितिक एवम् प्रहसन प्रस्तुती दिएका थिए। फेशन विधा अन्तर्गत बालबालिका, किशोरकिशोरी एवम् युवाहरु गरि कुल २१ जना र्याम्पमा उत्रिएका थिए । ईभेण्ट कोरियोग्राफर केडी भट्टराईले उनीहरुलाई होली, नारी हिंसा, कल्चरल र मोडर्न गरि ४ भिन्न थिममा आधारित रहि क्याटवाक सहित र्याम्पमा प्रस्तुत गरेका हुन् । हास्य कलाकार गोपाल ढकाल 'छन्देु', ज्योतीविहिन कलाकारहरु लगायतले कार्यक्रम माझ प्रस्तुती दिएका थिए । काठमाडौं उ...
चर्चितब्यान्ड एमटि ८८४८ को  ‘रेल्ला’ को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

चर्चितब्यान्ड एमटि ८८४८ को ‘रेल्ला’ को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
मस्की मस्की , बुढेस्काल को लाठी, चिउरी फुल ,रात गुजार्न अझ बाँकी छ जस्ता कैंयौ लोकप्रीय गितहरुका चर्चितब्यान्ड MT 8848 ले हालै आफ्नो नया एल्बम मा समावेस एक गित 'रेल्ला' को म्युजिक भिडियो सार्वजनिक भएको छ । ब्यान्ड का सदस्य मध्ये ब्यान्डका गायक जिग्मे लेप्चा ले ब्यान्ड लाई निरन्तरता दिएका छन भने पुराना गायक दर्सन राईले ब्यान्ड छाडेका छन ।भिडियो लाई कमिक बेस्ड मा बनाइएको छ र यसमा मुख्य कलाकारको रुपमा चर्चित प्र्यान्क्स्टार एलिश राईको साथ मा आज कल का लभ फेम नायिका कन्चन खड्काको रमाइलो अभिनय हेर्न सकिन्छ । काठमाडौका रमरणीय स्थानहरुमा छांयाकन गरिएको भिडियो का छांयाकार धन योन्जन तामाङ र आसु बस्नेत , सम्पादक माधब बेल्बासे र निर्देशक अमृत सुनुवार हुन भने भिडियो लाई ब्यान्ड को आफ्नै अफिशियल युट्युब च्यानल MT 8848 मार्फत सार्वजनिक गरिएको छ । भिडियो हेर्नुहोस : https://www.youtube.com/watch?v...
गायिका सन्जनाको ‘तिमिले सम्झिदा’ को लिरिकल भिडियो सार्वजनीक,(भिडियो सहित)

गायिका सन्जनाको ‘तिमिले सम्झिदा’ को लिरिकल भिडियो सार्वजनीक,(भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं, गायिका सन्जना श्रेष्ठको तिमिले सम्झिदा बोलको गीतको लिरिकल भिडियो सार्वजनीक भएको छ । गायिका सन्जनाको आफ्नै युट्यूब च्यानल सिंगर सन्जना श्रेष्ठ बाट उनले उक्त गीतको लिरिकल भिडियो सार्वजनिक गरेकी हुन । गायिका सन्जनाको साथमा गायक प्रदाप दासको संयु्क्त आवाज रहेको गीतको रचना पनि गायिका सन्जना आफैले गरेकी हुन । https://www.youtube.com/watch?v=YTGFw4YAcGs&feature=youtu.be&fbclid=IwAR1eHujiuoEoDdiOWfRno4jum-UE_VkgnX6ffbpLvCEqOxsHrIoguewGLm4 कमल खत्रीको संगीत तथा बिजेश्वर राज तण्डुकारको एरेन्ज रहेको गीतलाई सवैले मन पराएपछि आफुले आफ्नै यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको गायिका सन्जनाले बताईन । ...
लिटिल प्राइड अफ नेपाल २०२० को ग्राण्ड फिनाले सम्पन्न

लिटिल प्राइड अफ नेपाल २०२० को ग्राण्ड फिनाले सम्पन्न

मनोरन्जन, समाचार
लिटिल प्राइड अफ नेपालको फाल्गुन २३ गते राष्ट्रिय नाचघरमा ग्राण्ड फिनाले सम्पन्न भएको छ । कार्यक्रममा ५५ जना बाल–बालिकाले आफ्ना प्रस्तुती दिएका थिए । उक्त कार्यक्रममा गायन, अभिनय र नृत्यको प्रतियोगिताका लागी ५५ जनाले करीब १ महिनाको लामो प्रशिक्षण पश्चात आफ्नो प्रतिभा प्रर्दशन गरेका थिए । नृत्यमा जुनियर तर्फ सौर्य कोइराला विजेता भएका थिए भने, फस्ट रनर अप ¥यामस् राज आचार्य, सेकेण्ड रनर अप दिलिसा मैनाली, थर्ड रनर अप अनुस्था दाहाल, फोर्थ रनर अप सायना उप्रेती र पब्लिक च्वाइस विनर विषेशता पौडेल विजेता भएका थिए । साथै सिनियन तर्फ बिन्दु सरु मगर विजेता भएका थिए भने, फस्ट रनर अप ग्रिष्मा घिमिरे, सेकेण्ड रनर अप रुबी खरेल र पब्लिक च्वाइस विनर रुबी खरेल भएका थिए । यस नृत्यमा डान्स कोरियोग्राफर सेलिना राजभण्डारीले बाल–बालिकाहरुलाई नृत्य सम्बन्धि तालिम दिनु भएको थियो । अभिनय तर्फ पुजसा न्यौपाने ब...
निश्चिन्त रहनुस् हामीसँग करिब १० महिनासम्म पुग्ने नुन लगायतका अत्यावश्यकिय वस्तुको भण्डारण रहेको छ : साल्ट ट्रेडिङ

निश्चिन्त रहनुस् हामीसँग करिब १० महिनासम्म पुग्ने नुन लगायतका अत्यावश्यकिय वस्तुको भण्डारण रहेको छ : साल्ट ट्रेडिङ

आर्थिक, समाचार
फाल्गुण -साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले करिब १० महिनासम्म नेपालको माग धान्न सक्ने गरी नुन लगायतका अत्यावश्यकिय वस्तुको भण्डारण गरेको जनाएको छ । बजारमा नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तुको अभाव भए जस्तो गरि कालोबजारी हुन थालेपछि कर्पोरेशनले प्रेस विज्ञप्ती जारी गर्दै आम उपभोक्तालाई निश्चिन्त रहन आग्रह गरेको हो । कर्पोरेशनले जारी गरेको विज्ञप्तीमा बजारमा अत्यावश्यकिय वस्तुको अभाव नभएको जनाईएको छ । कर्पोरेशनका सिईओ उर्मिला श्रेष्ठले करिब १० महिनालाई पुग्ने नुन मौज्दात रहेको जानकारी दिईन् । कर्पोरेशनसँग एक लाख ५८ हजार ५०० मेट्रिक टन नुन मौज्दात छ । 'नेपालको १० महिनाको माग धान्ने नुन कर्पोरेशनसँग मौज्दात छ', उनले भनिन , 'नुनको कुनै अभाव छैन ।' अहिले नेपाली बजारमा मासिक १६ हजार मेट्रिक टन नुन खपत हुँदै आएको छ । नुनको आयातमा कुनै व्यवधान नभएको पनि सिईओ श्रेष्ठले जानकारी दिएकी छिन्। यसैगरी क...
भिम बिष्ट र एलिना चौहानलाई धोका दियो हाइटले (भिडियोसहित)

भिम बिष्ट र एलिना चौहानलाई धोका दियो हाइटले (भिडियोसहित)

मनोरन्जन, समाचार
काठमाडौं : जुनको साथी तारा, सिम्पल डिम्पल, रेवन चस्मालगाएतका थुप्रै गीतका गीतकार तथा संगीतकार भिम बिष्ट र पछील्लो समयकी चर्चित गायिका एलिना चौहानको स्वरमा सजिएको गीत 'धोका दियो हाइटले'को भिडियो सार्वजनिक भएको छ । नवराज कलौनीको शब्द, भिम बिष्टको संगीत र रिकेश गुरुङको संगीत संयोजन रहेको गीत इनाक्षी इन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । रोमान्टिक डान्सिङ फ्लेवरको गीतको भिडियो पनि उत्तिकै सुन्दर बनेको छ । टेक बहादुर शाह 'टेकेन्द्र'को निर्देशन रहेको गीतको भिडियोमा आचल शर्मा, जिवेश गुरुङ, बुद्दी तामाङ, सर्मिला शर्मा, भिम बिष्ट र एलिना चौहान फिचर्ड छन । गीतमा हाइटले धोका दिदा भोग्नु परेको समस्यालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । भिम बिष्टका यो भन्दा पहिलेका सबै गीतहरु हिट नै छन । यो गीतमा पनि आफुहरुले निकै मेहनत गरेर ल्याएको र दर्शकहरुले पनि पहिलेका गीत जस्तै ध...
पूर्व उप-प्रधान एवम अर्थमन्त्री स्व. भरतमोहन अधिकारीको स्‍मृति कार्यक्रम सम्पन्न

पूर्व उप-प्रधान एवम अर्थमन्त्री स्व. भरतमोहन अधिकारीको स्‍मृति कार्यक्रम सम्पन्न

राजनीति, समाचार
काठमाडौं, १८ फाल्गुण - पूर्व उप-प्रधान तथा अर्थमन्त्री स्व. भरतमोहन अधिकारीको वार्षिक पुण्य तिथीको अवसरमा आज स्‍मृतिसभाको आयोजना गरिएको छ । भरतमोहन अधिकारी स्‍मृति फाउन्डेसनद्वारा आयोजित सो कार्यक्रम फाउण्डेसनका अध्यक्ष एवम् स्व. नेता अधिकारीकी धर्मपत्नी सबिता अधिकारीको सभापतित्व तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्ने क्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भरतमोहन अधिकारी र्इमान र निष्ठालाई कायम राख्दै राष्ट्र र समाजको निम्ती लागि परेको एक गुणवान नेता भएको बताए । अध्यक्ष दाहालले आफूले २०३६ सालमा भरतमोहनसँग पहिलो पटक प्रत्यक्ष रुपमा भेटघाट गरेको स्मरण गर्दै स्व अधिकारी एक सरल ब्यक्तित्व एवम अदभुत बिश्लेषण क्षमता र बहस गर्न सक्ने खुबीको नेता रहेको पनि स्पष्ट पारे । उनले स्व. अधिकारीलाई आफुले अघिल्लो पुस्ता...