आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: News Reporter

कोरोना त्रासः ठूला सभा समारोह सम्मेलन र भोज भतेर नगर्न सरकारको आग्रह

कोरोना त्रासः ठूला सभा समारोह सम्मेलन र भोज भतेर नगर्न सरकारको आग्रह

समाचार, स्वास्थ्य
सरकारले ठूला सभा समारोह सम्मेलन र भोज भतेर नगर्न आह्वान गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी कोरोना भाइरसको जोखिम बढेको भन्दै धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आह्वान गरेका हुन् । मन्त्री ढकालले अप्ठेरो अवस्था आएमा अन्तर्राष्ट्रिय हवाई उडान पनि रोक्ने बताए । उनले विमानस्थल पुरै बन्द गर्ने कि भन्ने विषयमा पनि छलफल भइरहेको बताए । मन्त्री ढकालले कोरोना भाइरसको संक्रमण रोक्न सरकारले तीन चरणको तयारी गरेको बताए । ‘पहिलो चरणको तयारी अनुसार आवश्यक सावधानी अपनाउने र नेपाल भित्रिने नाकाहरुमा स्वास्थ्य जाँचको व्यवस्था गरिसकिएको छ, दोस्रो चरणको तयारी अन्तर्गत संक्रमित नेपालीलाई राख्न आवश्यक बेडको व्यवस्था गरिएको छ ।’ मन्त्री ढकालले नेपालमा कोरोना संक्रमणले भयावह रुप लिए सबै अस्पताललाई उपचारका लागि प्रयोग गर्न सकिने बताए ।चीनमा कोरोना ...
मलबिउ बिजन र वैदेशिक रोजगारीको बिषयमा माग राख्दै श्रीराम घिमिरे आमरण अनसनमा

मलबिउ बिजन र वैदेशिक रोजगारीको बिषयमा माग राख्दै श्रीराम घिमिरे आमरण अनसनमा

आर्थिक, समाचार
काठमान्डौ, १७ फाल्गुण – युवा अभियन्ता श्रीराम घिमिरे मलबिउ बिजन र वैदेशिक रोजगारीको बिषयका माग राख्दै आमरण अनसनमा बसेका छन् । दुई बुँदे माग अघि सार्दै उनी शनिवार फाल्गुण १७ देखी शान्ति वाटिकामा आमरण अनसनमा बसेका हुन । उनले राज्यले २० रोपनी भन्दा कम जग्गा जमिन भएका नेपाली किसानलाई मलबिउ विजन निशुल्क ब्यवस्था र वैदेशिक रोजगारीमा गएर मृत्‍यु भएका मृतकका परिवारलाई २० लाख क्षतिपुर्ति, ै वैदेशिक रोजगारीका क्रममा दुर्घटनामा घाईते हुन पुगेका नेपालीहरुलाई निशुल्क स्वास्थ्य उपचारको ब्यवस्थाका साथै पीडित परिवारको शिक्षा, स्वास्थ र रोजगारीको पूर्ण ग्यारेण्टि गर्नुपर्ने माग राखेका छन् । यो उनको तेस्रो आमरण अनसन हो । यस अघि उनी २०७४ साल कार्तिक ११ देखी १८ गते सम्म शान्ती वाटिकामा पहिलो पटक आमरण अनसन बसेका थिए । देशमा चुनावको माहौल र स्वास्थ अवस्थाका कारण उनले अनसन तोडेका थिए । त्यस्तै, दोस्रो पटक उनी...
फागुन ३० गते नगरकोटमा ‘आर्टिष्ट नेपाल फेसन रनवे एण्ड म्युजिकल नाईट’ शो  हुने

फागुन ३० गते नगरकोटमा ‘आर्टिष्ट नेपाल फेसन रनवे एण्ड म्युजिकल नाईट’ शो हुने

मनोरन्जन, समाचार
‘आर्टिष्ट नेपाल फेसन रनवे एण्ड म्युजिकल नाईट’ शो हुने भएको छ । फागुन ३० गते नगरकोटस्थित होटल कन्ट्रि भिल्लामा हुने फेशन शोमा १२ मोडलहरुले विभिन्न फेसन डिजाइनरका पहिरनहरु क्याटवाकमार्फत प्रस्तुत गर्नेछन् । आर्टिष्ट नेपाल स्टुडियोजको आयोजनामा ‘मन्जुश्री चाईल्ड केयर सेन्टर’ को सहयोगार्थ हुन लागेको कार्यक्रम संयोजक तथा चर्चित फोटोग्राफर कुबेर तामाङले जानकारी दिए । कार्यक्रममा आधा दर्जन गायक गायिकाहरुले सांगीतिक प्रस्तुति रहने छ भने क्रियटिभ ईन्स्टिच्यूट अफ फेशन टेक्नोलोजीका अफिसियल डिजाईनमा वे -आउट ब्युटी सलुनको मेकअपमा मोडेल तथा कलाकारहरुले प्रस्तुति दिनेछन् । शोमा मोडलहरु सदा थापा, सजु पौडेल, बिपना थापा, आयुष्मा गिरि, पुजा सिलवाल, सुस्मिता श्रेष्ठ, हिमानी गुरुङ, निमा शेर्पा, अनिता बम्जन, कबिता कोईराला, शेलिना भुजेल, मनिषा छेत्रीले क्याटवाक गर्दैनछन् । फेसन शोको शो स्टपर्समा चन्दा ...
प्रदेश न.२ मा पहिलो रियालेटी शो,२ नम्बर प्रदेश स्तरीय खुल्ला नृत्य प्रतियोगिता हुने,विजेताले पाउनेछन स्कूटर,नगद सहित थुप्रै अवसर

प्रदेश न.२ मा पहिलो रियालेटी शो,२ नम्बर प्रदेश स्तरीय खुल्ला नृत्य प्रतियोगिता हुने,विजेताले पाउनेछन स्कूटर,नगद सहित थुप्रै अवसर

मनोरन्जन, समाचार
“हिमाल,पहाड,तराई कोही छैन पराई मौलिक भाषा,कला सस्कृतिको प्रबर्द्धन गरौं”भन्ने मुल नाराको साथ प्रदेश न.२ मा पहिलो रियालेटी शो,२ नम्बर प्रदेश स्तरीय खुल्ला नृत्य प्रतियोगिता हुने भएको छ। रेग्मि फिल्मस प्रमुख राजु रेग्मि मगर ले २ न.क्षेत्र मा हुन लागेको २ नम्बर प्रदेश स्तरीय खुल्ला नृत्य प्रतियोगिता रियालिटी शोले यस क्षेत्रका लुकेर रहेका प्रतिभाशाली को खोजी हुने र कला सस्कृती र पर्यटन को समेत उजागर हुने बताए । तराईका मुख्य शहर जनकपुर, विरगंज, सर्लाही मा हुने अडिसनमा भिजिट नेपाल २०२० लाई लक्षित गर्दै पहिलो चोटि हुने कार्यक्रमले प्रदेश न.२ को रौनकमा ५ हजारको हाराहारीमा प्रतियोगी सहभागी हुने कार्यक्रमका संयोजक कामना क्यापछ्याकी मगरले बताउनु भयो। ‘तराई मधेस डान्स आईडल’ को उपाधी सहित  बिजेताले एक थान स्कुटर,रु.५१,१०० नगद, म्युजिक भिडियोमा अभिनय गर्ने अवसर ,थाईल्यान्ड टुर,&nb...
‘मकवानपुर लिटिल स्टार,२०२०’ को उपाधी हिमान्शी शर्मा र रिजन अधिकारीले जिते

‘मकवानपुर लिटिल स्टार,२०२०’ को उपाधी हिमान्शी शर्मा र रिजन अधिकारीले जिते

मनोरन्जन, समाचार
काठमाडौँ — फाल्गुन १२। मोडल सङ्ग्स नेपालको आयोजनामा सम्पन्न ‘मकवानपुर लिटिल स्टार,२०२०’ को उपाधी हिमान्शी शर्मा र रिजन अधिकारीले जितेका छन् । मकवानपुरको हेटौंडास्थित रोयल प्यालेसमा भव्य समारोहका साथ सम्पन्न प्रतियोगितामा विजेताद्वयले ‘मकवानपुर लिटिल स्टार,२०२०’ को उपाधिसहित नगद रु १५,००/- सहित आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गरे। उपाधीसहित हिमान्शीले विधागत तर्फको मिस बब्ली हात पार्दा रिजनले वेष्ट पर्सनालिटी र मिस्टर पर्फेक्टको अवार्ड हात पार्न सफल भए । यस्तै बालिका तर्फको ‘फस्ट रनरअप’ तेजस्वी बिडारी भईन भने बालकतर्फ आमिर अन्सारी भए उनीहरुले नगद रु १०,०००/- सहित विधागत तर्फ भने बिडारीले मस्ट ब्युटीफूल र अन्सारीले वेष्ट ड्रेस र मिस्टर हेन्समको अवार्ड हातपार्न सफल भए। स्वेक्षा तिमिल्सिना र एन्जल श्रेष्ठ क्रमशः बालक तथा बालिका तर्फबाट ‘सेकेण्ड रनरअप’ घोषित भए। स्वेक्षाले विधागत ...
अपाङ्ग वाल शिक्षा सरोकार केन्द्रलाई गीतकार तथा मेची महाकाली बुहारी ग्याङ्गकी संयोजक यमु शर्मा बाट खाद्यान्न सहयोग

अपाङ्ग वाल शिक्षा सरोकार केन्द्रलाई गीतकार तथा मेची महाकाली बुहारी ग्याङ्गकी संयोजक यमु शर्मा बाट खाद्यान्न सहयोग

समाचार, समाज
सामाजिक सञ्जाल फेसबुक मार्फत संगठित भएको मेची महाकाली बुहारी ग्याङले शनिबार झापाको अर्जुनधारामा रहेको अपाङ्ग वाल शिक्षा सरोकार केन्द्रलाई खाद्यान्न सहयोग गरेको छ । अभियानका संयोजक समेत रहेकी चर्चित गितकार यमु शर्मा सुब्बाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रलाई चामल, दाल, आलु, तेल, साबुन, प्याज तथा फलफुल हस्तान्तरण गरिएको थियो । आश्रममा ९ जना बालबालिका बस्दै आएका छन् । शारिरीक रुपमा असक्त कृष्णदेब दुलालको सक्रियतामा सञ्चालित केन्द्रले शिक्षकको ब्यवस्था गरेर आश्रममा रहेका बालबालिकालाई अध्ययन अध्यापन गराउँदै आएको छ । अमेरिका बस्दै आएकी संयोजक सुब्बाको सक्रियतामा ६ महिना अघि संगठित समुहले बिभिन्न स्थानमा सहयोग गर्दै आएको बताएको छ । झापा देखि कञ्चनपुरसम्मका ७७ वटै जिल्लामा नेटवर्क रहेको मेची महाकाली बुहारी ग्याङले चितवन, सुर्खेत, झापा र काठमाण्डौमा यो चरणमा सहयोग हस्तान्तरण गर्ने बता...
होली फेशन फेस्टको प्रथम अडिसन सम्पन्न

होली फेशन फेस्टको प्रथम अडिसन सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौं, १० फाल्गुन -होली फेशन फेस्टको प्रथम अडिसन सम्पन्न भएको छ । उक्त अडिसन अनामनगर स्थित बोकाभात अर्गानिक रेस्ट्रोमा शनिवार सम्पन्न भएको हो । कुल ४१ जनाले सहभागीता जनाएको उक्त अडिसनबाट बिस जना किशोर किशोरी एवम् युवा र पन्ध्र जना बालबालिकाहरु छनौट भएका छन् । अडिसनमा कर्पोरेट म्यागाजिनका अध्यक्ष उज्जवल जंग शाह, सौन्दर्यविद् शशी शाह, न्युजलाइन्स मिडियाका अध्यक्ष राजु भट्ट, खेल विज्ञ डि एन घिसिङ, संचारकर्मी समिर नेपाल, बालकलाकारद्धय प्रिन्स प्रसिद्ध सिंह थापा र अक्षता पोखरेलले निर्णायकको भूमिका निर्वाह गरेका थिए । ग्लोरी मिडियाको आयोजनामा हुन लागेको उक्त इभेण्टमा बोकाभात अर्गानिक रेस्ट्रोको प्रायोजन सहकार्य रहेको छ भने ग्लोबल अनलाईन पे डिजिटल पार्टनर र फेसियल हाउस इन एशोसिएसन पार्टनरको रुपमा रहेको छ । इभेण्ट क्षेत्रमा केही नौलोपन दिने उदेश्यका साथ उमङको पर्वका रुपमा रहेको होलीको अवसर प...
ट्यालेन्ट स्टार नेपाल–२०२० सम्पन्न,विजेताले हंगेरीमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्ने

ट्यालेन्ट स्टार नेपाल–२०२० सम्पन्न,विजेताले हंगेरीमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्ने

मनोरन्जन, समाचार
काठमाडौं । परिवर्तन इभेन्ट हाउसद्वारा आयोजित ट्यालेन्ट स्टार नेपाल–२०२० सम्पन्न भएको छ । सिजन टुका रूपमा राष्ट्रिय नाचघर जमलमा आयोजित प्रतियोगितामा पाचदेखि १५ वर्षसम्मका ४८ बालबालिकाको सहभागिता थियो । आयोजक संस्थाका अनुसार मिनी, जुनियर र प्रिटिन गरी तीन विधामा भएको प्रतिस्पर्धाका विजेता सबैले आगामी चैत २६ गते हंगेरीमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्न पाउनेछन् । प्रतियोगितामा मिनीतर्फ निर्वेश श्रेष्ठ, जुनियरतर्फ छिरिङ डोल्मा लामा र प्रिटिनतर्फ समीक्षा लामा र रियाज महर्जन उत्कृष्ट भए । मिनीतर्फ आयुषकुमार रजक,साङेमो लामा र बारिधी पौडेलले उपाधि जिते । त्यसैगरी जुनियरतर्फ रसिल श्रेष्ठ, रागभ कर्ण, जेसिका श्रेष्ठ, आरोन्सा गुरुङ, नेन्सी थापा मगर र युनिका अधिकारीले उपाधि हात पारे । त्यस्तै प्रिटिनतर्फ खुसी शाही, छवि अग्रवाल, जोसिका ठकुरी, प्रजिक्ता श्रेष्ठ, अदिती कँडे...
अर्थ सचिव ढुङ्गाना र चेम्बर पदाधिकारी बीच भेट

अर्थ सचिव ढुङ्गाना र चेम्बर पदाधिकारी बीच भेट

आर्थिक, समाचार
काठमाण्डौं, ०७ फाल्गुण - नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा गएको चेम्बर प्रतिनिधी मण्डलले हालै अर्थ सचिवको कार्यभार सम्हालेका शिशिर कुमार ढुङ्गानासंग भेट गरी वधाई ज्ञापन तथा उनको कार्यकालको पूर्ण सफलताको कामना गर्नुका साथै निजि क्षेत्रसंग सहकार्य गरी अर्थत्रन्त्रको विकासमा जोड दिने अपेक्षा निजि क्षेत्रले गरेको धारणा राखेको छ । नेपाल चेम्बर अफकर्मसका प्रतिनिधी मण्डलसँगको भेटमा अर्थ सचिव ढुङ्गानाले कर संकलनको लागत बढेको बताउँदै व्यवसाय गर्ने लागत घटाउन अध्ययन भैरहेको र एकद्धारबाट कर संकलन गर्ने सोच सरकारको रहेको बताएका छन् । सचिव ढुङ्गानाले कर अडिट धेरै नभई निकाय धेरै भईको र आ आफ्नो क्षेत्राधिकार हेर्न सबै सचेत रहेको जनाउदै हाल मुलुकको विदेशी मुद्रा संचिति सन्तोषजनक रहेको बताए । त्यस्तै, सम्पत्ति शुद्धिकरणबाट व्यवसायी आतंकित हुनु नपर्ने बताउँदै बिमा लगायत अन्य ...
मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२० भव्य रुपमा सम्पन्न, मिस तर्फ रुपा अधिकारी र मिसेस तर्फ उर्मिला पन्तको हातमा उपाधी

मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२० भव्य रुपमा सम्पन्न, मिस तर्फ रुपा अधिकारी र मिसेस तर्फ उर्मिला पन्तको हातमा उपाधी

मनोरन्जन, समाचार
काठमाडौं । दक्ष ईन्टरनेशनलको आयोजनामा आयोजित मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२० को उपाधी मिस तर्फ रुपा अधिकारी तथा मिसेस तर्फको उपाधी उर्मिला पन्त भण्डारीले हात पार्न सफल भएका छन । मिसेस तर्फका विजेता रुपाले बेष्ट स्माईलको सव टाईटल सहित विभिन्न गिफ्ट हम्पर हात पारेकी छिन भने मिसेस तर्फकी विजेता उर्मिलाले मस्ट टैलेन्ट, भिर्वस च्वाईस अवार्ड सहित विभिन्न गिफ्ट ह्याम्पर हात पार्न सफल भईन ।उपाधी विजेताहरुलाई मिसेस व्यूटिफुल नेपाल २०१८ का विजेता संगिता शर्मा बस्याल तथा मिस ब्यूटिफुल नेपाल २०१९ की विजेता सम्पदा अमागाईले क्राउन लगाईदिएका थिए । यस्तै, मिस तर्फ फस्ट रनरअपमा मेनुका श्रेष्ठ भइन भने उनले बेष्ट डान्स तथा फेशन आईकनको अवार्ड पनि हात पार्न सफल भइन र ‘सेकेण्ड रनरअपमा अस्मिता भट् चयन भइन ।  उनीले वेष्ट टैलेन्ट, मस्ट ऐक्टिभ र फेसबुक च्वाईस अवार्ड पनि हात पार्न स...