आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
एभरेष्ट एक्सिलेन्स सम्मानबाट विभिन्न क्षेत्रका दश व्यक्तित्वहरु सम्मानित

एभरेष्ट एक्सिलेन्स सम्मानबाट विभिन्न क्षेत्रका दश व्यक्तित्वहरु सम्मानित

मनोरन्जन, समाचार
काठमाडौँ —  २०७९। शुक्रबार साँझ राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा एभरेष्ट एक्सिलेन्स सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। कार्यक्रम एभरेष्ट ईभेन्टसको आयोजनामा सम्पन्न भएको थियो । एभरेष्ट एक्सिलेन्स सम्मान— २०७९ बाट विभिन्न क्षेत्रका दश व्यक्तित्वहरुलाई सम्मानित गरिएको छ । उक्त सम्मान कार्यक्रममा एएनपी मिडिया हाउसका अध्यक्ष तथा ईभेन्ट मेनेजमेन्ट एसोसिएसन नेपालका अध्यक्ष लव बहादुर कार्कीलाई विगत दुईदशक भन्दा लामो समयदेखि शिक्षा तथा सौन्दर्य क्षेत्रमा सक्रिय रहँदै वार्षिक दर्जनौं उत्कृष्ट सौन्दर्य प्रतियोगीताहरुको आयोजना गरेर हजारौ प्रतिभावानहरुलाई आफ्नो पहिचान दिलाउन महत्वपूर्ण भूमिका निभाउदै नेपाली सौन्दर्य जगतमा कार्यक्रम व्यवस्थापकको रुपमा निरन्तर सक्रिय रहंदै नेपाली सौन्दर्य तथा कार्यक्रम व्यवस्थापन क्षेत्रको उन्नयनको लागि पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै एभरेष...
रवि सुवेदीको ‘दिन’मा प्रशान्तको र्याप (भिडियो)

रवि सुवेदीको ‘दिन’मा प्रशान्तको र्याप (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । गायक रवि सुवेदीको स्वरमा रहेको ‘दिन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक सुवेदी संगै गायिका प्रकृति बास्कोटाको युगल गायनमा तयार भएको गीत प्रशान्त मान श्रेष्ठको शव्दमा तयार भएको गीतको भिडियो ओएसआर डिजिटलको युट्यूब च्यानल बाट सार्वजनिक भएको हो । आकाश केएमको संगीत रहेको गीतलाई दिपेश सिंहले एरेन्ज गरेका छन । गीतमा प्रशान्तले र्याप समेत दिएका छन । लामो समयदेखि अमेरिकामा वसेर नेपाली गीत संगीतको प्रवद्र्धनका लागि सक्रिय गायक सुवेदीले थुप्रै गीतहरु बजारमा सार्वजनिक भैसकेका छन । https://youtu.be/_XCPKTDxsAc गायनसंग संगै अभिनयमा समेत निरन्तरता दिएका सुवेदीको सार्वजनिक गीतको भिडियोमा स्वयं उनलाई देख्न सकिन्छ भने उनलाई अभिनयमा प्रशान्त श्रेष्ठ र उजिता बज्राचार्यले साथ दिएका छन । बसन्त महर्जनले छायांकन गरेको भिडियोलाई सम्पादन तथा निर्देशन प्रशान्तकै रहेको छ । ...
‘सुगर फ्री भर्सेस रसबरी’मा श्रीदेबसंगै सागर र अन्जली(भिडियो)

‘सुगर फ्री भर्सेस रसबरी’मा श्रीदेबसंगै सागर र अन्जली(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं– गायक राजेन्द्र बुढाथोकी र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘सुगर फ्री’ को भिडियो सार्वजनिक भएको छ । गीतमा राजेन्द्र बजगाईंको संगी तथा संगीत संयोजन छ । गीतमा अम्बिका थापाको शब्द, मनोज परियारको मिक्सिङ र मास्टरिङ छ । भिडियोमा सागर लम्साल, अञ्जली अधिकारी र श्रीदेव भट्टराई फिचर्ड छन् । ‘अनुशासीत नायक’को रुपमा चर्चा कमाएका श्रीदेवले थुप्रै राष्ट्रिय अन्तराष्ट्रिय अवार्ड जित्न सफल भएका छन । पछिल्लो पटक म्यूजिक भिडियोमा व्यस्त श्रीदेवको चिठी लगायत केहि चलचित्र प्रदर्शनको तयारीमा रहेको छ ।त्रिमूर्ति इन्टरटेन्मेन्टबाट सार्वजनिक भिडियोमा नवराज उप्रेतीको छायांकन, विमला तामाङको मेकअप, दीपक सिंहको कोरियोग्रफी, विकास ज्ञवालीको सम्पादन र राजेन्द्र बजगाईंको निर्देशन छ । https://youtu.be/ClIMn97xcPU त्रिमूर्ति इन्टरटेन्मेन्टबाट सार्वजनिक भिडियोमा नवराज उप्रेतीको छाया...
जिनियस म्यूजिक अवार्डको मनोनयन प्रमाण पत्र वितरण,को को परे टप ५ मा हेर्नुहोस

जिनियस म्यूजिक अवार्डको मनोनयन प्रमाण पत्र वितरण,को को परे टप ५ मा हेर्नुहोस

मनोरन्जन, समाचार
काठमाडौं । दोश्रो जिनियस म्युजिक अवार्ड २०७६ र तेश्रो जिनियस म्युजिक अवार्ड २०७९ को उत्कृष्ट पाँच मनोनयनको प्रमाण पत्र बिहिवार आयोजक संस्था जिनियस म्यूजिकको आफ्नो अफिसियल वेबसासाइट मार्फत सार्वजनिक तथा बितरण गरिएको छ । मनोनयनमा परेका कलाकारहरुले संस्थाको वेबसाईट www.geniusmusic.com.np बाट डाउनलोड गरेर प्रमाणपत्र प्राप्त गर्न सकिनेछ भने सक्कल प्रिन्ट प्रमाणपत्र प्राप्त गर्न संस्थाको कार्यालय अनामनगरमा सम्पर्क गरि लिन सकिनेछ । ‘नेपाली कला संस्कृति हाम्रो पहिचान, संरक्षण प्रवद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको दोश्रो संस्करणमा १६ विधा र तेश्रो संस्करणको अवार्डमा ३७ विधामा उत्कृष्ट ५ को प्रमाण पत्र भोटिङ्ग कोड सहित सार्वजनिक भएको हो । जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरिएको अवार्ड आयोजक संस्था जिनियस म्यूजिकका अध्यक्ष रमेश पाठकद्वारा जा...
मोहितवंश र मेलिनाको स्वरमा ‘भटक भटक’(भिडियो)

मोहितवंश र मेलिनाको स्वरमा ‘भटक भटक’(भिडियो)

मनोरन्जन, समाचार
गायक मोहितवंश आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । ‘भटक भटक’ बोलको उक्त गीतमा गायिका मेलिना राइले उनलाई साथ दिएकी छन् । डान्सिङ फ्लेबरमा रहेको यस लभ सङमा अभिनेता नाजिर हुसेन र मोडल आश्मा विश्वकर्माले एकसाथ कम्मर मर्काएका छन् । आश्माको कामुक नृत्यले भरिएको गीतलाई सरोज ओलीले लेखेका हुन् । ओलीका अनुसार यो यसअघिको उनको हिट गीत ‘ए है माया’ कै दोश्रो संस्करण हो । https://youtu.be/ZX1arcI1_D0 कोभिड महामारीले थिलथिलो बनेको गीत–संगीत उद्योगमा गायकसमेत रहेका ओलीले कोरोना सचेतनासँग जोडेर ‘ए है माया’ बोलको गीत लिएर आएका थिए । जसलाई युटुयुबमा तीन करोडभन्दा बढी पल्ट हेरिएको छ । ‘भटक भटक’ पनि दीपक शर्माले नै संगीत भरेका छन् । श्यामस्वेत रसाइलीको एरेन्ज रहेको गीतको म्युजिक भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका छन् । भुपेन्द्र अधिकारीको सम्पादन, रेनिश फागोको कलर रहेको गीतको म्युजिक भिडि...
अब पनि राजनीतिक दलहरुको चेत खुलेन भने कहिले खुल्छ ?

अब पनि राजनीतिक दलहरुको चेत खुलेन भने कहिले खुल्छ ?

राजनीति, समाचार
-डा.डिआर उपाध्याय खनाल, काठमाडौं । मन्त्रिमण्डल हेरफेर गर्ने हल्ला चलेको छ । यो बास्तबिकता हो की हल्ला मात्र हो । पटक पटक मन्त्रिमण्डल हेरफेर गर्ने हल्ला चल्छ अनि बिस्तारै सेलाउ छ । नेकपा एकिकृत समाजवादी पार्टी मन्त्रिमण्डल हेरफेर गर्ने कुरामा बढी जोड दिदै आएको छ । के मन्त्रिमण्डल हेरफेर गर्दैमा समस्या समाधान हुन्छ त ? आज देशमा थुप्रै समस्या तेर्सिएका छन । जनता समस्यामा पिल्सिरहेका छन । महंगीले सर्वसाधरण नागरिकको चुलो बोल्न छाडिसकेको छ । जनताका समस्यामा ध्यान दिन छोडेर मन्त्रिमण्डल हेरफेर गर्ने कुराले दुनिया हाँस्न थालेको छ । किसानले मल पाउँन सकिरहेका छैनन् । बिद्यार्थीले किताव पाउन सकिरहेका छैनन् । देशमा सरकार छ की छैन भन्ने कुरा जनताले अनुभूति गर्न समेत पाएका छैनन् । यस्तो बेलामा सरकार भएको अनुभूति जनतालाई दिलाउनु पर्छ । सरकार कहाँ छ ? मूल्य वृद्धिको बिरोधमा दिनौं सडकमा नारा जु...
घरकै खानाबाट सर्न सक्छ हैजा

घरकै खानाबाट सर्न सक्छ हैजा

समाचार, स्वास्थ्य
उपत्यकाभित्र हैजाको प्रकोप बढिरहेको छ । बिहीबार पनि थप एक जना बिरामीमा हैजाको पुष्टि भएको छ । यो सहित हाल टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र पाँच जना हैजा (कोलेरा)का बिरामी पुष्टि भएको छ । बिहीबार हैजा पुष्टि हुनेमा बल्खु बस्ने ३५ वर्षीया महिला हुनुहुन्छ । “उहाँले धारामा आउने पानी प्रत्यक्ष रूपमा पिउनु हुँदोरहेछ,” टेकु अस्पतालकी निर्देशक डा. मनीषा रावलले भन्नुभयो, “बिहीबार पनि पाँच जना बिरामी सघन उपचार कक्षमा उपचारत छन् ।” अब उपत्यकामा हैजा ‘आउटब्रेक’ हुने स्थिति भइसक्यो भन्दै उहाँले यसैगरी हैजा बढ्दै जाने हो भने डरलाग्दो स्थिति आउन सक्नेतर्फ सचेत गर्नुभयो । सबैलाई सरसफाइ, खानेकुरा तथा पिउने पानीमा विशेष ध्यान दिन आग्रह गर्दै निर्देशक डा. रावलले हैजाबारे जनचेतना भएन भने नियन्त्रण गर्न कठिनाइ हुने स्थिति देखिएको बताउनुभयो । -गोरखापत्र दैनिक ...
‘३ हजार लिएर काठमाडौ आए’-सन्च बहादुर राई ,विश्व किर्तिमानी

‘३ हजार लिएर काठमाडौ आए’-सन्च बहादुर राई ,विश्व किर्तिमानी

अन्र्तवार्ता, समाचार, समाज
मैले जन्मे पछि पहिलो पटक प्राप्त गरेको नै  सन्च भन्ने नाम हो। मलाई सन्च भन्ने नाम मेरो जेठा बाबाले दिनु भएको रहेछ। म सनिवार जन्मेको हुनाले मेरो नाम सन्च राखी दिनु भएको रहेछ। उहाँ अहिले यस लोकमा हुनुहुन्न तर उहाले दिनु भएको मेरो नाम अहिले नि छ भोलि नि हुनेछ। यो नाम नै मेरो पहिलो प्राप्ति भएको हुदा मलाई मेरो नाम प्रिय लाग्छ। । म २०४८ सालमा सोलुखुम्बु जिल्लाको साबिक बासा गा वि स वडा न ९ हाल माप्य दुधकोशी गाउँ पालिका वडा न २ मा अत्ति बिपन्न परिवारमा जन्मिएको थिए। मैले जन्मे पछि पहिलो पटक महसुस गरेकै अभाव हो। यदि कर्म अनुसारको फल पाउने कुरा सत्य थियो भने मलाई अहिले पनि भगवानलाई सोध्न मन लाग्छ कि मैले नजन्मदै के अपराध गरेको थिए र जन्मदै अभाव झेल्दै जन्मिनु पर्‍यो? मैले अनि मेरो परिवारले दुई छाक भात खान अरुको दैलोमा पुग्नु पर्ने के थियो होला? आफ्नो आङ ढाक्न अरुको सरिरको कपडा फाट्नु पर्ने...
‘सान एसईई फुट्सल’ प्रतियोगिता शुरु

‘सान एसईई फुट्सल’ प्रतियोगिता शुरु

शिक्षा, समाचार
काठमाडौं । विद्यार्थीमाझ लोकप्रिय रहेको सान ईन्टरनेशनल कलेजले यस वर्ष एसईई परिक्षा दिएर नतिजाको प्रतिक्षामा रहेका विद्यार्थीहरुलाई लक्षित गरी ‘सान एसईई फुट्सल प्रतियोगिता -२०७९’ को आयोजना गरेको छ । असार ८ गते कलेजका अध्यक्ष डा.सुवाष घिमिरेले उक्त कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । करिब १५ दिन लगातार चल्ने प्रतियोगीताका विजेताहरुले आकर्षक पुरस्कार समेत प्राप्त गर्नेछन । ‘शिक्षासंगै खेलकुद’ भन्ने नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रमको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै कलजेका कार्यकारी प्रमुख गोपाल भण्डारीले भन्नु भयो, ‘सान कलेजबाट थुप्रै राष्ट्रिय खेलाडीहरु उत्पादन भई राष्ट्रको गौरवको रुपमा योगदान दिदै समाज र राष्ट्रको गरिमा कायम राख्न सफल भएका छन । खेलको माध्यमबाट अन्तराष्ट्रिय स्तरमा समेत देश र यस कलेजको पहिचान बनाउदै आएका छन ।’ नेपाली राष्ट्रिय क्रिकेट टिमका भाईस...
रबिको पछि यति ठूलो भिड

रबिको पछि यति ठूलो भिड

राजनीति, समाचार
-डा.डिआर उपाध्याय खनाल काठमाडौं । रवि लामिछानेले राष्ट्रिय सभा गृहमा मंगलबार दिउँसो नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका छन । यो दलको घोषणा संगै राजनीतिमा तरंग पैदा भएको छ । पुराना पार्टीवाट वाक्क दिक्क भएका जनता रबिको पछि लाग्नु स्वभाविक कुरा हो । राजनीतिमा लामो समय देखि छलछाम मात्रै भयो । ब्यवस्था बदलियो तर जनताको अबस्था बदलिन सकेन । त्यसैले पनि रविले ब्यवस्था होइन, अबस्था बदल्न पार्टी निर्माण गरेको उदघोष गरे । सभामा सहभागी धेरै मान्छेहरु उत्साहित भएको पनि देखियो । पुराना राजनीति दलहरुले देश र जनताको पक्षमा राम्रो काम गरेर देखाउन सकेको भए रबिको पछि यति ठूलो भिड जम्मा नहुन सक्थ्यो । आज जनतामा यति धेरै निराशा छाएको छ की त्यो भनि साध्य छैन । जनतामा निराश र असन्तुष्टि भयो भने बिकल्प खोज्न बाध्य हुन्छन । यो जनताको अधिकारको कुरा हो । हिजोको सभामा रविको भाषण सुन्न जम्मा भएको ...