आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
बंगलादेशी फेसनको स्वाद

बंगलादेशी फेसनको स्वाद

मनोरन्जन, समाचार
राजधानी शहरको प्रदशर्नीमार्ग स्थित प्रदशर्नी कक्षमा संचालन भएको नेपाल चेम्बर एक्स्पो २०२२ अन्तर्गतको तेस्रो दिनमा बंगलादेश फेसन शो शीर्षकमा बंगलादेशी फेसनका विभिन्न आयामलाई प्रस्तुत गरिएको छ । शनिबार साँझ प्रस्तुत गरिएको सो फेसन शोमा बंगलादेशी फेसन अन्तर्गत विभिन्न पहिरन शैली र हस्तकलाका अनुपम नमूनाहरु ¥याम्पमाथि देख्न पाइयो । ्सात चरणमा प्रस्तुत गरिएको उक्त फेसन प्रस्तुतिमा साडी, सलवार कमीज, कुर्ती, शर्टस्, पन्जाबी स्टाइल, टि शर्ट लगायतका पहिरन संगै लेदर तथा फ्याब्रिकमा तयार पारिएका विभिन्न एक्सेसरिज पनि प्रदर्शन गरिएको थियो । सो फेसन कार्यक्रममा प्रस्तुत गरिएका फेसनका विविध नमूनाहरु मूलतः मस्लिन, सिल्क, कटन फ्याब्रिकमा तयार पारिएकाहरु थिए । फेसन शोको अन्तिम प्रस्तुति भने खाडी वेयर थियो । काठमाडांैंस्थित बंगलादेशी राजदूतावासको पहलमा प्रस्तुत गरिएको सो फेसन कार्यक्रमको संयोजन तथा कोरिय...
नेक्स्ट ग्ल्यामर नेपाल प्रतियोगिताको आयोजना हुने

नेक्स्ट ग्ल्यामर नेपाल प्रतियोगिताको आयोजना हुने

मनोरन्जन, समाचार
नेक्स्ट वर्ल्ड मिडिया प्रा.लि द्वारा नेपालमा नेक्स्ट ग्ल्यामर नेपाल प्रतियोगिताको आयोजना हुने भएको छ ।आउँदो असार ११ गते काठमाडौंको शान्तिनगर स्थित साक्यता डान्स स्टुडिओमा नेक्स्ट ग्ल्यामर नेपाल २०२२ को अडिसन हुने जनाइएको छ । नेक्स्ट वर्ल्ड मिडिया प्रा.लि आयोजना गर्न लागेको यस सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक महिला तथा पुरुष प्रतियोगीहरुले नेक्स्ट वर्ल्ड मिडिया प्रा.लि, साक्यता डान्स स्टुडिओ को कार्यालयबाट र अन्लाइन फर्मबाट फर्म लिएर सहभागिता जनाउन सक्ने जनाइएको छ । प्रतियोगितामा भाग लिनको लागि १६ बर्षदेखि २६ बर्ष सम्मको हुनुपर्ने जनाइएको छ । त्यस्तै महिलाको उचाइ ४ फिट ५ इन्च र पुरुषको ५ फि ५ इन्चभन्दा माथि हुनुपर्नेछ प्रतियोगिताको विजेताले अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिन पाउने तथा चलचित्रमा अवसर, म्युजिक भिडियोमा अवसर, अवार्ड, ट्रफि मिडियामा अन्तर्वार्ता र अन्य थुप्रै उपह...
मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई यो वर्षको ‘सर्वोत्कृष्ट मेकअप आर्टिष्ट’को अवार्ड

मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई यो वर्षको ‘सर्वोत्कृष्ट मेकअप आर्टिष्ट’को अवार्ड

आर्थिक, समाचार
ललितपुर । राज मेकअप स्टुडियोका प्रमुख तथा मेकअप आर्टिष्ट टेकराज पाण्डेले यो वर्षको सर्वोत्कृष्ट मेकअप आर्टिष्टको अवार्ड हात पार्न सफल भएका छन ।ललितपुरको बालकुमारीमा सम्पन्न तेश्रो संस्करणको नेपाल म्युजिक एण्ड फेशन अवार्डमा पाण्डेले उक्त अवार्ड जित्न सफल भएका हुन । गीत संगीत तर्फ ४१ विधामा र फेशन तर्फ ८ विधामा प्रदान गरिएको अवार्ड समारोहमा कार्यक्रमका प्रमुख अतिथी पूर्व उपराष्ट्रपति परमानन्द झा तथा वरिष्ठ अभिनेता मोहन निरौला र वरिष्ठ अभिनेता धिरेन शाक्यले संयुक्त रुपमा उक्त अवार्ड प्रदान गरेका थिए । लामो समयदेखि राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा सफल सौन्दर्य व्यबसायीको रुपमा ख्याती कमाएका पाण्डेले देशभित्रका मात्र नभएर अन्तराष्ट्रिय अवार्ड समेत जित्न सफल भएका छन । विभिन्न संघ संस्थाबाट सम्मानित हुदै आफ्नो पेशा प्रतिको लगन र ईमान्दारिताका कारण वेग्लै छवी बनाएका पाण्डेल हालसम्म हजार...
भ्रष्टाचार र अनियमितताले देश खोक्रो बन्दै

भ्रष्टाचार र अनियमितताले देश खोक्रो बन्दै

राजनीति, समाचार
-डा.डी.आर.उपाध्याय खनाल मुलुकका सामु तमाम समस्या छन । यी समस्या समाधान गर्न दलहरु त्यति गम्भिर भएको देखिदैन । जनताको पसिना र जनताले तिरेको करमा मनपरि रमाउनेहरुलाई देशको बारेमा कुनै चिन्ता छैन । उनीहरु आफनै ब्यक्तिगत स्वार्थमा रमाइरहेका छन । आज देश गम्भिर संकटमा फसेको छ । देशको भबिश्य सोच्ने फुर्सद कसैलाई छैन । लुट्नेले लुटिरहेका छन, रात दिन पसिना बगाउने श्रमिकहरुको अबस्था कस्टकर छ । उनीहरु आफनो दैनिक गुजरा चलाउन सकिरहेका छैनन् । देशमा सुशासन छैन, जता गए पनि अनियमितता मात्र छ । यसरी देश बनाउन सकिदैन र बन्न सक्दैन । अब नेतृत्वले सोच्नु पर्ने बेला भयो । देशमा राजनीति दलहरु धेरै भए । संसद देखि संसद बाहिरका राजनीति पार्टीहरु पनि छन । बेरोजगारहरुको भिड जम्मा गर्ने राजनीति पार्टीबाट अब केहि हुदैन भन्ने जनताले बिस्तारै बुझदै जान थालेका छन । सरकार मुलुकमा सुशासन कायम गर्न सकेको छ्रैन । सेवाप...
सुरेन र प्रतिमाको स्वरमा ‘राधा प्यारी’ (भिडियो)

सुरेन र प्रतिमाको स्वरमा ‘राधा प्यारी’ (भिडियो)

मनोरन्जन, समाचार
सुरेन चन्द र प्रतिमा केसीको स्वर रहेको ‘राधा प्यारी’ गीत सार्वजनिक गरिएको छ । गायक तथा सङ्गीतकार सिएल शर्माको शब्द तथा सङ्गीत, विश्व अधिकारीको एरेन्ज र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/ato-TAUrrns विक्रम चौहानको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा मोडल गरिमा शर्मा र प्रिन्स चौहानको अभिनय छ । भिडियोमा राधाको भूमिकामा देखिनुभएकी गरिमा कृष्ण बन्नुभएका प्रिन्सको जोडी राम्रो देखिएको छ । एक प्रेमील जोडीको रमाइलो र सफल प्रेम कथा बोल्ने गीतको भिडियोमा प्रकाश खड्काको छायांकन र मिलन विश्वकर्माको सम्पादन तथा कलरिङ छ । ‘इनाक्छी इन्टरटेनमेन्ट’बाट बजारमा ल्याइएको भिडियो र अडियोको निर्माण पनि इनाक्छी इन्टरटेनमेन्टले नै गरेको हो । ...
सरोज कोईरालाको संगीतमा ‘पिडा’को फिमेल भर्सन सार्वजनिक(भिडियो)

सरोज कोईरालाको संगीतमा ‘पिडा’को फिमेल भर्सन सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
लोकप्रिय गीत ‘पिडा’को फिमेल भर्सनको अडियो भिडियो सार्वजनिक भएको छ ।गायिका वर्षा दासको स्वर रहेको पिडालाई संचारकर्मी एवं संगीतकार सरोज कोईरालाले संगीत दिएका छन, भने यस अघिको मेल भर्सनका गायक भने स्वयं कोईरालानै रहेका थिए ।गीतकार सिताराम कोइराला रचित पिडामा फिमेल भर्सनमा समेत नायक एवं मोडल श्रीदेव भट्टराई तथा जेविका कार्कीको अभिनय रहेको छ ।गीतको भिडियो ओएसआर डिजिटल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । राजेन्द्र बजगाईले संगीत संयोजन गरेको गीतको म्युजिक भिडियोमा श्रीदेव भट्टराई र जेबिका कार्कीेले अभिनय गरेका छन् । श्रीदेव र जेबिकाको यो दोश्रो सहकार्यमा जोडी उत्कृष्ट देखिन्छ । https://youtu.be/or1JpD9f8EQ भिडियोको निर्देशन ऋषि बराल ‘श्रीजन’ ले गरेका हुन् । श्रीमान श्रीमतिको सम्बन्ध, माया प्रेम, वैदेशिक रोजगारीका कारण छुट्टिनु पर्दाको पीडा र उत्तराद्र्धमा श्रीमानको मृत्युको पिडा भोग्नु...
जीवन शाहीको निर्देशनमा ‘सम्झनाले मनै रुदा'(भिडियो)

जीवन शाहीको निर्देशनमा ‘सम्झनाले मनै रुदा'(भिडियो)

मनोरन्जन, समाचार
चर्चित भिडियो निर्देशक जीवन शाहीको निर्देशनमा ‘सम्झनाले मनै रुदा ‘बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक डिएस डांगीको मार्मिक स्वरमा रहेको गीतलाई संदिप कार्कीले एरेन्ज गरेका छन भने,शव्द तथा संगीत स्वयं गायक डांगीकै रहेको छ ।रोजगारीका लागि विदेश जान वाध्यता वीच आफ्नो मायालुको सम्झनाले सताउदाको पिडालाई गीत तथा भिडियोमा यर्थाथपुरक ढंगले प्रस्तुत गरिएको छ । भिडियोमा गायक डांगीकै अभिनय रहेको छ भने उनलाई विना राउतले अभिनयमा साथ दिएका छन । भिडियोलाई दिपेन वस्न्यातले सम्पादन एवं छायांकन गरेका हुन । https://www.youtube.com/watch?v=y2xVwNLJ2zE ...
नृत्य निर्देशक संघ नेपालका केन्द्रिय सदस्य बुद्ध लामालाई संघको बधाइ सम्मान प्रदान

नृत्य निर्देशक संघ नेपालका केन्द्रिय सदस्य बुद्ध लामालाई संघको बधाइ सम्मान प्रदान

मनोरन्जन, समाचार
काठमाडौं । नृत्य निर्देशक संघ नेपालले संघका सदस्य एवं चौरीदेउराली गाउपालिका वडा नं. १ बाट नव निर्वाचित वडा सदस्य बुद्ध लामालाई सम्मान गरेको छ । लामो समयदेखि नृत्य निर्देशकको रुपमा सक्रिय लामाले नेपाली काङ्ग्रेसबाट वडा सदस्यमा निर्वाचित भएको अवसरमा उनलाई संघको तर्फबाट वरिष्ठ उपाध्यक्ष प्रदिपमान श्रेष्ठ लगायत अन्य वोर्ड सदस्यहरुले वधाई एवं सफल कार्यकालका लागि शुभकामना सहित सम्मान प्रदान गरेका थिए ।नृत्य निर्देशकहरुको छाता संगठन नृत्य निर्देशक संघ नेपालको कार्यालयमा आयोजना गरिएको उक्त बधाई तथा शुभकामना कार्यक्रममा  केन्द्रीय सह-सचिव रवि राना मगर,  केन्द्रीय सचिव एवं प्रवक्ता ऋषिकेश श्रेष्ठ, केन्द्रीय उपाध्यक्ष शम्भु शाही, केन्द्रीय महासचिव नृपध्वज खत्री,केन्द्रीय कोषाध्यक्ष शारदा शर्मा सोती,केन्द्रीय सह-कोषाध्यक्ष केशव कोइराला,केन्द्रीय सदस्यहरु प्रमिला कार्की ढकाल, सृजना श्रेष्ठ,स...
रवि सुवेदीको स्वरमा ‘गुंरास जस्तो’ सार्वजनिक(भिडियो)

रवि सुवेदीको स्वरमा ‘गुंरास जस्तो’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । गायक रवि सुवेदीको स्वरमा रहेको ‘गुंरास जस्तो’ बोलको गीतको भिडियो सार्वजनिका भएको छ । रोशन अनुराग राईको शव्दमा तयार भएको गीतको भिडियो गायक सुवेदीको आफ्नै युट्यूब च्यानल रवि सुवेदीबाट सार्वजनिक भएको हो । लामो समयदेखि अमेरिकामा वसेर नेपाली गीत संगीतको प्रवद्र्धनका लागि सक्रिय गायक सुवेदीले थुप्रै गीतहरु बजारमा सार्वजनिक भैसकेका छन । https://youtu.be/JDlBCx_OrKI गायनसंग संगै अभिनयमा समेत निरन्तरता दिएका सुवेदीको सार्वजनिक गीत गुंरास जस्तोलाई सुरेन्द्र श्रेष्ठले संगीत एवं एरेन्ज दिएका छन । सुर मेलोडीमा तयार भएको गीतको भिडियोको प्रडक्सन मेनेजर नवराज कार्की हुन भने ड्रोन अपरेटर सुरेश काफ्ले हुन । भिडियोमा गायक सुवेदीलाई मोडल अस्मि थापा र अभिनेता जयराम बर्माले अभिनयमा साथ दिएका छन । धुलीखेल तथा काभे्रका मनोरम दृश्य समेटिएको भिडियो प्रविन थापाको कोरियोग्राफी तथा छायांकन र ...
इमाडोल जेसिजले स्थापना दिवस मनाउदै सुरु गर्यो जेसिज सप्ताह

इमाडोल जेसिजले स्थापना दिवस मनाउदै सुरु गर्यो जेसिज सप्ताह

समाचार, समाज
इमाडोल जेसीजको ११ औँ वार्षिक उत्सवको अवसरसँगै २०२२ को जेसीज सप्ताहको उद्घाटन भएको छ । सप्ताहको उद्घाटन समारोहकाबिच बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचित महालक्ष्मी नगरपालिकाका जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मानसहित शुभकामना आदानप्रदान गरिएको थियो । समारोहमा महालक्ष्मी नगरपालिकाका नगर प्रमुख गोविन्द श्रेष्ठ, उपप्रमुख लक्ष्मी महर्जनसहित वडा अध्यक्ष तथा सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा शाखाको ११ औँ स्थापना दिवसको केकमा दिप प्रज्वलन तथा केक काटेर कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख श्रेष्ठले उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा इमाडोल जेसीजका लागि निरुपित राष्टिय उपाध्यक्ष जीवन कार्की, नेपाल जेसीजका मिडिया संयोजक सोनितराज ढुङ्गेल, धरान जेसीजका पूर्व अध्यक्ष द्धारिकानाथ श्रेष्ठ, काठमाडौँ जेसीज २०२२ का अध्यक्ष अनुप सुनुवार, नेपाली कांग्रेस महाधिवे...