आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
रबि लामिछाने राजनीतिमा सक्रिय हुने घोषणाले तरंग

रबि लामिछाने राजनीतिमा सक्रिय हुने घोषणाले तरंग

राजनीति, समाचार
चर्चित संञ्चारकर्मी रबि लामिछाने संचार क्षेत्रलाई त्यागेर सक्रिय राजनीतिमा आउने घोषणा गरेका छन । उनको यो घोषणाले राजनीतिमा तरंग उत्पन्न गरेको छ । उनी एक चर्चित राम्रा प्रस्तोता हुन । उनले समाजमा घटेका घटना र साना साना बिषय बस्तु टेलिभिजन मार्फत उठान गरे पछि जनताको मन जित्न सफल भएका हुन । पीडामा परेका मान्छेको आवाज बने उनी । त्यसैले उनी जनताको मन मनमा बस्न सफल भए । उनको संचार क्षेत्रको यात्रा सफल बन्यो । हिजोबाट उनी टेलिभिजन कार्यक्रमबाट बिश्राम लिएको घोषणा पनि गरेका छन । उनले राजनीति बाटो तय गदै छन । उनले राजनीतिको मार्ग चित्र कोर्ने बताएका छन । अब उनको राजनीति यात्रा कसरी अघि बढछ त्यो भोलीका दिनमा हेदै जाउला । उनले आफना कुरा सार्वजनिक गर्न असार ७ गते ठूलो भेला पनि गदै छन । उनले आहवान गरेको भेलामा को को सहभागी हुन्छन् त्यो भने सबैको चासोको बिषय पक्कै बनेको छ । के उनी संचार क्षेत्रमा...
लायन वर्ष २०२२–२३ का निर्वाचित पदाधिकारीहरुलाई “क्लब्स् अफिसर्स स्कूलिङ्ग”

लायन वर्ष २०२२–२३ का निर्वाचित पदाधिकारीहरुलाई “क्लब्स् अफिसर्स स्कूलिङ्ग”

समाचार, समाज
काठमाडौं । लायन्स क्लब्स् अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ एल, नेपालको लायन वर्ष २०२२–२३ का लागि निर्वाचित क्बल पदाधिकारीहरुलाई एक दिने “क्लब्स् अफिसर्स स्कूलिङ्ग” कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब्स् अन्तर्राष्ट्रि«य मल्टिपल डिष्ट्रिक ३२५ नेपालका सल्लाहकार पूर्व गर्भनर गौतममान श्रेष्ठको प्रमुख आतिथ्यमा काठमाडौंस्थित होटल एयरपोर्टमा सम्पन्न भएको थियो । लायन वर्ष २०२२–२३ का लागि डिष्ट्रिक ३२५ एल, नेपालका डिष्ट्रिक गभर्रन लायन मणिश्री रत्न बज्राचार्यबाट स्वागतबाट शुभारम्भ भएको उक्त कार्यक्रम झण्डै ६० क्लबहरुबाट १६० अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमको पहिलो सत्रको मुख्य विषयगत अनुसार उपस्थित विभिन्न क्लबहरुबाट प्रतिनिधित्व गरेर आउनु भएका क्लब अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षहरुलाई तीन वटा समूहमा विभाजित गरिएको थियो । पदिय दायित्व अनुसार...
धिरेन शाक्य र सविना सुनार अभिनित ‘डोको चोयाको’ सार्वजनिक

धिरेन शाक्य र सविना सुनार अभिनित ‘डोको चोयाको’ सार्वजनिक

मनोरन्जन, समाचार
नेपाली चलचित्र क्षेत्रमा ३ दशक बढी समय बिताईसकेका र निरन्तर काम गर्दै आइरहेका वरिष्ठ अभिनेता धिरेन शाक्य र नव मोडल सविना सुनार अभिनित ‘डोको चोयाको’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।गीतमा कृष्ण बस्यालको शब्द, गायक राजेश बर्देवा तथा गायिक मेनुका परियारको स्वर रहेको छ भने संगीत तथा संगीत संयोजन पनि गायक बर्देवाले नै गरेका हुन । लाजिम्पाट स्थित ओपेरा रेष्टुरेन्टमा कलाकार, भिडियो टिम र सञ्चारकर्मीहरु माझ गीतको भिडियो सार्वजनिक गरिएको थियो ।पछील्लो समय नायक धिरेन शाक्य म्युजिक भिडियोमा निकै व्यस्त देखिन्छन । दिनहुँ जसो एउटा भिडियो सार्वजनिक भईरहेको छ । सार्वजनिक कार्यक्रममा आफ्नो टिमको तर्फबाट बोल्दै अभिनेता शाक्यले भिडियोसंगै केही चलचित्रहरु पनि छिट्टै आउने कुरा बताउनुभयो । गीत सुन्न बितिकै आफुलाई राम्रो लागेको र त्यसमा अझ कमल राई जस्तो वरिष्ठ डान्स डाइरेक्टर भएपछी र सबै यही बिधाका अनुभवी व्...
बाम बिचारधाराका बौद्धिक वर्गले यो बिषयमा किन बोल्दैनन् ?

बाम बिचारधाराका बौद्धिक वर्गले यो बिषयमा किन बोल्दैनन् ?

राजनीति, समाचार
-डा.डी.आर.उपाध्याय खनाल, काठमाडौं । यति बेला प्रदेश र संघीय निर्वाचनको चर्चा सुरु हुन थालेको छ । राजनीतिक दलहरुका आ आफना बैठक पनि चलिरहेका छन । लोकतन्त्रमा चुनाव हुनु भनेको यो एउटा सुन्दर पक्ष हो । आगामी मंसिरमा प्रदेश सभा र संघीय संसद्को अवधि सकिँदैछ। त्यसैले राजनीतिक दलहरु चुनाव केन्द्रीत हुन थालेको देखिन्छ । स्थानीय तहको निर्वाचन सम्पन्न भैसकेको छ । स्थानीय चुनावमा काठमाडौं, जनकपुर, धरान, धनगढीलगायतमा स्वतन्त्र उम्मेदवारले शानदार जित हासिल गरे । स्वतन्त्र उम्मेदवारले शानदार जित हासिल गरेको परिणाम बाहिर आए पछि राजनीतिक दलहरु एका एक झस्किरहेका छन । राजनीतिक दलले खडा गरेका उम्मेदवारले भन्दा स्वतन्त्र उम्मेदवारले जित हासिल गर्दा जनतामा एक खालको हौसला बढेको छ । कारण के हो ? राजनीतिक दलका नेताले सत्तामा पुगे पछि राम्रो र लोकप्रिय काम गर्न नसक्नुको परिणाम हो भनेर बुझदा हुन्छ । चुनाव खर्...
स्वस्तिश्री गुरुकुलमा शुरु भयो १० दिने खेलकुद कार्यक्रम

स्वस्तिश्री गुरुकुलमा शुरु भयो १० दिने खेलकुद कार्यक्रम

आर्थिक, समाचार
काठमाडौँ,३० जेठ । काठमाडौँको सानो भर्याङस्थित स्वस्तिश्री गुरुकुल आइ.वि.वल्र्ड स्कुलले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अबसरमा १० दिने विविध खेलकुद कार्यक्रम शुरु गरेको छ । उक्त कार्यक्रमको आज एक समारोहका बीच नेपाल ओलम्पिक कमिटीअन्तरगत (स्पोट्र्स फर अल कमिसन) का संयोजक विष्णुगोपाल श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । उक्त समारोहमा उहाँले ओलम्पिकको स्थापना र यसको महत्वका बारेज प्रकाश पार्दै नेपालको खेलकुद क्षेत्र र खेलाडीको समेत भविश्य राम्रो रहेको बताउनुभयो । संयोजक श्रेष्ठले विद्यालयका बालकालिकालाई खेलकुदमा भाग लिएर फाइदा उठाउन सुझाव पनि दिनुभयो । ओलम्पिक दिवसको बारेमा जानकारी गराउँदै श्रेष्ठले स्वास्थ्यका लागि खेल र राष्ट्रका लागि खेलाडीको आवश्यकता पर्नेमा जोड दिनुभयो । सो क्रममा उहाँले खेलका लागि फुटबल समेत हस्तान्तरण गर्नुभएको थियो । उक्त समारोहमा विद्यालयका अध्यक्ष रामकृष्ण चित्रकारले...
‘जिनियस म्युजिक अवार्ड’को उत्कृष्ट पाँच सार्वजनिक(सूचि सहित)

‘जिनियस म्युजिक अवार्ड’को उत्कृष्ट पाँच सार्वजनिक(सूचि सहित)

मनोरन्जन, समाचार
काठमाडौं । दोश्रो तथा तेश्रो जिनियस म्युजिक अवार्ड २०७९ को उत्कृष्ट पाँच सार्वजनिक भएको छ । ‘नेपाली कला संस्कृति हाम्रो पहिचान, संरक्षण प्रवद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको दोश्रो संस्करणमा १६ विधा र तेश्रो संस्करणको अवार्डमा ३७ विधामा उत्कृष्ट ५ सार्वजनिक भएको हो । जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरिएको अवार्ड आयोजक संस्था जिनियस म्यूजिकका अध्यक्ष रमेश पाठकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । कोरोना महामारीका कारण रोकिएको दोश्रो संस्करणको मनोनयन समेत एकै पटक सार्वजनिक गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।एक दशक भन्दा लामो समयदेखि गीत संगीत क्षेत्रमा सक्रिय संस्था जिनियसले आफ्नो कम्पनिको वार्षिकोत्सवको अवसरमा नेपाली गीत–संगीतका लोकप्रिय श्रष्टाहरुलाई ‘जिनियस म्युजिक अवार्ड–२०७९’ द्वारा पुरस्कृत तथा सम्मान गर्न लागेको हो । जि...
जनता चरम निराशामा छन

जनता चरम निराशामा छन

राजनीति, समाचार
-डा.डी.आर.उपाध्याय खनाल, काठमाडौं । अझै पनि राजनीतिक दल र तिनका नेताहरु आ आफनो स्वार्थमा लिप्त छन । देश र जनताको भाग्य र भबिश्य निर्माण गर्ने कुरामा कसैको चासो र चिन्ता देखिदैन । देशको भबिश्यका बिषयमा चिन्ता गर्ने नेतृत्वको खाँचो छ अव । अव पनि देश यस्तै अबस्थामा रहन सक्दैन र राख्नु पनि हुदैन । अब युवाहरुले गम्भिर भएर सोचनु पर्ने बेला आएको छ । देशमा बिकासका कुरा धेरै भए तर हामीले प्रगति गर्न सकेनौं । देश आर्थिक संकटमा परेको अर्थ बिज्ञहरुले बताइरहेका छन । यस्तो अबस्थामा पनि नेतृत्वलाई चिन्ता नहुनु दुखद कुरा हो । राजनीतिक दलहरु अब मिलेर जानु पर्ने अबस्था आयो । दलहरु बीच बिवाद हुनु भनेको देशलाई संकट तर्फ धकेल्नु हो । सबै राजनीतिक दलहरु मिलेर अब देशलाई निकास दिनु पर्छ । जनताको अबस्था सबै कुरामा नाजुक हुदैछ । सर्ब साधरण जनता महंगीका कारण बिहान बेलुकाको छाक टार्न सकिरहेका छैनन् । राजनीति भ...
फेशन डिजाईनर तृष्णा गुरुङ  फिल्म ‘डलर एयुडी’ निर्माण गर्दै

फेशन डिजाईनर तृष्णा गुरुङ फिल्म ‘डलर एयुडी’ निर्माण गर्दै

मनोरन्जन, समाचार
नयाँ नेपाली फिल्म ‘डलर एयुडी’ निर्माण हुने भएको छ । काठमाडौंमा आयोजित एक समारोहमा यो फिल्म निर्माण हुने घोषणा गरिएको छ । लामो समयदेखि नेपालको मौलिकतालाई जोगाउन विविध मनोरजानात्मक कार्यक्रमको आयोजना गर्दै आइरहेको एएसएपी इन्टरटेन्मेन्टले यो फिल्म निर्माण गर्न लागेको हो । सन्तोष अधिकारी फिल्म्स तथा अमारियाको प्रोडक्सनको संयुक्त लगानी निर्माण हुने यो फिल्ममा अर्पण थापा, मेनुका प्रधान, सन्तोष अधिकारी लगायतको अभिनय रहने छ । देवकुमार श्रेष्ठको निर्देशन रहने यो फिल्म सन्तोष अधिकारीले निर्माण गर्न लागेका हुन् । ‘आमा’ फिल्मका सह-निर्माता अधिकारी लामो समयदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका छन् । नेपालबाट अष्ट्रेलिया जाने नेपालीको जीवन कथाको विषयमा निर्माण हुने फिल्मको सह–निर्मातामा धर्मराज अधिकारी, गंगाराम वाग्ले, अरुण श्रेष्ठ, अन्जना अधिकारी, तृष्णा गुरुङ लगायत रहेका छन् । अष्ट्र...
रेस्लर भगवती खड्का (युनिका)को स्वरमा  ‘बलात्कारीलाई फाँसी दे’सार्वजनिक (भिडियो)

रेस्लर भगवती खड्का (युनिका)को स्वरमा ‘बलात्कारीलाई फाँसी दे’सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
नेपालकै पहिलो महिला रेस्लिङ् खेलाडी भगवती खड्का (युनिका) को स्वरमा ‘बलात्कारीलाई फाँसी दे’ को भिडियो सार्बजनिक भएको छ । गायिका स्वयं फिचर्ड रहेको भिडियो लाई उनको आफ्नै रेस्लर युनिका युट्युवच्यानल मार्फल सार्वजनिक गरिएको हो । सार्बजनिक भिडियोमा बलात्कारबाट शिकार भएका नारीहरुमा समर्पित सामाजिक जनचेतनामूलक सन्देशलाई सशक्त ढङ्गले उजागर गरिएको छ। देशमा भइरहेको महिलामाथिको अन्याय, अत्याचार र सामाजिक कुरितीलाई जरैदेखि नउखेलेसम्म महिला मुक्ति सम्भव छैन भन्ने सन्देश प्रवाह गरेको भिडियोमा अर्की महिला रेस्लर खेलाडी तथा मोडल अस्मिता जुरेलीको समेत अभिनय रहेको छ। https://www.youtube.com/watch?v=maOxchUzo-0 सञ्जय खड्का, लोकसरी कुँवर र जीवी क्षेत्रीको शब्द रचना रहेको यस गीतभिडियोमा संगीत रहेको छ नरहरी प्रेमीको भने संगीत संयोजन रहेको छ सञ्जय हमालको। त्यस्तैगरी सम्पादन, छायाङ्कन ...
फोहोरको बिषयलाई लिएर राजनीति नगरौं

फोहोरको बिषयलाई लिएर राजनीति नगरौं

समाचार, समाज
-डा.डी.आर.उपाध्याय खनाल, काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन छिटो भन्दा छिटो हुनु पर्छ । यो हामी सबैको माग हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले यो बिषयमा सक्रियता देखाएका पनि छन तर उनले आबश्यक सहयोग भने पाउन सकेका छैन । फोहोरको बिषयलाई लिएर राजनीति नगरौं । यसले कसैलाई फाइदा गर्दैन । सबै मिलेर फोहोर व्यवस्थापन गरौं । यो नै आजको माग हो । फोहोरको कारण राजधानी दुर्गन्धित हुनथालेको छ । यो बिषयमा सरोकारवाला र राजनीतिक दलहरु गम्भिर बन्ने की नबन्ने ? फोहोरकै कारण राजधानीका गल्लि र बाटोहरुमा नाक मुख छोपेर हिडनु पर्ने अबस्था छ । यो भन्दा लाजमर्दो कुरा के हुन्छ ? राजधानीका सडक छेउमा थुप्रिएको फोहोरले गम्भीर खालका रोग निम्त्याउने खतरा पनि बढेको छ । त्यसैले यो बिषयलाई हल्का रुपमा लिनु हुदैन । समस्या समाधान गर्ने बाटो तर्फ सबै गम्भिर बनौं । काठमाडौं महानगरपालिकाले स्थानीयवा...