आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
श्रीदेव भट्टराई फिचर्ड तथा माधव खरेल निर्देशित ‘भन्दै होलान ‘(भिडियो)

श्रीदेव भट्टराई फिचर्ड तथा माधव खरेल निर्देशित ‘भन्दै होलान ‘(भिडियो)

मनोरन्जन, समाचार
काठमाण्डौ– गायक कन्हैया सिंह परियारको स्वरमा “भन्दै होलान” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समयदेखी नेपाली गीत संगीत क्षेत्रमा सक्रिय रुपमा लागिरहेका सिंहले यस अघि पनि सयौं गीतहरुमा आफ्नो स्वर दिइसकेका छन् । केही समय देखी अमेरिकामा वसोवास गर्दै आएका सिंहले प्रवासमा रहेर पनि नेपाली गीत संगीत क्षेत्रमा आफ्नो योगदानलाई निरन्तरता दिईरहेका छन् ।विदेशीए पछि गाउँ विर्सियो भन्दै होलान भन्दै परदेशको पिडालाई मर्मस्पर्शि रुपमा चित्रण गरिएको गीतका रचनाकार हुन चर्चित संचारकर्मी,एवम् गीतकार सुमन बैरागी पण्डित र यस गीतलाई चर्चित संगीतकार सन्तोष श्रेष्ठले संगीत गरेका छन् । https://youtu.be/DXKIPfhLCG8 चलचित्र निर्देशक माधव राज खरेलको निर्देशनमा बनेको म्युजिक भिडियोमा अभिनेता श्रीदेव भट्टराइ, नायिका कन्चन चालिसे, कलाकार उद्धव प्रसाद भट्टराई, नम्रता खरेल पौडेल, राजु कार्की, कुमार स्याङव...
पोखरामा आवसिय“डिष्ट्रिक क्याविनेट अफिसर्स स्कूलिङ्ग”सम्पन्न

पोखरामा आवसिय“डिष्ट्रिक क्याविनेट अफिसर्स स्कूलिङ्ग”सम्पन्न

समाचार, समाज
पोखरा । लायन्स क्लब्स् अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ एल,को ३ दिने आवसिय “डिष्ट्रिक क्याविनेट अफिसर्स स्कूलिङ्ग” सम्पन्न भएको छ । पोखरा सम्पन्न लायन वर्ष २०२२–२३ को लागि डिष्ट्रिक ३२५ एल नेपालको लागि मनोनित क्याविनेट पदाधिकारीहरुलाई बरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएका थियो । लायन वर्ष २०२२–२३ का लागि डिष्ट्रिक ३२५ एल, नेपालका डिष्ट्रिक गभर्रन मणिश्री रत्न बज्राचार्यबाट स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा प्रमुख अतिथी मदनकृष्ण श्रेष्ठबाट पानसमा दिप प्रज्वलन गरि कार्यक्रमलाई विधिवत शुभारम्भ गरिएको थियो । प्रमुख अतिथी श्रेष्ठबाट लायन्स क्लबहरुबाट समाजमा पु¥याईरहेको सामाजिक क्रियाकलापको प्रशंसा गर्नु हुदै सम्पूर्ण लायन्सहरुलाई निरन्तर सेवाकार्यमा लागिरहन सफलताको कामना सहित बधाई दिनु भएको थियो । कार्यक्रमको पहिलो दिनको दोश्रो सत्रमा डिष्ट्रिक ३२५ एल, नेपालका डि...
मिडिया इन्टरनेसनलद्वारा एकलाख एकहजार एकसय रुपैयाँ राशीको ‘किशोर नेपाल पत्रकारीता पुरस्कार’स्थापना

मिडिया इन्टरनेसनलद्वारा एकलाख एकहजार एकसय रुपैयाँ राशीको ‘किशोर नेपाल पत्रकारीता पुरस्कार’स्थापना

समाचार, समाज
बरिष्ठ पत्रकार किशोर नेपालको नामबाट एकलाख एकहजार एकसय रुपैयाँ राशीको ‘किशोर नेपाल पत्रकारीता पुरस्कार’ स्थापना गरिएको छ । पत्रकार नेपालको ७० औं जन्मोत्सवका अबसरका मिडिया इन्टरनेसनलले उक्त राशीको पुरस्कार घोषणा गरेको हो । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहेका किशोर नेपालको नामबाट मिडिया इन्टरनेसनलले हरेक बर्ष पुरस्कार प्रदान गर्ने छ । नेपाली पत्रकारितामा किशोर नेपाल ७० बर्षमा पनि सक्रिय पत्रकारकै रुपमा छन् । राष्ट्रिय स्तरका कैयौं पत्रपत्रिकाको सम्पादकको जिम्मेवारीमा रहेर काम गरिसकेका नेपालको ७० औ जन्मोत्सवका अबसरमा एक विशेष कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा बरिष्ठ अर्थविद समेत रहेका विश्वम्भर प्याकुरेलले किशोर नेपालको नामबाट पत्रकारिता पुरस्कार स्थापना गर्नु महत्वपूर्ण काम भएको बताए । उनले व्यक्ति मरेपछि भन्दा बाँचेकै अबस्थामा सम्मान गर्नुले यसको महत्व झल्कीएको च...
प्रशान्त श्रेष्ठको ‘छोडी हिंडे म’को भिडियो सार्वजनिक

प्रशान्त श्रेष्ठको ‘छोडी हिंडे म’को भिडियो सार्वजनिक

मनोरन्जन, समाचार
युवा गायक प्रशान्त श्रेष्ठको शब्द, संगीत र स्वरमा सजिएको ‘छोडी हिंडे म’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कयौ नेपालीहरुको सपना सपनै रहन्छ भन्ने सन्देश रहेको भिडियोलाई अहिलेका व्यस्त कलाकार जिवेश गुरुङले निर्देशन गरेका छन । https://youtu.be/MF5THA3Y1Hw भिडियोमा उनलाई रश्मिला तामाङ, लक्ष्मी नाथ मौद्गल्य, चन्द्रिका राजले साथ दिएका छन । स्वयम गायककै एरेन्ज समेत रहेको भिडियोलाई दिनेश श्रेष्ठले मिक्सिङ मास्टरिङ्ग गरेका छन । भिडियोमा बिनोद र ऐताको छायाँकन, बिनोद यक्खाको सम्पादन रहेको छ । भिडियोलाई गायक प्रशान्त श्रेष्ठकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरीएको छ । आफुलाई विशेष रुपमा पाइला पाइलामा सहयोग गर्ने संगीतकार सुन्दर कुमार महर्जन, सायास ब्याण्डका अनिल पाख्रिन लगायत सम्पूर्ण सहयोगी हातहरुलाई उनले हृदयदेखि नै धन्यवाद दिएका छन भने दर्शकश्रोता तथा सञ्चारकर्मीहरु...
‘उनी बोल्दिनन् अचेल’मा सरोज खनाल र करिश्मा मानन्धर(भिडियो)

‘उनी बोल्दिनन् अचेल’मा सरोज खनाल र करिश्मा मानन्धर(भिडियो)

मनोरन्जन, समाचार
गायक आनन्द कार्कीको स्वरमा समावेश ‘उनी बोल्दिनन् अचेल’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।‘उनी बोल्दिनन् अचेल’ गीतमा देवेन्द्र केसीको शब्द, शक्ति बल्लभको संगीत रहेको छ । गितको भिडियोलाई संञ्चारकर्मी बिना श्रेष्ठले निर्देशन गरेकी हुन । यस अघि पनि उनले म्युजिक भिडियो निर्देशन गरीसकेकी छन् । https://youtu.be/ksWCCCwgK_8 म्युजिक भिडियोमा अभिनेता सरोज खनाल र अभिनेत्री करिश्मा मानन्धरको शसक्त अभिनय रहेको छ । रश्मी शाक्य निर्माता रहेको भिडियोलाई उत्तम हुमागाईँले छायाँकन, अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् । भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरीएको छ । ...
पाँच हजार एकसय पाँच मिटर उचाईमा छायाँकन गरिएको गीत ‘तिलिचो ताल’ सार्वजनिक (भिडियो)

पाँच हजार एकसय पाँच मिटर उचाईमा छायाँकन गरिएको गीत ‘तिलिचो ताल’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको तिलिचो हिमालको काखमा छायाँकन गरिएको गीत ‘तिलिचो ताल’ सार्वजनिक भएको छ । काठमाडौंमा एक विशेष समारोहबीच सोमबार पाँच हजार एकसय पाँच उचाईमा तिलिचो हिमालको काखमा छायाँकन गरिएको गीतको भिडियो सार्वजनिक भएको हो । पूर्व श्रममन्त्री रामेश्वर राय यादवको प्रमुख आतिथ्यता र संगीतकार तथा गायक सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’, सञ्चारकर्मी तुलसी गिरी ‘भावुक’, राज लुइँटेल, रमेश थापा, सिलोन लम्साल, गीता राई लगायतको आतिथ्यतामा भिडियो सार्वजनिक गरिएको थियो । सो अवसरमा उक्त उचाईमा लाइभ प्रस्तुति गरिएको गीतको सिडी एल्वम पनि सार्वजनिक गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरूले यो उचाईमा गएर प्रत्यक्ष प्रस्तुतिका साथै भिडियो छायाँकन गरेर सार्वजनिक गरिएकोमा डा. उपाध्यायलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रमको सहजिकरण सञ्चारकर्मी गीता अधिकारीले ग...
चलचित्र ‘बगान’ निर्देशन गर्दै अभिनेता सरोज खनाल

चलचित्र ‘बगान’ निर्देशन गर्दै अभिनेता सरोज खनाल

मनोरन्जन, समाचार
लोकप्रिय अभिनेता सरोज खनालले नेपाली चलचित्र ‘बगान’बाट निर्देशनमा डेब्यू गरेका छन्। आइतबार काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा उक्त चलचित्र बारे जानकारी दिँदै ‘इन्ट्रो टिजर’ र पहिलो गीत ‘तिम्रो सुन्दर आँखा’ सार्वजनिक गरिएको छ। चलचित्रमा सरोज खनालसँगै नीर शाह, वसुन्धरा भुषाल, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीलगायतको अभिनय रहेको छ। सार्वजनिक ‘तिम्रो सुन्दर आँखा’ गीतमा सुरेश वाग्लेको शब्द, सुभाष भुषालको संगीत छ भने सुगम पोखरेल र अस्मिता अधिकारीले स्वर दिएका छन्। गीतको भिडियोमा आकाश र प्रमिला फिचर्ड छन्। भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी छन । गीतलाई चलचित्रमा कथावाचनको रुपमा प्रयोग गरिएको निर्देशक खनालले बताए । निर्देशक तथा अभिनेता खनालले आफ्नो जीवनकालमा चलचित्रहरुमा अभिनय गरेर सिकेको ज्ञान र अनुभवलाई निर्देशनमा प्रयोग गर्ने प्...
बेरोजगारी समस्याले नै बिद्रोह जन्मिन सक्छ

बेरोजगारी समस्याले नै बिद्रोह जन्मिन सक्छ

आर्थिक, समाचार
-डा.डिआर उपाध्याय, काठमाडौं । बिकास, समृद्धि र सुशासनका कुरा मात्र बढि भए । ब्यवहारमा लागु हुन सकेन । यो नै अहिलेको चिन्ता हो । देश बनाउने कुरामा सबै दलहरुको ध्यान जानु पर्छ । देश सधै भरी यस्तै अबस्थामा रहन सक्दैन । अब सबै राजनीतिक दलहरु गम्भिर बन्नु पर्ने आबश्यकता देखिएको छ । नेताका कुरा र भाषणले मात्र देश बन्न सक्दैन । देश बनाउन स्पस्ट दृष्टिकोण, योजना र नेतृत्वमा इच्छाशक्ति हुनु पर्छ । आज देशमा बेरोजगारी समस्या दिन प्रति दिन बढदै गएको छ । बेरोजगारी समस्या समाधान गर्ने कुरामा राजनीति दल र तिनका नेताहरु अलि चिन्तित बन्नु पर्ने देखिएको छ । देशमा बेरोजगारी समस्या बढदै गयो भने दलहरुका लागी भोली यो नै ठूलो चुनौति हुने छ । बेरोजगारी समस्याले नै बिद्रोह जन्मिन सक्छ । आज युवाहरु कामको खोजीमा सडक सडक भौतारीदै हिडिरहेका छन । ति बेरोजगार युवाहरुको बारेमा सरकार पनि त्यति गम्भिर हुन सकेको छैन ...
अस्पताल निर्माण सहयोगार्थ समाजसेवी मेघ सुवेदीले गरे २१ लाख सहयोग

अस्पताल निर्माण सहयोगार्थ समाजसेवी मेघ सुवेदीले गरे २१ लाख सहयोग

समाचार, समाज
ललितपुर । अमेरिका निवासी समाजसेवी मेघ सुवेदीले नेपालको एक अस्पताल निर्माणका लागि २१ लाख नगद सहयोग प्रदान गर्नुभएको छ । लामो समयदेखि अमेरिकामा रहेर व्यापार व्यवसायको साथ साथै समाजसेवामा सक्रिय सुवेदीले समाजसेवी श्रीनेहा पोखरेलले असहाय मनोरोगीहरुको निशुल्क उपचारका लागि स्थापना गर्न लागिएको अस्पताल निर्माणका लागि उक्त रकम सहयोग गर्नु भएको हो । कलाकार समेत रहनुभएकी पोखरेलले संचालन गर्दै आउनुभएको ललितपुरको धापाखेल स्थित नेपाल स्नेही काखमा आयोजित एक कार्यक्रमका वीच उक्त रकम संस्थालाई हस्तान्तरण गरिएको छ । समाजसेवी सुवेदी अमेरिकामै रहनुभएकोले उहांको अनुपस्थितीमा उहांको प्रतिनिधित्व गर्दै नायक संजित भण्डारी,व्यबसायी हिरामणी भुसाल लगायतले उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा संचारकर्मी राज लुईटेल ,समाजसेवी सपना श्रेष्ठ,अंशु भण्डारी,डिल्लीराम सिग्देल लगायतको उपस्थिती रहेको थियो भ...
भारतीय फोटोग्राफर ७ महिनादेखि झापाको जेलमा, एनएफपिजेले छुटाउन पहल गर्ने

भारतीय फोटोग्राफर ७ महिनादेखि झापाको जेलमा, एनएफपिजेले छुटाउन पहल गर्ने

समाचार, समाज
काठमाडौं । झापाको जेलमा रहेका भारतीय फोटोग्राफर रिहाईका लागि राष्ट्रिय फोटो पत्रकार समुहले पहल गर्ने भएको छ । सञ्चार माध्यम र सामाजिक सञ्जालमा बिगत ७ महिनादेखि एक २४ वर्षीय युवक दुर्लभ रोय चौधरी पुर्पक्षका लागि थुनामा रहको समाचार बाहिरीएपछि फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले उनको रिहाईका लागि पहल गर्ने बताएका हुन् । ‘मैले उनलाई झापाको जेलमै गएर भेटेर आएँ । अरु अध्ययन गर्दा उनी व्यवसायीक फोटोग्राफर तथा फोटोपत्रकार भएको पाइएकाले पहल गर्ने भएका हौं अध्यक्ष वन्तले भने । प्रहरीले उनलाई नक्कली अमेरिकी डलर बोकेर नेपाल आएको अभियोगमा उनीमाथि मुद्रासम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि उनी थुनामा पुगेका हुन् । मुद्दाको पुर्पक्ष गर्नका लागि आवश्यक प्रक्रियासमेत पूरा नहुँदा (अङ्ग नपुग्दा) उनको मुद्दा सुनुवाइको प्रक्रियामा समेत पुगेको छैन । भारतको कोलकाता नजिकैको हावरा स्थायी ...