सोम, जेष्ठ ७, २०८१
Mon, May 20, 2024
Shadow

‘सुगर फ्री भर्सेस रसबरी’मा श्रीदेबसंगै सागर र अन्जली(भिडियो)


काठमाडौं–
 गायक राजेन्द्र बुढाथोकी र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘सुगर फ्री’ को भिडियो सार्वजनिक भएको छ । गीतमा राजेन्द्र बजगाईंको संगी तथा संगीत संयोजन छ ।

गीतमा अम्बिका थापाको शब्द, मनोज परियारको मिक्सिङ र मास्टरिङ छ । भिडियोमा सागर लम्साल, अञ्जली अधिकारी र श्रीदेव भट्टराई फिचर्ड छन् । ‘अनुशासीत नायक’को रुपमा चर्चा कमाएका श्रीदेवले थुप्रै राष्ट्रिय अन्तराष्ट्रिय अवार्ड जित्न सफल भएका छन । पछिल्लो पटक म्यूजिक भिडियोमा व्यस्त श्रीदेवको चिठी लगायत केहि चलचित्र प्रदर्शनको तयारीमा रहेको छ ।त्रिमूर्ति इन्टरटेन्मेन्टबाट सार्वजनिक भिडियोमा नवराज उप्रेतीको छायांकन, विमला तामाङको मेकअप, दीपक सिंहको कोरियोग्रफी, विकास ज्ञवालीको सम्पादन र राजेन्द्र बजगाईंको निर्देशन छ ।

त्रिमूर्ति इन्टरटेन्मेन्टबाट सार्वजनिक भिडियोमा नवराज उप्रेतीको छायांकन, विमला तामाङको मेकअप, दीपक सिंहको कोरियोग्रफी, विकास ज्ञवालीको सम्पादन र राजेन्द्र बजगाईंको निर्देशन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *