बर्तमान सरकार सामु देखिएका समस्या
-डा.डी.आर.उपाध्याय खनाल
काठमाडौं । अहिले नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार छ । यो सरकारले जनताको पिर मर्का बुझन सकेको छ की छैन भन्ने कुरा जनता आफैले बुझेका छन । जनताको पिर मर्का बुझन नसक्ने सरकारको के काम ? प्रश्न पटक पटक उठने गरेको छ । मूल्यवृद्धिले जनताको ढाँड सेकिएको छ । सर्वसाधारण जनताको घरमा बिहान बेलुकीको चुल्हो बल्न सकस परिरहेको छ । समाजवादको कुरा मात्र गर्ने हो की काम पनि गर्ने हो ? गरीव र धनी बीचको खाडल झन पछि झन गहिरो बन्दै छ । कांग्रेस, नेकपा एकीकृत समाजवादी तथा नेकपा माओवादी केन्द्रलगायतका दलहरु देश र जनता प्रति गम्भिर हुनु पर्ने हो की हैन ? दलहरुको विचार र आदर्श व्यवहारमा लागु हुन नसक्नु दुखद पक्ष हो । राजनीतिक दल र तिनका नेताहरुले विचार र सिद्धान्तलाई आत्मसात् गर्न सकेनन् ।
आज अधिकांश नेपाली जनता रोग, भोक र शोकसँग जुध्नु परेको छ । यो बिषयमा राजनीतिक दल र त...








