आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
नेशनल सिल्भर अवार्ड सम्पन्न,सिताराम पोखरेल सर्वोत्कृष्ट लोक पप गायक

नेशनल सिल्भर अवार्ड सम्पन्न,सिताराम पोखरेल सर्वोत्कृष्ट लोक पप गायक

मनोरन्जन, समाचार
काठमाण्डौ । प्रियसी म्युजिक प्रा.लीको आयोजनामा नेशनल सिल्भर अवार्ड – २०२२ राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको छ । गीत संगीत लगायत अन्य विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई प्रोत्साहन स्वरुप प्रदान गरिएको आयोजक समितिका अध्यक्ष राजेन्द्र पुरीले बताएका छन् । मोडल तथा कार्यक्रमा अध्यक्ष अमन श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा साँस्कृतिक तथा पर्यटन मन्त्री (बागमति प्रदेश) दिपेन्द्र श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बरिष्ठ गीतकार, पत्रकार शान्तिप्रिय र गायक यम बराललाई संगीत रजत सम्मान प्रदान गरिएको थियो भने दशकको चलचित्र सम्मानबाट नायक श्रीदेव भट्टराई र हाँस्य अभिनेता गोपाल ढकाल छन्दे सम्मानित भएका छन् । अन्य सम्मानित हुनेहरुमा संगीतकार, गायक पुर्ण परियार, राजनितिज्ञ, समाजसेवी, मदन श्रेष्ठ समाजसेवी, सिता राई, कृष्ण बहादुर होना निर्माता एवं समाजस...
अमर वान्तुको नयाँ गीत ‘भोजपुरैको बजारैमा’ सार्वजनिक(भिडियो)

अमर वान्तुको नयाँ गीत ‘भोजपुरैको बजारैमा’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
गीतकार अमर वान्तुको नयाँ गीत ‘भोजपुरैको बजारैमा…’ सार्वजनिक भएको छ । राज सागरको स्वर र शान्तिराम राईको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/39kkYYvJduk गीतमा भोजपुरको शनिबारे हाट बजारमा मायालाई भेटिएको साथै भोजपुरका बारेमा वर्णन गरिएको छ । थुप्रै लोकप्रिय गीत स्रोता÷दर्शकमाझ पस्किनुभएका गीतकार वान्तुको यो भोजपुरको आफ्नै परिवेशको गीत सार्वजनिक भएको हो । ...
एनएफपिजे फुट्सल प्रतियोगिताको उपाधी हाम्रो फुटसल पत्रकार टिमलाई

एनएफपिजे फुट्सल प्रतियोगिताको उपाधी हाम्रो फुटसल पत्रकार टिमलाई

खेलकुद, समाचार
काठमाडौं । एनएफपीजे फुट्सल प्रतियोगिताको उपाधी हाम्रो फुटसल पत्रकार टिमले जितेको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को २५ औं बार्षिक उपलक्ष्यमा आयोजना गरिएको फुट्सल प्रतियोगितको उपाधी हाम्रो फुट्सल पत्रकार टिमले जितेको हो । स्वस्तीश्री गुरुकुल विद्यालयको खेलमैदानमा भएको खेलमा १२ वटा टिम सहभागी भएका थिए । नकआउट चरणमा खेलाइएको खेलको पहिला चरणमा गोलाप्रथाबाट १२ टीम विच प्रतिस्प्रधा भएको थियो । उक्त कार्यक्रममा वरिष्ठपत्रकार ऋषि धमलाको टिम , सिलापत्र, गोरखापत्र,रासस,हाम्रो जन्मभूमि,नियात्रा टिभि रेडियो पर्यावरण ,फोटोपत्रकार सघ धादिङ लगायत हाम्रो फूटसल टिम , गुरुङ पत्रकार सघ लगायतका टिमहरु सहाभागीता रहेको थियो । त्यसै गरि दोस्रो चरणमा जितेर आएको ६ वटा टीम खेलेका थिए । सेमी फाइलनमा धादिङ फोटोपत्रकार समूह टीम र एटजोन गुरुङ पत्रकार टिम विच खेल भएको थियो भने हाम्रो फुटसल पत्रकार टिमले व...
प्रमुख दलहरु प्रति वितृष्णा

प्रमुख दलहरु प्रति वितृष्णा

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, काठमाडौं । राजनीतिक दल र तिनका नेताको कारण आमनागरिकमा दल र नेताप्रति वितृष्णा पैदा भैसकेको छ । जनतामा वितृष्णा पैदा हुनु भनेको ब्यवस्था प्रतिको प्रश्न चिन्ह हो ।आज देशमा भ्रष्टाचार बढिरहेको छ । भ्रष्टाचार रोक्नु पर्ने कुरामा सबैको ध्यान जानु पर्ने आबश्यकता छ । आज देशमा बिचौलिया र माफियाको बिगबिगी छ । बिचौलिया र माफियाले देश बर्वाद गरिरहेका छन । सबै भन्दा चिन्ता लाग्ने कुरा यो हो । राजनीतिक दलहरु सहि ढंगले अघि बढन सकेनन् । दलहरु गलत बाटोमा अघि बढि रहेका छन । यो राम्रो कुरा होइन । दलहरुले देश र जनताको पक्षमा महत्वपूर्ण भूमिका खेल्नु पर्ने थियो तर त्यस्तो गर्न सकेनन् । दलहरु र तिनका नेताहरु इमानदार भएर अघि बढन सके देशमा प्रगति हुन सक्छ । देशको उन्नति र प्रगतिका लागी हामी सबै अघि बढनु पर्छ । राजनीतिक दलहरु र तिनका नेताहरु खराब बन्दै गएका छन । नेताहरु खराब बाटो तर्फ नज...
नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२ हुने

नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२ हुने

मनोरन्जन, समाचार
हिमालयन मुभिजको आयोजनामा श्रावणको अन्तिम सातामा ‘नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२’ सम्पन्न हुने भएको छ । नेपाली चलचित्र, म्युजिक भिडियो, फेसन मोडलिङ एवं ब्युटी पेजेन्टको क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाहरु सो अवार्डमा समावेश हुने छन् । नेपाली फेसन एवं मनोरन्जनको क्षेत्रका करिब ३ दर्जन व्यक्ति तथा संस्थाहरुलाई सो अवार्ड प्रधान गरिने र चाँडै नै अवार्डको नोमिनेसन सार्वजनिक गरिने छ ।आयोजक हिमालयन मुभिज नेपाली फेसन एवं मनोरन्जनको क्षेत्रमा क्रियाशील संस्था मानिन्छ । उक्त संस्थाले यसअघि थुप्रै सौन्दर्य प्रतियोगिता, फेसन सो, टेलिचलचित्र निर्माण गर्नुका साथै पेजेन्ट नेपाल फेसन एण्ड मोडल अवार्डको सह–आयोजना समेत गरिसकेको छ । पुरानो पुस्ताको सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले सो अवार्ड कार्यक्रम गर्न लागिएको आयोजक सस्थाले जनाएको छ । अवार्डको नोमिनेसनको लागि आवदेन खुल...
मिस ब्युटी क्विन नेपालको उपाधि मोनिकाले जितिन्

मिस ब्युटी क्विन नेपालको उपाधि मोनिकाले जितिन्

मनोरन्जन, समाचार
मिस ब्युटी क्विन नेपालको सातौं संस्करणको उपाधि मोनिका लिम्बुले हात पार्न सफल भएकी छिन् । हिमालयन मुभिजको आयोजनामा ललितपुरको म्युजिक सिटी स्टुडियोमा शनिबार सम्पन्न युवतीहरुको सो सौन्दर्य प्रतियोगितामा अनिता अर्याल फस्ट रनर अप तथा कृपा भण्डारी सेकेन्ड रनर अप हुन सफल भएका छन् ।चर्चित फेसन कोरियोग्राफर हिमानी स्ुब्बाको प्रशिक्षणमा झण्डै दुई साता सम्मको व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेज प्रस्तुती, क्याटवाक, आत्मविश्वास अभिवृद्धि लगायत विविध विषयमा प्रतियोगीहरुले तालिम लिएका थिए । कार्यक्रममा सवटाइटल अवार्डहरु पनि वितरण गरिएको थियो । जसमा बिजेता मोनिका लिम्बुले मिस स्मार्ट, फस्ट रनर अप अनिता अर्यालले मिस इन्टिलिजेन्ट, सेकेन्ड रनर अप कृपा भण्डारीले मिस कन्फिडेन्ट र मिस पपुलर, ओशिका के.सी.ले मिस फोटोजेनिक, सृजना राई मिस डिसिप्लिन, सबिना मगर मिस ए्याक्टिभ र सहेरा विष्टले मिस डिलिजेन्ट सबटाई...
‘संगीत प्रतियोगिता’सम्पन्न

‘संगीत प्रतियोगिता’सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौं– नेपाली सांगीतिक क्षेत्रको इतिहासमा पहिलो पटक विशुद्ध संगीत प्रतियोगिता सम्पन्न भएको छ । नेपाली संगीतको विकास र विस्तारको अभियानमा नेपालमा पहिलो पटक यसप्रकारको संगीत प्रतियोगिता काठमाडौंमा सम्पन्न भएको हो । प्रसाईसन इन्टरटेनमेन्टले आह्वान गरेको राष्ट्रव्यापी ‘प्रसाईसन संगीत प्रतियोगिता’ मा देशभरीबाट २६ जना संगीत विधाका प्रतिभाहरुले भाग लिएका थिए । गीतकार, गजलकार चन्द्र प्रसाईं ‘परिष्कृत’ को शब्दमा ‘म आफैँ रुझेकी जोवनले रुझायो’ बोलको गीतमा उदयपुरका इन्द्र आरपी, सङ्खुवासभाका केशव अधिकारी, चितवनका जीबी सुनार, सुनसरीका पासाङ तामाङ र बाँकेका सुजन थारु प्रतिस्पर्धि रहेका थिए । उत्कृष्ट ५ मध्येका चितवनका जीबी सुनार प्रथम भएका छन् । प्रतियोगितामा प्रथम भएका संगीतकारलाई नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । समारोहमा गीतकार चन्द्र प्रसाई ञपरिस्कृतझले अमेरिकाबाट पठाएको ...
नेपाली यूवाहरुलाई गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाणपत्र

नेपाली यूवाहरुलाई गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाणपत्र

समाचार, समाज
काठमाण्डौँ । विश्वकै अग्लो स्थान ५०२० मिटर उचाईमा भिडियो छायाँकन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ज गर्न सफल नेपाली यूवाहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । उपराष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले विश्व किर्तिमानी नेपाली यूवाहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।टेक बहादुर राई (गायक), माया गुरुङ (गायिका), बुद्धिराज राई (गीतकार तथा निर्देशक), सृजना किराँती (मोडल) र शिखर जंग श्रेष्ठ (मोडल)लाई रेकर्ड होल्डरको प्रमाणपत्र र धन कुमार राई (संगीतकार), राजु कार्की (एरेञ्जर), गंगाराम राई (सिनेमाटोग्राफर), शिवराज जोशी र डम्बर सिंह राईलाई (बाद्यबादक)तर्फ सहभागीताको प्रमाणपत्र प्रदान गरिएको हो । गीतमा पुर्ण राईले गितार र टेक बहादुर राईले किबोर्डमा भूमिका निर्वाह गरेका छन् ।सोलुखुम्बुको खारे (मेरापिक जाने बाटो)स्थित ५०२० मिटरको उचाईमा ‘सुन्दर हिमाल’बोलको गी...
धिरेन र मञ्जु अभिनित ‘माया लांउदै जाउ’को छांयाकन सम्पन्न

धिरेन र मञ्जु अभिनित ‘माया लांउदै जाउ’को छांयाकन सम्पन्न

मनोरन्जन, समाचार
ऐतिहासिक नगरि पाल्पाको रानीमहलमा 'माया लांउदै जाउ'को बोल रहेको गीतको भिडियोको छांयाकन सम्पन्न गरिएको छ । गीत सुमधुर स्वरका धनी वरिष्ठ गायक गायिका आनन्द कार्कि र साधना सरगमको स्वरले सजिएको छ । भिडियो नेपाली चलचित्र जगतमा ३ दशक भन्दा बढी न्रित्य विधामा संलग्न भई निरन्तर योगदान पुर्‍याईरहेका वरिष्ठ नृत्य निर्देशक कमल राईको परिकल्पना तथा निर्देशनमा तयार पारिएको हो । नेपालको बहुचर्चित ऐतिहासिक नगरि पाल्पाको बहुचर्चित रानी महल र बतासे डांडा लगायतका स्थलमा छांयाकन सम्पन्न गरिएको उकत भिडियोमा चर्चित लोकप्रिय सदाबहार एक्सन नायक धिरेन शाक्य र मोडेल मञ्जु थापाको अभिनय तथा भरपुर रोमान्स देख्न सकिनेछ । भिडियोमा उत्तम हुमागाईको सिनेम्याटोग्राफी, ड्रोन अपरेटिङ सौगात धिताल, ध्वनी संयोजन सुरज बास्तोला कोरियोग्राफी सुमित गुरुङ र मेकअप आर्‍या गुरुङको रहेको छ । राजेश महर्जनको प्रोडक्सन म्यानेजमेन्ट र अ...
आयुष्मान विष्टको पहिलो गीति एल्वम ‘मेरो कलिलो मन’ विमोचित

आयुष्मान विष्टको पहिलो गीति एल्वम ‘मेरो कलिलो मन’ विमोचित

मनोरन्जन, समाचार
गायक आयुष्मान विष्टको पहिलो गीति एल्वम ‘मेरो कलिलो मन’ तथा साङ्गीतिक समारोह सम्पन्न भएको छ । गीतकार संघ नेपालको आयोजनामा गीतकार संघ नेपालका अध्यक्ष शुभ मुकारुङको अध्यक्षतमा आयोजित उक्त कार्यक्रममा अग्रज एवम् प्रतिष्ठित लोक गायक कुमार बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो भने अग्रज गीतकार विश्व बल्लभ, वरिष्ठ गायिका तारा थापा, सुक्मित गुरुङ, वरिष्ठ सङ्गीतकार राजु सिंह, गायक शशी गुरुङ र लोकप्रिय नायक भुवन के.सीको विशेष आतिथ्यता थियो । विमोचित कार्यक्रममा गायक आयुष्मानका हजरवुवा तथा अमर स्रष्टा जगत मर्दन थापाको सम्झनामा उहाँद्वारा स्वरवद्ध र सङ्गीतवद्ध रहेको तथा म.वि.विको शब्द रचना रहेको गीत ‘भन लौ तिमी …’सहित एल्वममा रहेका पाँच बटा गीतको प्रत्यक्ष गायनले अतिथि तथा दर्शक, स्रोतालाई थप उत्साहित बनाएको थियो । गीतकार संघ नेपालका उपाध्यक्ष बसन्त वित्यासी थापाले स्वागत मन्तव्य राख्नुभएको क...