आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

‘संगीत प्रतियोगिता’सम्पन्न

काठमाडौं– नेपाली सांगीतिक क्षेत्रको इतिहासमा पहिलो पटक विशुद्ध संगीत प्रतियोगिता सम्पन्न भएको छ । नेपाली संगीतको विकास र विस्तारको अभियानमा नेपालमा पहिलो पटक यसप्रकारको संगीत प्रतियोगिता काठमाडौंमा सम्पन्न भएको हो ।

प्रसाईसन इन्टरटेनमेन्टले आह्वान गरेको राष्ट्रव्यापी ‘प्रसाईसन संगीत प्रतियोगिता’ मा देशभरीबाट २६ जना संगीत विधाका प्रतिभाहरुले भाग लिएका थिए । गीतकार, गजलकार चन्द्र प्रसाईं ‘परिष्कृत’ को शब्दमा ‘म आफैँ रुझेकी जोवनले रुझायो’ बोलको गीतमा उदयपुरका इन्द्र आरपी, सङ्खुवासभाका केशव अधिकारी, चितवनका जीबी सुनार, सुनसरीका पासाङ तामाङ र बाँकेका सुजन थारु प्रतिस्पर्धि रहेका थिए । उत्कृष्ट ५ मध्येका चितवनका जीबी सुनार प्रथम भएका छन् ।

प्रतियोगितामा प्रथम भएका संगीतकारलाई नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । समारोहमा गीतकार चन्द्र प्रसाई ञपरिस्कृतझले अमेरिकाबाट पठाएको भिडियो सन्देश प्रसारण गरिएको थियो । उनले सबैलाई धन्यवाद दिँदै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

उनले अब यो कार्यक्रमलाई वार्षिक रूपमा अगाडि बढाउने जानकारी गराएका थिए । कार्यक्रमको निर्णायकमा गायक आनन्द कार्की, संगीतकार सन्तोष श्रेष्ठ तथा गायिका प्राश्ना शाक्य रहेका थिए ।

पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि वरिष्ठ कवि, गीतकार दिनेश अधिकारी, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल र लेखक, निर्देशक मोहन निरौला, पत्रकार तुलसी गिरि भावुक, सानुकाजी श्रेष्ठ, कलाकार उत्तम केसी, पत्रकार जीवन पराजुली, म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डे, कवि, निर्देशक हेमप्रभास र निर्णायकहरू कार्की, श्रेष्ठ र शाक्य रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *