आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
आरबी खत्री ‘सरद’को नयाँ भजन सार्वजनिक(भिडियो)

आरबी खत्री ‘सरद’को नयाँ भजन सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
आरबी खत्री ‘सरद’ले नयाँ भजन सार्वजनिक गरेका छन् । उनले भगवान शिवको नाममा ‘ॐ नम शिवाय’ भजनको भिडियो सहित सार्वजनिक भएको छ ।उनी आफैले लेखेको गीतमा संगीत बाबुल गिरीले भरेका छन् । भजनमा गायक स्वयंम अभिनयमा उत्रिएका छन् । उनको साथमा सुरेन्द्र मकाजु,सरिता भण्डारी,शंकर पोखरेल,सुजता पोखरेल र बिन्दु कार्कीको अभिनय रहेको छ । पोखराका विभिन्न स्थानमा खिचिएको थियोलाई दर्शकले पनि युटुबमा मन पराएका छन् । https://www.youtube.com/watch?v=OYAr_ex08ow उत्तम अर्यालले खिचेको भिडियोलाई नबिन निरौँलाले सम्पादन गरेका छन् । यस भजनको निर्देशन पनि गायक खत्रीले नै गरेका छन् । त्यस्तै यो भिडियोमा लगानी सुरेन्द्र मकाजुुको छ । गायक खत्रीले यस अघि थुप्रै म्युजिक भिडियो तथा ठुला व्यानरका फिल्ममा कम गरिसकेका छन् । नैना रेशम,नबोलेनी हाँसि राखन,सिसा,नाईट क्विन,पसिना लगायत फिल्मा गायक खत्रीले आफ्नो काम देखाइसकेका छन् ...
“मिस इकलेज २०२२” को लागि आवेदन फारम खुल्ला

“मिस इकलेज २०२२” को लागि आवेदन फारम खुल्ला

मनोरन्जन, समाचार
साउन २, काठमाडौं, विगत १३ वर्ष देखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको सिजन मिडियाले मिस ईकलेज २०२२ को एघारौंै संस्करणको लागि आवेदन फारम खुल्ला गरिएको जानकारी दिएको छ । उपत्यका लगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ वर्ष देखि २५ वर्ष सम्मका छात्राहरुलाई मध्यनजर राखि “ मिस ईकलेज २०२२ ” को आयोजना गर्न लागिएको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले वताउनु भयो । कलेज स्तरका युवतीहरुको शैक्षिक विकास , व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वैदेशिक शिक्षाको लागि अवसर साथै उनीहरुको आन्तरीक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराई एक शिक्षित व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गरिएको हो । विगत १३ वर्षदेखि काठमाडौंमा रहेर राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा विभिन्न सामाजिक सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्द...
‘मिस टिन हिमालय नेपाल २०२२’ सम्पन्न

‘मिस टिन हिमालय नेपाल २०२२’ सम्पन्न

मनोरन्जन, समाचार
कथा ईभेन्टले आयोजना गरेको ‘मिस टिन हिमालय नेपाल २०२२’ सम्पन्न भएको छ । १३० जना प्रतिष्पर्धीहरू मध्ये ३७ जना प्रतिस्पर्धाहरूले मिस टिन हिमालय २०२२ ताजको लागि प्रतिस्पर्धा गरेका थिए । मिस टिन हिमालयको ग्रान्ड फिनाली योहो टेलिभिजनमा प्रत्यक्ष प्रसारण भएको थियो कथा ईभेन्टका चेयरमान गनिका गुरुङले मिस टिन हिमालय नेपाल अहिलेको सबैभन्दा चर्चित राष्ट्र स्तरको टिन प्याजेन्टको रूपमा स्थापना भइसकेको जानकारी दिए । ग्रान्ड फिनालीमा वरिष्ठ पाईल्ट तथा समाजसेवी क्याप्टेन बिजय लामाले प्रमुख अतिथिको भूमिका निर्वाह गरेका थिए भने ड्रिस्टिक ३२५ E का ड्रिस्टिक गभ्रनर लायन कर्म गुरूङ् र ड्रिस्टिक फष्ट लेडि लायन अन्जलि गुरूङ्ले विशेष अतिथिको भूमिका निर्वाह गरेका थिए । मिस टिन हिमालय नेपालको ग्रान्ड फिनालीमा भने वरिष्ठ र्‍यापर निर्णय श्रेष्ठ, अभिनेत्री बेनिशा हमाल, क्याप्टेन रमण घिमिरे, उद्यमी रतिन्द्र सिंह र म...
वरिष्ठ नायक सरोज खनालले गरे ‘दि साकुरा फुडल्याण्ड’को उद्घाटन

वरिष्ठ नायक सरोज खनालले गरे ‘दि साकुरा फुडल्याण्ड’को उद्घाटन

आर्थिक, समाचार
काठमाडौँको बुढानिलकण्ठ -२ स्थित ` दि साकुरा फूड ल्याण्ड कम्पनी प्रालि´को औपचारिक उद्घाटन भएको छ । दिवस थापा , सुमन अधिकारी र बिजय कुमार उप्रेतीले सन्चालन गरेको उक्त कम्पनीलाई कलाकार तथा व्यवसायी सरोज खनालले रिवन काटेर उद्घाटन गरेका हुन् । जापानीज राष्ट्रिय फूल साकुराको नाम बाट खोलिएको उक्त रेस्टुरेन्टको उद्घाटन समारोहमा संचालक टिमलाई बधाई तथा शुभकामना दिदै अभिनेता सरोज खनालले युवाहरुले चाहेका बखत जे पनि गर्न सकिने बताए । नेपालमा केही पनि गर्न सकिँदैन भन्नेहरुका लागि संचालक टिमको उदाहरण दिदै अभिनेता खनालले आँट गरे असम्भव केही नभएको बताए । साथै उक्त रेस्टुरेन्टले छुट्टै पहिचान बनाउने आसा व्यक्त गर्दै ग्राहकको स्वास्थ्य अवस्थालाई मध्यनजर गरि सेवा दिन पनि आग्रह गरे । यस्तै, कार्यक्रममा बोल्दै वरिष्ठ गायक यम बरालले रेस्टुरेन्टले छुट्टै पहिचान बनाउने आसा व्यक्त गरे । उनले काठमाडौँमा थ...
जीवन शाहीको निर्देशनमा ‘म आउँछु चौतारी’मा (भिडियो)

जीवन शाहीको निर्देशनमा ‘म आउँछु चौतारी’मा (भिडियो)

मनोरन्जन, समाचार
जीवन शाहीको निर्देशन रहेको ‘म आउँछु चौतारी…’मा गीतको भिडियो सार्वजनिक भएको छ । कविर योञ्जन फिरोज, स्नेहश्री थापाको स्वर, कल्पना पार्खिनको शब्द, कविरकै संगीत र दानियल गदालको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/X2ijHrryPP8 निशल पौडेलको छायाँकन र दिनशोन शाहको सम्पादन रहेको गीतको भिडियोमा निराजन प्रधान र आस्मा मल्ल बानियाँलाई फिचरिङ गरिएको छ । गीत जति राम्रो छ सबैको मिहिनेतबाट गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको निर्देशक शाहीले बताउनुभयो । ...
केशवराज चौलागाईंको शब्द सङ्गीतको ‘तोरी पहेंलै‘’ सार्वजनिक(भिडियो)

केशवराज चौलागाईंको शब्द सङ्गीतको ‘तोरी पहेंलै‘’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
केशवराज चौलागाईंको शब्द/सङ्गीत रहेको लोकदोहोरी गीत ‘तोरी पहेंलै’ सार्वजनिक भएको छ । विनोद दनुवार, सुरज शाह, पार्वती कार्की र रमिला कोइरालाको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/miWMwHw8bmQ टेक लामाको निर्देशन रहेको गीतको भिडियोमा कृष्ण रसाल र शीला गजुरेललाई फिचरिङ गरिएको छ । भिडियोमा राज पोख्रेलको छायाँकन, अच्युत बजगाइँको सम्पादन र कृष्ण रसालको कोरियोग्राफी छ । शुरज शाहले निर्माण गरेको भिडियोलाई ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । ...
चर्चित गायक शिव परियारको स्वरमा चलचित्र चिट्ठीको गीत रेकर्ड

चर्चित गायक शिव परियारको स्वरमा चलचित्र चिट्ठीको गीत रेकर्ड

मनोरन्जन, समाचार
काठमाण्डौ –एरा प्रोडक्सन प्रा.लि.को व्यानरमा कमला जोशी निर्माता र माधव राज खरेलको निर्देशन रहेको चलचित्र चिट्ठीको “टुुटेको तारा” बोलको गीत सोमबार राजधानीको फाईन टियुन स्टुडियोमा रेकर्डिङ भएको छ । डा. कृष्णहरी बरालको शब्द, संचारकर्मी एवं गायक, संगीतकार सरोज कोईरालाको संगीत, विश्व अधिकारीको एरेन्जर रहेको गीतलाई चलर्चित गायक शिव परियारले गायका छन् । संञ्जित भण्डारी, कमेडि च्याम्पियनका सेकेण्ड रनअप खड्ग बहादुर पुनमगर (खवपु), गोपाल ढकाल (छन्दे), नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कन्चन चालिसेका साथै शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, मोहन निरौला, रश्मि भट्ट, उद्धव भट्टराइ, कृष्ण भट्टराई, डेविल सिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, पुर्ण राई, राजु कार्की, रज्जु गुरुङ, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरुको चलचित्रमा अभिनय रहेको छ भने चलचित्रको सम्पदान राजेश ...
मिस्टर एण्ड मिस एसईई २०२२ को उपाधि प्राप्ती र अनिमेशलाई

मिस्टर एण्ड मिस एसईई २०२२ को उपाधि प्राप्ती र अनिमेशलाई

मनोरन्जन, समाचार
काठमाण्डौं । फेशन ईराद्धारा आयोजित मिस्टर एण्ड मिस एसईई २०२२ को उपाधि प्राप्ती शिल्पकार र अनिमेश यादवले जितेका छन् । प्राप्तीले महिला स्पर्धामा उपाधि हात पार्दा अनिमेशले भने पुरुष बीचको स्पर्धामा सर्वोकृष्ट बन्दै विजेता घोषित भएका हुन् । प्राप्ती र अनिमेशले शिर्ष उपाधि जित्दा सारिका प्रजापती र धिरेन्द्र यादवले फस्र्ट रनर अपको उपाधि आत पारे । त्यस्तै प्रतियोगितामा सृजा नेपाल र केमोन मगर सेकेण्ड रनर अपको टाईटल जित्न सफल रहे । त्यसैगरि, मलिना दाहाल र सुजन गिरीले अर्गनाईजर च्वाईसको उपाधि प्राप्त गरे भने रोशनी खप्तरी मगरले ईन्टरनेशनल टिन अफ द ईयर, नेपाल २०२२, मलिना दाहालले मिस प्रि टिन ईन्टरनेशनल नेपाल, २०२२ को उपाधि हासिल गरे । आयोजक संस्था फेशन ईराका आनन्द सिंहले विजेताहरुले थाईल्याण्डमा हुने अन्तराष्टिय शोमा भाग लिन पाउने जानकारी दिए । प्रतियोगिताका शिर्ष विजेताहरुले नगद, फोटो शुट, भिडियो श...
श्रीलंका टाट पल्टनुको कारण

श्रीलंका टाट पल्टनुको कारण

अन्तराष्ट्रिय, समाचार
-डा.डिआर उपाध्याय, अहिले श्रीलंकाको अबस्था चिन्ताजनक छ। श्रीलंका चरम आर्थिक संकटमा फसेको छ । कुनै बेला श्रीलंका आर्थिक, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा दक्षिण एसियाली मुलुकहरूमा अग्रस्थानमा थियो। तर, अहिले श्रीलंकाको भविष्य अन्योलमा छ। श्रीलंकामा त्यहाँका राष्ट्रपति गोटाबाया राजापाक्षेले सरकारी निवास नै छाडेर भाग्नुपर्‍यो। स्वेच्छाचारी शासकीय प्रवृत्तिका कारण नै श्रीलंकाले यो हविगत व्यहोर्नु परेको हो। सेनाप्रमुखले शान्ति कायम गर्न आह्वान गरेका छन्। श्रीलंका पुरानो अवस्थामा फर्कन कति समय लाग्ने हो कुनै निश्चित छैन । मुलुकलाई यो अवस्थामा ल्याइपुर्‍याउन राजापाक्षे सरकार नै मुख्य जिम्मेवार हो। श्रीलंकासँग नेपालको तुलना हुन थालेको छ। सरकारका कतिपय काम कारबाहीले शंका उत्पन्न गराएको छ । समयमै राजनीतिक नेतृत्व र नेपाली जनता सचेत हुनुपर्ने आवश्यकता देखिएको छ। श्रीलंका टाट पल्टनुका विभिन्न ...
‘मिस एसईई स्टार’को उपाधी जोरपाटीकी रितिका शाहलाई

‘मिस एसईई स्टार’को उपाधी जोरपाटीकी रितिका शाहलाई

मनोरन्जन, समाचार
ललितपुर । यो वर्षको ‘मिस एसईई स्टार’को चौथों संस्करणको उपाधी ईष्टपोल स्कूलकी रितिका शाहले जित्न सफल भईन । भवानी ईन्टरटेनमेन्ट तथा ग्रेस ईभेन्ट्सको संयुक्त आयोजनामा आयोजित उक्त ग्राण्ड फिनालेमा जोरपाटीकी शाहले एसईई स्टारको ताज सहित विभिन्न संघ संस्थाले उपलव्ध गराएको गिफ्ट ह्याम्परको साथमा मिस टया्लेन्ट र बेष्ट ड्रेसको टाईटल समेत जितेकी छिन । यसै गरि मिस एसईई ग्रेसको उपाधी भने मुस्कान नेवारले हात पार्न सफल भईन । उनले मिस पर्सनालिटी र मिस पपुलरको टाईटल समेत जितेकी छिन । आकृति भट्टराईले फस्ट रनर अपको ताज पहिरिदै मिस मल्टिमिडियोको टाईटल जितिन । सकेण्ड रनर अपको उपाधी सहित विदिस्मा कुंवरले मिस फ्रेण्डसीपको टाईटल प्राप्त गरेकी थिईन । स्नेहा बर्तौलाले थर्ड रनरअपको ताजको साथै बेष्ट स्माईलको टाईटल जितेकी थिईन । भने,आयुषा लामाले मिस डिसिप्लिन र मिस वाकको टाईटल जितेकी थिईन । ग्रिष्मा घिमिरेले म...