आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
सांस्कृतिक जनमत संघको संयोजकमा सन्तोष

सांस्कृतिक जनमत संघको संयोजकमा सन्तोष

राजनीति, समाचार
जनमत पार्टीले सांस्कृतिक जनमत संघको केन्द्रिय संयोजक समिति घोषणा गरिएको छ। सोमबार काठमाडौंको बानेश्वरस्थित सिद्धार्थ फुडल्याण्डमा आयोजित एक कार्यक्रमबीच जनमत पार्टीले सांस्कृतिक जनमत संघको केन्द्रिय समिति घोषणा गरेका हुन। सन्तोष राज सहनीलाई केन्द्रिय संयोजकको जिम्मेवारी दिएको हो। त्यसैगरी सह-संयोजकमा सेलिना कुँवर,सचिन पटेल,अरुण कान्त यादव , सचीवमा बन्दे प्रसाद साह ,सह-सचिवमा नितु पटेल,बिमल साह,राम नरेश सहनी रहेको छ।भने कोषाध्यक्षमा तनुजा चौरसिया रहेकी छिन् । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।सो कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय सचिव तथा मधेश प्रदेशका सांसद संजय यादव,पार्टीका कोषाध्यक्ष सुरेन्द्र नारायण यादव,राष्ट्रिय प्रवक्ता डा.शरद सिंह यादव,चिकित्सक जनमत संघका केन्द्रिय संयोजक डा.सीके सिंह,नेता आर के राउत र पार्टीकी महिला...
एक दशक देखी पत्रकारिता क्षेत्रमा कृयाशिल गौतमलाई नगद सहित सम्मान

एक दशक देखी पत्रकारिता क्षेत्रमा कृयाशिल गौतमलाई नगद सहित सम्मान

आर्थिक, समाचार
काभ्रे । जिल्ला सहकारी सङ्घ लिमिटेड डिस्कोफले कोशिपारी अनलाइन न्युजका संचालक अरबिन्द्र गौतमलाई पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गरेको छ । प्रेस चौतारी नेपाल काभ्रेका सह सचिव एवं काभ्रे प्रेस डट कमका प्रधान सम्पादक गौतमलाई डिस्कोफको ४२ औँ वार्षिक साधारणसभाको अवसरमा मंगलबार बनेपामा आयोजित कार्यक्रममा बागमती प्रदेशका संस्कृती, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले ‘पत्रकारिता सम्मान तथा पुरस्कार’ बाट सम्मानित गरे । नव क्षितिज साप्ताहिकको सह सम्पादक तथा पावर न्युजको संवाददाता समेत रहेका गौतमलाई जिल्ला सहकारी संघ काभ्रेले पाँच हजार नगद सहित दोसल्ला ओडाएर सम्मानपत्र प्रदान गरेको छ । एक दशक देखी पत्रकारिता क्षेत्रमा कृयाशिल गौतमले यस भन्दा अगाडि पनि धेरै सम्मानहरु प्राप्त गरिसकेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महर्जनले बागमती प्रदेशभित्र अब कुनै पनि प्रकारका नयाँ सहकारी दर्...
गायक युवराज छन्त्यालको ‘छन्त्याल परे म त’ सार्वजनिक(भिडियो)

गायक युवराज छन्त्यालको ‘छन्त्याल परे म त’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौै ।  काठमाडौं । आफ्नो पहिचान कस्लाई प्यारो हुदैन र ? तर पहिचान मात्रै भन्ने भन्दा पनि आफ्नो पहिचानलाई फैलाउनु महत्त्वपूर्ण कुरा हो । यही काममा लागेका छन्  गायक युवराज छन्त्याल । उनले एउटा गीत निकालेका छन । जसको बोल छ,”छन्त्याल परे म त” । मेला महोत्सवमा घन्किने प्रकारको यो गीतलाई लिएर युवराज उत्साहित पनि छन । लामो समय यता गीत संगीतमा मेहनत गर्दै आएका युवराजले एक दर्जन बढी गीतका शब्द लेख्दै स्वर भरेका छन । “बजाउँदै पञ्चे बाजा” बोलको गीतबाट उनले मौलिक गायकको अवार्ड पाएका छन । त्यस्तै उनको अर्को गीत “पैसा वाला हेर्छन्” बाट बेस्ट लोकदोहोरी कम्पोजर नोमिनेसनमा परेको थियो । त्यस्तै यही गीत कि अर्की गायिका जया छन्त्यालले पनि दर्जनौं गीत गाएकी छन । https://youtu.be/cSUsue1fxPs सरिता छन्त्यालले त झन २,३ वटा एल्बममा नै स्वर भरेकी छन । भने यी गीतको शब्द संगीत युवराज कै रहेक...
यमु शर्मा सुब्बाद्वारा कालीकोटको विकट वस्तीमा स्टेचर सहयोग

यमु शर्मा सुब्बाद्वारा कालीकोटको विकट वस्तीमा स्टेचर सहयोग

समाचार, समाज
कालिकोट : गितकार तथा मेम्बसा ईन्टरनेशनलकी अध्यक्ष यमु शर्मा सुब्बाले कालिकोट जिल्ला सान्नी त्रिवेणी गाउँपालिका वडा न. २ स्थित दुर्गम लेखबाट बस्तीलाइ २ थान स्टेचर  प्रदान गर्नु भएको छ । प्राइम टाइम्स टेलिभिजन स्थानीय संवाददाता पत्रकार रमेश बहादुर बुढाको बिशेष पहलमा उक्त स्टेचर उक्त वस्तीलाई उपलब्ध गराईएको हो। सो गाउमा स्टेचर नभएका कारण बिरामीलाई स्वास्थ्य चौकी सम्म लैजान कठिनाई भएको हुनाले स्टेचर सहयोग गरिएको मेची महाकाली बुहारी संयुक्त आवाजकी अध्यक्ष समेत रहकी सुब्वाले जानकारी दिनुभयो । । अमेरिकामा रहेर पनि नेपालमा पिडा र शोषणमा परेका महिला,वालवालिका,वृद्धा सबैलाई सहयोग गर्दै आएकी समाजसेवी सुब्वाले अत्यन्त समस्यामा परेका विपन्न परिवारहरुलाई आर्थिक,खाद्यान्न तथा अन्य सहयोग गर्दै आउनु भएको छ  । गीतकारको रुपमा समेत परिचित उहांका केही गीतहरुले अवार्ड समेत जितेको छ । ...
नेपाल महिला चेम्बरको तीज मेला

नेपाल महिला चेम्बरको तीज मेला

आर्थिक, समाचार
नेपाल चेम्बर अफ कमर्स अन्तर्गत गठित नेपाल महिला चेम्बरद्वारा तीजलाई लक्षित गरी ‘ट्रेड सो तीज स्पेसल २०२३’  को आयोजना गरिएको छ । नेपाली महिला उद्यमीहरूद्वारा उत्पादन गरिएका विविध सामाग्रीहरूको प्रदर्शन तथा बिक्री प्रवर्द्धनमा महिला उद्यमशीलताको विकास गर्ने हेतुले आयोजना गरिएको उक्त मेलाको समुद्घाटन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले गरेका थिए । उद्घाटन मन्तव्यमा अध्यक्ष मल्लले नेपाल महिला चेम्बर महिलाहरूको सर्वागिंण विकासको लागि स्थापना गरिएको र यस मेलाले महिलाहरूको उद्यमशीलताको विकास तथा सामाजिक, सांस्कृतिक तथा आर्थिक क्रियाकलापहरूमा महिलाहरूको सहभागितामा वृद्धि हुने आशा व्यक्त गरे । महिलाहरू आर्थिक रूपमा सशक्त भएमा मात्र मुलुकले आर्थिक समृद्धि हासिल गर्न सक्ने भन्दै अध्यक्ष मल्लले यस किसिमको रचनात्मक कार्यको लागि नेपाल महिला चेम्बरलाई धन्यवाद व्यक्त गरे । ...
नारायणको “ओ लभ्ली” सार्वजनिक(भिडियो)

नारायणको “ओ लभ्ली” सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
नारायणले ल्याए “ओ लभ्ली” नारायणको “ओ लभ्ली” मा रोशन र सृष्टि काठमाडौं । गीत “ओ लभ्ली ” सार्वजनिक भएको छ । लामो समय देखि अमेरिका बस्दै आएका गितकार नारायण भारती को शब्द यो गीतमा रहेको छ । अमेरिका बसेर पनि उनी गीत संगीतलाई माया भने उस्तै गरिरहेका छन् । उनको शब्द रचनाको कयौं गितहरु नेपाली साङितिक आकाशमा चर्चित छन । त्यो मध्यको ‘ओह लभ्ली’ पनि एक बन्ने उनको बिश्वास छ । https://www.youtube.com/watch?v=-cLMWT7RT44 यस गीतमा रोशन श्रेष्ठले अभिनय गरेका छन । जसले नेपाली सिने क्षेत्रमा लामो समय देखि काम गर्दै आएका हुन । उनलाई अभिनयमा साथ दिएकी छिन चर्चित मोडेल तथा नायिका सृष्टि खड्काले । कृष्ण रसालले निर्देशन गरेमो भिडियो नारायण र इशा शर्मा भारती मिलेर बनाएका हुन् । सुनिल क्षेत्रीले संगीत गरेको गीतमा सुनिल राईले संगीत सम्योजन गरेका छन् । गीत करण राईले गाएका हुन । बिवेक सुनारले सम्पादन गरेको भि...
‘नरोउ राधा सम्झेर मलाई’सार्वजनिक(भिडियो)

‘नरोउ राधा सम्झेर मलाई’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौैं । श्रीकृष्ण महाष्टमीको अवसर पारेर गायक हरिबहादुर राउत तथा गायिका कोपिला तामाङको स्वरमा दोहोरी शैलीको ‘नरोउ राधा सम्झेर मलाई’ श्रीकृष्ण भजनको म्युजिक भिडियो सार्वजनिक भएको छ । हरि बहादुर राउतको प्रस्तुतिमा गोल्डेन हार्ट पिक्चर्सले निर्माण गरेको उक्त भजनको म्युजिक भिडियोमा अभिनेता अभिषेक श्रेष्ठले कृष्ण तथा संगम विष्टले राधाको भूमिका निर्वाह गरेका छन् । उनीहरुको जोडी निकै लोभलाग्दो देखिन्छ । https://youtu.be/nXK_III0CcU यो गीतमा विदुर तिमिल्सिनाको भजन अवधारण छ भने शब्दहरु प्रकाश सापकोटा तथा विदुर तिमिल्सिनाले रचना गरेका हुन् । माधव केसी यो गीतका संगीतकार हुन् । गम्भिर विष्टको कोरियोग्राफी तथा निर्देशनको यो भिडियोमा अभिषेक र संगमसंगै बाल कलाकारहरु आशुतोष न्यौपाने, इरा भट्टराई तथा आहाना मल्लले अभिनय गरेका छन् । दिनेश पराजुली यो गीतको भिडियोका छायांकार हुन् । भिडियोम...
रेनुका रिजालको निर्देशनमा तीज गीत ‘तीज आयो संगीनी’ सार्वजनिक(भिडियो)

रेनुका रिजालको निर्देशनमा तीज गीत ‘तीज आयो संगीनी’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
रेनुका रिजालको निर्देशनमा रहेको तीज गीत ‘तीज आयो संगीनी’ सार्वजनिक भएको छ । पार्वती बुढाथोकीको शब्द, संगीत, स्वर र सञ्जय श्रीपालीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विनिता महर्जन, हरिवंश पन्त, रसविता रिजाल, कविन्द्र तामाङ, प्रकाश लामिछाने, प्रनिता खडका, सुसमिता पौडेललगायतको अभिनय रहेको भिडियोमा रियान्शा बुढाथोकी, सोनाली गुरुङ र लुगिसा चुनारा बाल कलाकार हुनुहुन्छ । https://youtu.be/MdvrDB7bHzY वेदबहादुर बुढाथोकी (रोशन)को कोरियोग्राफी रहेको भिडियोमा नरेश खरेलको मेकअप, विष्णु शर्माको सम्पादन र केशव अधिकारीको छायांकन छ । नारायण रिजाल निर्देशक सल्लाहकार रहेको भिडियो हाइलाइट्स नेपालमार्फत सार्वजनिक गरिएको हो । ...
कृपाको मथुरामा नजाउ श्याम बोलको भजन सार्वजनिक(भिडियो)

कृपाको मथुरामा नजाउ श्याम बोलको भजन सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । कृष्णजन्माष्टमीको अवसर पारेर गायिका कृपा पौडेलले मथुरामा नजाउ श्याम वोलको भजन सार्वजनिक गरेका छिन । सारेगमा लिटिल च्याम्पसकी विजेता समेत रहेकी कृपाले आफ्नै युट्युब च्यानल कृपा पौडेलबाट उक्त भजन सार्वजनिक गरेकी हुन । https://www.youtube.com/watch?v=QNP9jFyKa0c कुमार खनालको शव्द रहेको भजनलाई पंकज सिग्देलले संगीत तथा एरेन्ज गरेका छन । पंकज अडियोमा तयार गरिएको भिडियोमा स्वयं कृपालाई  देख्न सकिन्छ । ...
सङ्गीतकार राजु सिंहलाई दीर्घसाधना सहित चार पत्रकारलाई सम्मान प्रदान गरिने

सङ्गीतकार राजु सिंहलाई दीर्घसाधना सहित चार पत्रकारलाई सम्मान प्रदान गरिने

मनोरन्जन, समाचार
वरिष्ठ सङ्गीतकार राजु सिंहलाई दीर्घसाधना सम्मान अर्पण गरिने भएको छ । जिनियस म्युजिक अवार्डको चौथो संस्करणमा उहाँलाई दीर्घसाधना सम्मान अर्पण गर्न लागिएको हो । आयोजकले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । यही २५ गते सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा एक विशेष समारोहबीच सम्पन्न हुन गइरहेको कार्यक्रममा हिमालय टाइम्स दैनिकका उपसम्पादक कृष्ण भुसाल, रेडियो नेपालका राम थापा ‘अविरल’, लेन्स नेपालका विष्णु सुवेदी र ओएस नेपालका सुमन सापकोटालाई पत्रकारिता सम्मानले विभूषित गरिने जिनियस म्युजिक अवार्डका अध्यक्ष रमेश पाठकले जानकारी गराउनुभएको छ । ‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, संगीत क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्सा...