आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
गायक युनिक केसीको स्वरमा ‘बाबा’ सार्वजनिक(भिडियो)

गायक युनिक केसीको स्वरमा ‘बाबा’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । गायक युनिक केसीको स्वरमा रहेको ‘बाबा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कुशे औशी अर्थात बावुको मुख हेर्ने छेको पारेर गायक केसीले बुवा सम्बन्धि गीत आफ्नै युनिक क्रियशन नामक युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन । गीतमा टेकेन्द्र नेपालीको संगित रहेको छ भने म्युजिक भिडियोलाई नारायण मगरले निर्देशन गरेका छन् ।बाबा गीतका रचनाकार लेखु सहयात्री तिमिल्सिनाले आफ्नै बुबा र जन्म र कर्म दिने सवै बुवा प्रति समर्पित गर्दै शव्द कोरेका छन ।म्युजिक भिडियोमा बालक छोरालाई एउटा बावुले कसरी पढायो, बढायो, हुर्कायो र बाबुको महत्व कति छ भन्ने कुरालाई देखाउने प्रयास गरिएको छ । बाबुको सपना सन्तानको सुख र समृद्धि नै हो भन्ने कुरा देखाउन खोजिएको छ । https://youtu.be/Dn3kgjxXRdk भिडियोमा वरिष्ठ अभिनेता सरोज खनाल बावुको भूमिकामा देखा परेका छन भने उनलाई गीता अधिकारी,रुपेश लामा र आलोक चौ...
फुर्लिमा फाउन्डेसनद्वारा शैक्षिक तथा खेलकुद सामाग्री बितरण

फुर्लिमा फाउन्डेसनद्वारा शैक्षिक तथा खेलकुद सामाग्री बितरण

शिक्षा, समाचार
काठमाडौं । फुर्लिमा फाउन्डेसनले आफनो बार्षिक उत्सव मनाउने क्रम मा सिन्धुपाल्चोक जिल्ला, जुगल गाउँपालिका ६, याङ्गलाकोट स्थित श्री जलदेवी माध्यमिक विद्यालयलाइ खेलकुद सामाग्री बितरण गरेको छ । आफ्नो दिबंगत आमा प्रति श्रध्दाञ्जलि स्वरूप स्थापित यो संस्था ले बाल बालिकाहरु को सर्वाङ्गीण विकास, नेतृत्व क्षमता विकास एवमं समाज योग्य चरित्रवान तथा नैतिकवान युवा तय गर्ने कुरा फुर्लिमा फाउन्डेसनका अध्यक्ष मिङ्मा शेर्पा बताउनु हुन्छ । यो कार्यक्रम स्थानिय लाई प्रोत्साहन गर्न तथा उनिहरु को क्षमता विकास मा सहयोग पुराउने लक्षयका साथ सम्पन भएको स्थानिय व्यक्तिहरु बताउँछन् । खेलकद सामग्रि बितरण कार्यक्रम मा श्री जलदेवी मा बिका प्रधानाध्यापक तथा कार्यक्रम का सभापति श्री धन राज तामाङ ले खेलकु सामग्रि बिद्यार्थी मा नया उर्जा थपिने तथ बाल बालिकाहरुको खेल प्रति दक्ष्यता बृद्धि हुने कुरा राख्नु भयो। कार्यक्...
उचाइ र धूलो: युवराज अधिकारी

उचाइ र धूलो: युवराज अधिकारी

मनोरन्जन, समाचार
उचाइ र धूलो अर्कैको पर्खालमाथिको कुर्सीमा बसेर तल-तल हेर्दै ऊ बेस्सरी कुर्लियो म देखाइदिन्छु कि म को हुँ भनेर ! यो हैसियत र विराशत आदि-आदि ढल्नै लागेको पर्खाल हेर्दै स्रोताहरू भने किचिने भयले पर-पर सर्दै थिएँ निमेषमै गर्ल्याम्म आवाज आयो धूलो र धुवाले केही देखिएन स्रोताहरू खोज्दै थिए त्यही कतै भेटिन्छ कि भनेर र पनि केही भेडाहरू भने वहा अझै माथि नै हुनुहुन्छ भनेर माथि-माथि हेर्दै थिए तर अफसोस । ऊ टुप्पी पनि नदेखिने गरी पुरिएछ सायद, धरतीमा उचाइ र धूलोबीच गहिरो नाता रहेछ । – युवराज अधिकारी,कवि तथा गीतकार ...
राज मेकअप स्टुडियोले तिज विशेष कार्यक्रम गर्दै

राज मेकअप स्टुडियोले तिज विशेष कार्यक्रम गर्दै

मनोरन्जन, समाचार
काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तिजको अवसरमा “राष्‍ट्रिय नारी सम्मान” कार्यक्रमको आयोजना हुने भएको छ । सौन्दर्य क्षेत्रमा लामो समयको अनुभव बटुलेको राज मेकअप स्टुडियोको आयोजनामा आउदो शुक्रवार अर्थात भाद्र २५ गते तिनकुनेस्थित रोयल बैंक्वेटमा आयोजना हुन लागेको उक्त कार्यक्रममा लामो समयदेखि आ- आफ्नो क्षेत्रमा योगदान दिने चर्चित सफल महिलाहरुलाई सम्मान गरिन लागेको आयोजक संस्थाका प्रमुख तथा वरिष्ठ सेलेब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डेले जानकारी दिए । वरिष्ठ गायिका तारा थापा,वरिष्ठ अभिनेत्री वसुन्धारा भुुषाल,वरिष्ठ गायिका राधिका हमाल,चर्चित गायिका जुनुु रिजाल लगायत ख्याती प्राप्त महिलाकर्मीहरुलाई प्रतिनिधी सभाका उपसभामुख ईन्दिरा रानाको प्रमुख आतिथ्यतामा राष्‍ट्रिय नारी सम्मान प्रदान गरिन लागेको हो ।लोकप्रिय कलाकारहरुको आकर्षक प्रस्तुती समेत रहने उक्त कार्यक्रममा विशेष मनोरन्जनात्मक एवं...
फोन पे को ‘फोन पे डिरेक्ट : पैसा पठाऔँ ठाउँको ठाउँ’

फोन पे को ‘फोन पे डिरेक्ट : पैसा पठाऔँ ठाउँको ठाउँ’

आर्थिक, समाचार
फोन पेले ‘फोन पे डिरेक्ट : पैसा पठाऔँ ठाउँको ठाउँ’ नामक अभियानको  घोषणा गरेको छ । यसको उद्देश्य एक बैंकबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्नका लागि मोबाइल नम्बर र बैंकको नाम मात्रै भए पुग्ने विषयमा ग्राहकहरूलाई सचेत गराउनु रहेको कम्पनीले जनाएको छ । ‘मोबाइल नम्बर भए पुग्छ’ भन्ने ट्यागलाइनमा आधारित यस अभियानले आफ्नो  मोबाइलबाट पैसाको आदान प्रदान गर्दा उक्त कारोबार छिट्टो र सुरक्षित रहने कुरामा विशेष प्राथमिकता दिएको कम्पनीको भनाई छ । यस अभियानको मुख्य उद्देश्य ग्राहकहरूलाई कसरी फोन पे डिरेक्ट मार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिन्छ भन्ने बारे शिक्षित गर्नु हो । यसमा मोबाइल नम्बर, खाता नम्बर र व्यक्तिगत क्यूआरजस्ता तरिकाहरू रहेका छन् । भाद्र महिना भरि चलिरहने यस अभियानमा सहभागिता जनाउन ग्राहकहरू ले फोन पे को फोन पे  डिरेक्ट  सुविधा प्रयोग गर्नुपर्ने शर्त लाग...
‘मिसेस नेपाल वल्र्ड २०२३’को फिनालेमा ‘मिसेस वल्र्ड’ सरगम कौशल आउने

‘मिसेस नेपाल वल्र्ड २०२३’को फिनालेमा ‘मिसेस वल्र्ड’ सरगम कौशल आउने

मनोरन्जन, समाचार
काठमाडौं ।  ‘मिसेस नेपाल वल्र्ड २०२३’को फिनालेमा ‘मिसेस वल्र्ड २०२२’ सरगम कौशलले सहभागिता जनाउने पक्का भएको छ । आयोजक रिबन इन्टरटेनमेन्टले मिसेस वल्र्ड कौशलले सम्बोधन गरेको भिडियो सन्देश सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएको हो । कार्तिक पहिलो साता राजधानीमा आयोजना हुने फिनालेमा मिसेस वल्र्ड कौशलका अलवा नेपालका ख्यातिप्राप्त ब्यक्तित्वहरुको पनि उपस्थिति रहने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी गराएका छन् । विवाहित महिलाहरूबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्डको विजेताले अमेरिकामा हुने मिसेस वल्र्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछिन् । यसका साथसाथै, सोही स्टेजमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता पनि चयन गरिने अफिसियल कोरियोग्राफर अश्विनीकान्त झाले बताए । प्रतियोगिताका लागि आगामी भाद्र १६ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल ह...
गाईजात्रा भदौ १४ देखि प्रज्ञामा

गाईजात्रा भदौ १४ देखि प्रज्ञामा

मनोरन्जन, समाचार
यस वर्षको गाईजात्राका अवसरमा ब्राण्डवर्थ प्रालिले यही भदौ १३ गतेदेखि १८ गतेसम्म गाईजात्रा महोत्सव गर्ने भएको छ। ‘२०८० सालको गाईजात्रा’ नाम दिइएको उक्त कार्यक्रममा नेपालको प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने र महोत्सवमा हाँस्यव्याङ्ग्य कलाकारको प्रस्तुति रहने कलाकार मनोज गजुरेलले जानकारी दिए।  गाईजात्रामा मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल ‘चिप्लेटी अङ्कल’, सीता न्यौपाने, राधिका कँडेल, दीपकप्रसाद आचार्य ‘काकु’, प्रभात लामा, रुविना अधिकारीलगायत कलाकारले दर्शकलाई हसाउने छन्।  जेसीस, लायन्सलगायत संस्थासँगको सहकार्यमा ब्राण्डवर्थ प्रालिले उपत्यका बाहिर पनि गाईजात्रा आयोजना गर्दैछ। विराटनगर, बर्दिबास, चन्द्रनिगाहपुर, सैनामैना, दाङमा कार्यक्रम हुने भएको छ। कोरोना महामारीका समयमा दुईवटा वर्षमा पनि डिजिटल गाईजात्रा गरेर दर्शकलाई मनोरञ्ज...
एएनपी मिडियाको आयोजनामा १२ औं संस्करणको ‘लिटिल आइकन नेपाल’ सम्पन्न

एएनपी मिडियाको आयोजनामा १२ औं संस्करणको ‘लिटिल आइकन नेपाल’ सम्पन्न

मनोरन्जन, समाचार
ए.एन.पी. मिडिया हाउसद्वारा आयोजित १२ औं संस्करणको ‘लिटिल आइकन नेपाल, २०२३’ को अन्तिम स्पर्धा सम्पन्न भएको छ। राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न  बालबालिकाहरुको सौन्दर्य तथा प्रतिभा प्रस्फुटन सम्बद्द सौन्दर्य प्रतियोगितामा तनुजा चौधरी, काब्या श्रेष्ठ, सामिक महर्जन र मुस्कान कटुवालले क्रमशः जुनियर गर्ल्स, सिनियर गर्ल्स, बोईज ग्रुप र टिन गर्ल्स तर्फको शिर्ष उपाधी हात पारे। शिर्ष ताजसंगै बिजेता चौधरीले मेनेजमेन्ट च्वाइस, श्रेष्ठले पब्लिक चोईस वीनर, मस्ट ट्यालेन्ट र मस्ट कन्फिडेन्ट, महर्जनले फेसबुक चोईस र बेस्ट सिङ्गर तथा कटुवालले बेस्ट डान्सतर्फको अवार्ड समेत हात पार्न सफल रहे। सुमी बानियाको कोरियोग्राफी रहेको कार्यक्रमलाई रोजिन शाक्यले संचालन गरेका थिए । शम्भु प्रसाद रेग्मी संयोजक रहेको उक्त प्रतियोगितामा शिक्षाविद डा. लाक्पा शेर्पा, शिक्षाविद दायाराम दाहाल, प्रिन्सीपल स...
एनआरएनएको महिला उपाध्यक्षमा यासमीनले पुनः उम्मेदवारी दिने

एनआरएनएको महिला उपाध्यक्षमा यासमीनले पुनः उम्मेदवारी दिने

आर्थिक, समाचार
गैरआवासीय नेपाली संघ (एनआरएनए) को महिला उपाध्यक्षमा यासमीन बेगम सैयदले पुनः उम्मेदवारी दिने भएकी छन् ।संघको आगामी अक्टोवर दोस्रो साता काठमाण्डौंमा हुने ११ औं महाधिवेसनमा उनले पुनः उम्मेदवारी दिने भएकी हुन् । उनी वर्तमान कार्यसमितिमा समेत महिला उपाध्यक्ष हुन । संघको आगामी महाधिवेसनमा क्षेत्रीय संयोजक र सहसंयोजक सहित ५ दर्जन पदमा निर्वाचन हुने भएको छ । संघले सो निर्वाचन सम्पन्न गर्न ७ सदस्य निर्वाचन समिति गठन गरेको छ । स्याङ्गजा घर भई हाल साऊदी अरब रहेर विभिन्न व्यबसाय गर्दै आईरहनु भएकी बेगमले उपाध्यक्षमा पुन उम्मेदवारी दिने इच्छा ब्यक्त गर्नु भएको छ । लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय बेगमले आफ्नो कार्यकालमा गरेको विभिन्न कामको प्रशंसा हुदै आएको छ । गैर आवासीय नेपाली अभियानमा लामो समयदेखि क्रियाशील रहँदै आउनु भएकी बेगमले संघको आगामी अक्टोवर दोस्रो साता काठमाण्डौंमा हुने ११ औ अन्त...
थाइलैण्डमा भएको स्टार ईन्टरनेशनल अवार्डमा सम्मानित भए नेपालका कलाकर्मी

थाइलैण्डमा भएको स्टार ईन्टरनेशनल अवार्डमा सम्मानित भए नेपालका कलाकर्मी

मनोरन्जन, समाचार
थाईलैण्ड । तेश्रो स्टार ईन्टरनेशनल अवार्ड बैंककमा भव्य रुपमा सम्पन्न भएको छ । नेपाल एयरलाईन्सका कार्यकारी अध्यक्ष तथा वरिष्ठ गीतकार युवराज अधिकारीको प्रमुख आतिथ्यता तथा एयरलाईन्सका निर्देशक अनिल घिमिरे तथा थाइलैण्डका प्रतिष्ठित व्यबसायी विजय तिमल्सिनाको विशेष आतिथ्यतामा उक्त अवार्ड बैंककमा सम्पन्न भएको हो । लामो समयदेखि आ- आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान दिने प्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मान गर्ने उक्त अवार्ड समारोहमा सहभागी हुन नेपाल सहित म्यानमार,थाईलैण्ड र युएईबाट करिव ३ दर्जन व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । प्याजेन्ट नेपाल नेटवर्क र दक्ष ईन्टरनेशनलको संयुक्त आयोजना तथा निकिला मिडियाको सहकार्यमा आयोजित अवार्डमा कलाकारिता तर्फबाट रजत सम्मान विशिष्ट कलाकार शिवहरि वैरागीलाई प्रदान गरियो भने ,साहित्य तर्फ राधादेवी पराजुली,सामाजिक सेवाका लागि टंक प्रसाद न्यौपाने,शान्ता कुमारी दाह...