आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
सरोज दाहालको निर्देशनमा टेलिचलचित्र ‘टुल्के दाइ’ (भिडियो)

सरोज दाहालको निर्देशनमा टेलिचलचित्र ‘टुल्के दाइ’ (भिडियो)

मनोरन्जन, समाचार
कलाकार तथा निर्देशक सरोज दाहालको निर्देशनमा टेलिचलचित्र टुल्के दाइ आउने भएको छ। मंसिर १५ गते शुक्रवार देखि आउन लागेको टुल्के दाइको प्रोमो Tulke Dai Official युट्युब च्यानलमा सार्बजनिक भएको छ। सामाजिक र पारिवरिक कथा बस्तु बोकेको टुल्केदाइ टेलिसिरियलमा टुल्के दाइको भुमिका बाबुराम शाक्यले निभाएका छन्। https://www.youtube.com/watch?v=VtKwefIJDJg बाबुराम शाक्य, मायादेबी श्रेष्ठ, सरोज दाहाल, रश्मी भट्ट, कृष्ण भक्त महर्जन, बद्री पुडासैनी, मलाइका बस्नेत, श्रीजना कार्की, रजनी खड्का, बिष्णु भण्डारी, सुनिता कार्की, हिरा श्रेष्ठ लगायतका कलाकारको टेलिचलचित्रमा मुख्यभुमिका रहेको छ। बाबुराम शाक्यको कथामा सौरभ दवाडीले पटकथा सम्बाद तयार पारेका हुन्। सिरियलको शिर्ष गीतमा जय देबकोटाको शब्द संगित र स्वर रहेको छ।अनिल जिसीको छायांकन रहेको टुल्केदाइको सम्पादन मुकेश हमालले गरेका हुन्। बि. एम. पिक्चर्स...
कृष्ण र सुबासको ‘तिहारको लहर’ सार्बजनिक(भिडियो)

कृष्ण र सुबासको ‘तिहारको लहर’ सार्बजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । बिशेषगरि नेपालीहरूको महान तथा महत्वपूर्ण चाडबाडलाई लक्षित गरेर कयौं गीत र भिडियो बन्ने सार्वजनिक हुने त भईरहेकै हुन्छन् । तर त्यस्ता कतिपय गीत र म्युजिक भिडियोहरुमा नेपालीपन र मौलिकता हराउंदै गईरहेको पाईन्छ । यसै सन्दर्भमा महान चाड दिपावली, तिहारलाई लक्षित गरि हालै मात्र “तिहारको लहर ” बोलको एउटा परम्परागत शैलीको देउसी, भैलो गीत सार्वजनिक भएको छ । डि.पी खनालको मौलिक रचना रहेको यस गीतलाई कृष्ण भट्टराई र सुवास श्रेष्ठले लय भरेका छन् । https://www.youtube.com/watch?v=PgpwTd5C4o4 लय संकलक द्वयकै स्वर रहेको गीतमा गायिकाद्वय मनिषा राई र दिपा तामाङ्ले स्वरमा साथ दिएका छन् भने यस गीतमा संगीत संयोजन र ध्वनी मिश्रण भने चन्दु गोर्खालीको रहेको छ । भिडियोमा चर्चित कलाकारहरु शितल के.सी, श्रीदेव भट्टराई, रोहित कार्की, मुस्कान लामाको साथमा कृष्ण भट्टराई, सुवास श्रेष्ठ, भावना श्रेष्ठ...
रोटरीक्लव ज्ञानेश्वरद्धारा मैनबत्ती सम्वन्धी तालिम सम्पन्न

रोटरीक्लव ज्ञानेश्वरद्धारा मैनबत्ती सम्वन्धी तालिम सम्पन्न

आर्थिक, समाचार
काठमाडौं ।रोटरी क्लव ज्ञानेश्वरले उद्यमशिलता विकास एवं स्वरोजगार कार्यक्रम अन्र्तगत मैनबत्ती बनाउने तालिम सञ्चालन गरेको छ । काठमाडौंको ज्ञानेश्वरस्थित एट्टिक रेष्टुरेन्टमा भएको तालिम कार्यक्रममा करिव २५ जनाले सहभागिता जनाएका छन । सहभागीहरुलाई राधाको बर्न सर्भाईबरकी संस्थापक एवं महिला चेम्बरकी सदस्य राधा लक्ष्मी श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।युवा र महिला उद्यमशिलता अन्र्तगत रोटरीले व्यवसायिक अभिवृद्धि एवं स्वरोजकारका विभिन्न कार्यक्रम गर्दै आएको छ । क्लवले यसअघी व्युटिसियन एवं पाककला सम्वन्धी विभिन्न प्रशिक्षण गर्दै आएको छ ।कार्यक्रमको संयोजक रोटरियन श्रृष्ठि त्रिपाठीले गर्नुभएको छ । घरेलु महिलालाई लक्षित गरी आगामी दिनमा पनि थप कार्यक्रहरु सञ्चालन गरिने उहाँको भनाई छ । मैनबत्ती बनाउने कला सिकेपछि व्यवहारिक कार्यन्वयनमा पनि ध्यान दिनुपर्ने त्रिपाठीले बताउनुभयो । सो कार्यक्रममा...
नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श संघको आयोजनामा रक्तदान कार्यक्रम

नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श संघको आयोजनामा रक्तदान कार्यक्रम

शिक्षा, समाचार
नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श संघले रक्तदान कार्यक्रम आयोजना गरेको छ । शुक्रबार काठमाडौंको बागबजारस्थित टुकुचा पार्कमा रक्तदान कार्यक्रम संचालन गरिएको हो । स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सो रक्तदान कार्यक्रम गरिएको थियो ।नेपालको पश्चिम क्षेत्र विशेषत रुकुम , जाजरकोट लगायत जिल्लामा गएको भूकम्पमा परि घाइतेहरुको उपचारमा रगत अभाव नहोस् भन्ने उद्देश्यले उक्त रक्तदानको आयोजना गरिएको संघका अध्यक्ष दिपक गुरुङले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले संविधानमा लेखेर मात्र गाँस ,बास, कपास र स्वास्थ्यशिक्षाको आधारभूत नहुने भएकाले जनतालाई प्रत्याभूति दिलाउन सरकार तत्पर रहेको बताए । हरेक अस्पतालले प्रत्यक अस्पतालले १० प्रतिशत बेड निशुल्क गर्नुपर्ने समेत मन्त्री बस्नेतले जानकारी दिए । त्यस्तै रत्तदाताले दान गरेको रगतमा ब्याग लगायत लागत खर्च लाग्ने गरेकोम...
‘फुल बुटे सारी’मा चर्चा कमाएको मदनकृष्ण तथा मिथिलाको जोडी पूनः‘सुन न तिमी राम्रो लाग्यो’मा (भिडियो)

‘फुल बुटे सारी’मा चर्चा कमाएको मदनकृष्ण तथा मिथिलाको जोडी पूनः‘सुन न तिमी राम्रो लाग्यो’मा (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । वरिष्ठ अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठद्वारा स्वरबद्ध नयाँ गीत “सुन न तिमी राम्रो लाग्यो” सार्वजनिक गरिएको छ । पाको उमेरमा पनि मानिसभित्र जवान इच्छा र आंकाक्षा जीवित रहन्छ भन्ने प्रेमिल भावमा तयार पारिएको गीतमा प्रतिमा श्रेष्ठको शब्द रचना तथा अनिल शाहीको संगीत रहेको छ । https://www.youtube.com/watch?v=J8aQOLCGFc0 मदनकृष्णसँगै अभिनेत्री मिथीला शर्माको अभिनय र नृत्यसमेत रहेको गीतको भिडियोमा दुवैका रोमाञ्चक दृश्यहरु समेटिएको छ । मदनकृष्णको कलाकार तथा म्युजिक भिडियो निर्देशक पुत्री सराना श्रेष्ठले तयार पारेको गीतको वृद्ध उमेरको पुरुषका चाहना र इच्छाका विम्बात्मक भिडियोमा मदनकृष्ण स्वयंले अभिनय गरेका छन्। । यस अघिको लोकप्रिय म्यूजिक भिडियो ‘फुलबुटे सारी’मा पनि मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माको जोडीलाई नै फिचर्ड गरिएको थियो ।क्रियटिभ ह्याट्स युट्युब च्यानलबाट सार्व...
अखिल क्रान्तिकारीले राहत तथा पुनर्निर्माणमा १० लाख सहयोग गर्ने

अखिल क्रान्तिकारीले राहत तथा पुनर्निर्माणमा १० लाख सहयोग गर्ने

शिक्षा, समाचार
जाजरकोट केन्द्र विन्दु बनाएर जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प प्रभावित क्षेत्रमा अखिल (क्रान्तिकारी) ले राहत तथा पुनर्निर्माणमा १० लाख सहयोग गर्ने निर्णय गरेको अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव उपदेश यादवले जानकरी दिए । गत १९ गते पञ्चा सिंहको अध्यक्षतामा संगठनको केन्द्रीय कार्यालयको आकस्मिक बैठक बसी संगठनको केन्द्रीय उपाध्यक्ष पवन कर्कीलाई राहत संकलन समितिको संयोजकको जिम्मेवारी दिएका थिए । उक्त समिति आज नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय, पेरिस डाँडामा बैठक बसी दश लाख सहयोग गर्ने निर्णय गरेको हो । राहत संकलनको लागि अखिल (क्रान्तिकारी) बिपद् कोष निर्माण गर्ने र उक्त कोषमा निम्न बमोजिम रकम सकलन गर्ने निर्णय गरेका छन् ।क) संगठनको केन्द्रीय कार्यालय सदस्यहरुको तर्फबाट जनही रु. ५ हजारख) केन्द्रीय पदाधिकारीहरुको तर्फबाट जनही रु. ३ हजारग) केन्द्रीय सदस्य, प्रदेश पदाधिकार...
मिसेस् नेपालमा सहभागी हुन मिसेस् वर्ल्ड सरगम कौशल काठमाडौँमा

मिसेस् नेपालमा सहभागी हुन मिसेस् वर्ल्ड सरगम कौशल काठमाडौँमा

मनोरन्जन, समाचार
काठमाडौं । ‘मिसेस् वर्ल्ड २०२२’ सरगम कौशल काठमाडौँ आएकी छन् । उनी यही कार्तिक २२ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने ‘मिसेस् नेपाल २०२३’को फाइनलमा सहभागी हुन आफ्नी आमासहित शनिवार साँझ काठमाडौँ उत्रिएकी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई मिसेस् नेपालको आयोजक संस्था रिबन इन्टरटेनमेन्टका निशुकान्त झा र अफिसियल कोरियोग्राफर अश्विनीकान्त झा सहित मिसेस् नेपाल वर्ल्ड २०२२ विजेता दीक्षा केसीले स्वागत गरेका थिए । विमानस्थलमा आयोजित पत्रकारहरू सम्मेलनमा कौशलले आफू पहिलो पटक नेपाल आएको बताइन् । “सगरमाथाको देशमा मलाई निम्त्याएकोमा नेपालको आयोजकलाई धन्यवाद छ । पहिलो पटक नेपाल आएकी हुँ । मलाई नेपाल र भारत सहोदर दिदीबहिनी जस्तो लाग्छ । यही मौकामा धार्मिक हिसाबले पनि पुन्यभूमि नेपालको पशुपतिनाथ मन्दिरको दर्शन पनि गर्नेछु”, उनले बताइन् । मिसेस् नेपालका सबै सहभागीलाई बधाई द...
‘उपहार’ नायक तेज गिरीले जिते रजत पदक

‘उपहार’ नायक तेज गिरीले जिते रजत पदक

मनोरन्जन, समाचार
काठमाडौं । पछिल्लो चलचित्र “प्रेमगन्ज”बाट अत्याधिक चर्चा कमाएका नायक तेज गिरीले बाके जिल्ला स्ट्रेन्थ लिफ्टिङ्ग संघको आयोजनामा यही १७ र १८ गते नेपालगन्जमा सम्पन्न प्रथम मेयर कप “राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड ईन्क्लाईन बेन्च प्रेस प्रतियोगिता २०८०” को ६८ के.जि. तौल समुहमा रजत पदक(Silver Medal) जित्न सफल भएका छन् । यस प्रतियोगितामा देशभर बाट लगभग ९० जनाको हाराहारीमा खेलाडीहरुको सहभागीता रहेको थियो । यो प्रतियोगितामा मैले पहिलो पटक सहभागिता जनाएको हो । उनले पहिलो पटकमा नै दोश्रो स्थान हासिल गर्न पाँउदा अतेन्तै खुशी लागेको बताए । उहाँ अभिनित “उपहार” चलचित्रको पहिलो गित हिजो ओसआर युट्उब च्यानलबाट रिलिज भएको थियो । गितले राम्रो चर्चा बटुलि रहेको छ । उपहार चलचित्र आउँदो फाल्गुन २५ बाट प्रदर्शनमा आउनेछ। ...
छात्रवृत्तिमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्दै भारतको पण्डित दिनदयाल विश्वविद्यालय

छात्रवृत्तिमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्दै भारतको पण्डित दिनदयाल विश्वविद्यालय

शिक्षा, समाचार
भारतको गुजरातमा रहेको पण्डित दिनदयाल इनर्जी युनिभर्सिटिले नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने जनाएको छ। विश्वविद्यालयले नेपालबाट स्नातक तहमा इन्जिनियरिङ, आईटी र व्यवस्थापन तर्फका विषय अध्ययन गर्न आउने विद्यार्थीलाई शिक्षणशुल्कमा ७० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने जनाएको हो। एक सय एकर क्षेत्रफलमा फैलिएको विश्वविद्यालयले इन्जिनियरिङ र व्यवस्थापन तर्फ स्नातक तहमा चार वर्षीय कोर्स सञ्चालन गर्दै आएको छ भने स्नातकोत्तर र पीएचडीसम्मको अध्यापन हुँन्छ। यो भारतको नेशनल इन्सटिच्युसनल र्याङ्कीङ फ्रेमवर्क (NIRF) Rank मा परेको विश्वविद्यालय हो। यसले NAAC A++ एक्रिडेसन प्राप्त गरेको छ। सन् २००७ अप्रिलमा एक निजी विश्वविद्यालयको रूपमा स्थापना भएको यस विश्वविद्यालयले विज्ञान, प्रविधि, व्यवस्थापन र मानविकी क्षेत्रहरूमा प्रशिक्षित मानव संसाध...
गायक नर बहादुर देउवाको लोक झ्याउरे गीत ‘हितैको माया'(भिडियो)

गायक नर बहादुर देउवाको लोक झ्याउरे गीत ‘हितैको माया'(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । गायक नर बहादुर देउवाको नेपाली लोक झ्याउरे गीत हितैको माया सार्वजनिक भएको छ । तिहारको समयमा देउसी भैलो खैल्दा नाचगान गरि रमाउने चलन छ तर अहिले मौलिकता बोकेका गितहरु हराउदै गएकोले तिहार पर्व लाई लक्षित गरि गित बजारमा ल्याएको देउवा बताउछन् । पञ्चपुरी कला केन्द्र संगको सहकार्यमा निमार्ण गरिएको उत्त गित को निर्देशन कला केन्द्रकै कोषाध्यक्ष किरण बि.सी. ले गरेको हुन् । गितको शब्द अनुसार नै तडक भडक भन्दा पनी मौलिकपन झल्किने गरि भिडियोको छायांकन गरिएको निर्देशक बि.सी. ले बताएका छन् । गित पञ्चपुरी कलाकेन्द्र यूटुब च्यानलबाट सार्वजिनक भएको हो । गितमा अभिनय चर्चित नृत्य निर्देशक चन्द्र मन्दिर र मोडल तथा नायिका लक्ष्मी गिरी को रहेको छ । कलाकार नर बहादुर देउवाले नेपाली लोक झ्याउरे गीतको इतिहासमा गीत मार्फत नया पन दिन खोजेको बताएका छन् । पछिल्लो युवा पुस्ताले आफ्नो कला र संगित लाई भुल्दै ग...