आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
चलचित्र चिट्ठीको पहिलो गीत “टुटेको तारा”सार्वजनिक

चलचित्र चिट्ठीको पहिलो गीत “टुटेको तारा”सार्वजनिक

मनोरन्जन, समाचार
काठमाण्डौ – चलचित्र चिट्ठीको पहिलो गीत “टुटेको तारा” सार्वजनिक भएको छ । माधब राज खरेलको लेखन र निर्देशन रहेको उक्त चलचित्रमा चर्चित पाश्र्व गायक शिव परियारको स्वर, डा. कृष्णहरि बरालको शब्दरचना रहेको छ । उक्त गीतलाई सञ्चारकर्मी समेत रहेका गायक तथा संगीतकार सरोज कोईरालाले संगीत गरेका छन् । गीतलाई ओएस्आर डिजिटल च्यानलबाट सार्वजानिक गरिएको छ ।कमेडी जनारामा बनेको चलचित्र चिट्ठीको केन्द्रिय भुमिकामा संजीत भण्डारी, खड्ग बहादुर पुन मगर “खबपु”, गोपाल ढकाल“छन्दे”, नवराज थापा, मुस्कान लामा, कञ्चन चालिसे, प्रवण भुषाल, श्रीदेव भट्टराई लगायतका रहेका छन भने नम्रता खरेल, रश्मी भट्ट, मोहन निरौला, शान्तिप्रिय, राजन थापा, डेविल सिंह राजपुत, प्रल्हाद खरेल, उद्धव भट्टराई, समिर लामा, पुर्ण राई, पुरुषोत्तम सानु लगायत कलाकारहरुको अभिनय रहेको छ । https://youtu.be/D-RcIDTpsrk चलचित्रलाई जीवन पराजुली र राजन...
राजेन्द्र बजगाईंको संगीतमा ‘बोलीरहने मायाले बोल्नै छोड्यो नि’(भिडियो)

राजेन्द्र बजगाईंको संगीतमा ‘बोलीरहने मायाले बोल्नै छोड्यो नि’(भिडियो)

मनोरन्जन, समाचार
चरोन बजगाईं र स्वाति भट्टको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा पछिल्लो समय युवा पुस्तामा लोकप्रिय बन्दै गएका संगीतकार राजेन्द्र बजगाईंको संगीत रहेको छ। ‘बोलीरहने मायाले बोल्नै छोड्यो नि’ बोलको गीतमा शब्द रचना रंग पत्रकार बिष्णु सुबेदीको रहेको छ। सार्वजनिक गीतमा निषाद चन्द्रको संगीत संयोजन र मनोज परियारको मिक्सिङ्ग मास्टरिङ्ग रहेको छ। https://youtu.be/dRmxrf3Hwsg कलाकार लक्ष्मी बर्देवा र जीवन भट्टराईले निर्देशन गरेको भिडियोलाई बुद्द थापाले छायाँकन र बिष्णु खड्काले सम्पादन गरेका छन्। भिडियोमा रियल जोडी लक्ष्मी बर्देवा र जीवन जिवन संगै गायक चरोन बजगाईंको अभिनय रहेको छ। भिडियो त्रिमुर्ति इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। ...
निम अवार्डको सातौं संस्करणको आवेदन खुल्ला

निम अवार्डको सातौं संस्करणको आवेदन खुल्ला

मनोरन्जन, समाचार
निम अवार्डको सातौं संस्करणको आवेदन खुल्ला गरिएको छ । नेपालको पहिलो समावेशी म्युजिक अवार्ड अन्तर्गत ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड २०२४’ को आवेदन खुल्ला गरिएको कार्यक्रम संयोजक कमला जोशीले जानकारी दिएकि छन् । उक्त अर्वाडका लागि यही मंसिर १५ गतेबाट आवेदन फारम खुल्ला गरिएको जोशीले बताईन । विगत ६ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको निम अवार्डको यो सातौं संस्करण हो । उक्त अवार्डमा पहिलो वर्षदेखि नै नेपालमा बोलिने विभिन्न भाषा–भाषीका गीत संगीतहरुलाई विशेष प्राथमिकताका साथ समेटिँदै आएको छ । अहिले सम्मकै बृहत संख्याका भाषा–भाषीका गीतहरुको उत्साह पूर्वक सहभागिता हुँदै आएकाले पनि यसलाई नेपालकै पहिलो समावेशी अवार्डको रुपमा लिने गरिन्छ । नेपाल भित्र बोलिने विभिन्न भाषा र भाकाका गीतहरुलाई कार्यक्रममा सहभागी गर्दै आईरहेको उक्त अवार्डमा काँठे भाका, देउडा भाका, नेपाल भाषा, तामाङ भाषा, मैथली, भ...
सुनसरीको देवानगञ्ज गाउँपालिकामा नेपाल भारत-सम्बन्ध माथि चर्चा

सुनसरीको देवानगञ्ज गाउँपालिकामा नेपाल भारत-सम्बन्ध माथि चर्चा

समाचार, समाज
नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् ।नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको कथन थियो ।नेपाल भारत सम्बन्धलाई कमजोर बनाउने केही तत्वलाई निरुत्साहित गर्नुपर्ने आवश्यक्ता रहेको पनि उहाँहरुले वताउनुभयो ।नेपाल भारत खुला सीमा सम्वाद समूहद्वारा आयोजत देवानगञ्ज नरपतगञ्ज अन्तरसम्बाद कार्यक्रममा वक्ताहरुले भने – दूबैदेश वीच सम्बन्ध खराब हुने कार्य कतैवाट हुनु हुँदैन् ।संविधानसभा सदस्य मुंगालाल यादवले नेपाल र भारतबीचको सम्बन्धलाई घनिष्ठ अनि विशेष बनाउने प्रमुख तत्व भनेको धार्मिक, सामाजिक एवं सांस्कृतिक समा...
एएनपी मिडियाको आयोजनामा ‘नेशन्स गट ट्यालेण्ट’ एपिवानबाट प्रसारण हुने

एएनपी मिडियाको आयोजनामा ‘नेशन्स गट ट्यालेण्ट’ एपिवानबाट प्रसारण हुने

मनोरन्जन, समाचार
गायन र नृत्य विधाका बालप्रतिभाको खोजीका लागि नेशन्स गट ट्यालेण्ट नामक रियालिटि  शो हुने भएको छ।नेशन्स गट ट्यालेण्टको आयोजक संस्था एएनपी मिडिया हाउसले मंगलबार सोल्टी होटलमा पत्रकार सम्मेलन आयोजना गरि उक्त रियालीटी शोको घोषणा गरेको हो। एएनपी मिडिया हाउसका अध्यक्ष तथा नेशन्स गट ट्यालेण्टका निर्देशक लबबहादुर कार्कीले बाल प्रतिभाको खोजीमूलक उक्त कार्यक्रम एपिवान टेलिभिजनबाट प्रसारण हुने जानकारी गराए।बालबालिकाका लागि गायन र नृत्य विधामा आफनो कला प्रस्तुत गर्न अवसर प्रदान गर्न मञ्च उपलब्ध गराउने सो रियालीटी शोमा  ख्यातीप्राप्त अभिनेत्रीद्धय मिथिला शर्मा र गौरी मल्ल, तथा ख्यातीप्राप्त गायक आनन्द कार्की र गायिका देविका बन्दना निर्णायक रहने छन्।  रियालीटी शोमा पत्रकार विदुर गिरी सल्लाहकार संयोजक, राज लुईटेल कार्यक्रम संयोजक,  शम्भुप्रसाद रेग्मी ईभेन्ट संयोजक र अनिता तामाङ्ग कार्...
आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास सम्बन्धि तालिम

आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास सम्बन्धि तालिम

समाचार, स्वास्थ्य
काठमाडौँ । स्वास्थ्य प्रवर्द्धन तथा रोग उपचारका लागि आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास सम्बन्धि तालिम दिइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले १८ जना आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास तालिम दिएको हो । योगाभ्यासको महत्व र फाइदाको बारेमा जानकारी दिने, कर्मचारीहरूलाई स्वस्थ रहन योग अभ्यास सम्बन्धि ज्ञान र सिप अभिवृद्धि गरी स्वास्थ्य संस्था मार्फत नियमित योगाभ्यास सञ्‍चालन गर्ने तथा विभिन्न रोगका उपचारका लागि ‘रोगानुसार योग’को ज्ञान र सिप अभिवृद्धि गर्ने उद्देश्यका साता तालिम दिइएको हो । काठमाडौँ जिल्लास्थित ११ स्थानीय तह मध्ये १० वटा स्थानीय तहमा आयुर्वेदका संस्थाहरु रहेका छन् । उक्त १० वटा पालिकाका रहेको नागरिक आरोग्य सेवा केन्द्र र आयुर्वेद औषधालयमा कार्यरत आयुर्वेद स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य प्रवर्द्धन तथा रोग उपचारका लागि योगाभ्यास तालिम अन्तर्गत स्वास्थ्य प्र...
पूर्ण स्तनपान प्रवर्द्धनका लागि आमा समूहलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण

पूर्ण स्तनपान प्रवर्द्धनका लागि आमा समूहलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण

समाचार, स्वास्थ्य
काठमाडौँ ।  पूर्ण स्तनपान प्रवर्द्धनका लागि आमा समूहलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । टोखा नगरपालिकासँग समन्वयमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले आयोजना गरेको कार्यक्रममा ७५ जनाको सहभागिता रहेको थियो । आमा र बच्चाको स्वास्थ्य सुधार गर्ने तथा कुपोषणजन्य रोगबाट बचाउने विषयमा जनचेतना जगाउने, स्तनपानको महत्त्व बारे जनचेतनामूलक स्वास्थ्य शिक्षा प्रदान गर्ने तथा मातृ शिशु मृत्युदर घटाउने उद्देश्यले कार्यक्रम गरिएको हो । कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट प्रदान गरिने सेवाहरूको बारेमा जानकारी प्रदान गरिनुका साथै स्वस्थ जीवनशैली अन्तर्गत शरीरलाई हित गर्ने आहार विहारको विषयमा समेत चर्चा गरिएको थियो । कार्यक्रममा मुख्यतया स्तनपानको तरिका, महत्त्व, बच्चालाई आमाको दूधबाट प्राप्त हुने पोषणको बारेमा आमा समूहलाई जानकारी दिइएको हो । यसै सम्बन्धमा जिल्ला आयुर...
मुन थकालीको नयाँ गीत सार्वजनिक(भिडियो)

मुन थकालीको नयाँ गीत सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौँ। प्रतिभावान व्यक्तित्व गायक,संगीतकार तथा मोडल मुन थकालीको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘कदम कदम’ बोलको गीतमा मुन थकालीको स्वर तथा संगीत रहको छ भने फिमेल स्वरमा जिना गुरुङले साथ दिएकी छन्। रोमान्टिक गीतमा मुन थकाली र रिया लामा फिचर्ड छन्। https://youtu.be/cjQqwTwlMDY हर्कुलस बस्नेतको संगीत संयोजन रहेको गीतमा शब्द रचना मुन थकाली र कृस क्षेत्रीको रहेको छ। नितेश लामाको निर्देशनमा बनेको भिडियोमा रिया लामाको कोरियोग्राफी रहेको छ। भिडियोको छायाँकन र सम्पादन पनि नितेश लामाले नै गरेका हुन्। जोमसोमको रमणीय दृश्यहरु कैद गरिएको भिडियो उत्कृस्ट बनेको छ। भिडियो मुन थकालीको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। ...
एमएस नेपाल इन्टरनेसनलको उपाधी सीता सुवेदीलाई

एमएस नेपाल इन्टरनेसनलको उपाधी सीता सुवेदीलाई

मनोरन्जन, समाचार
काठमाडौं । एम एस नेपाल इन्टरनेसनलको उपाधी सीतालाई एकखुट्टाले शास्त्रीय नृत्य गर्ने भनेर चिनिएकी सीता सुवेदी कलालाई आफ्नो हृदयको ढुकढुकी मान्छिन। कलाक्षेत्र उनको प्राणमा बसेको छ। उनले सङ्गीत र नृत्यलाई हृदयले नियाल्ने प्रयास गरिरहेकी छन भन्ने कुरा उनको सम्वादमा सहजै अनुमान लगाउन सकिन्छ। समग्रमा कला क्षेत्रको अध्यन र चिन्तनमा आफ्नो एक दशक खर्चिसकेकी उनै सीताको सुन्दरताप्रतिको धारणा बेग्लै छ। जिवनको सुन्दर पक्ष लाग्ने सुन्दरता प्रतिको उनको बुझाइ गहिरो छ। सुन्दरता अर्थात सौन्दर्य मान्छेको शारीरिक बनावटमा होइन दृष्टिकोणमा हुनुपर्छ भन्ने बिश्वास राख्ने सीता शारीरिक चुनौतीका बाबजुद पनि सौन्दर्य प्रतियोगिता जस्तो प्लाटफर्ममा आफुलाई होमिन। उनको मेहनत, धैयता, लगनशीलता, अनुशासन र आत्मबिस्वासले उनले शुरूवात गर्न खोजेको सुन्दरताको अवसरमा समान आवाज बन्न सकु भन्ने चाहनालाई साकार बनायो । अन्त...
भुकम्पबाट मृत्युभएका प्रति व्यक्तिलाई समाजसेवी मेघ सुवेदीले दिए जनही १५ हजार

भुकम्पबाट मृत्युभएका प्रति व्यक्तिलाई समाजसेवी मेघ सुवेदीले दिए जनही १५ हजार

समाचार, समाज
जाजरकोट । नेपालको सामाजिक सेवामा उल्लेख्य योगदान दिदै आएका मनकारी समाजसेवी दम्पती मेघ सुवेदी र मनु सुवेदीद्वारा अमेरिकामा संचालित सामाजिक संस्था सेजल एण्ड सिस्टर एलएलसी सेजल एण्ड सिस्टर टुर्स एण्ड टाभल्सले नेपालको सुदुर पश्चिममा हालै गएको विनाशकारी भूकम्प पिडितहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ । नेपालको विकट जिल्ला मानिने जाजरकोट र रुकुम पश्चिममा भएको भुकम्पका कारण निधन भएका प्रति व्यक्ति नगद १५ हजारका दरले तथा घाइते परिवारलाई ५ देखि ८ हजारका दरले स्वयं उपस्थिती भई पिडित परिवारहरुलाई हस्तान्तरण गरेका थिए ।त्यसो त उनले अमेरिकामा नै बसेर सहयोग गर्ने रकम सिधै प्रधानमन्त्री राहत कोष मार्फत नै जम्मा गरिदिन पनि सक्थे तर उनको र उनको परिवारको चाहना अनुसार पिडित परिवारमा सहानुभुती र पिडितलाई जति सक्दो आफ्नो तर्फबाट थप के कस्ता सहयोग गर्न सकिन्छ भन्ने हेतु हतारिदै आएर विनाशकारी भुकम्पस्थल पुगी नगद...