काठमाडौँ। प्रतिभावान व्यक्तित्व गायक,संगीतकार तथा मोडल मुन थकालीको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘कदम कदम’ बोलको गीतमा मुन थकालीको स्वर तथा संगीत रहको छ भने फिमेल स्वरमा जिना गुरुङले साथ दिएकी छन्। रोमान्टिक गीतमा मुन थकाली र रिया लामा फिचर्ड छन्।

हर्कुलस बस्नेतको संगीत संयोजन रहेको गीतमा शब्द रचना मुन थकाली र कृस क्षेत्रीको रहेको छ। नितेश लामाको निर्देशनमा बनेको भिडियोमा रिया लामाको कोरियोग्राफी रहेको छ। भिडियोको छायाँकन र सम्पादन पनि नितेश लामाले नै गरेका हुन्।

जोमसोमको रमणीय दृश्यहरु कैद गरिएको भिडियो उत्कृस्ट बनेको छ। भिडियो मुन थकालीको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here