काठमाडौं । बिशेषगरि नेपालीहरूको महान तथा महत्वपूर्ण चाडबाडलाई लक्षित गरेर कयौं गीत र भिडियो बन्ने सार्वजनिक हुने त भईरहेकै हुन्छन् । तर त्यस्ता कतिपय गीत र म्युजिक भिडियोहरुमा नेपालीपन र मौलिकता हराउंदै गईरहेको पाईन्छ ।

यसै सन्दर्भमा महान चाड दिपावली, तिहारलाई लक्षित गरि हालै मात्र “तिहारको लहर ” बोलको एउटा परम्परागत शैलीको देउसी, भैलो गीत सार्वजनिक भएको छ । डि.पी खनालको मौलिक रचना रहेको यस गीतलाई कृष्ण भट्टराई र सुवास श्रेष्ठले लय भरेका छन् ।

लय संकलक द्वयकै स्वर रहेको गीतमा गायिकाद्वय मनिषा राई र दिपा तामाङ्ले स्वरमा साथ दिएका छन् भने यस गीतमा संगीत संयोजन र ध्वनी मिश्रण भने चन्दु गोर्खालीको रहेको छ । भिडियोमा चर्चित कलाकारहरु शितल के.सी, श्रीदेव भट्टराई, रोहित कार्की, मुस्कान लामाको साथमा कृष्ण भट्टराई, सुवास श्रेष्ठ, भावना श्रेष्ठ, कृष्मा महर्जन, दृष्टि श्रेष्ठ, शुभद्रा राई, प्रेम तामाङ, तारा योन्जन, कृष्ण प्रसाद वस्ती, सिकृता वस्ती, स्विकृती वस्ती, सुर्यकला आचार्य, श्रीकृष्ण चौलागाई, दिप के.सी, कल्याण बिक्रम अधिकारी लगायतको अभिनय रहेको म्युजिक भिडियोमा दिब्य राज सुबेदीको छांयांकन, दिन्सन शाहको सम्पादन र पञ्चमान घलानको नृत्य निर्देशन रहेको छ ।

चर्चित हांस्यकलाकार गोपाल ढकाल “छन्दे“ ले निर्देशन गरेको यस भिडियोका प्रस्तुतकर्ता भावना श्रेष्ठ र हरी ठकुरी हुन् । गीतको म्युजिक भिडियो “डश म्युजिक“ आधिकारिक यूट्यूब च्यानल मार्फत हेर्न,सुन्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here