आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
मानसराजको ‘मुड फ्रेस’ सार्वजनिक(भिडियो)

मानसराजको ‘मुड फ्रेस’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौँ । भाइरल भइदियो बोलको हिट गीतका गायक मानसराज बोहराको नयाँ गीत मुड फ्रेस रिलिज गरिएको छ । सार्वजनिक गीतको शब्द, संगीत र स्वर मानसराजको हो। अर्कै संसारकी प्रेमीकाको मायामा परेका एक प्रेमीको रोमान्टिक प्रेम कहानीलाई देखाइएको भिडियोमा पछिल्लो समयका चर्चित मोडलद्धय सरोज अधिकारी र आश्मा विश्वकर्माको रोमान्टिक अभिनय देख्न सकिन्छ । भिडियोमा सरोजकी प्रेमीकाका रुपमा देखिएकी आश्मा अर्कै संसारकी राजकुमारीका रुपमा देखा परेकी छिन् । अझै भनै उनी एलियनको भूमिकामा छिन् ।जो पृथ्वीमा आएर एउटा वैँशालु उमेरमा युवकलाई माया प्रेममा पारेर आफ्नो संसारमा फर्किन्छिन् । जुन दृश्यलाई निर्देशक सरोज अधिकारीले निकै नै कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । https://www.youtube.com/watch?v=7KNBgVWFgM8 निर्देशक सरोजकै कन्सेप्ट र कोरियोग्राफी रहेको सार्वजनिक गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् भने मिक्स...
डेल्फिक सांस्कृतिक सम्मेलनमा नेपाली ढाका टोपीको रौनक

डेल्फिक सांस्कृतिक सम्मेलनमा नेपाली ढाका टोपीको रौनक

समाचार, समाज
भारतको कोलकातामा अन्तर्राष्ट्रिय डेल्फिक सांस्कृतिक सम्मेलन सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलको आयोजना तथा इन्डियन डेल्फिक काउन्सिल र वेस्ट बङ्गाल डेल्फिक काउन्सिलको सहकार्यमा अक्टोबर १२ देखि १४ सम्म भएको सो सम्मेलनमा नेशनल डेल्फिक काउन्सिल नेपालले पनि सहभागिता जनाएको छ । सम्मेलनमा सहभागी नेपाल डेल्फिकका अध्यक्ष श्रीदेव बिएलले नेपालको कला, संस्कृति, भाषा तथा कलाका विविध आयामहरूका बारेमा विश्वभरका डेल्फियनहरूमाझ प्रवर्धन गरेको बताए । सो अवसरमा विश्वभरका कला तथा संस्कृति अभियन्ताहरूलाई नेपालको भौगोलिक विविधतासँगै सांस्कृतिक विविधताको बारेमा पनि विशेष समय लिएर जानकारी गराएका थिए । नेपाल डेल्फिकको तर्फबाट नेपालको कला, संस्कृति, प्रमुख चाडपर्वहरू, प्रचलनहरू तथा संस्कारहरूका बारेमा प्रस्तुतिसहित नेपालको परिचय दिइएको थियो । नेपाल डेल्फिकका अध्यक्ष बिएलले सम्मेलनमा सहभागी सबैला...
वरिष्ठ गायक आनन्द कार्कीको ‘कर र करार ‘(भिडियो)

वरिष्ठ गायक आनन्द कार्कीको ‘कर र करार ‘(भिडियो)

मनोरन्जन, समाचार
सदावहार वरिष्ठ गायक आनन्द कार्कीको स्वरमा गीतकार कल्याण श्रेष्ठको शव्द तथा वरिष्ठ संगीतकार शक्ति वल्लभको संगीतमा ‘ कर र करार ‘ बोलको गीत सार्वजनिक भएको छ । काठमाडौँको लबिम मलमा आयोजित भव्य कार्यक्रमकाबीच गीतको अडियो भिडियो सार्वजनिक गरिएको हो । देशका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा गरिएको कार्यक्रममा अत्यन्त राम्रो प्रतिक्रिया आएको थियो । https://youtu.be/z1OW_4iq6-I गीतको अडियोतर्फ निरज श्रेष्ठका संगीत संयोजन , भोला पौडेलको मिक्सिङ मास्टरिङ रहेको छ भने भिडियोतर्फ गायक स्वयम आनन्द कार्की, उषा उप्रेती, बिशाल बिष्ट, सोनिया राई ,सरस्वती तामाङको अभिनय , माही सिंहको श्रृङ्गार , रोमा लामाको कोरियोग्राफी , बुद्ध थापाको छायाँकन , उषा मलाहा ‘ सिमरन ‘को सहायक निर्देशन तथा राज कुमारको सम्पादन र निर्देशन रहेको छ । नृत्य र कथावस्तुलार्ई समेत ध्यानमा राखेर बनाईएको गीतको भिडियो आनन्द कार्की अफिस...
‘हरेक महिलाभित्र साक्षात दुर्गा माताको रूप’:सुष्मा महरा

‘हरेक महिलाभित्र साक्षात दुर्गा माताको रूप’:सुष्मा महरा

आर्थिक, समाचार
काठमाडौं । नेपालको  नम्बर वान ब्युटी सलुन फेसियल हाउसकी सञ्चालिका तथा प्रबन्धक समेत रहेकी सुष्मा महरा देशको धर्मसंकृति बचाउन हरेक पर्वलाई विषेश रूपमा आफूले फोटोमार्फत भए पनि मौलिकता कायम गर्न कोशिस गरेको बताउँछिन् । साथै, यो सांस्कृति तथा रमाइलो फोटोशुटमा नेपाल स्वतन्त्र कानुन व्यवसायी संघकी अध्यक्ष समेत रहेकी अधिवक्ता आकृति रायमाझी पनि जोडिएकी छिन् । सधैं अदालती कामको रापतापबीच रहिरहने रायमाझीले सांस्कृतिक फोटो शुटमार्फत आफ्नो सुन्दरता फोटोमा उतार्न पाएकोमा खुसी व्यक्त गरिन् । ‘दसैँं आम नेपालीहरूको महान पर्व हो, त्यसमा हामी महिलाहरूका लागि थप विशेष हुने गरेको छ । किनभने दुर्गा भवानी पनि महिलानै हुनुहुन्छ, संसार बचाउन दुर्गा भवानीले महिषासुर (राँगाको आकारको एक दानव) को बध गरेको खुसीमा मनाइने पर्व दसैँं हो । सत्यको जितको प्रतिक हो,’ उनले भनिन् । यस्तै, चार्डपर्वको बेला महिलाहरूले प्र...
सर्वकल्याणेश्वर साना किसान कृषि सहकारीको साधारण सभा

सर्वकल्याणेश्वर साना किसान कृषि सहकारीको साधारण सभा

आर्थिक, समाचार
काठमाडौं। सर्वकल्याणेश्वर साना किसान कृषि सहकारी संस्था लि. ले ११ औँ साधारण सभा थानकोटको त्रिभुवन पार्कमा मनाएको छ । सहकारीका अध्यक्ष प्रकाश प्रसाद फुयालको सभापतित्वमा बागमती प्रदेश सभा सदस्य काठमाडौं क्षेत्र नं. ६ (२) का सांसद् मा.अमन कुमार मास्केको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको छ । सर्वकल्याणेश्वर साना किसान कृषि सहकारी संस्था लि.का रामहरी शर्मा फुयालले आगन्तुक अतिथि लगायत सम्पुण शेयर सदस्यहरुलाई स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा सभापति प्रकाश प्रसाद फुयालले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । आर्थिक वर्ष २०७९-८० मा सर्वकल्याणेश्वर साना किसान कृषि सहकारी संस्था लि.को आर्थिक मन्दीको अवस्थामा पनि निक्षेप संकलनतर्फ अहिलेसम्म कुनै समस्या महसुस गर्न नपरेको अध्यक्ष प्रकाश प्रसाद फुयालले बताए । कार्यक्रममा लेखा तथा सुपरिवेक्षण समितिको संयोजक मदन प्रसाद फुयालले आ...
दशै गीत ‘दशै यसपाली’ सार्वजनिक(भिडियो)

दशै गीत ‘दशै यसपाली’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । हिन्दुहरुको महान चाडको अवसरमा गीतकार कृष्ण राज भण्डारीको शव्दमा तयार भएको दशै गीत ‘दशै यसपाली’ सार्वजनिक भएको छ । लाल बहादुर सुब्बाको संगित तथा गायकत्रय सविन लिम्बु, देव राना, कृष्ण भण्डारीको स्वर रहेको गीतको भिडियो हाम्रो ‘हाम्रो आफ्नै टिभी’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । https://www.youtube.com/watch?v=r4gFbzwPvz8 सविन लिम्बुकै एरेन्ज रहेको गीतको भिडियोमा गायकत्रयका साथमा भुपेन सिंह क्षेत्रीको अभिनय देख्न सकिन्छ । रोशन श्रेष्ठले छायांकन गरेको भिडियोलाई अनिल श्रेष्ठले निर्देशन गरेका हुन भने सम्पादन विवेक सुनार र कलर श्याम कुंवरको रहेको छ । ...
एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड’ स्वदेश देखी विदेशका व्यक्तित्वहरुलाई

एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड’ स्वदेश देखी विदेशका व्यक्तित्वहरुलाई

समाचार, समाज
काठमाडौँ – सिजन मिडिया आफ्नो १५ औँ स्थापना दिवस मनाएको छ । शुक्रबार स्थापना दिवसको अवसरमा होटल हिमालयन कुपन्डोलमा एशियाली देशका सफल व्यवसायीक व्यक्तित्वहरुलाई ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२३’ चौथो संस्करण विषयक सम्मान तथा अवार्ड वितरण कार्यक्रम आयोजना सम्पर्न गरेको हो । उक्त कार्यक्रममा प्रमुख अािथि  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशेष अतिथि  शहरी विकास मन्त्री सीता गुरुङ, विभिन्न दलका सांसदहरु गणेश पराजुली,रामहरि खतिवडा,राजेन्द्र पाण्डे,हितराज पाण्डे, एकनाथ ढकाल साथै व्यवसायीहरु एफएनसिसिआइका अध्यक्ष चन्द्र ढकाल, सिएनआइका अध्यक्ष राजेश अग्रवाल, पन्चकन्या गु्रपका प्रवन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ लगायत अन्य व्यवसायीक व्यतित्वहरुको उपस्थिति रहेको थियो । सिजन मिडिया प्रालिको १५औँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘एशियन प्राफेसनल एचिभ्मेन्ट अवार्ड २०२३’ कार्यक्रमला...
‘मेरो बाबा’ भन्दै आए गायक तथा मोडल एलेक्स शर्मा (भिडियो)

‘मेरो बाबा’ भन्दै आए गायक तथा मोडल एलेक्स शर्मा (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । आफ्नो जन्म दिने बाबा प्रति सम्मान स्वरुप समर्पित गितको म्युजिक भिडियो एक भब्य समारोह बिच सार्वजनिक गरिएको छ। नव गायक एलेक्स शर्माको स्वर तथा अभिनय रहेको उक्त गीतको संगित एरेन्ज चर्चित संगितकार दिवान किनारले गर्नु भएको थियो । सम्भवत नेपालि सांगीतिक क्षेत्रमा एक छुट्टै किसिमको गीत तयार पारी निकै मार्मिक रुपमा उत्कृष्ट ढंगले सम्पूर्ण जन्म दिने बाबा प्रति समर्पित गरिएको भिडियो नयाँ – नौलो हुन सक्छ, किनकि यस्ता बिषय बस्तु मा कमै मात्र गित संगित तयार हुने गर्दछ । गायक शर्माको यथार्थ जिवनमा आधारित गीतको भिडियो निकै मर्मस्पर्शी छ । https://youtu.be/mPn1cYf4cjY उनको भनाई अनुसार, आफु निकै कठिन अबस्थाबाट पटक-पटक असफलता संग लड्दै आफन्त,इस्टमित्र र आमा बाबाबाट तिरस्कृत हुदै भौतारिएको थिए , त्यो चुडिएको माया आफन्त को साथ फर्काउन रातदिन मेहेनत गरे पश्चात आफ्नो पुरा हुन लागेको सप...
वरिष्ठ गायक पोखरेलको ‘चित्त दुख्छ रे उनैको’(भिडियो)

वरिष्ठ गायक पोखरेलको ‘चित्त दुख्छ रे उनैको’(भिडियो)

मनोरन्जन, समाचार
प्रतिष्ठित लोकप्रिय गायक सीताराम पोखरेलको स्वरमा रहेको गीतको म्युजिक भिडियो ‘चित्त दुख्छ रे उनैको’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । मुनाल शिशिर कोइरालाको शब्दमा रहेको यस गीतलाई सागर शरद अधिकारीले सङ्गीतबद्ध गर्नुभएको छ । सञ्जय श्रीपालको गीतमा सङ्गीत संयोजन रहेको छ । https://youtu.be/7c8pJuI5iwg वैवाहिक सम्बन्धमा हुने सानो तिनो झगडा या मनमुटाबको कथामा आधारित यस गीतको म्युजिक भिडियोमा स्वयम् गायक पोखरेल र उषा उप्रेतीको अभिनय रहेको छ । सुजन श्रेष्ठले छायाङ्कन गरेको गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गर्नुभएको हो । नवीन विष्ट सहायक निर्देशक रहेको यस गीतको भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो । भिडियो ‘ओएस आर डिजिटल’ नामक युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो । ...
विश्वकिर्तिमानी डा.डीआर उपाध्यायलाई ‘टीका गोपाल गीतसङ्गीत विशेष सम्मान’

विश्वकिर्तिमानी डा.डीआर उपाध्यायलाई ‘टीका गोपाल गीतसङ्गीत विशेष सम्मान’

समाचार, समाज
काठमाडौं । विश्वकिर्तिमानी डा. डीआर उपाध्यायलाई ‘टीका गोपाल गीतसङ्गीत विशेष सम्मान–२०८०’ प्रदान गरिएको छ । बिहीबार काठमाडौंमा भएको एक विशेष समारोहमा प्रथम उपराष्ट्रपति परमानन्द झाले डा. उपाध्यायलाई सो सम्मान पुरस्कार अर्पण गर्नुभएको हो । विशिष्ठ कलाकार लय संग्रौला, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ सङ्गीतकार राजु सिंह, वरिष्ठ गायक सीताराम पोखरेल, कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, गायक शिशिर योगीलगायतकाको आतिथ्यता रहेको कार्यक्रममा कीर्तिमानी गीतकार डा. उपाध्यायलाई ‘टीका गोपाल गीतसङ्गीत विशेष सम्मान-२०८०’ प्रदान गरिएको थियो । डा. उपाध्यायलाई नगदसहित सम्मान पुरस्कार प्रदान गरिएको थियो । यो पुरस्कार नेपाली गीतसङ्गीत क्षेत्रको प्रवद्र्धन र स्रष्टालाई प्रोत्साहन एवम् सम्मान गर्ने उद्देश्यले गायक तथा सङ्गीतकार कन्हैया सिंहले आफ्ना माता पिताको नाममा स्थापित गर्नुभ...