आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
मिलापको आयोजनामा बडा दशैँको शुभकामना आदान-प्रदान एवं स्रष्टा सम्मान

मिलापको आयोजनामा बडा दशैँको शुभकामना आदान-प्रदान एवं स्रष्टा सम्मान

समाचार, समाज
मिलापको आयोजनामा बडा दशैँ-२०८० शुभकामना आदान-प्रदान एवं स्रष्टा सम्मान समारोह आयोजना गरेको छ । मासिकले बिहीबार काठमाडौंमा एक विशेष समारोहको आयोजना गर्दै शुभकामना आदान-प्रदान एवं स्रष्टा सम्मान समारोह गरेको हो । नेपालीहरूको महान् पर्व बडादशैँको पूर्वसन्ध्यामा भएको समारोह प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । विशिष्ठ कलाकार लय संग्रौला, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ गायक सीताराम पोखरेल, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, गायक शिशिर योगीलगायतकाको आतिथ्यता रहेको कार्यक्रममा कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायलाई ‘टीका गोपाल गीतसंगीत विशेष सम्मान-२०८०’ प्रदान गरिएको थियो । यो पुरस्कार नेपाली गीतसंगीत क्षेत्रको प्रवद्र्धन र स्रष्टालाई प्रोत्साहन एवं सम्मान गर्ने उद्देश्यले गायक तथा संगीतकार कन्हैया सिंहले ...
एशियन गेम्समा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई एआईजी  भण्डारीद्वारा स्वागत

एशियन गेम्समा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई एआईजी भण्डारीद्वारा स्वागत

खेलकुद, समाचार
काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी लगायत सिनियर प्रहरी अधिकृतहरुले सन् २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म मित्र राष्ट्र चीनमा सम्पन्न भएको १९ औं एशियन गेम्स अन्तर्गत कराते, कबड्डी, भारोत्तोलन तथा भलिबल खेलमा उत्कृष्ट खेल प्रदर्शन गरी स्वदेश फिर्ता हुनुभएका खेलाडी तथा अफिसियलहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भयो । उक्त प्रतियोगितामा नेपालले प्राप्त गरेको १ रजत र १ काँस्य गरि कुल २ पदक मध्ये कराते खेल अन्तर्गत नेपाल पुलिस क्लबमा आवद्ध कराते खेलाडी एरिका गुरुङले नेपालको कराते खेल ईतिहासमै पहिलो पटक एशियन गेम्सको फाईनलमा प्रवेश गर्न सफल भई नेपाललाई रजत पदक दिलाउनु भएको थियो भने आफ्नो डेब्यू खेलमा नै कास्य पदक जित्न सफल नेपाली कबड्डी टिममा ...
गीतकार अमर वान्तुको‘कुटुकुटु’ सार्वजनिक(भिडियो)

गीतकार अमर वान्तुको‘कुटुकुटु’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
गीतकार अमर वान्तुको नयाँ गीत ‘कुटुकुटु’ सार्वजनिक भएको छ । सुमीत खड्का र अञ्जु गौतमको स्वर, राजु कार्कीको संगीत र सुरेश राईको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/aSu717lrFf4 विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा दीपाश्री निरौला, बुद्धि तामाङ, अभिसेक खडका र सेजिना श्रेष्ठको अभिनय रहेको छ । नवराज उप्रेतिको छायांकन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन र कलर छ । वान्तुका ‘परिभाषाका राँटाहरू’ (केही गीत, केही कविता) संग्रह र ‘अमर भावना’ र ‘अमर भावना-२’ एल्बम पाठक/श्रोता र दर्शकमाझ आएका छन् । उहाँका थुप्रै फुटकर गीत, कविता र गजल पनि सार्वजनिक छन् । ‘परिभाषाका राँटाहरू’ पहिलो काव्यकृति हो उहाँको । गीत लेखन तथा सामाजिक कार्यहरूमा आफूलाई सक्रिय बनाउँदै आउनुभएका वान्तुको ‘गर्मी भयो धरान….’लगायत थुप्रै गीत श्रोता/दर्शकले अत्यधिक मन पराएका छन्...
इण्डेक्स एक्सचेंजबाट नेपाल पैसा पठाउदा नगद उपहार

इण्डेक्स एक्सचेंजबाट नेपाल पैसा पठाउदा नगद उपहार

आर्थिक, समाचार
युएई । इण्डेक्स एक्सचेंज एल एल सी युएई ले बिगतका बर्षहरु मा झैँ यो बर्ष पनि आउदै गरेको नेपालीहरु को महान चाड दशैं अनि तिहारको अवसर पारेर युएई भरि छरिएर रहेका नेपालीहरु को निमित्त “दशैं तिहार, नगद उपहार” नाराको साथ् “Win a Million ” को दोस्रो संस्करण लिएर आएको छ। यस योजना अन्तर्गत युएई मा कार्यरत सम्पूर्ण नेपालीहरुले इण्डेक्स एक्सचेंज बाट नेपाल पैसा पठाउदा १० लाख रुपैया सम्म नगद उपहार तथा नेपाल जाने हवाई टिकटहरु जित्न सक्ने छन्। सेप्टेम्बर २५, २०२३ बाट सुरु भएको यो योजनाको ०२ अक्टोबर पहिलो लक्की ड्र अबुधाबी मा भएको थियो । अबुधाबी इकोनोमिक डिपार्टमेन्ट बाट आएका अधिकारी को रोहबर मा गरिएको ड्र मा सन्देश मगर ले रु २००,००० जितेका थिए भने मुहमद एशाम ले नेपाल जाने हवाई टिकट जितेको जानकारी कम्पनि का चिफ बिजनेस अफिसर श्री मिर के रसूल ले जानकारी दिनुभय। यस्तै आउने अक्टोबर १२ तारिक दोस्रो, २...
काठमाडौंमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु

काठमाडौंमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु

आर्थिक, समाचार
काठमाडौं । बागमती प्रदेशका कृषी तथा पशुपन्छी मन्त्री डाक्टर राजेन्द्र मान श्रेष्ठले, मुलुकका ७७ जिल्ला मध्ये मकवानपुर सबैभन्दा धेरै चट्याङको खोजिममा रहेको भन्दै त्यसको न्यूनिकरणका लागि सरकारले आवश्यक काम गरिरहेको बताएका छन् । अमृत साइन्स क्याम्पसको आयोजनामा काठमाडौंमा आयोजित ‘लाईटेनिङ इलेक्ट्रोम्याग्नेटिक्स् एन्ड एप्लिकेशन अब सेमिकन्डक्सन मेटेरियल’ नामक अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनस उनले मकवानपूरमा चट्याङका कारण क्षति कम गर्ने विषयमा छलफल हुने गरेको दाबी गरे । ‘यो कार्यक्रम यस कारण पनि महत्वपूर्ण छ र हाम्रो ध्यानाकर्षण गरेको छ । देशका ७७ जिल्ला मध्ये बागमती प्रदेशको मकवानपुर जिल्लामा सबैभन्दा धेरै मानिसहरुको ज्यान गुमाउने गरेका छन् ।’ उनले भने ‘ त्यसैले पनि यो विषयमा प्रदेश सभा र प्रदेश सरकारको बैठकमा समेत चट्याङबाट जीवन रक्षा र भौतिक पूर्वाधारको क्षति रोक्न आवश्यक भूमिका खेल्न...
भारतिय अभिनेता लक्की खानको फिल्मले तीन वटा अवार्ड जित्यो

भारतिय अभिनेता लक्की खानको फिल्मले तीन वटा अवार्ड जित्यो

अन्तराष्ट्रिय, समाचार
देहरादून, मुरादाबादको पाकबाडा नजिकै लोधीपुर राजपूत गाउँका अभिनेता तथा निर्देशक लक्की खानले आठौं देहरादून अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा आफ्नो प्रतिभा प्रमाणित गरेका छन् ।देहरादुनमा बसेर लक्की खानले युट्युबमा डरलाग्दो सर्ट हिट फिल्महरू बनाएर आफ्नो करियर सुरु गरे।उनले भुतो की प्रेम कहानी, भूतको घर, आत्मा, छालवा, वो कौन थी, प्रेतवाधित होस्टेल, भुटिनीको साया, इन्सानिया एक धरम आदि जस्ता धेरै कामहरू गरे। जनताले निकै मन पराएका थिए र अहिले जापानमा बसेर खउफ है नामको जापानी कलाकारलाई लिएर अर्को डरलाग्दो फिल्म बनाएका छन् ।लक्की खानले युट्युबमा नयाँ च्यानल बनाएको र थोरै सब्सक्राइबर भए पनि जापानमा बनेको मेरो शटलाई जनताले मन पराएको बताए । मलाई खौफ फिल्म धेरै मन पर्यो जापानमा जापानी कलाकारसँग फिल्म बनाउन निकै कठिनाइको सामना गर्नुपर्‍यो र अब म आफ्नो अर्को फिल्म बनाउँदैछु जसको नाम अकाल मृत्यु हुने...
सकियो चलचित्र’चिट्ठी’को पोष्ट प्रोडक्सन

सकियो चलचित्र’चिट्ठी’को पोष्ट प्रोडक्सन

मनोरन्जन, समाचार
संचारकर्मी कमला जोशी निर्माता रहेको चलचित्र ‘चिट्ठी’को पोष्ट प्रोडक्सनको कार्य पुर्ण रुपमा सम्पन्न भएको छ । मंगलबार आफ्नो यूनिटसंग फिल्मको बारेमा समिक्षा गर्दै चलचित्र चिट्ठीको सम्पुर्ण कार्य सम्पन्न भएको र अव केही दिनमै चलचित्रको फष्टलुक्स सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी निर्माण पक्षले दिएको छ । कमेडी, सस्पेन्स र थ्रिलर जनरामा बनेको चलचित्रलाई माधव राज खरेलले लेखन तथा निर्देशन गरेका हुन् । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा सञ्जित भण्डारी, अर्गानिक कमेडी खड्गबहादुर पुनमगर खवपु, गोपाल ढकाल छन्दे, नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कञ्चन चालिसेका साथै बरिष्ठ कलाकार मोहन निरौला, शान्तिप्रिय, माधव खरेल, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविलसिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, पूर्ण राई, राजु कार्की, रन्जु गुरुङ...
संगीतकार शंकर थापाको ‘तिमीलाई म कति माया गर्छु’ सार्वजनिक(भिडियो)

संगीतकार शंकर थापाको ‘तिमीलाई म कति माया गर्छु’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । संगीतकार तथा गायक शंकर थापा ‘स्माइल’ र लोकप्रिय गायिका अन्जु पन्तको गीत ‘तिमीलाई म कति माया गर्छु’को अडियो भिडियो सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथी संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रगती महरा, बरिष्ठ संगीतकार राजु सिंह, संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटा, चर्चित गायक शिव परियार, राइट ट्युनका कार्यकारी निर्देशक गणेश शाही र संगीतकार तथा गायक शंकर थापा ‘स्माइल’ लगायतले संयुक्त रुपमा गीत सार्वजनिक गरेका हुन् । गायिका अन्जु पन्त भने देश बाहिर रहेकाले कार्यक्रममा उपस्थित हुनु भएको थिएन । शंकर थापा ‘स्माइल’को संगीत रहेको गीतमा गीतकार प्रलाद शाहको शब्द रहेको छ । माधव शर्माले निर्देशन गरेको गीतको भिडियोमा लाइन र लालना चिमरियाको अभिनय, नवराज उप्रेतिको छायाँकन, विकास दाहालको सम्पादन र सन्तोष राजवहाकको कोरियोग्राफी रहे...
समाजसेवी सुवेदी दम्पतीद्वारा रोहिंग्या शरणार्थीहरुका लागि खाद्यान्न वितरण

समाजसेवी सुवेदी दम्पतीद्वारा रोहिंग्या शरणार्थीहरुका लागि खाद्यान्न वितरण

समाचार, समाज
ललितपुर । समाजसेवी दम्पती मेघ सुवेदी र मनु सुवेदीद्वारा अमेरिकामा संचालित सामाजिक संस्था सेजल एण्ड सिस्टर एलएलसीले ललितपुर जिल्ला स्थित सुनाकोठीमा रहेका रोहिंग्या मुश्लिम शरणार्थीहरुका लागि खाद्यान्न वितरण गरेको छ । सन् २०१२ देखि आफ्नो देश वर्माबाट लखेटिएर बंगलादेश र भारत हुदै नेपाल पसेका रोहिंग्या मुश्लिम शरणार्थीहरु रहेको सुनाकोठीका शिविरमा आश्रित २०० परिवारलाई चामल,दाल,तेल,नून,चाउचाउ,चिउरा लगायत खाद्यान्न सामाग्री वितरण गरिएको समन्वयकर्ता तथा अभिनेता संजित भण्डारीले जानकारी दिए । २ रोपनी भन्दा वढि जग्गा ५ वर्षका लागि लिजमा लिएर आवासको व्यबस्था गरेपनि त्यहां आश्रित शरणार्थीहरुको जिवनस्तर निकै दयनिय अवस्थाका कारण उनीहरुलाई हालका लागि खाद्यान्न सामाग्रीहरु वितरण गरिएको अमेरिकी निवासी समाजसेवीद्वय कमल सुब्वा र कमल पोखरेलले बताए । उक्त राहत सामाग्री वितरण कार्यक्रममा उपस्थिती व्यक्...
मिसेस नेपाल वल्र्ड–२०२३’को टप २३ प्रतिष्पर्धी सार्वजनिक

मिसेस नेपाल वल्र्ड–२०२३’को टप २३ प्रतिष्पर्धी सार्वजनिक

मनोरन्जन, समाचार
काठमाडौं । ‘मिसेस नेपाल वल्र्ड–२०२३’को टप २३ प्रतिष्पर्धी सार्वजनिक गरिएको छ । आयोजक संस्था रिवन इन्टरटेनमेन्टद्धारा राजधानीको अर्याल इन्टरनेशनल होटलमा आयोजित एक समारोहका बिच टप २३ सार्वजनिक गरेको हो । समारोहमा उत्कृष्ट २३ लाई कन्टेस्टेन्ट ट्याग नम्बर समेत प्रदान गरिएको छ । जसमा क्रमश आइना गजुरेल, देवी थापा गुरुङ, पृथ्वीया थापा, मिना भट्टराई, आयुष्मा राई, रेखा विष्ट, ज्ञानेश्वरी श्रेष्ठ, सिर्जना के.सी., पविना श्रेष्ठ, सीता सुबेदी, सुस्मिता सिंह, निशा बिष्ट, कृतिका पालिखे, कोमल लामा, रेखा सिंह रायमाझी, निर्मला गुरुङ, उत्सुक्ता नकर्मी, जेनी खड्का, सलोनी श्रेष्ठ, पुनम श्रेष्ठ, टेक कुमारी घले, मंगली सिलवाल र सरु आर एल राणा रहेका छन् । प्रतिष्पर्धीहरुको आफ्नो परिचय र प्रतियोगितामा भाग लिनुको उद्देश्य बारे प्रष्ट पारेको कार्यक्रममा अन्नपुर्ण दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी, अभिनेता आ...