युएई । इण्डेक्स एक्सचेंज एल एल सी युएई ले बिगतका बर्षहरु मा झैँ यो बर्ष पनि आउदै गरेको नेपालीहरु को महान चाड दशैं अनि तिहारको अवसर पारेर युएई भरि छरिएर रहेका नेपालीहरु को निमित्त “दशैं तिहार, नगद उपहार” नाराको साथ् “Win a Million ” को दोस्रो संस्करण लिएर आएको छ।

यस योजना अन्तर्गत युएई मा कार्यरत सम्पूर्ण नेपालीहरुले इण्डेक्स एक्सचेंज बाट नेपाल पैसा पठाउदा १० लाख रुपैया सम्म नगद उपहार तथा नेपाल जाने हवाई टिकटहरु जित्न सक्ने छन्। सेप्टेम्बर २५, २०२३ बाट सुरु भएको यो योजनाको ०२ अक्टोबर पहिलो लक्की ड्र अबुधाबी मा भएको थियो ।

अबुधाबी इकोनोमिक डिपार्टमेन्ट बाट आएका अधिकारी को रोहबर मा गरिएको ड्र मा सन्देश मगर ले रु २००,००० जितेका थिए भने मुहमद एशाम ले नेपाल जाने हवाई टिकट जितेको जानकारी कम्पनि का चिफ बिजनेस अफिसर श्री मिर के रसूल ले जानकारी दिनुभय।

यस्तै आउने अक्टोबर १२ तारिक दोस्रो, २४ तारिक तेस्रो अनि बाकी ड्र नोभेम्बर मा हुने छ। यो योजना नोभेम्बर १५ तारिक सम्म लागु रहने छ। आउदै गरेको महान चाड दशैँ तिहार लाइ लक्षित गर्दै तथा बैदेश्रिक रोजगारी मा रहेका श्रमिकहरु लाइ बैधानिक विप्रेषण तर्फ आकर्षिक गर्न पनि यो योजना लिएर आएको सिद्धार्थ बैंक नेपालका युएई प्रमुख नबिन पौडेलले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here