काठमाडौं। सर्वकल्याणेश्वर साना किसान कृषि सहकारी संस्था लि. ले ११ औँ साधारण सभा थानकोटको त्रिभुवन पार्कमा मनाएको छ । सहकारीका अध्यक्ष प्रकाश प्रसाद फुयालको सभापतित्वमा बागमती प्रदेश सभा सदस्य काठमाडौं क्षेत्र नं. ६ (२) का सांसद् मा.अमन कुमार मास्केको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको छ । सर्वकल्याणेश्वर साना किसान कृषि सहकारी संस्था लि.का रामहरी शर्मा फुयालले आगन्तुक अतिथि लगायत सम्पुण शेयर सदस्यहरुलाई स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा सभापति प्रकाश प्रसाद फुयालले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे ।
आर्थिक वर्ष २०७९-८० मा सर्वकल्याणेश्वर साना किसान कृषि सहकारी संस्था लि.को आर्थिक मन्दीको अवस्थामा पनि निक्षेप संकलनतर्फ अहिलेसम्म कुनै समस्या महसुस गर्न नपरेको अध्यक्ष प्रकाश प्रसाद फुयालले बताए । कार्यक्रममा लेखा तथा सुपरिवेक्षण समितिको संयोजक मदन प्रसाद फुयालले आर्थिक वर्ष २०७९-८० को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको आर्थिक पारदर्शिताका लागी कारोवारलाई कम्प्युटराइज गरेको हुँदा तत्काल सफ्टवयरमा हेर्न सकिने शेयर सदस्यलाई जानकारी दिए । सर्वकल्याणेश्वर साना किसान कृषि सहकारी संस्था लि.को कोषाध्यक्ष शारदा फुयालद्वारा २०७९-८० वित्तीय प्रतिवेदन पेस गरी सर्वसम्मतले पारित गरिएको थियो ।
शेयर पुँजी तर्फ ३ करोड १५ लाख कुल बचत हिसाब तर्फ १४करोड ८४ लाख १३ हजार ५ सय ४३, जगडा कोशमा १ करोड २ लाख ९ हजार २ सय ५०, अन्ने कोष १ करोड ३१ लाख ७९ हजार ७ रहेको छ । भुक्तानी दिनुपर्ने ६७ लाख ६२ हजार ४ सय ७८ रहेको र जोखिम कोषमा भने ५५ लाख ११ हजार २२ रहेको र कुल बजेट २१करोड ५५ लाख ७५ हजार ३ सय रहेकाु बताईन । कार्यक्रममा स्वागत मन्तव्य राख्दै जिल्ला सहकारी संघ काठमाडौंको तर्फबाट बोल्दै अमरावति महर्जनले आफु विगत तिन बर्ष देखी यस संस्थामा अतिथिको रुपमा आईरहेको र आफुले दिएको सुझावलाई पालना गदै आएकोमा खुशि रहेको बताईन । कार्यक्रममा उपस्थित शेयर सदस्यहरुलाई मनोरञ्जनको लागी लक्की ड्र मार्फत ५ जना शेयर सदस्यहरुलाई पुरस्कार बितरण समेत गरिएको थियो ।
सर्वकल्याणेश्वर साना किसान कृषि सहकारी संस्था लि. ले ११ औँ साधारण सवा कार्यक्रममा बोल्दै प्रमुख अतिथि मा. अमन मास्केले नेपालको संविधान २०७२ ले तिनखम्बे अर्थनीतिअनुसार सहकारीपनी एउटा खम्बाहो र सहकारी अभियान्ताहरुले यि कुराहरुलाई सधै सिरमा राख्नुपने बताए । सर्वकल्याणेश्वर साना किसान कृषि सहकारी संस्था कृषि संग संबधित रहेकोलो रैथाने बिउ बिजन र प्राङ्गारीक मलतिर ध्यान दिनु पर्ने बताय सस्थाले कार्यक्रको अन्त्यमा सदस्यहरुलाई मनोरञ्जनका लागी बिङ्गो खेलाई कार्यक्रमलाई अत्यन्त मनोरञ्जनात्मक रुपले कार्यक्रमलाई समापन गरिएको थियो।