जाजरकोट केन्द्र विन्दु बनाएर जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प प्रभावित क्षेत्रमा अखिल (क्रान्तिकारी) ले राहत तथा पुनर्निर्माणमा १० लाख सहयोग गर्ने निर्णय गरेको अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव उपदेश यादवले जानकरी दिए ।

गत १९ गते पञ्चा सिंहको अध्यक्षतामा संगठनको केन्द्रीय कार्यालयको आकस्मिक बैठक बसी संगठनको केन्द्रीय उपाध्यक्ष पवन कर्कीलाई राहत संकलन समितिको संयोजकको जिम्मेवारी दिएका थिए । उक्त समिति आज नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय, पेरिस डाँडामा बैठक बसी दश लाख सहयोग गर्ने निर्णय गरेको हो ।

राहत संकलनको लागि अखिल (क्रान्तिकारी) बिपद् कोष निर्माण गर्ने र उक्त कोषमा निम्न बमोजिम रकम सकलन गर्ने निर्णय गरेका छन् ।
क) संगठनको केन्द्रीय कार्यालय सदस्यहरुको तर्फबाट जनही रु. ५ हजार
ख) केन्द्रीय पदाधिकारीहरुको तर्फबाट जनही रु. ३ हजार
ग) केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा जिल्ला अध्यक्षहरुको तर्फबाट जनही रु. १ हजार
घ) संगठनका तर्फवाट निर्वाचित प्रत्येक स्ववियू बाट रु. ५ हजार
ङ) विभिन्न राजनैतिक तथा सरकारी नियुक्तिमा रहेका कमरेडहरू बाट मासिक रुपमा प्राप्त रकमको १५% रकम
च) संगठनका प्रदेश समिति सदस्य, राष्ट्रिय समिति सदस्य र जिल्लाका पदाधिकारीहरु बाट रु. ५ सय का दरले संगठनको बिपद् राहत कोषमा संकलन गर्ने निर्णय गरियो ।

साथै राहतका लागि आवश्यक खाद्यान्न, अस्थाई बसोबासका सामाग्री तथा लत्ताकपडा, औषधी एवम् निर्माण सामग्री र नगद सहयोगका लागि विभिन्न सहयोगी दाताहरु संग आह्वान / अपिल गर्ने बताएका छन् । नगद र जिन्सी संकलनको प्राविधिक व्यबस्थापन संगठनका केन्द्रीय सचिव उपदेश यादव र केन्द्रीय सचिव तथा उपत्यका विशेष प्रदेश प्रमुख सचिव कमरेड समिर पाण्डे (दिलकुमार) लाइ जिम्मा दिने निर्णय भएको छ । राहत संकलन समितिको निर्णय कार्यालयको बैठक बसी अनुमोदन गरेको समितिका संयोजक पवन कार्की ले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here