फेवातालको मापदण्ड घटाउन जग्गाधनीले दिए सर्वोच्चमा रिट
पोखराको फेवातालको मापदण्ड घटाउन सर्वोच्च अदालतमा रिट दायर भएको छ । ताल किनारका जग्गाधनीहरूले ६५ मिटरबाट ३० मिटरमा मापदण्ड कायम गर्न माग गर्दै रिट दायर गरेका हुन् । रिटमा किनारका २२ जना जग्गाधनीहरूको उपस्थिति छ ।
सर्वोच्चले यसअघि २ पटक सम्म तालको मापदण्ड ६५ मिटर कायम राख्न आदेश दिएको छ । उक्त आदेशले नागरिकको उठीबास लाग्ने भन्दै ताल किनारका बासिन्दाले सर्वोच्च गुहारेका हुन् ।
सर्वोच्चले २०७५ मा पनि तालको मापदण्ड ६५ मिटर भनेको थियो । त्यसपछि २०७८ चैतमा पोखरा महानगरको कार्यपालिका बैठकले ३० मिटरमा झार्ने निर्णय ग¥यो । उक्त निर्णय विरुद्ध सर्वोच्चमा रिट पर्यो । उक्त रिट उपर फैसला गर्दै सर्वोच्चले पुनः तालको मापदण्ड ६५ मिटर नै भनेको छ । किनारका बासिन्दा सबै ठाउँमा एउटै मापदण्ड लगाउन अनुपयुक्त हुने जिकिर गर्छन् ।
‘रत्न मन्दिर र हिमागृहबिचको भागमा रहेको, प्रत्यर्थीले हामी निवेदकहरूको घ...









