आइत, असार ३, २०८१
Sun, June 16, 2024
Shadow

उद्यमशील कांग्रेसले ‘उद्यशीलता,उद्यमी र बजेट’ विषयक अन्तरक्रिया गर्ने

काठमाडौं । उद्यमशील कांग्रेसले ‘उद्यशीलता,उद्यमी र बजेट’ शिर्षकमा नयां बजेट सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।

देशको अर्थतन्त्र सुस्त रहेको र युवा उद्यमीहरुको मनोवल घट्दो रहेका वेला सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहदा युवा उद्यमीहरुले उद्यमशीलता,उद्यमी र बजेटका विषयमा उद्यमशीलता प्रवद्र्धनमा बजेटले लिनुपर्ने महत्वपूर्ण विषयमाथी युवा उद्यमीहरवीच गहन छलफल आवश्यकता भएकाले यस अन्तरक्रियाको आयोजना गरिन लागेको संस्थाका अध्यक्ष अस्मिन सिटौलाले जानकारी दिए ।

आगामी जेठ ५ गते ईन्द्रेणी व्यांकेट,नयांबानेश्वरमा दिउसो २ बजे शुरु हुने अन्तरक्रियाका लागि आयोजना गरिन लागेको कार्यक्रमका लागि वक्ताहरुमा पूर्व अर्थमन्त्री डा.मिनेन्द्र रिजाल,शिक्षाविद् निरज खनाल,युवा उद्यमी निकिता आचार्य लगायत रहेका छन ।

युवा उद्यमी मोहन गजुरेलले प्रस्तोताको भूमिका निर्वाह गर्दैछन ।

शिथिल अवस्थामा रहेको अर्थतन्त्रलाई नीतिगत सुधारका लागि युवा उद्यमीहरुले चाल्नुपर्ने कदमवारे वृहत छलफलका लागि यस किसिमको कार्यक्रमको आयोजना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *