आजकै दिन हामीले स्वतन्त्रतासहित गणतन्त्र प्राप्त गरेका थियौं :राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जबसम्म प्रत्येक नेपाली नागरिकको अनुहार र आँगनमा खुशी र उज्यालो पुग्दैन, त्यो बेलासम्म संघीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको उद्देश्य पुरा हुँदैन भन्नुभएको छ ।
राष्ट्रपति पौडेलले गणतन्त्र दिवस २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना सन्देश दिनुहुँदै आज गणतन्त्रले खोजेको सबैभन्दा ठूलो विषय जनताको जीवनस्तर माथि उठाउने नै भएको स्पष्ट गर्नुभएको छ ।
“त्यसका लागि उत्पादनमा वृद्धि, न्यायोचित वितरण, रोजगारी प्रवर्धन एवं सुशासन हो, जबसम्म प्रत्येक नेपाली नागरिकको अनुहार र आँगनमा खुशी र उज्यालो पुग्दैन, त्यो बेलासम्म संघीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको उद्देश्य पुरा हुँदैन”, शुभकामना सन्देशमा उल्लेख छ ।
उहाँले यो अर्थमा आजको दिनले हामीलाई आफ्नो ऐतिहासिक दायित्व सम्झाएको बताउनुभएक...









