बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
कम्बोडियाका प्रधानमन्त्री सेनद्वारा पाटन दरबार क्षेत्रमा

कम्बोडियाका प्रधानमन्त्री सेनद्वारा पाटन दरबार क्षेत्रमा

समाचार, समाज
काठमाडौं, मंसिर १४। कम्बोडियाका प्रधानमन्त्री हुन सेनले पाटन दरबार क्षेत्रको भ्रमण गरेका छन्। नेपाल भ्रमणमा रहेका प्रधानमन्त्री सेनले शुक्रबार बिहान ऐतिहासिक तथा पुरातात्विक महत्वको पाटन दरबार क्षेत्र भित्र रहेकोे कृष्ण मन्दिर, पाटन संग्राहलय र नजिकै रहेकोे हिरण्य वर्ण महाविहारको पनि उतत्साहपूर्वक भ्रमण गरेका छन्। शुक्रबार विहान १० बजेतिर सो क्षेत्रमा पुगेका उनलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललगायतले स्वागत गरे। उक्त अवसरमा उनको सम्मानमा नेवारी संस्कृति झल्कने खालका नेवारी बाजासमेत बजाइएको थियो। भ्रमणका क्रममा प्रधानमन्त्री सेनले भूकम्पले क्षति पुर्याएका सम्पदाहरूको पुनर्निर्माणबारे पनि चासो राखेका थिए। प्रधानमन्त्री सेनले पाटन दरबार क्षेत्रभित्र रहेका सम्पदाहरुको रुचिपूर्वक अवलोकन गरेको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु मह...
एक लाख किसान उत्रिए  नयाँ दिल्लीको सडकमा , संसद भवन घेर्ने तयारी

एक लाख किसान उत्रिए नयाँ दिल्लीको सडकमा , संसद भवन घेर्ने तयारी

अन्तराष्ट्रिय, समाचार
नयाँ दिल्ली, मंसिर १४ । ऋण माफी र कृषि उपजको उचित मूल्यको माग गर्दै करिब एक लाख किसान भारतको राजधानी नयाँ दिल्लीमा भेला भएका छन् । बिहीबारदेखि उनीहरु भारतका विभिन्न क्षेत्रबाट दिल्लीमा आयोजित र्याली र सभामा सहभागिताका लागि आएका हुन् । उनीहरु आज संसद भवन घेराउ गर्ने तयारीमा छन् । अखिल भारतीय किसान संघर्ष समन्वय समितिका अनुसार किसान तथा कृषि मजदूरसँग सम्बन्धित विभिन्न २०७ संगठनको सहभागितामा कार्यक्रम आयोजना भएको हो । पञ्जाव, हरियाणा, उत्तर प्रदेश, आन्ध्र प्रदेश, गुजरात, मध्य प्रदेश, महाराष्ट्र, तमिलनाडु, पश्चिम बंगाललगायतका राज्यबाट ठूलो संख्यामा किसानहरु दिल्ली आइपुगेका छन् । किसानहरुको र्यालीका कारण नयाँ दिल्लीको यातायात व्यवस्था प्रभावित भएको छ । किसानहरु संसद भवन घेराउका लागि जाने तयारी गरिरहँदा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा तुल्याएको जनाइएको छ । दिल्लीका विभिन्न स्...
भारतीय दूतावासबाट एम्नेस्टीका अध्यक्ष र महासचिव पक्राउ

भारतीय दूतावासबाट एम्नेस्टीका अध्यक्ष र महासचिव पक्राउ

समाचार, समाज
काठमाडौं, मंसिर १४ । एम्नेस्टी इन्टरनेशनल नेपालका अध्यक्ष बिक्रम ढुकुछु र महासचिव कर्ण कुँवरलगायत मानव अधिकारवादी नेताहरूलाई आज प्रहरीले पक्राउ गरेको छ। शुक्रबार विहान काठमाडौंस्थित भारतीय राजदूतावास अगाडि प्रदर्शन गर्ने क्रममा एमनेस्टीका नेतालाई प्रहरीले पक्राउ गरेको हो। अध्यक्ष ढुकुछु सहित अन्य नेतालाई प्रहरीले महानगरीय प्रहरी वृत्त लैनचैरको हिरासतमा राखेको छ। एम्नेस्टी इन्टरनेशनल इन्डिया लगायत मानवअधिकार तथा परोपकारी सामाजिक संस्थामाथि भारत सरकारका अधिकारीले गरेको हस्तक्षपको संसारभरका एम्नेस्टीकर्मीहरूले विरोध प्रकट गरिरहेका छन्। भारतीय सरकारी अधिकारीहरू र प्रधानमन्त्री नरेन्द्र मादीले मानवअधिकारसित सम्बन्धित कामहरू दवाउन खोजेको एम्नेस्टीले आरोप लगाएको छ। गत कात्तिक ८ मा भारतीय सुरक्षा निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेटले एम्नेस्टी इन्डियाको बैंक खाता रोक्का गरेको थियो। बैंक खाता रोक...
पार्टीभित्रको व्यक्तिगत स्वार्थले गुटको राजनीति बढ्यो :  प्रवक्ता श्रेष्ठ

पार्टीभित्रको व्यक्तिगत स्वार्थले गुटको राजनीति बढ्यो : प्रवक्ता श्रेष्ठ

राजनीति, समाचार
विराटनगर, मंसिर १४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र व्यक्तिगत स्वार्थले गुटको राजनीति मौलाएको स्वीकारेका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सचिवालय सदस्य समेत रहेका श्रेष्ठले व्यक्तिगत स्वार्थमा आधारित गुट र गिरोहलाई निरुत्साहित बनाउन धेरै आवश्यक रहेकोमा जोड दिए । उनले सरकारले गरेको कामको मूल्यांकन गर्ने समय भइ नसकेको भन्दै कामको समीक्षा गर्न सुझाव दिए । अर्को एक फरक प्रसंगमा बोल्दै नेता श्रेष्ठले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषी पक्राउ गर्न नसक्नु दुःखद भएको बताए । उनले अपराधी पत्ता लगाउन सरकारले केही नगरेकोजस्तो देखिए पनि भित्रभित्रै विस्तृत अनुसन्धान भइरहेको दाबी समेत गरे । घटनामा संलग्नलाई पक्राउ गरेरै छाड्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।...
प्रधानमन्त्री ओली र सुकीबिच  कुटनितिक भेटवार्ता

प्रधानमन्त्री ओली र सुकीबिच कुटनितिक भेटवार्ता

राजनीति, समाचार
काठमाडौं, १४ मंसिर । नेपालको औपचारिक भ्रमणमा रहेकी म्यान्मारका स्टेट काउन्सिलर आङ सान सु कीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छिन्। भेटको अवसरमा उनीहरू बीचमा द्विपक्षीय हित र आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको जनाइएको छ। भेटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईको समेत उपस्थिति रहेको थियो। आजै दुईदेशबीच आपसी सहकार्यका विषयमा सम्झौता हुने बुझिएको छ। एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा स्टेट काउन्सिलर सु की बिहीबार काठमाडौँ अाएकी हुन्। सो सम्मेलन यहि शनिवार काठमाडौँमा आयोजना हुँदैछ।...
राष्ट्रपति भण्डारी र सुचीबिच भेटवार्ता

राष्ट्रपति भण्डारी र सुचीबिच भेटवार्ता

राजनीति, समाचार
काठमाडौं, मंसिर १४ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेकी म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुचीले भेटवार्ता गरेकी छिन् । शुक्रबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटको क्रममा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको जनाइएको छ । भेटवार्तामा राष्ट्रपति कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकृत पनि सहभागी रहेका थिए । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आएकी सुची बिहीबार काठमाडौं आइपुगेकी हुन् ।...
ट्रम्पद्वारा रुसी समकक्षी पुटिनसँगको प्रस्तावित वार्ता रद्द

ट्रम्पद्वारा रुसी समकक्षी पुटिनसँगको प्रस्तावित वार्ता रद्द

अन्तराष्ट्रिय, समाचार
वासिंटन, मंसिर १४ । युक्रेन र रुसबीच विवाद बढ्दै गएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको प्रस्तावित वार्ता रद्द गरेका छन् । ट्रम्पले जी–२० सम्मेलनका क्रममा हुने तय भएको पुटिसँगको बैठक रद्द गरेको बताए । उनले रुसले नियन्त्रणमा लिएको युक्रेनको पानी जहाज फिर्ता नपठाएकाले पुटिनसँग वार्ता नहुने कुरा स्पष्ट पारे । गत आइतबार क्राइमिया प्रायःद्वीपमा रुसी सेनाले युक्रेनको जहाजमाथि फायरिङ गर्र्दै नियन्त्रणमा लिएको थियो । यसैबीच जर्मन चान्सलर एन्जेला मर्केलले पनि यो घटनामा रुस जिम्मेवार रहेको भन्दै रुसलाइ आरोप लगाएकी छन् । उनले जी–२०सम्मेलनमा रुसी राष्ट्रपतिसमक्ष यो कुरा राख्नेसमेत जनाइन् । जी–२०सम्मेलन शुक्रबार अर्जेन्टिनामा सुरु हुँदै छ । (एजेन्सी)...
‘एसिया प्यासिफिक समिट’ को राजनीतिक स्तरबाट विरोध सुरु , बाबुराम र प्रकाशचन्द्र खुलेरै विरोधमा उत्रिए

‘एसिया प्यासिफिक समिट’ को राजनीतिक स्तरबाट विरोध सुरु , बाबुराम र प्रकाशचन्द्र खुलेरै विरोधमा उत्रिए

राजनीति, समाचार
काठमाडौं, मंसिर १४ । राजधानीमा हुन लागेको ‘एसिया प्यासिफिक समिट’ को पक्ष र विपक्षमा बहस तथा छलफल तीव्र हुन थालेको छ । सोही सम्मेलनका कारण विदेशी विशिष्ट अतिथिको सवारी व्यवस्था सहज तुल्याउन भन्दै राजधानीमा सवारी साधनका लागि ‘जोर बिजोर प्रणाली’ लागू गर्यो । जोर विजोर प्रणालीको विरोध गर्नेहरु पनि प्रशस्त भए । सरकारले यस प्रकारको सम्मेलनले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउ पुग्ने बताइरहँदा कतिपयले उक्त सम्मेलनको औचित्यमै प्रश्न चिन्ह खडा गरे । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले उक्त सम्मेलनका नाममा जनतालाई सास्ती दिइएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले कम्युनिस्ट पृष्ठभूमिबाट सत्तामा पुगेकाहरु ‘कमाउरेड’ भएको भन्दै व्यंग्यसमेत प्रकट गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘त्यसै त रंगमञ्चमा गुम्दै गएको नेपालको छवि राष्ट्रवादको बैशाखी टेकेर सत्तामा...
लिम्बु भाषालाई सरकारी कामकाजमा

लिम्बु भाषालाई सरकारी कामकाजमा

समाचार, समाज
इलाम, मंसिर १४ । इलामको माङसेबुङ गाउँपालिकाले स्थानिय लिम्बु भाषालाई सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिइएको छ । माङसेबुङ गाउँपालिका–५ मा हिजोदेखि औपचारिक रुपमा लिम्बु भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्न सुरु गरिएको हो । प्रदेश सांसद धिरेन्द्र शर्मा, माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्गोलगायत जनप्रतिनिधि, बुद्धिजिवी, भाषिक र साँस्कृतिक अगुवा तथा वडा बासीहरुलाई साक्षी राखेर वडा अध्यक्ष नरेन्द्र राईले लिम्बू भाषालाई सरकारी कामकाजी भाषाका रुपमा लागू गरिएको घोषणा गरे । नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रत्यायोजन अधिकारलाई प्रयोग गरी लिम्बू भाषालाई सरकारी कामकाजी भाषाका रुपमा लागू गरिएको बताइएको छ । अंग्रेजी, किरात सिरीजंगा लिपी र देवनागरी लिपीमा लेखिएको त्रैभाषिक वडा कार्यालयको सूचना पाटी वाचन गरेर अध्यक्ष इधिङ्गोले कार्यक्रमको उद्घ...
टी-१० क्रिकेटमा लामिछानेको लगातार खराव प्रदर्शन

टी-१० क्रिकेटमा लामिछानेको लगातार खराव प्रदर्शन

खेलकुद, समाचार
यूएई, मंसिर १४ । यूएईमा जारी टी–१० लिगमा नेपाली खेलाडी सन्दीप लामिछानेले फेरिपनि लगातार आफ्नो दोस्रो खेलमा खराब प्रदर्शन गरेका छन् । लामिछानेको टोली केरला किंग्स हिजो भएको पाँचौ खेलमा नर्दन वारियर्ससँग ८ विकेटले पराजित भयो । खेलमा केरलाले प्रस्तुत गरेको १०२ रनको लक्ष्य वारियर्सले ७ ओभर २ बलमा २ विकेटको क्षतिमा भेट्यायो । लामिछानेले समग्रमा २ ओभरमा ४७ रन खर्चिए । यसअघि चौथो खेलमा पनि उनले पञ्जावी लिजेन्ड्सविरुद्ध २ ओभरमा २८ रन खर्चिएका थिए । यो हारसँगै केरलाको अघिल्लो चरण प्रवेशको अंकगणीतीय सम्भावना बाँकी रहे पनि व्यवहारिक रुपमा भने निकै कमजोर देखिएको छ ।...