आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
नेपाल चेम्बर एक्स्पो २०१८ शुरु, समुदघाटन समारोहमा सुकी सरिक

नेपाल चेम्बर एक्स्पो २०१८ शुरु, समुदघाटन समारोहमा सुकी सरिक

आर्थिक, समाचार
नेपाल चेम्बर्स अफ कमर्शको आयोजनामा भृकुटीमण्डपमा नेपाल चेम्बर एक्स्पो २०१८ शुरु भएको छ । विहिबार शुरु भएको एक्स्पोको समुदघाटन समारोहमा म्यानमारका स्टेट काउन्सिलर आङसाङ सुकी समेत सरिक रहिन । समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुकीले नेपाल र म्यानमारबीचको व्यापार सम्बन्धलाई प्रवद्र्धन गर्नुपर्ने बताएकी छिन् । नेपाल चेम्बर्स अफ कमर्शले स्थानीय भृकुटीमण्डपमा आयोजना गरेको ‘नेपाल चेम्बर एक्स्पो–१८’लाई विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्दै उनले दुवै मुलुकमा मानव संसाधनको उपयोग गरी आर्थिक विकास र समृद्धिका गतिविधि सञ्चालन गर्न सकिने बताइन् । नेत्री सुकीले नेपाली उद्यमीलाई म्यान्मारमा लगानी गर्न आग्रह गर्दै कृषि, जलविद्युत्, प्रविधिलगायत क्षेत्रमा लगानी वृद्धि गरी अर्थतन्त्रलाई बलियो बनाउन सकिने विचार व्यक्त गरिन् । अर्काे प्रसङ्गमा नेत्री सुकीले नेपालसँग आफ्नो पुरानो भावनात्मक सम्बन्ध रहेको बताउँदै...
‘नाट्यश्वर म्युजिक अवार्ड –२०७५’को पाँच मनोनयनलाई प्रमाणपत्र वितरण (भोटिंग कोड सहित )

‘नाट्यश्वर म्युजिक अवार्ड –२०७५’को पाँच मनोनयनलाई प्रमाणपत्र वितरण (भोटिंग कोड सहित )

मनोरन्जन, समाचार
राजधानीस्थित रातो पुलमा रहेको रक हाउस क्याफेमा एक कार्यक्रमको आयोजना गरि ‘नाट्यश्वर म्युजिक अवार्ड –२०७५’को पाँच मनोनयनलाई प्रमाणपत्र वितरण गरिएका छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा केन्द्रिय सदस्य अर्जुन नरसिंह केसी लगायत विभिन्न मिडियाकर्मी तथा कलाकारहरुको सहभागिता रहेको थियो । नाट्यश्वर हामी सबै कलाकारको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ स्थापित सोहि संस्थाले आयोजना गरेको उक्त कार्यक्रमको सदस्य सचिब गोकर्ण लामिछानेले बताए । मनोनयनमा पर्ने कलाकार सबैलाई प्रमुख अतिथि कांग्रेस नेता अर्जुन नरसिंह केसी बरिस्ठ चलचित्र निर्देशक मोहन निरौला, नेता रमेश महत, सुन्दरादेबी मिडिया प्रालिको अध्यक्ष शसी अधिकारी, बरिस्ठ गायक शिबनारायन जोसि, अवार्डका अध्यक्ष प्रलाहद केसी,म्युजिक खबर म्युजिक अवार्डको अध्यक्ष सुमन बैरागी ,चलचित्र पत्रकार संघको निबर्तमान अध्यक...
निर्मला काण्डबाट नेपाल सरकारकाे परीक्षण हुन्छ : सिमोनोभिक

निर्मला काण्डबाट नेपाल सरकारकाे परीक्षण हुन्छ : सिमोनोभिक

समाचार, समाज
निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा नेपाल सरकारले कसरी काम गर्छ भन्ने आधारमा संयुक्त राष्ट्रसँगले आफ्नो धारणा बनाउने संयुक्त राष्ट्र संघकी विशेष र्‍यापोटर दुब्राभ्का सिमोनोभिक जनाएकि छिन् । उनले निर्मला पन्तको हत्या प्रकरणको छानबिन संयुक्त राष्ट्र संघले कायम गरेको मापदण्ड अनुसार नभएकाे बताइन् । महिलामाथि हुने हिंसा अध्ययन गर्ने संयुक्त राष्ट्र संघकी विशेष र्‍यापोटर दुब्राभ्का सिमोनोभिक मंसिर ३ गते नेपाल अाएकी थिइन् । अाफ्नाे नेपाल बसाइकाे अन्तिममा बिहीबार पत्रकार सम्मेलन गरि निर्मला पन्त प्रकरणबाट नेपाल सरकारको परीक्षण हुने बताइन् । पत्रकार सम्मेलनमा उनले भनिन्, ‘१३ वर्षकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरण नेपाल सरकारको परिक्षण हुने घटना हो । नेपालले अंगिकार गरेका मानवअधिकारका मापदण्डका आधारमा यो प्रकरणलाई सरकारले ठीकसँग टुंगो लगाउने छ भन्ने विश्वासका साथ म सबै घटनाक...
बलात्कारीलाई कारबाहीको माग गर्दै सिरहामा जनप्रदर्शन र धर्ना

बलात्कारीलाई कारबाहीको माग गर्दै सिरहामा जनप्रदर्शन र धर्ना

अपराध, समाचार, समाज
सिरहा, मंसिर-१४ । सिरहाको सुखिपुर नगरपालिकामा भएको सामूहिक बलात्कार घटनाका दोषीलाई कारवाहीको माग गर्दै स्थानीयवासीले इलाका प्रहरी कार्यालय पतारीमा धर्ना दिएका छन् । घटनाको दुईसाता बितिसक्दा पनि प्रहरीले दोषी पहिचान गर्न नसकेको भन्दै आक्रोशित स्थानीय र अधिकारकर्मीको समूहले इलाका प्रहरी कार्यालयमा धर्ना दिएका हुन् । गाउँमा छठको अवसरमा नाटक (ड्रामा) भइरहेको बेला गत कात्तिक २७ गते राती घरमै सुतिरहेको अवस्थामा स्थानीय समशुल मिया, इसराफूल मियाँ, छिमेकी गाउँ जगतपुरका सलामद मियाँ र जाकिर मियाँले गाउँकै ३५ वर्षीय महिलामाथि सामुहिक बलात्कार गरेका थिए । मुखमा कालोपट्टि बाँधेर आएका उनीहरुले महिलालाई निर्घात कुटपीट गरी बेहोस पारेर पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरमा साना दुई नानीहरु मात्र भएको र नाटकका साउण्डले वरपर बोलेको पनि नसुन्ने मौका पारेर उनीहरुले महिलामाथि कर...
बेवारिसे अवस्ठामा इलाममा नवजात शिशुको शव फेला

बेवारिसे अवस्ठामा इलाममा नवजात शिशुको शव फेला

अपराध, समाचार, समाज
इलाम, मंसिर १४। इलाम नगरपालिका–३ पुवाझुवाको अधेरे गाउँमा नवजात शिशुको शव फेला परेको छ । भर्खरै जन्माएर फालिएको अवस्थामा शुक्रबार बिहान शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्याल इलामले बताएको छ । शिशु जन्माएर फालेको शंकामा प्रहरीले इलाम नगरपालिका–९ फिक्कलकी २५ वर्षीया सावित्रा मुखियालाई नियन्त्रणमा लिएको जनाएको छ । फिक्कलबाट पुवामझुवा आफन्तकोमा गएको बेला जन्मिएको शिशु बारिमा फालेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मुखियालाई रत्तश्राव भइरहेकाले उपचारको लागि अस्पताल भर्ना गरिएको प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले जनाए । मुखियाको स्वास्थ्य अवस्था कमजोर भएकाले प्रहरीले प्रारम्भीक बयान मात्रै लिएको जनाए । शिशु जिवितै जन्मिएको हो या मृत जन्मिएको हो भन्ने पत्ता लगाउन विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउने तयारी भइरहेको उनले बताए ।...
माइतीघरबाट निर्मलालाई न्याय माग्दै प्रदर्शन गर्ने  १२ जना पक्राउ

माइतीघरबाट निर्मलालाई न्याय माग्दै प्रदर्शन गर्ने १२ जना पक्राउ

समाचार, समाज
निर्मलाको लागि न्याय माग्दै माइतीघरमा प्रदर्शन गर्ने १२ जनालाई प्रहरीले 'माथिको आदेश' भन्दै पक्राउ गरेकाे छ । प्रदर्शनकारीले चार महिना नाघिसक्दापनि दोषि पक्राउ गर्न नसकेको भन्दै विरोधमा माइतीघर मण्डलामा नाराबाजी र पोष्टर टाँसेका थिए । अाफूहरूमाथि धरपकड भएपनि पोष्टर टाँस्नेक्रम जारी रहेको प्रदर्शनमा सहभागीले बताएका छन ।...
राजधानीमा लागुऔषधसहित दुई भारतीय नागरीक पक्राउ

राजधानीमा लागुऔषधसहित दुई भारतीय नागरीक पक्राउ

अपराध, समाचार, समाज
काठमाडौँ, मङ्सिर १४ । महानगरीय प्रहरी वृत्त थानकोटले लागूऔषधसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्तको टोलीले चन्द्रागिरि नगरपालिका–७ थानकोटबाट वि आर१एच ६९०८ नंको भारतीय कार सुरक्षा जाँचको क्रममा लागुऔषधसहित भारत विहारका १९ वर्षीय सविर अली र सोही स्थानका ५५ वर्षीय करण सहनीलाई बिहीबार राति समातेको हो । महानगरीय प्रहरी प्रभागका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले कारको सिटमा रहेको जेब्रा झोलामा लुकाइछिपाइ लागुऔषध ल्याएको पाइएकाले उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिइन् । कार्यालयका अनुसार ६९५ एम्पुल डाइजेपाम, ६९६ एम्पुल नुर्फिन र ४९५ एम्पुल फेनार्गन गरी एक हजार ८८६ एम्पुल लागुऔषधका साथै वाइन सिरेफ सात बोत्तलसमेत बरामद गरिएको बताइन । पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको समेत प्रवक्ता सिंहले बताइन् ।...
को हुन त आखिर निजी जहाज लिएर काठमाडौं आएकी मुन ?

को हुन त आखिर निजी जहाज लिएर काठमाडौं आएकी मुन ?

समाचार, समाज
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज तीन वटा चार्टड विमान राखिएको छ। तीमध्ये दुईटा सरकारी हुन जसमा म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन जहाज चार्टर्ड गरी बिहीबार काठमाडौं आएका थिए। उनीहरू आएकै दिन निजी जहाज ल्याएर आउने अर्की एक मान्छे भने सरकारी होइनन्। न त उनी उद्योगी वा व्यापारी नै हुन्। तर यी दुबै जना उनको संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन काठमाडौं आएका पाहुना हुन्। बमबार्डिएर सिआरजे सिरिजको निजी जहाज ल्याएर काठमाडौं ओर्लने ती महिला कोरियाली नागरिक हाक जा हान मुन हुन्। उनको संस्था युनिभर्सल पिस फेडेरेसनको नेपाल शाखाले आजदेखि होटल हायातमा ४ दिने समिट आयोजना गरेको छ। जहाँ विभिन्न देशका बहालवाला र पूर्वसरकार र राष्ट्रप्रमुख सहभागी छन्। त्यसमा ओसिनिया तीन टापु राष्ट्रका प्रमुख पनि रहेका छन्। यिनै भिभिआइपीको सवारीका लागि ट्राफिक प्...
महिला साफ च्याम्पियनसिपः विराटनगरमा फागुनबाट

महिला साफ च्याम्पियनसिपः विराटनगरमा फागुनबाट

खेलकुद, समाचार
विराटनगर, मंसिर १४ । महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको पाँचौ संस्करण यही फागुन अन्तिम साताबाट विराटनगरमा हुने तय भएको छ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रेस विज्ञप्ति निकाल्दै फागुन २८ देखि चैत ८ गतेसम्म विराटनगरमा साफ च्याम्पियनसिप फुटबल आयोजना गर्ने बताएको छ । विराटनगरस्थित शहिद रंगशालामा प्रतियोगिता हुने यसअघि नै निर्णय भईसके पनि मिति भने तोकिएको थिएन । ओमानको मस्कटमा भएको साफ राष्ट्रको भेलाले प्रतियोगिताको मिति तय गरेको एन्फाले जनाएको छ । महिला साफमा नेपालसहित, भारत, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् । यसअघि महिला साफ श्रीलंकामा हुने तय भए पनि श्रीलंकाले अन्तिम समयमा प्रतियोगिता आयोजना गर्न नसक्ने जनाएपछि नेपालले यो अवसर पाएको हो ।...
ए डिभिजन लिगमा  पुलिस क्लवद्वारा एनआरटी ३-० ले पराजित

ए डिभिजन लिगमा पुलिस क्लवद्वारा एनआरटी ३-० ले पराजित

खेलकुद, समाचार
काठमाडौं, मंसिर १४ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत पाँचौ चरणका खेल आजबाट सुरु भएका छन् । लिगको पाँचौ चरणको पहिलो खेलमा पुलिस क्लबले एनआरटीलाई ३–० गोल अन्तरले पराजित गरेको छ । एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा पुलिसलाई विजयी गराउन निरकुमार राईले दुई तथा अभिषेक रिजालले एक गोल गरे । जारी  ए डिभिजन लिगमा पुलिस क्लबको यो तेस्रो जित हो भने एनआरटीको चौथो हार । लिगमा ५ खेलबाट १० अंक जोडेको पुलिस क्लब अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।...