आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
उत्तर प्रदेशका मुुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरमा, बाह्रबिगाबाट सम्बोधन गर्ने

उत्तर प्रदेशका मुुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरमा, बाह्रबिगाबाट सम्बोधन गर्ने

राजनीति, समाचार
काठमाडौं, मंसिर २६ । भारत उत्तर प्रदेशका मुुख्यमन्त्री योगी आदित्यनाथ बिहान १० बजेर ३० मा जनकपुर आइपुगेका छन् । निजी विमानबाट आदित्यनाथ बुजनकपुर विमानस्थलमा ओर्लिएका हुन् । मुख्यमन्त्री योगीसहितको जन्तीको टोलीलाई स‌ंघीय सरकार पर्यटनमन्त्री रविन्द्र अधिकारी र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलगायतका मन्त्रीहरुले स्वागत गरेका थिए । बिवाह पन्चमीको अवसरमा हुने भिडभाडलाई मध्यनजर गर्दै जनकपुरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । योगीले जनकपुरधामको पूजाअर्चना गरी परिक्रम समेत गरिसकेका छन् । योगीको सम्मानमा दिवा भोजमा ५६ प्रकारको व्यन्जनको ब्यवस्था गरिएको छ । आज दिउँसो २ बजे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र मुख्यमन्त्री योगीले रंगभूमि मैदान बाह्रबिगामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ। साथै कार्यक्रमको समाप्तिसंगै योगीको ४ बजे फर्कने कार...
नेहा र हिमांशको ब्रेकअप

नेहा र हिमांशको ब्रेकअप

मनोरन्जन, समाचार
काठमाडौं, मंसिर २६ । सिङ्गिङ रियालिटी शो बाट आफ्नो करिअर सुरु गरेकी गायिका नेहा कक्कड अहिले आफैँ उक्त शो को निर्णायकको रूपमा व्यस्त छिन् । हालै उनले ‘इन्डियन आइडल’को मञ्चमा आफू सम्बन्धमा रहेको भन्दै कलाकार हिमांश कोहली र उनले सम्बन्धबारे खुलाएकी थिइन् । तर, अब भने यो समाचार निकै नै दुःखद बनेको छ । स्रोतका अनुसार नेहा र हिमांशबिच ब्रेकअप भएको छ । अहिले यो खबर सामाजिक सञ्जालमा धेरै नै भाइरल भइरहेको छ । यो कुरा त्यतिवेला बाहिरियो, जब उनीहरूले सामाजिक सञ्जालमा एक–अर्कालाई अनफलो गरिदिए । यसलाई नै लिएर यी दुईको सम्बन्धमा दरार आएको भारतीय मिडियाले उल्लेख गरेर लेखेका छन् । केही समयअघि एउटा लाइभ कन्सर्टमा नेहाको प्रस्तुति निकै नै रुचाइयो । सो कन्सर्टको भिडलाई पुलिसले रोक्नखोज्दा खोज्दै पनि सकेन । भिडमा ठुलो भागादौड चल्यो । तर, उक्त कन्सर्ट भएकोको दुई दिनपछि उनीहरूले एक–अर्कालाई अनफलो...
महोत्तरीमा गएराती एक व्यक्तिको उखुबारीमा हत्या

महोत्तरीमा गएराती एक व्यक्तिको उखुबारीमा हत्या

अपराध, समाचार, समाज
महोत्तरी, मंसिर २६ । महोत्तरीमा एक व्यक्तिको उखुबारीमा बेवारीसे अवस्थामा शव फेला परेको छ । महोत्तरीको औरही नगरपालिका २ फुलवरियाका ४० वर्षीय वेचु महतोको हत्या गरेर फ्याकिएको अवस्थामा घर नजिकैको उखुवारीमा शव फेला परेको हो । राति करिब १२ बजे बारीतर्फ गएका महतो नफर्कीएपछि बुधबार बिहान खोजी गर्दा उखुवारीमा शव पाईएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानजारी दिए । घाँटी र ढाडमा निलडाम र घिसारिएको चोटहरु महतोको शरीरमा देखिएको छ । शव पोष्टमार्टमको लागि जलेश्वर अस्पताल लैजाने तयारी भइरहेको साथै हत्या्को बिस्तृत अनुसन्धान भैरहेकोप्र हरीले जनाएको छ ।...
महिनावारी सम्बन्धी कुरा नलुकाउन सरोकारवालाहरुको आग्रह

महिनावारी सम्बन्धी कुरा नलुकाउन सरोकारवालाहरुको आग्रह

समाचार, स्वास्थ्य
काठमाडौं, मंसिर २६ । ‘महिनावारी विश्रामको लागि समय छैन, प्रत्येक किशोरीले महिनावारीको समयमा अघि बढ्न सकून् भनेर सुनिश्चित गरौं’ भन्ने नारासहित राजधानीमा मंगलबार महिनावारी स्वास्थ्य व्यवस्थापनसम्बन्धी एक कार्यशाला भएको छ । कार्यशालामा महिनावारीको समयमा सरसफाइमा कसरी ध्यान दिने भनेर नीति–निर्माता र सरोकारवालाहरुबीच बिस्तृत छलफल भएको थियो । समाजमा अहिलेपनि महिनावारीबारे महिला आफैं पनि खुलेर कुरा गर्न नसक्ने समस्याका कारण महिलाले कुनै न कुनैरुपमा समस्याहरु भोगिरहेका देखिन्छ । महिलाहरुमा सामान्यतया हेर्दा १३—१४ वर्षको उमेरदेखि महिनावारी सुरु हुने देखिन्छ । तर, खानपान र वंशाणुगत कारणले १०-११ वर्षको उमेरमा पनि महिनावारी सुरु हुने स्त्रीरोग विशेषज्ञहरु जनाउँछन् । नेपालमा अझैपनि महिनावारीको समयमा परिवारका सदस्यहरुलाई छुन हुँदैन भन्ने सामाजिक अन्धविश्वासले गतिलो जरो गाडीरहेकै पाइन्छ । ...
चिनियाँ मोबाइल प्रदायक कम्पनी हुवाईकी अधिकृत वाङ्जु धरौटीमा रिहा

चिनियाँ मोबाइल प्रदायक कम्पनी हुवाईकी अधिकृत वाङ्जु धरौटीमा रिहा

अन्तराष्ट्रिय, समाचार
काठमाडौं, मंसिर २६ । चिनियाँ मोबाइल प्रदायक कम्पनी हुवाईकी प्रमुख फाइनान्सियल अफिसर मेङ्ग वाङ्जु धरौटीमा रिहा भएकी छन् । क्यानडामा पक्राउ परेकी वाङ्जुलाई त्यहाको स्थानीय अदालतले १० मिलियन क्यानेडियन डलर बराबरको धरौटीमा रिहा गर्न आदेश दिएको जनाइएको छ । वाङ्जु डिसेम्बर १ मा भ्यानकुभरबाट पक्राउ परेकी थिइन् । उनीमाथि रहेको ठगीको आरोपको सुनुवाइका लागि उनलाई अमेरिकालाई सुम्पिने सम्भावना प्रवल रहेको समेत स्रोतले जनाएको छ । हुवाई र स्काइ कमले इरानमा व्यवसाय गर्दा यी दुई कम्पनीबीचको सम्बन्धका बारेमा बिभिन्न गम्भीर आरोप रहेको सुनुवाईको क्रममा देखिएको छ । अमेरिकाले भने यस अघिदेखि नै हुवाई र स्काइकम सम्बन्धित रहेको जनाइरहेको छ । यसले गर्दा अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध हुवाईको गतिविधिले गर्दा नै उल्लंघन भएको पनि अमेरिकी दाबी छ ।...
राष्ट्रपति भण्डारीले विवाह पञ्चमीको अवसरमा शुभकामना प्रदान

राष्ट्रपति भण्डारीले विवाह पञ्चमीको अवसरमा शुभकामना प्रदान

राजनीति, समाचार
काठमाडौं, मंसिर २६ । राष्ट्रपति विद्यादेवी भण्डारीले मार्ग शुक्ल पञ्चमी अर्थात विवाह पञ्चमीको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेकी छन् । आज एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो संस्कृति, हामी नेपालीको अमूल्य नीधि भएको समेत बताएकी छन् । नेपाल धार्मिक र सांस्कृतिक विविधताले सम्पन्न रहेको सन्देशमा उल्लेख गरेकी छन् । “प्राचीन सांस्कृतिक पर्व विवाह पञ्चमीले हामीहरुबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ पार्न सहयोग पुर्‍याएको छ । जसबाट हामीमा राष्ट्रिय एकताको भावना जागृत गरेको छ,” राष्ट्रपति भण्डारीद्वारा जारी गरिएको सन्देशमा उल्लेख गरिएको छ । आदिकालमा ज्ञान, शिक्षा र सांस्कृतिक वैभवले सम्पन्न मिथिला भूमिमा रहेको आदर्श राज्य र राजर्षी जनकको महिमाको गायन युगौँयुगदेखि हुँदै आएको कुरा उ...
के.पी.ओली इतिहासकै सबैभन्दा बलियो प्रधानमन्त्री : गगन थापा

के.पी.ओली इतिहासकै सबैभन्दा बलियो प्रधानमन्त्री : गगन थापा

राजनीति, समाचार
उर्लाबारी, मंसिर २६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली इतिहासकै सबैभन्दा बलियो प्रधानमन्त्री भएको जनाएका छन् । नेपाली कांग्रेस उर्लाबारी नगर समितिले मंगलबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै थापाले बीपी कोइरालाको दुईतिहाइको सरकारका बेला समेत पार्टीभित्र र बाहिर सबैतिर दबाब रहेको स्मरण गर्दै हालका प्रधानमन्त्रीलाई त्यस्तो कुनै दबाब नरहेको धारणा राखे । थापाले वर्तमान सरकारले देशलाई समृद्धितर्फ अगाडि बढाउनुपर्नेमा त्यस्तो कुनै संकेत आजसम्म नदेखिएको बताए । उनले सरकारका बारेमा आलोचना गर्नुभन्दा पनि अबका चार वर्ष पार्टी संगठन सुदृढीकरण गर्दै जनताको मन जितेर आगामी निर्वाचनमा बहुमत सहित विजयी हासिल हुनेगरी कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिए । रासस...
राजधानीमा भव्य कार्यक्रमबिच चर्चित गायक गायिकाको स्वरले सजिएको, दुर्गा र बिनोदको ‘अन्ली फर यु’ सार्वजनिक !(भिडियो सहित)

राजधानीमा भव्य कार्यक्रमबिच चर्चित गायक गायिकाको स्वरले सजिएको, दुर्गा र बिनोदको ‘अन्ली फर यु’ सार्वजनिक !(भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं । राजधानीको बानेश्वरस्थित ईन्द्रेणी बङ्क्वेटमा दुर्गा प्रधानको एकल शब्द तथा बिनोद पछाईंको एकल संगीतमा सजिएको ‘अन्ली फर यु’ एल्बम बिमोचन गरिएको छ । गीतकार तथा पुर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाको प्रमुख आतिथ्यका साथै बिभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा सो एल्बम विमोचन गरिएको हो। ‘अन्ली फर यु’ एल्बममा ५ वटा गीत समावेश गरिको छ, जसमा दुर्गा प्रधानको एकल शब्द र बिनोद पछाईंको एकल संगीतमा सजिएको गीतमा बिभिन्न चर्चित गायक गायिकाहरुले आफ्नो स्वर भरेका छन् त्यसैगरी गीतको एरेन्ज भने रिदम कडेलले गरेका छन् । कार्यक्रममा चर्चित गायक शिव परियारको स्वर रहेको तथा आकास श्रेष्ठ र सारा सिर्पालीद्वारा अभिनित म्युजिक भिडियो ‘रात पनि दिन हुन्थ्यो’ सार्वजनिक गरिएको थियो । स्याड भर्सनको भनिएको उक्त सार्वजनिक गरिएको गीतलाइ निर्देशन भने निसान कयास्प घिमिरेले गरेका हुन् । उत्सब...
राज्यमा हत्या, हिंसा तथा आतंकका घटनाहरु बढ्दै गएको भन्दै महतोले गरे सरकारको आलोचना

राज्यमा हत्या, हिंसा तथा आतंकका घटनाहरु बढ्दै गएको भन्दै महतोले गरे सरकारको आलोचना

राजनीति, समाचार
विराटनगर, मंसिर २५ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक राजेन्द्र महतोले शान्ति–सुुरक्षा दिन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । राज्यमा हत्या, हिंसा तथा आतंकका घटनाहरु बढ्दै जाँदा सरकार शान्ति ब्यबस्था कायम गर्न चुकेको बताएका छन । मंगलबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले हत्या, हिंसा, बलात्कारजस्ता घटना बढ्दै गएपनि दोषी पक्रन सरकार असफल भएको समेत जिकिर गरे । उनले संविधान संशोधन नगरेसम्म आफ्नो पार्टी सरकारमा सहभागी नहुने स्पस्ट पारे ।...
दक्षिण अफ्रिकाको समुन्द्रको जल विश्व शान्तिको कामना गर्दै बौद्धस्तुपामा चढाइयो

दक्षिण अफ्रिकाको समुन्द्रको जल विश्व शान्तिको कामना गर्दै बौद्धस्तुपामा चढाइयो

समाचार, समाज
काठमाडौं, मंसिर-२५। विश्व शान्तिको कामना गर्दै दक्षिण अफ्रिकाबाट आएको अन्तर्राष्ट्रिय टोलीले काठमाडौंमा आईपुगेर यात्रा टुंग्याएको छ । दक्षिण अफ्रिकाका किन्सल हालगैटको नेतृत्वमा आएको ८ सदस्यीय टोलीले विश्व शान्तिको कामना गर्दै विभिन्न १९ देशको भ्रमण गर्दै नेपाल आई पुगेको हो । दक्षिण अफ्रिकास्थित एक समुन्द्रबाट ल्याएको जल काठमाडौको बौद्धस्तुपामा चढाएसंगै उनीहरुले शान्तिको लागि उनीहरुको अभियान पुरा भएको जनाएका छन् । बुद्ध जन्मभूमि नेपालमा शान्ति प्राप्त गर्न सकिन्छ भन्ने उद्धेश्यले उनीहरुले बौद्ध स्तुपामा जल चढाएका हुन् । टोलीले बौद्ध स्तुपाको तीनपटक परिक्रमा गरी शान्तिको सन्देश नेपालबाट विश्व समुदायबीच पुर्‍याउने प्रतिबद्धता समेत गरेका छन् ।...