आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
पूर्वप्रधानमन्त्री तथा मन्त्रिपरिषद् अध्यक्ष डा‍‍. तुलसी गिरीको निधन

पूर्वप्रधानमन्त्री तथा मन्त्रिपरिषद् अध्यक्ष डा‍‍. तुलसी गिरीको निधन

राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको मंगलबार आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९३  वर्षीय गिरीको  बिहान निधन भएको छ । राजाको प्रत्यक्ष शासनका बेला मन्त्रिपरिषदको उपाध्यक्ष बनेका गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए । कलेजोमा क्यान्सर रोग लागेका उनी यसअघि करिब १० दिनसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । अस्पतालबाट घरमा ल्याइएको अवस्थामा मंगलबार बिहानै उनको देहान्त भएको हो । राजा महेन्द्रले ०१७ सालमा पञ्चायनी व्यवस्था स्थापना गर्नुपूर्व नेपाली कांग्रेसका नेता रहेका गिरी त्यसपछि हार्डलाइनर पञ्चका रुपमा चिनिन्थे । महेन्द्रलाई साग दिएका गिरी राजा वीरेन्द्रले ३६ सालमा जनमत संग्रह घोषणा गर्दा वैचारिक असहमति जनाउँदै श्रीलंकातिर लागेका थिए । ०५९ सालमा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि उनी पुनः नेपाल फर्के र मन्त्रिपरिषदको उपाध्...
निर्मला हत्या प्रकरण : तीन दर्जन प्रहरी कारबाहीमा पर्ने

निर्मला हत्या प्रकरण : तीन दर्जन प्रहरी कारबाहीमा पर्ने

समाचार, समाज
काठमाडौं – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै करिब तीन दर्जन प्रहरीमाथि कारबाहीका लागि सिफारिस भएको छ । एआइजी धीरु बस्नेत नेतृत्वको छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउँदै अनुसन्धानमा लापरबाही गर्ने प्रहरीलाई विभागीय कारबाहीका लागि ‘राय’ दिएको हो । आजको नयाँ पत्रिकामा यो खबर छ, प्रहरीले अभियुक्तलाई जोगाउन प्रमाण नष्ट गरेको तथा नक्कली अभियुक्त खडा गरेको अवस्था नरहेको समितिले निष्कर्ष निकालेको छ । सो घटनामा प्रहरीले वास्तविक अभियुक्त जोगाउने प्रयास गरेको आरोप लाग्दै आएको छ । तर, नियोजित नभए पनि अनुसन्धानको क्रममा लापरबाही गरेको निष्कर्ष छानबिन समितिको छ । केही प्रहरीलाई सेवाबाटै हटाउने विभागीय सजाय गर्न समितिले राय दिएको छ । खासगरी घटनास्थलमा खटिने मुचुल्का बनाउने टिम र अनुसन्धान अधिकृतलाई अधिकतम सजाय हुने एक...
मेयर भाडाको फ्ल्याटमा, सेवाग्राही अलमलमा

मेयर भाडाको फ्ल्याटमा, सेवाग्राही अलमलमा

आर्थिक
काठमाडौँ – भूकम्प गएको साढे तीन वर्ष बित्यो । तर जीर्ण भवन पुननिर्माणको कुनै सुरसार छैन । महानगरको बुलेटिनमा नयाँ भवनको सुन्दर तस्बिरसहित महत्वाकांक्षी योजना समावेश छ । जसलाई क्लासिक, नियो क्लासिक र आधुनिक तीनवटै शैलीमा निर्माण गर्न १ अर्ब ५० करोड लाग्ने अनुमान गरिएको छ । तर भवन अलपत्र छ । भवन नबनेपछि सेवाग्राहीलाई एकै स्थानबाट सेवा दिनुपर्ने महानगरका विभागहरु ९ स्थानमा सारिए । तर मेयर, उपमेयर र कार्यकारी अधिकृतको कार्यकक्ष भने नजिकैको सुविधासम्पन्न जेडीए कम्प्लेक्समा स¥यो । लिफ्ट चढेर पाँचौ र छैठौँ तलमा सेवाग्राही पुग्नु परेको छ ।  सोधपुछ कक्षका कर्मचारी टेबुलमुनि हिटर राखेर कम्प्युटर चलाइरहेका हुन्छन् । सेवाग्राहीको जिज्ञासामा झर्किदै जवाफ फर्काउँछन् ।...
छोराले कोदालो प्रहार गरेर आमाको हत्या, दुई छिमेकी गम्भीर घाइते

छोराले कोदालो प्रहार गरेर आमाको हत्या, दुई छिमेकी गम्भीर घाइते

अपराध, समाचार, समाज
दैलेख, पुस २ । दैलेख जिल्लाको नारायण नगरपालिका–६ मा पालाराम नेपालीले सोमबार कोदालो ले प्रहार गरी आफ्नै आमा पार्वती नेपालीको हत्या गरेका छन् । साधारण घरायसी झगडा्को क्रममा आवेशमा आएर पालारामले कोदालो ले प्रहार गर्दा टाउकोमा चोट लागेकी ४५ वर्षीया पार्वतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । झगडा छुट्याउन गएका छिमेकी मन्दरी नेपाली र कौसिला नेपाली पनि गम्भीर घाइते भएका भएका थिए । उनीहरुको भने जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पालारामलाई जिल्ला प्रहरी कार्यालय दैलेखमा राखिएको छ । ...
कसरी थाहा पाउने बिहेअघि कुनै केटीले यौन सम्पर्क गरे-नगरेको  …?

कसरी थाहा पाउने बिहेअघि कुनै केटीले यौन सम्पर्क गरे-नगरेको …?

समाचार, स्वास्थ्य
विवाहपूर्व यौनसम्पर्क राखिएको कुरा थाहा पाउन निकै गाह्रो छ । पुरुषलाई महिलाको यौनाङ्गका सम्बन्धमा सामान्य जानकारी भए पनि आफ्नै यौनसाथीको योनिको बनावट र स्वरुप यस्तै थियो भन्ने थाहा हुँदैन । त्यसैले सामान्य तवरले यौनसम्पर्क राखिसकेको, नराखिसकेको वा योनि छुट्याउन गाह्रो हुन्छ । यसमा हाइमेन (योनिच्छद) लाई आधार मान्न सकिन्छ तर त्यसको क्षति अन्य कारणले पनि हुनसक्छ भन्ने हेक्का राख्नुपर्छ । के हो हाइमेन ? एक अध्ययन अनुसार ४३ प्रतिशतमा मात्र पहिलो सम्पर्कमा रगत बग्छ त्यसैले पनि विश्वभर विवाहको पहिलो रात हाइमेन च्यातिएर महिलाको रगत बग्नुपर्छ भन्ने कपोकल्पित मान्यता छ । त्यसो त हाइमेन पूरै वा आंशिक रूपमा बाह्य योनिद्वार ढाक्ने पातलो झिल्ली हो । यही हाइमेनलाई कुमारीत्वको पर्यायका रूपमा लिइए पनि यो फरक कुरा हो । नेपालमा गरिएको एक अध्ययनअनुसार १४ दशमलव ८ प्रतिशत पुरुष तथा ७ दशमलव ५ प्रतिशत मह...
विराटनगरविरुद्द काठमाडौं ५ विकेटले विजयी, पारसको टिम बाहिरियो

विराटनगरविरुद्द काठमाडौं ५ विकेटले विजयी, पारसको टिम बाहिरियो

खेलकुद, समाचार
काठमाडौं, पुष-०२। एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गतको प्लेअफ समीकरण पूरा भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा काठमाडौं किंग्स–११ ले विराटनगर वारियर्सलाई ५ विकेटले पराजित गरेसँगै प्लेअफ समीकरण पूरा भएको हो । विराटनगर वारियर्सले दिएको १०१ रनको सामान्य चुनौती काठमाडौंले १७ ओभर ५ बलमै ५ विकेटको क्षतिमा पूरा गरेको हो । केभिन ओ'ब्राइनले काठमाडौंका लागि ४३ बलमा अविजित रहँदै ४५ तथा प्रर्दीप साहुले २३ बलमा २१ रन जोड्दा विराटनगरका कप्तान पारस खड्का र रोएलोफ् भान्डर मार्वेले समान २/२ विकेट लिए । खेलमा पहिले ब्याटिङ गरेको विराटनगरले १७ ओभर ५ बलमै अलआउट हुँदै १०० बनाएको थियो । काठमाडौंका लागि अलराउन्डर ओ'ब्राइनले ३, रोहन मुस्तफा, साहु र बिक्रम भुसालले समान २/२ विकेट लिएका थिए । जितसँगै काठमाडौं क्वालिफायरमा ...
भारतमा १० किलो चरेससहित नेपाली नागरीक पक्राउ

भारतमा १० किलो चरेससहित नेपाली नागरीक पक्राउ

अपराध, समाचार, समाज
काठमाडौं, पुष-०२। छिमेकी राष्ट्र भारतको सिद्धार्थनगर जिल्लमा १० किलो चरेससहित एक नेपाली नागरीक पक्राउ परेका छन् । भारतिय एसएसबीका जवानहरुले गस्ती गर्ने क्रममा आईतबार दिउँसो विशेष सूचनाको आधारमा महादेव बुजुर्ग रेलवे स्टेशनमा चेकजाँचको क्रममा उनको झोलाबाट १० किलो चरेस बरामद भएको जनाएको छ । बरामद भएको चरेसको अनुमानित मूल्य अन्तर्राष्ट्रीय बजारमा २ करोड़ रुपैयाँ पर्ने समेत जनाईएको छ । भारतीय एसएसबीका अनुसार पक्राउ परेका व्यक्तिले आफ्नो नाम सोमदत्त कोहार र ठेगाना कृष्णनगर नगरपालिका–५ डबरा बताएको जनाएका छन् । ...
मेस्सीको ह्याट्रिकमा लेभान्तेमाथि बार्सिलोनाले फराकिलो जित

मेस्सीको ह्याट्रिकमा लेभान्तेमाथि बार्सिलोनाले फराकिलो जित

खेलकुद, समाचार
काठमाडौं, पुष-०२। लेभान्तेलाई ५–० गोल अन्तरले हराउँदै बार्सीलोनाले स्पेनिस ला लिगाको अग्रतालाई कायम राखेको छ । गएराती भएको खेलमा बार्सीलोनालाई विजयी गराउन अर्जेन्टेनी खेलाडी लियोनल मेस्सीले ह्याट्रिक गरे । ला लिगामा किर्तीमानी खेलाडी मेस्सीको यो ३१ औं ह्याट्रिक हो । गएराती बार्सीलोनाको जितकोन लागि लुइस सुवारेज र जेरार्ड पिकेले थप एक एक गोल थपे । गएरातीको जितपछि बार्सिलोनाले ३४ अंक बनाउदा दोस्रो स्थानमा रहेको सेभियाको ३१ अंक छ । ...
पर्याप्त स्रोत र साधनको अभावमा महानगरपालिकाले प्रभावकारी काम गर्न सकेन : मुख्यमन्त्री पौडेल

पर्याप्त स्रोत र साधनको अभावमा महानगरपालिकाले प्रभावकारी काम गर्न सकेन : मुख्यमन्त्री पौडेल

राजनीति, समाचार
ललितपुर, पुस २ । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणी पौडेलले स्थानीय तहको काम प्रभावकारी हुन नसकेको स्वीकार गरेका छन् । सोमबार ललितपुर महानगरपालिकाको शतबार्षिकी कार्यक्रम उद्घाटन गर्दै उनले पर्याप्त स्रोत र साधनको अभावमा काम प्रभावकारी रुपमा सन्चालन हुन नसकेको बताए । तीन तहका सरकारबीच राम्रोसंग समन्वय हुन नसक्दा काम गर्न समस्या भएको उनको भनाइ थियो । पौडेलले प्रदेश सरकारले अझै पनि संघीय सरकारको मुख ताक्नु पर्ने अवस्था रहेको भन्दै गुनासो समेत गरे । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जन चाहनाअनुसारको काम हुन नसकेको जनाए । उनले सबै महानगरपलिकाहरुबीच समन्व गरेर अगाडि बढे बिकास निर्माणको कामलाई गति दिन सकिने बताए ।...
सप्तरीको तिलाठीमा आगलागी हुँदा २० लाख मूल्य बराबरको क्षति

सप्तरीको तिलाठीमा आगलागी हुँदा २० लाख मूल्य बराबरको क्षति

समाचार, समाज
राजविराज, पुस २ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्हीमा सोमबार बिहान आगलागी हुँदा ६ घर जलेर करिव २० लाख मूल्य बराबरको क्षति भएको छ । विजयकुमार रायको गोठमा बालिएको घुरबाट सल्केको आगो फैलिएर उनको घर गोठ जलेर नष्ट हुनका साथै ४ वटा पशु चौपाया समेत जलेर मरेका छन । आगलागीबाट रायका छिमेकीहरु नागेश्वर राय, बब्लु भनिने किसुन राय, अजयकुमार राय, रामचन्द्र राय र अहिल्यदेवी रायको १/१ वटा घर तथा २२ वटा पशु चौपाया, अन्नपात, गरगहना, नगद, लत्ताकपडा, फर्निचर लगायतका सरसमान समेत जलेर नष्ट भएको प्रहरीले जनाए । आगलागी भएको ४ घण्टापछि वारुणयन्त्र, स्थानीयबासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ...